• Jan 18 2022 | २०७८, माघ ४गते

२०७८, माघ ४गते

अष्ट्रेलिया र जापानले लगाए अन्तराष्ट्रिय विद्यार्थीमाथि प्रतिबन्ध

क्यानाडा नेपाल मंसिर १५ २०७८
  • 560
    SHARES
  • images
    images
    अष्ट्रेलिया र जापानले लगाए अन्तराष्ट्रिय विद्यार्थीमाथि प्रतिबन्ध

    सिड्नी, १५ मंसिर-अष्ट्रेलिया र जापानले विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको जाेखिम बढेकाे भन्दै ती देशले अन्तराष्ट्रिय विद्यार्थीलाइ प्रवेशमा  राेक लगाएका हुन् । साे निर्णयबाट विभिन्न देशका विद्यार्थी प्रभावित हुने भएका छन् ।अस्ट्रेलियाले अ‍ाज १ डिसेम्बरदेखि लागू हुने गरी  विदेशी  विद्यार्थीमा प्रतिबन्ध लगाएकाे हाे । याे प्रतिबन्ध दुई सातासम्म लागू हुनेछ । 

    images

    जापान सरकारले सोमबार देखि लागू हुने गरी सबै अन्तराष्ट्रिय विद्यार्थीमाथि प्रतिबन्ध लगाइएकाे जनाएकाे छ । काेभिडकाे नयाँ भेरियन्ट देखिएपछि  यी दुबै देशले अफ्रिकी मुलुकसँगकाे हवाई यात्रामा राेक लगाएका  थिए । 


    मंसिर १५, २०७८ बुधवार ०९:२९:३१ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # जापान

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    उत्तर कोरियाको फेरि अर्को आणविक परीक्षण गरेको दक्षिण कोरिया सेनाको दाबी

    उत्तर कोरियाको फेरि अर्को आणविक परीक्षण गरेको दक्षिण कोरिया सेनाको दाबी

    सीउल - उत्तर कोरियाले फेरि एक अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले दाबी गरेको छ । उत्तर कोरियाले अर्को आणविक हतियार परीक्षण गरेको दक्षिण कोरियाली सेनाले दाबी गरेको हो । दक्षिण कोरियाको भनाई पुष्टि भएमा सोमबारको परीक्षण पछिल्लो एक महिनामा उत्तर कोरियाको चौथो हतियार परीक्षण हुनेछ ।

    images

    ‘सीउलको जोइन्ट चिफ अफ स्टाफले भनेको छ, ‘उत्तरले परीक्षण गरेको आणविक हतियार जापानाके पूर्वी सागरमा खसेको छ,।’ उत्तरले फेरि आणविक हतियार परीक्षण गरेको जापानको समुद्री सेनाले पनि पुष्टि गरेको छ । उत्तरले परीक्षण गरेको आणविक हतियार व्यालिस्टिक मिसाईल भएको कोस्ट गार्डका प्रवक्ताले बताएका छन् । 

    उत्तरले सन् २०२२ को पहिलो एक महिनामा मात्र चार ओटाा आणविक हतियार परीक्षण गरेको छ ।  शुक्रबार मात्र उत्तर कोरियाले रेलबाट एउटा मिसाईल प्रहार गरेको थियो । त्यस्तै उसले ५ जनवरी र ११ जनवरीमा आवाजभन्दा चाँडो पुग्ने हाइपरसोनिक मिसाईल परीक्षण गरेको थियो ।
     


    माघ ३, २०७८ सोमवार ०८:२९:५८ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    भारतमा भुसको आगो झै फैलियो कोरोना संक्रमण, एकैदिन २ लाख ५७ हजार बढी संक्रमित थपिए 

    भारतमा भुसको आगो झै फैलियो कोरोना संक्रमण, एकैदिन २ लाख ५७ हजार बढी संक्रमित थपिए 

    काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर बढ्न थालेको  छ । पछिल्लो २४ घण्टामा २ लाख ५७ हजार ६३ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि एकैदिन २ लाख ६८ हजार ९९९ संक्रमित फेला परेका थिए । 
     
    हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड ७३ लाख ७९ हजार २ सय २७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ सय ८८ संक्रमितले ज्यान गुमाएका छन् ।  हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ८६ हजार ४ सय ८२ जना पुगेको छ ।  
     
    यस्तै पछिल्लो २४ घण्टामा १ लाख ४२ हजार २४६ जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ३ करोड ५२ लाख २७ हजार ९ सय ६७ पुगेको छ । 
     

    images


    माघ ३, २०७८ सोमवार ०८:५९:५३ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    भारतीय कत्थक सम्राट पण्डित बिर्जु महाराजको निधन

    भारतीय कत्थक सम्राट पण्डित बिर्जु महाराजको निधन

    काठमाडौं - भारतीय कत्थक सम्राट पण्डित बिर्जु महाराजको हृदयाघातका कारण निधन भएको छ । पद्म विभुषणबाट सम्मानित ८३ वर्षीय बिर्जुले आइतबार राति नयाँदिल्लीमा अन्तिम श्वास फेरेका हुन् ।

    images

    समाचारअनुसार आइतबार राति बिर्जु नातिसँग खेलिरहेका थिए । सोही समयमा उनलाई हृदयाघात भई बेहोस भएका थिए । त्यसपछि नयाँदिल्लीकै साकेतको एक अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

    परिवारले बिर्जुलाई केही दिनअघि मृगौलामा समस्या देखिएपछि डायलाइसिस गरिएको जनाएको छ । उनको निधनमा बलिउडकर्मीले श्रद्धाञ्जली दिएका छन् ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत बिरजुको निधनमा शोक व्यक्त गरेका छन् । ‘उनको निधनले सम्पूर्ण कला जगतलाई अपूरणीय क्षति पुगेको छ । शोकको यो घडीमा परिवारजन र प्रशंसकमा समवेदना व्यक्त गर्दछु’, उनले लेखेका छन् ।

     


    माघ ३, २०७८ सोमवार १२:०३:५८ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    दुई सन्तान जन्माउन अनुमति दिँदा पनि चीनको जनसंख्या बृद्धिदर अहिलेसम्मकै न्यून

    दुई सन्तान जन्माउन अनुमति दिँदा पनि चीनको जनसंख्या बृद्धिदर अहिलेसम्मकै न्यून

    एजेन्सी - चीनमा सन् २०२१ मा जन्म दरमा निकै गिरावट आएको छ । जन्मदरमा गिरावटसँगै बृद्धबृद्धाको संख्या बढ्दा आर्थिक वृद्धिमा असर देखिन थालेको विज्ञहरुले बताएका छन् । दुई सन्तान नीतिका बाबजुद चीनको जनसंख्या अहिलेसम्मकै न्यून देखिएको हो ।

    images

    विश्वकै ठूलो अर्थतन्त्र भएको देश चीनमा सन् २०२१ मा प्रति एक हजारमा ७ दशमलब ५२ जनाको जन्म हुने गरेको चीनको राष्ट्रिय तथ्यांक व्युरोले जनाएको छ । यसअघि सन् २०२० मा प्रति हजारमा ८ दशमलव ५२ प्रतिशत रहेको थियो । अघिल्लो वर्षको जन्म दर सन् १९४९ मा चीनको स्थापनापछिको अहिलसम्मकै न्यून हो ।

    चीनमा सन् २०१६ देखि दुई सन्तान जन्माउन अनुमति दिइएको छ र परिवार नियोजनसम्बन्धी नियम खुकुलो बनाइएको छ । तर, पनि चिनियाँ दम्पत्तीमा एकभन्दा बढी सन्तान जन्माउने इच्छा बढेको देखिदैन् ।

    सन् २०२१ मा चिनियाँ अधिकारीहरुले दम्पत्तीलाई तीन सन्तानसम्म जन्माउन अनुमति दिएका थिए । सरकारी तथ्यांकअनुसार सन् २०२१ मा एक करोड ६२ लाख शिशु जन्मिएका थिए । 

    तथ्यांकअनुसार राष्ट्रिय जनसंख्या बृद्धि प्रति एक हजार जनामा १ दशमलव ४५ बाट शून्य दशमलब ३४ प्रतिशतमा झरेको छ । जनसंख्याको चुनौती सर्वविविधै छ, तर बृद्ध जनसंख्याको गति अनुमान गरेभन्दा तीव्र छ,’ पिनपोइन्ट असेट म्यानेजमेन्टका प्रमुख अर्थशास्त्री झिवी झाङले भने ।


    माघ ३, २०७८ सोमवार १३:०७:३५ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    युएईमा विस्फोट हुँदा ३ जनाको मृत्यु, ६ जना घाइते

    युएईमा विस्फोट हुँदा ३ जनाको मृत्यु, ६ जना घाइते

    काठमाडौं - संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीमा भएको दुई अलग अलग विस्फोटमा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । 

    images

    यूएईको सरकारी न्युज एजेन्सी डब्ल्यूएएमबाट अबुधाबी प्रहरीले बताया अनुसार ट्यांकरमा भएको विस्फोटमा ६ जना घाइते भएका हुन् । डब्ल्यूएएमले बताए अनुसार मारिनेमा दुई भारतीय र एक पाकिस्तानी छन् । 

    सोमबार अबुधानी विमानस्थल नजिक बिस्फोटका दुई घटना भएका थिए जसको जिम्मेवारी यमनको हुती विद्रोहीले लिएका छन् । प्रहरीले आक्रमण ड्रोनको माध्यमबाट गरिएको आशंका गरेको छ । 

     


    माघ ३, २०७८ सोमवार २२:०२:०३ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    भारतमा तिव्र गतिमा फैलियो कोरोना संक्रमण, एकैदिन २ लाख २२ हजार बढी संक्रमित थपिए 

    भारतमा तिव्र गतिमा फैलियो कोरोना संक्रमण, एकैदिन २ लाख २२ हजार बढी संक्रमित थपिए 

    काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर बढ्न थालेको  छ । पछिल्लो २४ घण्टामा २ लाख २२ हजार ५ सय ७९ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि एकैदिन २ लाख ५७ हजार ६३ संक्रमित फेला परेका थिए । 
     
    हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड ७६ लाख २ हजार ८ सय ३२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ सय २ संक्रमितले ज्यान गुमाएका छन् ।  हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ८६ हजार ७ सय ८४ जना पुगेको छ ।  
     
    यस्तै पछिल्लो २४ घण्टामा १ लाख ४१ हजार ४११ जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ३ करोड ५३ लाख ७८ हजार ८ सय ७२ पुगेको छ । 

    images


    माघ ४, २०७८ मंगलवार ०७:२५:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल