काठमाडौँ । अभिनेता सौगात मल्लको नयाँ फिल्म ‘मन्त्र’को फस्ट लुक सार्वजनिक भएको छ । खिलबहादुर गुरुङले निर्देशनमा बन्ने यस फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ ।
हिमाली प्रेमकथा बोल्ने यस फिल्म माघ २८ गते प्रदर्शनमा आउने भएको छ । फिल्मको फस्ट लुक पोस्टरमा सौगातसँगै बुद्धि तामाङ र दिया पुन पनि देखिएका छन् ।
यो फिल्मको छायांकन ५ हजार १०० मिटरभन्दा माथिको मनासलु हिमालको बेस क्याम्पमा गरिएको हो । फिल्ममा रविराज खत्री, सुरेश कार्की र शुभ श्रेष्ठको लगानी रहेको छ भने साम्तेन भुटियाको कथा रहेको छ ।
प्रतिक्रिया