श्रावण २५, २०७९ बुधबार | Wed Aug 10 2022

फेरि घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?



काठमाडौं – मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार तोलामा १ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा १ सय रुपैयाले नै घटेको हो । 
 
सोमबार तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
 
यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाले घटेर प्रतितोला एक हजार दुई सय ५ रुपैयाँ कारोबार भइरहेको छ ।  

 
 
  

प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार  ६ : ४२ बजे