• Jan 18 2022 | २०७८, माघ ४गते

२०७८, माघ ४गते

अछाममा बस दुर्घटना : दुई जनाको ज्यान गयो

क्यानाडा नेपाल मंसिर १४ २०७८
  • 576
    SHARES
  • images
    images
    अछाममा बस दुर्घटना : दुई जनाको ज्यान गयो

    काठमाडौं । अछाममा मंगलबार भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम मंगलसैनबाट धनगढीका लागि छुटेको ना६ख ८२९ नम्बरको बस कैलाशखोला नजिकै दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

    images

    दुर्घटनामा परी मंगलसेन नगरपालिका-१४ का ५७ बर्षीय टंकबहादुर भण्डारी र मंगलसेन नगरपालिका-१ बस्ने २१ बर्षीय एकेन्द्र थापाकाे ज्यान गएकाे प्रहरीकाे भनाइ छ । 

    प्रहरीका अनुसार बसमा कति यात्रु थिए भन्ने एकिन विवरण आइसकेको छैन । बस उल्टो फर्किएकाले धेरैको ज्यान गएको हुन सक्ने आशंका गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।


    मंसिर १४, २०७८ मंगलवार १६:५१:५२ बजे : प्रकाशित

    images
    images

    क्यानाडा नेपाल

    अर्कोसमाचार

    पशुपति धर्मशालामा बताससँगको सम्झौता खारेज गर्न सरकारलाई सुझाव

    पशुपति धर्मशालामा बताससँगको सम्झौता खारेज गर्न सरकारलाई सुझाव

    काठमाडौं - बतास अर्गनाइजेशनसँग पशुपति धर्मशाला सञ्चालनका लागि गरिएको सम्झौता खारेज गर्न सरकारलाई सुझाव दिइएको छ । 

    images

    सस्तो र सर्वसुलभ रुपमा पशुपतिनाथको दर्शनका लागि आउने तीर्थयात्रीका लागि लक्षित भारत सरकारको सहयोगमा निर्माण गरिएको धर्मशाला महँगोमा होटलको रुपमा सञ्चालन गरेको भन्दै आलोचना भएपछि सरकारले छानबिन समिति गठन गरेको थियो ।

    सोही समितिले सोमबार आफ्नो प्रतिवेदन बुझाउँदै बतास अर्गनाइजेशनसँग धर्मशाला सञ्चालनका लागि गरिएको सम्झौता खारेज गर्न सिफारिस गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले आइतबार आफैँ धर्मशालाको निरीक्षणमा गएका थिए । 
     


    माघ ३, २०७८ सोमवार १८:३३:४२ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    धुर्मुस–सुन्तली फाउण्डेशन भन्छ - रकमको दुरुपयोग सोँच्न पनि सक्दैनौँ

    धुर्मुस–सुन्तली फाउण्डेशन भन्छ - रकमको दुरुपयोग सोँच्न पनि सक्दैनौँ

    चितवन - धुर्मुस सुन्तली फाउण्डेशनले भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा रकमको दुरुपयोग सोँच्न पनि नसकिएको बताएको छ । फाउण्डेशनले सोमबार फेसबुक पेजमार्फत एक विज्ञप्ति जारी गर्दै परियोजनामा कुनै प्रकारको अनियमितता र गलत कुराको गुन्जायस नरहेको प्रष्ट पारेको हो ।

    images

    ‘सहयोगी मनहरुबाट प्राप्त रकमको दुरुपयोग हामी सोच्न पनि सक्दैनौं । परियोजनामा कुनै प्रकारको अनियमितता र गलत कार्यको गुञ्जायस नरहेकोमा सबैलाई आश्वस्त तुल्याउन चाहन्छौं’, फाउण्डेशनले भनेको छ । त्यस्तै, आर्थिक प्रगतिको सम्बन्धमा २०७८ पुस मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन एक/दुई दिनमै प्राप्त हुने र त्यो सम्बन्धित पक्षलाई बुझाएपछि परियोजनाको वास्तविक आम्दानी/खर्च सार्वजनिक गरिने फाउण्डेशनले जनाएको छ ।

    फाउण्डेशनले रामपुरमा बनाइरहेको रंगशालाको सरकारी तवरबाट आर्थिक तथा भौतिक प्रतिवेदन तयार गर्ने काम भइरहेको छ । भरतपुर महानगरपालिकाले रंगशालाको प्रारम्भिक प्रतिवेदन तयार गरेर युवा तथा खेलकुद मन्त्रालयमा बुझाइसकेको छ । प्रारम्भिक प्रतिवेदनअनुसार रंगशालाको भौतिक प्रगति १४ प्रतिशत र खर्च ५१ करोड भएको छ । मन्त्रालयले प्रतिवेदनलाई अन्तिमरुप दिने बताइएको छ ।

    चरम आर्थिक अभाव भएपछि फाउण्डेशनले गएको २ पुसमा महानगरलाई पत्र लेख्दै रंगशालाको स्वामित्व ग्रहण गरिदिन आग्रह गरेको थियो । यसबीचमा रंगशालाको प्रारम्भिक प्रतिवेदनमा फाउण्डेशनले बताएको भन्दा कम भौतिक प्रगति र खर्चको विवरण आएपछि आर्थिक अनियमितता भएको गुनासो आएको थियो ।  

    ‘गत २ पुसको निर्णयपश्चात भरतपुर महानगरपालिकाको तर्फबाट दुवै प्रतिवेदनको मुल्यांकन शुरु गरी भौतिक प्रगतिको प्रारम्भिक प्रतिवेदन आएको छ भने त्यसलाई पुर्ण बनाउन थप मुल्यांकन भइरहेको छ’, विज्ञप्तिमा भनिएको छ ।

    रंगशाला निर्माणमा आर्थिक अनियमितता भएको भन्दै भरतपुरका क्रिकेट प्रशिक्षक अनिल अधिकारीले छानविनका लागि अख्तियारमा समेत उजुरी दर्ता गरको छन् । रंगशालामा भरतपुर महानगरसहित केहि स्थानीय तहको समेत बजेट परेकाले अख्तियारले त्यसको छानविन गर्दै छ । 

    परियोजना सम्बन्धि भ्रमपूर्ण रुपमा प्रकाशित समाचार र टिप्पणीप्रति फाउण्डेशन दुखित भएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बताएका छन् । फाउण्डेशनका तर्फबाट आर्थिकलगायतका सबै सबै विवरण सार्वजनिक नहुँदासम्म कपोकल्पीत आरोप नलगाउन उनले आग्रह गरेका छन् ।

    क्रिकेट र समग्र खेलको क्षेत्रको विकासका लागि भरतपुरमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्न फाउण्डेशन र महानगरबीच १६ माघ २०७५ मा सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार महानगरले रामपुरमा २० बिघा जग्गा फाउण्डेशनलाई उपलब्ध गराएको थियो । आर्थिक अभाव सिर्जना भएपछि पाँच महिनादेखि रंगशालाको काम ठप्प छ ।
     


    माघ ३, २०७८ सोमवार १९:४८:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # धुर्मुस–सुन्तली

  • क्यानाडा नेपाल

    झोलामा लुकाएको अवस्थामा स्रोत नखुलेको ३० लाखसहित एकजना पक्राउ

    झोलामा लुकाएको अवस्थामा स्रोत नखुलेको ३० लाखसहित एकजना पक्राउ

    महोत्तरी - स्रोत नखुलेको ३० लाख रकमसहित महोत्तरीमा एकजना पक्राउ परेका छन् । मट्टीहानी प्रहरी चौकीबाट नियमित चेकजाँचमा खटिएको प्रहरीले मट्टीहानी-३ बस्ने २३ वर्षीय सहाउदिनको साथबाट उक्त पैसा बरामद गरेको हो ।

    images

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको ज६प ६९४४ नम्बरको मोटरसाइकलमा सवार सहाउदिनले पिठ्युमा बोकेको कालो झोलाबाट २८ लाख र ज्याकेटको खल्तीमा लुकाएको दुई लाख गरी ३० लाख रुपैयाँ बरामद भएकाे हाे ।

    बाइकसहित आरोपित सहाउदिनलाई नियन्त्रणमा लिई आवस्यक कारबाहीका लागि जलेश्वर भन्सार कार्यालय मलिवारा पठाइएको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

     


    माघ ३, २०७८ सोमवार २०:०५:२३ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    नक्कली नोट बनाउन प्रयोग हुने कागजसहित दुई जना पक्राउ

    नक्कली नोट बनाउन प्रयोग हुने कागजसहित दुई जना पक्राउ

    काठमाडौं - महोत्तरीमा नक्कली नोट बनाउन प्रयोग हुने कागजसहित २ जना पक्राउ परेका छन् । आइतबार जलेश्वर नगरपालिका ३ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले नक्कली नोट बनाउन प्रयोग हुने ३३ बण्डल कागजसहित दुई जनालाई नियन्त्रणमा लिएको हो । 

    images

    पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका १ बस्ने २३ वर्षिय असरक महोमद धोबी र सोही जिल्लाको जनकपुर उपमहानगरपालिका ६ बस्ने २६ वर्षिय मोहमद मुजाहिद रहेका छन्। 

    272067496_301051072058899_1335033434348091029_n.jpg

    सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको सशस्त्र प्रहरीले बा २१ च ६७६१ नम्बरको कारमा सवार उनीहरुलाई पक्राउ गरेको हो । 

    उनीहरुको साथबाट एक हजारको ६ सय वटा, पाँच सयको १८ सय वटा र एक सयको ९ सय वटा कागज फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ । यस्तै एक हजारको २ वटा, पाँच सयको २ वटा र एक सयको २ वटा नेपाली नोट समेत बरामद गरिएको  जनाइएको छ । 


    माघ ३, २०७८ सोमवार २०:३५:३१ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    तराईका धेरै क्षेत्रमा हुस्सु, पहाडमा वर्षा 

    तराईका धेरै क्षेत्रमा हुस्सु, पहाडमा वर्षा 

    काठमाडाैं - देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईका धेरै स्थानमा हुस्सु-कुहिरो रहेको छ ।

    images

    दिउँसो आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । महाशाखाका अनुसार पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना  छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात पनि हुनेछ । 

    राति पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना  छ । बुधबार  देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ । राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना  छ ।

     


     


    माघ ४, २०७८ मंगलवार ०७:०१:०४ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    आज मधेस प्रदेशमा सार्वजनिक बिदा  

    आज मधेस प्रदेशमा सार्वजनिक बिदा  

    जनकपुरधाम - मधेस प्रदेशमा आज मंगलबार सार्वजनिक बिदा घाेषणा गरिएकाे छ । साेमबार मात्र जनकपुरधाममा राजधानी र नाम मधेस प्रदेश कायम भएपछि खुसीयालीमा बिदा दिइएकाे हाे । 

    images

    प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए। सोमबारको प्रदेश सभामा भएको मतदानमा प्रदेशको नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुर रहने पक्षमा बहुमत पुगेको थियो ।

     

     


    माघ ४, २०७८ मंगलवार ०७:०४:४९ बजे : प्रकाशित


    क्यानाडा नेपाल