• Jan 18 2022 | २०७८, माघ ४गते

२०७८, माघ ४गते

विवाहको बाजाले ६३ ओटा कुखुराका चल्ला मरे, आयोजकविरुद्ध रन्जितले दिए उजुरी

क्यानाडा नेपाल मंसिर १५ २०७८
  • 810
    SHARES
  • images
    images
    विवाहको बाजाले ६३ ओटा कुखुराका चल्ला मरे, आयोजकविरुद्ध रन्जितले दिए उजुरी

    काठमाडौं - भारतमा एक अनौठो घटना भएको छ । भारतको पूर्वी उडिसा राज्यमा विवाहको बाजाका कारण ६३ ओटा कुखुरा मरेका छन् । विवाहको परम्परागत बाजाका कारण अ‍ाफ्ना ६३ ओटा कुखुराका चल्ला मारिएपछि एक व्यक्तिले गुनासो पोखेको भारतिय मिडियाका बताइएको छ । 

    images

    यसै साताको ‌अ‍ाइतबार विवाहमा चर्को अ‍ावाज बजाउँदा कानको जाली फुटेर मध्यरातमा अ‍ाफ्ना चल्लाहरु मरेको किसान रन्जित कुमार परिदाले बताएका छन् । आफ्ना कुखुरा मरेपछि उनलेआायोजकविरुद्ध उजुरी पनि गरेका छन् । उनले बाजा बजाउने मानिसहरुलाई बाजको अ‍ावाज सानो बनाउन अग्रह गरे, तर उनीहरुले सुनेनन् । विवाहमा निकै चर्को अ‍ावाजमा बाज बजाइएको थियो ।'

    अ‍ाफूले सम्झाउदा बेहुलीका साथीहरुले झनै थर्काएको उनको भनाई छ । क्षतिपूर्तीको माग गर्दै उनले अ‌ायोजकविरुद्ध उजुरी दिएका हुन् । कुखुराका चल्ला ह्दयघात भएर मरेको एक पशु चिकित्सकले बताएका छन् । जीव विज्ञानका प्राध्यापक सूर्यकान्त मिश्रले चर्को अ‍ावाजले चराचुरुङ्गीमा ह्दयघात हुने बताएका छन् । 


    मंसिर १५, २०७८ बुधवार १२:४१:०६ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # विवाह

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    भारतमा कोरोनाबाट महाराष्ट्रमा मात्र १ लाख ४१ हजारकाे मृत्यु

    भारतमा कोरोनाबाट महाराष्ट्रमा मात्र १ लाख ४१ हजारकाे मृत्यु

    नयाँ दिल्ली -भारतमा कोभिड ग्राफ निरन्तर उकालो लागेको छ । पछिल्लो २४ घन्टामा १ लाख ७१ हजार जनामा संक्रमण देखिएको छ । यो अवधिमा कोभिडका कारण ३१४ जनाको मृत्यु भएको छ । नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि भारतमा कोभिड संक्रमितको संख्या तीव्र बढिरहेको छ । 

    images

    भारतको २८ राज्यका ७ हजार ७४३ जनामा ओमिक्रोन  देखिएको छ । कूल संक्रमितको ४ दशमलब १८ प्रतिशत संक्रीय संक्रमित छन् । पछिल्लो सातामा दक्षिणी राज्य केरला, महाराष्ट्र र पश्चिम बंगाल कोभिडबाट प्रभावित छ । पछिल्लो २४ घन्टामा मृत्यु भएकामध्ये १०६ जना केरलाका छन् । त्यस्तै, पश्चिम बंगालमा ३९ जनाको मृत्यु भएको छ । 

    अहिलेसम्म कोभिडबाट महाराष्ट्रमा एक लाख ४१ हजार ७७९ जनाको र केरलामा ५० हजार ६७४ जनाको मृत्यु भएको छ । त्यस्तै, कर्नाटकमा ३८ हजार ४१८, तमिल नाडुमा ३६ हजार ९६७ र दिल्लीमा २५ हजार ३३५ जनाको मृत्यु भएको छ । त्यसैगरी, उत्तर प्रदेशमा २२ हजार ९५३ र पश्चिम बंगालमा २० हजार ५२ जनाको मृत्यु भएको छ ।
     


    माघ २, २०७८ आइतवार १५:०९:०७ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    उत्तर कोरियाको फेरि अर्को आणविक परीक्षण गरेको दक्षिण कोरिया सेनाको दाबी

    उत्तर कोरियाको फेरि अर्को आणविक परीक्षण गरेको दक्षिण कोरिया सेनाको दाबी

    सीउल - उत्तर कोरियाले फेरि एक अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले दाबी गरेको छ । उत्तर कोरियाले अर्को आणविक हतियार परीक्षण गरेको दक्षिण कोरियाली सेनाले दाबी गरेको हो । दक्षिण कोरियाको भनाई पुष्टि भएमा सोमबारको परीक्षण पछिल्लो एक महिनामा उत्तर कोरियाको चौथो हतियार परीक्षण हुनेछ ।

    images

    ‘सीउलको जोइन्ट चिफ अफ स्टाफले भनेको छ, ‘उत्तरले परीक्षण गरेको आणविक हतियार जापानाके पूर्वी सागरमा खसेको छ,।’ उत्तरले फेरि आणविक हतियार परीक्षण गरेको जापानको समुद्री सेनाले पनि पुष्टि गरेको छ । उत्तरले परीक्षण गरेको आणविक हतियार व्यालिस्टिक मिसाईल भएको कोस्ट गार्डका प्रवक्ताले बताएका छन् । 

    उत्तरले सन् २०२२ को पहिलो एक महिनामा मात्र चार ओटाा आणविक हतियार परीक्षण गरेको छ ।  शुक्रबार मात्र उत्तर कोरियाले रेलबाट एउटा मिसाईल प्रहार गरेको थियो । त्यस्तै उसले ५ जनवरी र ११ जनवरीमा आवाजभन्दा चाँडो पुग्ने हाइपरसोनिक मिसाईल परीक्षण गरेको थियो ।
     


    माघ ३, २०७८ सोमवार ०८:२९:५८ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    भारतमा भुसको आगो झै फैलियो कोरोना संक्रमण, एकैदिन २ लाख ५७ हजार बढी संक्रमित थपिए 

    भारतमा भुसको आगो झै फैलियो कोरोना संक्रमण, एकैदिन २ लाख ५७ हजार बढी संक्रमित थपिए 

    काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर बढ्न थालेको  छ । पछिल्लो २४ घण्टामा २ लाख ५७ हजार ६३ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि एकैदिन २ लाख ६८ हजार ९९९ संक्रमित फेला परेका थिए । 
     
    हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड ७३ लाख ७९ हजार २ सय २७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ सय ८८ संक्रमितले ज्यान गुमाएका छन् ।  हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ८६ हजार ४ सय ८२ जना पुगेको छ ।  
     
    यस्तै पछिल्लो २४ घण्टामा १ लाख ४२ हजार २४६ जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ३ करोड ५२ लाख २७ हजार ९ सय ६७ पुगेको छ । 
     

    images


    माघ ३, २०७८ सोमवार ०८:५९:५३ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    भारतीय कत्थक सम्राट पण्डित बिर्जु महाराजको निधन

    भारतीय कत्थक सम्राट पण्डित बिर्जु महाराजको निधन

    काठमाडौं - भारतीय कत्थक सम्राट पण्डित बिर्जु महाराजको हृदयाघातका कारण निधन भएको छ । पद्म विभुषणबाट सम्मानित ८३ वर्षीय बिर्जुले आइतबार राति नयाँदिल्लीमा अन्तिम श्वास फेरेका हुन् ।

    images

    समाचारअनुसार आइतबार राति बिर्जु नातिसँग खेलिरहेका थिए । सोही समयमा उनलाई हृदयाघात भई बेहोस भएका थिए । त्यसपछि नयाँदिल्लीकै साकेतको एक अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

    परिवारले बिर्जुलाई केही दिनअघि मृगौलामा समस्या देखिएपछि डायलाइसिस गरिएको जनाएको छ । उनको निधनमा बलिउडकर्मीले श्रद्धाञ्जली दिएका छन् ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत बिरजुको निधनमा शोक व्यक्त गरेका छन् । ‘उनको निधनले सम्पूर्ण कला जगतलाई अपूरणीय क्षति पुगेको छ । शोकको यो घडीमा परिवारजन र प्रशंसकमा समवेदना व्यक्त गर्दछु’, उनले लेखेका छन् ।

     


    माघ ३, २०७८ सोमवार १२:०३:५८ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    दुई सन्तान जन्माउन अनुमति दिँदा पनि चीनको जनसंख्या बृद्धिदर अहिलेसम्मकै न्यून

    दुई सन्तान जन्माउन अनुमति दिँदा पनि चीनको जनसंख्या बृद्धिदर अहिलेसम्मकै न्यून

    एजेन्सी - चीनमा सन् २०२१ मा जन्म दरमा निकै गिरावट आएको छ । जन्मदरमा गिरावटसँगै बृद्धबृद्धाको संख्या बढ्दा आर्थिक वृद्धिमा असर देखिन थालेको विज्ञहरुले बताएका छन् । दुई सन्तान नीतिका बाबजुद चीनको जनसंख्या अहिलेसम्मकै न्यून देखिएको हो ।

    images

    विश्वकै ठूलो अर्थतन्त्र भएको देश चीनमा सन् २०२१ मा प्रति एक हजारमा ७ दशमलब ५२ जनाको जन्म हुने गरेको चीनको राष्ट्रिय तथ्यांक व्युरोले जनाएको छ । यसअघि सन् २०२० मा प्रति हजारमा ८ दशमलव ५२ प्रतिशत रहेको थियो । अघिल्लो वर्षको जन्म दर सन् १९४९ मा चीनको स्थापनापछिको अहिलसम्मकै न्यून हो ।

    चीनमा सन् २०१६ देखि दुई सन्तान जन्माउन अनुमति दिइएको छ र परिवार नियोजनसम्बन्धी नियम खुकुलो बनाइएको छ । तर, पनि चिनियाँ दम्पत्तीमा एकभन्दा बढी सन्तान जन्माउने इच्छा बढेको देखिदैन् ।

    सन् २०२१ मा चिनियाँ अधिकारीहरुले दम्पत्तीलाई तीन सन्तानसम्म जन्माउन अनुमति दिएका थिए । सरकारी तथ्यांकअनुसार सन् २०२१ मा एक करोड ६२ लाख शिशु जन्मिएका थिए । 

    तथ्यांकअनुसार राष्ट्रिय जनसंख्या बृद्धि प्रति एक हजार जनामा १ दशमलव ४५ बाट शून्य दशमलब ३४ प्रतिशतमा झरेको छ । जनसंख्याको चुनौती सर्वविविधै छ, तर बृद्ध जनसंख्याको गति अनुमान गरेभन्दा तीव्र छ,’ पिनपोइन्ट असेट म्यानेजमेन्टका प्रमुख अर्थशास्त्री झिवी झाङले भने ।


    माघ ३, २०७८ सोमवार १३:०७:३५ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    युएईमा विस्फोट हुँदा ३ जनाको मृत्यु, ६ जना घाइते

    युएईमा विस्फोट हुँदा ३ जनाको मृत्यु, ६ जना घाइते

    काठमाडौं - संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीमा भएको दुई अलग अलग विस्फोटमा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । 

    images

    यूएईको सरकारी न्युज एजेन्सी डब्ल्यूएएमबाट अबुधाबी प्रहरीले बताया अनुसार ट्यांकरमा भएको विस्फोटमा ६ जना घाइते भएका हुन् । डब्ल्यूएएमले बताए अनुसार मारिनेमा दुई भारतीय र एक पाकिस्तानी छन् । 

    सोमबार अबुधानी विमानस्थल नजिक बिस्फोटका दुई घटना भएका थिए जसको जिम्मेवारी यमनको हुती विद्रोहीले लिएका छन् । प्रहरीले आक्रमण ड्रोनको माध्यमबाट गरिएको आशंका गरेको छ । 

     


    माघ ३, २०७८ सोमवार २२:०२:०३ बजे : प्रकाशित


    क्यानाडा नेपाल