श्रावण ३१, २०७९ मंगलबार | Tue Aug 16 2022

कछुवाको मासु खाँदा ७ जनाको मृत्यु, ३८ जना बिरामी



दारेसलाम – तान्जानियाको पेम्बा टापुमा कछुवाको मासु खाँदा सात जनाको मृत्यु भएको छ भने ३८ जना बिरामी भएका छन् । मृत्यु हुनेमा एक बालक पनि छ । पेम्बा द्धीपका पाँचै जनाले कछुवाकाे मासु खाएका थिए । 

तान्जानियाका तटीय क्षेत्रमा कछुवाको मासु खाने चलन छ । उनीहरुको मृत्युपछि स्थानीय प्रशासनले छुवाको मासु खान प्रतिबन्ध लगाएकाे छ । 

टर्टल फाउन्डेशन नामक संस्थाका अनुसार कछुवाले खाने विषालु लेउका कारण मासु पनि विष हुन्छ । विषालु मासुले विशेष गरी बालबालिका र वृद्धवृद्धालाई नराम्रो अशर गर्ने भन्दै संस्थाले आगामी दिनमा त्यस्तो मासु नखान सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

तान्जेनियामा कछुवाको मासु खाँदा बारम्बार मानिसहरुको मृत्यु हुने गरेको छ । यसअघि मार्चमा म्याडगस्करमा कछुवाको विषालु मासु खाँदा नौ बालबालिकासहित १९ जनाको मृत्यु भएको थियो ।एजेन्सी
 

प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार  २ : ५५ बजे