• Jan 18 2022 | २०७८, माघ ४गते

२०७८, माघ ४गते

रमेश प्रसाईं र नन्दा सिंहलाई पूत्री लाभ

क्यानाडा नेपाल मंसिर १४ २०७८
  • 788
    SHARES
  • images
    images
    रमेश प्रसाईं र नन्दा सिंहलाई पूत्री लाभ

    काठमाडौं । संचारकर्मी रमेश प्रसाईं र सामाजसेवी नन्दा सिंहलाई आज बिहान पूत्री लाभ भएको छ ।

    images

    अघिल्लो वर्ष विवाह बन्धनमा बाँधिएका प्रसाईं र नन्दा सिंहलाई आज काठमाडौंको एक अस्पतालमा पूत्री लाभ भएको हो । कलाकार दिपाश्री निरौला आज बिहान अस्पताल पुगेर बधाई दिंदै फोटोहरु पोष्ट गरेकी छिन् ।

    prasairameshwithchori.jpg

    रमेश प्रसाईंले धरानमा बसेर आफ्नो पत्रकारिता अघि बढाई रहेका थिए भने नन्दा सिंह काठमाडौंमा सामाजिक संस्था चलाईरहेकी थिईन । यी दुईको प्रेम विवाह भएको हो । विवाह पश्चात रमेश प्रसाईं काठमाडौं बस्न थालेका हुन् । 


    मंसिर १४, २०७८ मंगलवार १०:३५:५३ बजे : प्रकाशित

    images
    images

    क्यानाडा नेपाल

    अर्कोसमाचार

    कोरोना महामारीको त्रासमा सिंहदरबार, चार सचिवलाई संक्रमण

    कोरोना महामारीको त्रासमा सिंहदरबार, चार सचिवलाई संक्रमण

    काठमाडौं - मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार कोरोना भाइरस महामारीको त्रासमा परेको छ । चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण भएपछि त्रास बढेको हो ।

    images

    प्रधानन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तीन सचिवलाई कोरोना भएको छ । प्रधानमन्त्री कार्यालयका सचिवहरू शिशिरकुमार ढुंगाना, रामप्रसाद थपलिया र  कृष्णबहादुर रावतलाई कोरोना संक्रमण भएको प्रवक्ता महादेव पन्थले जानकारी दिए । थपलिया कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी)का प्रमुख पनि हुन् । उनलाई काेराेना भएपछि सिसिएमसिसीकाे बैठक नै बस्न सकेकाे छैन ।

    त्यस्तै, उद्याेग, वाणिज्य तथा आपूर्तिमन्त्रालयका सचिव दिनेशकुमार भट्टराईलाई पनि संक्रमण पुष्टि भएको छ । संक्रमित सचिवहरू होमआइसोलेसनमा छन् ।

    सिंहदरबारमा संक्रमण पुष्टि भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टिमले  पिसिआर परीक्षण  गरेको छ । प्रधानमन्त्री कार्यालयका मात्र ४० कर्मचारीलाई कोरोना पुष्टि भएको छ । तर, सिंहदरबारभित्र कति कर्मचारी संक्रमित भए भनेर एकीकृत तथ्यांक छैन । 

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार काेराेना संक्रमण भएका कर्मचारीलाई काेभिड काज बिदा दिने गरिएकाे छ । याे बिदा बढीमा १४ दिन हुन्छ ।


    माघ ३, २०७८ सोमवार ०९:३६:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    आर्थिक अनियमितताको आरोप लगाउँदै अख्तियारमा उजुरी परेपछि धुर्मुस–सुन्तलीको प्रस्टीकरण 

    आर्थिक अनियमितताको आरोप लगाउँदै अख्तियारमा उजुरी परेपछि धुर्मुस–सुन्तलीको प्रस्टीकरण 

    काठमाडौं - चितवनको भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निर्माणमा अनियमितता भएको भन्दै उजुरी परेपछि धुर्मुस–सुन्तली फाउन्डेशनले एक दुई दिनमै खर्च विवरण सार्वजनिक गर्ने बताएका छन् । 

    images

    रंगशाला निर्माण गर्न नसक्ने भन्दै हात झिकेपछि फाउन्डेसनका सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीविरुद्ध आर्थिक अनियमितताको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 

    आफूविरुद्ध उजुरी परेपछि सोमबार फाउन्डेसनको तर्फबाट प्रस्टीकरण जारी गर्दै उनीहरुले रंगशाला निर्माणको सुरुवातीदेखि पुस २०७८ सम्मको लेखापरीक्षण भइरहेको र केही दिनमै परियोजनाको वास्तविक आम्दानी–खर्च सार्वजनिक गर्ने बताएका छन् । 

    ‘आर्थिक प्रगति सम्वन्धमा फाउन्डेसनको तर्फबाट सुुरूवाती दिनदेखि ०७८ पुस मसान्तसम्मको सम्पूर्ण खर्चको लेखापरिक्षण धमाधम भइरहेको र सोको प्रतिवेदन आजभोलिमै फाउन्डेसनमा उपलब्ध हुने जानकारी गराउन चाहन्छौं । उक्त प्रतिवेदन सम्वन्धित पक्षलाई बुझाएर फाइनल भएपछि परियोजनाको वास्तविक आम्दानी–खर्च सार्वजनिक गरिनेछ,’ जारी प्रस्टीकरणमा उल्लेख छ ।  

    यस्तो छ प्रस्टीकरण :

    राष्ट्रिय गौरवको परियोजनाका रुपमा क्रिकेट र समग्र खेल क्षेत्रको विकासका लागि धुर्मुस–सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा तीन वर्षअघि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण परियोजनाको थालनी भएको सर्वविदितै छ । २०७५ साल माघ १६ गते राष्ट्रिय सभा गृह काठमाडौंबाट तत्कालीन प्रधानमन्त्री एवं विभिन्न दलका शीर्ष नेताका साथै विभिन्न विधाका राष्ट्रिय व्यक्तित्वहरुको समुपस्थितिका बीच सम्झौतापत्रमा हस्ताक्षर भएर काम सुरु गरिएको थियो । 

    कोरोना महामारी तथा अनेकौं आरोह–अवरोहका बाबजुद पनि रंगशाला निर्माणको काम निरन्तर अघि बढिरहँदा स्रोत व्यवस्थापनको पाटो भने चुनौतिपूर्ण बन्दै गयो । अपेक्षित  जनसहयोग जुट्न सकेन । विगत ५ महिनादेखि निर्माण सामग्री उपलब्ध गराउन नसकेको अवस्था र विभिन्न कम्पनीहरुलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम बढ्दै गएपछि अन्ततः संरचना अन्तरगतको निर्माण कार्य स्थगित  गर्न वाध्य हुनु पर्यो ।

    यसको उचित निकासका लागि फाउन्डेसनले युवा तथा खेलकुद मन्त्रालय, अर्थ मन्त्रालय र भरतपुर महानगरपालिकासँग पटकपटक छलफल गरी भरतपुर महानगरपालिकामा गत पुस २ गते स्वामित्वग्रहणको लागि अनुरोधपत्र बुझाइएको हो । सोभन्दा पहिले २०७८ साल मङ्सिर २१ गते भरतपुर महानगरपालिकाले फाउन्डेसनलाई पत्राचार गरेअनुरुप फाउन्डेसनको तर्फबाट २०७८ साल मङ्सिर २३ गतेसम्मको  अनुमानित आम्दानी–खर्चको विवरण, भुक्तानी दिनुपर्ने रकम र सोको विवरण तथा २०७८ साल असार मसान्तसम्मको लेखापरिक्षण प्रतिबेदन र भौतिक प्रगति प्रतिवेदन बुझाइएको थियो । 

    गत पुस २ गतेको निर्णयपश्चात भरतपुर महानगरपालिकाको तर्फबाट दुवै प्रतिवेदनको मुल्यांकन शुरु गरी भौतिक प्रगतिको प्रारम्भिक प्रतिवेदन आएको छ भने त्यसलाई पुर्ण बनाउन थप मुल्यांकन भइरहेको छ । आर्थिक प्रगति सम्वन्धमा फाउन्डेसनको तर्फबाट शुरूवाति दिनदेखि ०७८ पुस मसान्तसम्मको सम्पूर्ण खर्चको लेखापरिक्षण धमाधम भइरहेको र सोको प्रतिवेदन आजभोलिमै फाउन्डेसनमा उपलब्ध हुने जानकारी गराउन चाहन्छौं । उक्त प्रतिवेदन सम्वन्धित पक्षलाई बुझाएर फाइनल भएपछि परियोजनाको वास्तविक आम्दानी–खर्च सार्वजनिक गरिनेछ । 

    स्वदेश तथा विदेशमा रही परियोजनालाई सहयोग गर्नुहुने सहयोगी मनहरुका कारणले नै रङ्गशाला निर्माण यो अवस्थासम्म आइपुगेको छ । सहयोगी मनहरुबाट प्राप्त रकमको दुरुपयोग हामी सोच्न पनि सक्दैनौं । परियोजनामा कुनै प्रकारको अनियमितता र गलत कार्यको गुञ्जायस नरहेकोमा सबैलाई आश्वस्त तुल्याउन चाहन्छौं । 

    हाल सरकारी मूल्यांकनको कार्य चलिरहेको र परियोजना विधिवतरुपमा हस्तान्तरण भइनसकेको हुनाले उक्त हस्तान्तरण प्रक्रिया सम्पन्न भएपश्चात हामी सबै विवरण सार्वजनिक गर्ने नै छौं । अहिलेलाई हामी मूल्यांकनको सहयोगी बनेर अघि बढेका छौं ।  

    पछिल्लो समय परियोजनासम्बन्धी वास्तविकता नबुझी भ्रमपूर्ण रुपमा प्रकाशन÷प्रशारण गरिएका समाचार, टिकाटिप्पणी तथा अन्य गतिविधिलाई लिएर हामी अत्यन्त चिन्तित र दुखी छौं । हाम्रोतर्फबाट आर्थिक लगायतका सबै विवरण सार्वजनिक नहुञ्जेलसम्म कपोलकल्पित आरोपहरु बन्द गरी परियोजनालाई माया गरिदिनुहुन हार्दिक अपिल र अनुरोध गर्दछौं ।
     


    माघ ३, २०७८ सोमवार १८:१३:४२ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    पशुपति धर्मशालामा बताससँगको सम्झौता खारेज गर्न सरकारलाई सुझाव

    पशुपति धर्मशालामा बताससँगको सम्झौता खारेज गर्न सरकारलाई सुझाव

    काठमाडौं - बतास अर्गनाइजेशनसँग पशुपति धर्मशाला सञ्चालनका लागि गरिएको सम्झौता खारेज गर्न सरकारलाई सुझाव दिइएको छ । 

    images

    सस्तो र सर्वसुलभ रुपमा पशुपतिनाथको दर्शनका लागि आउने तीर्थयात्रीका लागि लक्षित भारत सरकारको सहयोगमा निर्माण गरिएको धर्मशाला महँगोमा होटलको रुपमा सञ्चालन गरेको भन्दै आलोचना भएपछि सरकारले छानबिन समिति गठन गरेको थियो ।

    सोही समितिले सोमबार आफ्नो प्रतिवेदन बुझाउँदै बतास अर्गनाइजेशनसँग धर्मशाला सञ्चालनका लागि गरिएको सम्झौता खारेज गर्न सिफारिस गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले आइतबार आफैँ धर्मशालाको निरीक्षणमा गएका थिए । 
     


    माघ ३, २०७८ सोमवार १८:३३:४२ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    धुर्मुस–सुन्तली फाउण्डेशन भन्छ - रकमको दुरुपयोग सोँच्न पनि सक्दैनौँ

    धुर्मुस–सुन्तली फाउण्डेशन भन्छ - रकमको दुरुपयोग सोँच्न पनि सक्दैनौँ

    चितवन - धुर्मुस सुन्तली फाउण्डेशनले भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा रकमको दुरुपयोग सोँच्न पनि नसकिएको बताएको छ । फाउण्डेशनले सोमबार फेसबुक पेजमार्फत एक विज्ञप्ति जारी गर्दै परियोजनामा कुनै प्रकारको अनियमितता र गलत कुराको गुन्जायस नरहेको प्रष्ट पारेको हो ।

    images

    ‘सहयोगी मनहरुबाट प्राप्त रकमको दुरुपयोग हामी सोच्न पनि सक्दैनौं । परियोजनामा कुनै प्रकारको अनियमितता र गलत कार्यको गुञ्जायस नरहेकोमा सबैलाई आश्वस्त तुल्याउन चाहन्छौं’, फाउण्डेशनले भनेको छ । त्यस्तै, आर्थिक प्रगतिको सम्बन्धमा २०७८ पुस मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन एक/दुई दिनमै प्राप्त हुने र त्यो सम्बन्धित पक्षलाई बुझाएपछि परियोजनाको वास्तविक आम्दानी/खर्च सार्वजनिक गरिने फाउण्डेशनले जनाएको छ ।

    फाउण्डेशनले रामपुरमा बनाइरहेको रंगशालाको सरकारी तवरबाट आर्थिक तथा भौतिक प्रतिवेदन तयार गर्ने काम भइरहेको छ । भरतपुर महानगरपालिकाले रंगशालाको प्रारम्भिक प्रतिवेदन तयार गरेर युवा तथा खेलकुद मन्त्रालयमा बुझाइसकेको छ । प्रारम्भिक प्रतिवेदनअनुसार रंगशालाको भौतिक प्रगति १४ प्रतिशत र खर्च ५१ करोड भएको छ । मन्त्रालयले प्रतिवेदनलाई अन्तिमरुप दिने बताइएको छ ।

    चरम आर्थिक अभाव भएपछि फाउण्डेशनले गएको २ पुसमा महानगरलाई पत्र लेख्दै रंगशालाको स्वामित्व ग्रहण गरिदिन आग्रह गरेको थियो । यसबीचमा रंगशालाको प्रारम्भिक प्रतिवेदनमा फाउण्डेशनले बताएको भन्दा कम भौतिक प्रगति र खर्चको विवरण आएपछि आर्थिक अनियमितता भएको गुनासो आएको थियो ।  

    ‘गत २ पुसको निर्णयपश्चात भरतपुर महानगरपालिकाको तर्फबाट दुवै प्रतिवेदनको मुल्यांकन शुरु गरी भौतिक प्रगतिको प्रारम्भिक प्रतिवेदन आएको छ भने त्यसलाई पुर्ण बनाउन थप मुल्यांकन भइरहेको छ’, विज्ञप्तिमा भनिएको छ ।

    रंगशाला निर्माणमा आर्थिक अनियमितता भएको भन्दै भरतपुरका क्रिकेट प्रशिक्षक अनिल अधिकारीले छानविनका लागि अख्तियारमा समेत उजुरी दर्ता गरको छन् । रंगशालामा भरतपुर महानगरसहित केहि स्थानीय तहको समेत बजेट परेकाले अख्तियारले त्यसको छानविन गर्दै छ । 

    परियोजना सम्बन्धि भ्रमपूर्ण रुपमा प्रकाशित समाचार र टिप्पणीप्रति फाउण्डेशन दुखित भएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बताएका छन् । फाउण्डेशनका तर्फबाट आर्थिकलगायतका सबै सबै विवरण सार्वजनिक नहुँदासम्म कपोकल्पीत आरोप नलगाउन उनले आग्रह गरेका छन् ।

    क्रिकेट र समग्र खेलको क्षेत्रको विकासका लागि भरतपुरमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्न फाउण्डेशन र महानगरबीच १६ माघ २०७५ मा सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार महानगरले रामपुरमा २० बिघा जग्गा फाउण्डेशनलाई उपलब्ध गराएको थियो । आर्थिक अभाव सिर्जना भएपछि पाँच महिनादेखि रंगशालाको काम ठप्प छ ।
     


    माघ ३, २०७८ सोमवार १९:४८:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # धुर्मुस–सुन्तली

  • क्यानाडा नेपाल

    झोलामा लुकाएको अवस्थामा स्रोत नखुलेको ३० लाखसहित एकजना पक्राउ

    झोलामा लुकाएको अवस्थामा स्रोत नखुलेको ३० लाखसहित एकजना पक्राउ

    महोत्तरी - स्रोत नखुलेको ३० लाख रकमसहित महोत्तरीमा एकजना पक्राउ परेका छन् । मट्टीहानी प्रहरी चौकीबाट नियमित चेकजाँचमा खटिएको प्रहरीले मट्टीहानी-३ बस्ने २३ वर्षीय सहाउदिनको साथबाट उक्त पैसा बरामद गरेको हो ।

    images

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको ज६प ६९४४ नम्बरको मोटरसाइकलमा सवार सहाउदिनले पिठ्युमा बोकेको कालो झोलाबाट २८ लाख र ज्याकेटको खल्तीमा लुकाएको दुई लाख गरी ३० लाख रुपैयाँ बरामद भएकाे हाे ।

    बाइकसहित आरोपित सहाउदिनलाई नियन्त्रणमा लिई आवस्यक कारबाहीका लागि जलेश्वर भन्सार कार्यालय मलिवारा पठाइएको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

     


    माघ ३, २०७८ सोमवार २०:०५:२३ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    नक्कली नोट बनाउन प्रयोग हुने कागजसहित दुई जना पक्राउ

    नक्कली नोट बनाउन प्रयोग हुने कागजसहित दुई जना पक्राउ

    काठमाडौं - महोत्तरीमा नक्कली नोट बनाउन प्रयोग हुने कागजसहित २ जना पक्राउ परेका छन् । आइतबार जलेश्वर नगरपालिका ३ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले नक्कली नोट बनाउन प्रयोग हुने ३३ बण्डल कागजसहित दुई जनालाई नियन्त्रणमा लिएको हो । 

    images

    पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका १ बस्ने २३ वर्षिय असरक महोमद धोबी र सोही जिल्लाको जनकपुर उपमहानगरपालिका ६ बस्ने २६ वर्षिय मोहमद मुजाहिद रहेका छन्। 

    272067496_301051072058899_1335033434348091029_n.jpg

    सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको सशस्त्र प्रहरीले बा २१ च ६७६१ नम्बरको कारमा सवार उनीहरुलाई पक्राउ गरेको हो । 

    उनीहरुको साथबाट एक हजारको ६ सय वटा, पाँच सयको १८ सय वटा र एक सयको ९ सय वटा कागज फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ । यस्तै एक हजारको २ वटा, पाँच सयको २ वटा र एक सयको २ वटा नेपाली नोट समेत बरामद गरिएको  जनाइएको छ । 


    माघ ३, २०७८ सोमवार २०:३५:३१ बजे : प्रकाशित


    क्यानाडा नेपाल