• Jan 18 2022 | २०७८, माघ ४गते

२०७८, माघ ४गते

गणेश भगवानले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् मंसिर १४ गते मंगलबारको राशिफल

क्यानाडा नेपाल मंसिर १४ २०७८
  • 530
    SHARES
  • images
    images
    गणेश भगवानले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् मंसिर १४ गते मंगलबारको राशिफल

    मेष राशि - परीवारका सदस्यहरु बाटँ टाढाँ भएको महसुस हुनेछ । शुभचिन्तक हरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादन रहनेछन । नयाँ लगानिका क्षेत्रमा बिशेष साबाधानी अपनाउनु उत्तम रहनेछ । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहेकोछ । कार्य सम्पादनका निम्ती गोप्यता आवश्यक रहनेछ ।

    images

    बृष राशि - सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गर्ने छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।

    मीथुन राशि - प्रेम सम्बन्धमा सुधार आउनेछ । आम्दानि हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ ।

    कर्कट राशि - यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

    सिंह राशि - बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । खानपानको कारण स्वास्थ सम्बन्धि सामान्य असर गर्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ ।

    कन्या राशि - पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । सामान्य यात्रा रहन सक्छ । भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला ।

    तुला राशि - खर्च बढ्ने सम्भाबना रहेको छ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

    बृश्चिक राशि - बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ सम्बन्धि समस्याले सताउनेछ ।

    धनु राशि - कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

    मकर राशि - मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ ।

    कुम्भ राशि - स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला । बोलिको कारण साधारण समस्या आउन सक्नेछ । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

    मिन राशि - मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।ज्यो.प.सरोज घिमिरे


    मंसिर १४, २०७८ मंगलवार ०७:०८:३३ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # राशिफल

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    आज देशभर माघे संक्रान्ति मनाइँदै

    आज देशभर माघे संक्रान्ति मनाइँदै

    काठमाडौं - आज माघ १ अर्थात् माघे संक्रान्ति । मुलुकभर विभिन्न कार्यक्रम गरी माघे संक्रान्ति मनाइँदै छ । थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले आजका दिनलाई मकर संक्रान्ति पनि भनिन्छ । 

    images

    माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । धार्मिक मान्यताहरुका अनुसार उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ ।

    आजको दिन पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाने गरिन्छ । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ । 

    आजको दिन देवघाट, त्रिशुली, कालीगण्डकी, बागमती लगायतका नदीहरुमा  माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । 

    बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास छ । 

    महाभारतको युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेको पौराणिक मान्यता छ । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थान लगायतका तीर्थस्थलमा पनि मेला लाग्ने गर्दछ ।

     


    माघ १, २०७८ शनिवार ०७:५१:१६ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    कोरोनाकाे मापदण्ड पालना गरेर माघी मनाउन प्रधानमन्त्री देउवाकाे आह्वान  

    कोरोनाकाे मापदण्ड पालना गरेर माघी मनाउन प्रधानमन्त्री देउवाकाे आह्वान  

    काठमाडाैं - प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ नियन्त्रणमा सरकारबाट जारी जनस्वास्थ्यका मापदण्डको पालना गर्दै माघी/माघे संक्रान्ति पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका छन् । 

    images

    थारु समुदायमा माघी र अन्य समुदायमा माघे संक्रान्तिका नामले चिनिने पर्वमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले  संस्कृति र संस्कारमा आफ्ना विशेषता रहेको बताएका छन् । 
    विविधताभित्र एकता र सामाजिक सदभाव हाम्रा सांस्कृतिक विशेषताका उदाहरण भएको उनकाे भनाइ छ । यो पर्वले समस्त नेपालीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्ने उनले विश्वास लिएका छन् । 

    आजको दिन तिलको लड्‍डु, घ्यूचाकु खान र मकर स्नानका लागि प्रसिद्ध यो पर्व स्नान, दान, पुजाअर्चना, शुभकामना आदानप्रदान, मनोरञ्जन र मिष्ठान भोजन गर्दै विविध तरिकाले मनाउने गरिन्छ । यस पर्वलाई विशेष गरी मगर समुदायले माघे संक्रान्ति, थारु समुदायले माघी पर्व, नेवार समुदायमा घ्यूचाकु सँल्हु नामले तथा अन्य समुदायले मकर संक्रान्तिका रुपमा मनाउँदै आइरहेको पाइन्छ । 


    माघ १, २०७८ शनिवार ०७:५५:४६ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    मकर संक्रान्तिमा स्नानको यस्तो छ धार्मिक तथा वैज्ञानिक महत्व

    मकर संक्रान्तिमा स्नानको यस्तो छ धार्मिक तथा वैज्ञानिक महत्व

    हरेक वर्ष सूर्यले धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनलाई मकर संक्रान्ति भन्ने गरिएको हो । धार्मिक तथा वैज्ञानिक दृष्टिकोणले पनि आजको दिनलाई विशेष महत्वका साथ हेर्ने गरिएको छ । सूर्यले एक वर्षमा महत्त्वपूर्ण दुइटा रेखा पार गर्नुपर्ने छ, जसमध्ये मिथुन राशिलाई छोडेर कर्कट राशि अर्थात् कर्करेखामा प्रवेश गर्ने दिन र धनु राशिलाई छोडेर मकर राशि अर्थात् मकर रेखामा प्रवेश गर्ने दिन । धार्मिक तथा वैज्ञानिक दृष्टिकोणले दुईवटै विन्दुलाई विशेष महत्वका साथ हेर्ने गरिएको छ । कर्कट रेखामा प्रवेश गरेपछि दक्षिणायण सुरु हुन्छ भने मकर रेखामा प्रवेश गरेपछि उत्तराण सुरु हुन्छ ।

    images

    शास्त्रीय नियमअनुसार दक्षिणायण देवताहरुको रात्रि अर्थात् नकारात्मकताको प्रतिकक तथा उत्तरायण देवताहरुको दिन अर्थात् सकारात्मक प्रतिकारुपमा व्याख्या गरिएको छ । त्यसकारण यस दिन जप, तप, दान, स्नान, श्रद्धा, तर्पण तथा भोजन आदि धार्मिक क्रियाकलापको विशेष महत्व रहेको छ । यस्तो अवस्थामा दिइएको दान अक्षय लामो समयसम्म रहिरहने शास्त्रमा व्याख्या गरिएको छ । आजका दिन शुद्ध घ्यू तथा मक्बल दान गरेमा मोक्ष प्राप्ति हुने पनि जनविश्वास रहिआएको छ ।

    मकर संक्रान्तिबाट अग्नि तत्व सुरु हुन्छ भने कर्कट संक्रान्तिबाट जलतत्व सुरु हुन्छ । अग्नि तत्व सुरु हुने हुँदा हाम्रो शरीरमा कुनै पनि प्रकारका समस्या नपरोस् सधैंभरि जलतत्व र अग्नितत्व सन्तुलनमा रहिरह्योस भन्नका लागि आजको दिन गंगा, नदी तलाउमा स्नान गर्नुपर्ने धार्मिक जनविश्वास सदियौंदेखि रहिआएको छ । पुराणहरुमा व्याख्या गरिएअनुसार देवलोकबाट पनि देवताहरु मकर स्नान गर्न पृथ्वीमा आउने उल्लेख गरिएको छ । विशेष देवघाटमा देवताहरुको स्नान गर्ने मुख्य स्थान भएकाले उक्त स्थानलाई देवघट्ट देवताहरु भेट हुने स्थान भनेर व्याख्या गरिएको छ । यसका अतिरिक्त देशैभरिका धार्मिक स्थानहरुमा भक्तहरु स्नान गर्ने भक्तहरुको उल्लेख्य रुपमा उपस्थिति हुने गर्दछ ।

    वेदमा सूर्य उपासनाको सर्वोपरि मानिएको छ र उत्तरायण प्रारम्भ भएपछि विशेष मांगलिक कार्यहरु प्रारम्भ गर्न सकिन्छ । विबाह, ब्रतबन्ध, गृहप्रवेश, देवप्रतिष्ठा, मुन्डनकार्य आदि विशिष्ट यज्ञहरु पनि गर्न मिल्ने शास्त्रमा उल्लेख गरिएको छ । यस वर्षको मकर संक्रान्तिका वाहन बाघ, उपवाहन घोडा रहेको छ ।  शनिबार सङ्क्रान्ति पर्नुलाई शास्त्रमा नकारात्मक संकेतका रुपमा व्याख्या गरिएको छ । 

    विशेष राजनीतिमा मतभेद, आर्थिक अवस्था कमजोर बन्नेछ । जनतामा नैराश्यताको भावना उत्पन्न हुने छ । बाहिरी शक्तिको चलखेल उल्लेख्य रुपमा रहने छ । छिमेकीसँगको सम्बन्घमा नकारात्मक भावना पैदा हुने जस्ता फलहरु भोग्नुपर्ने छ । (लेखक रिजाल दक्षिण एसियाली ज्योतिष महासंघ नेपालका महासचिव तथा वास्तुविद् हुन् ।)ज्योतिषी सुरेशचन्द्र रिजाल

     


    माघ १, २०७८ शनिवार १३:५१:२० बजे : प्रकाशित


    क्यानाडा नेपाल

    पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् माघ ३ गते सोमबारको राशिफल

    पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् माघ ३ गते सोमबारको राशिफल

    मेष राशि - बल तथा प्रराक्रममा बृद्धि हुनेयोग रहेकोछ । मित्रजनहरु सगँको सम्बन्धमा प्रगाढता छाउनेछ । स्वास्थमा सामान्य सुधारको योग रहनेछ । आम्दानिको क्षेत्र मध्यम रहनेछ । धार्र्मीक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ । दुर्घटनापुर्ण यात्राको सम्भावना रहेकोले सजग भइ यात्रा गर्नुहोला ।

    images

    बृष राशि - स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । सभासम्मेलन जन्य कार्यमा सहभागीताको योग बन्नेछ । स्वास्थमा सामान्य तनाबको योग बन्नेछ । आम्दानिको क्षेत्रमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । कार्य सम्पादनमा गोपनियताको आवश्यकता रहनेछ । मित्रजनहरु सगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

    मिथुन राशि - नयाँ कार्य थालनिको निम्ती उत्तम समय रहेकोछ । मनमा सामन्य चिन्ता ले सताउने छ । साजेदारी काममा हात नहाले कै बेस रहने छ । शारिरिक आलस्यता ले सताउने छ । साधारण चोट पटक लाग्न सक्ने सम्भाबना रहेको छ । साजेदारी कार्यमा हात नहालेकै बेश हुनेछ । दाम्पत्य सम्बन्धमा सामान्य खटपट आई पर्ला ।

    कर्कट राशि - मित्रजनहरुको लागी साधारण खर्चहुन सक्ने सम्भाबना रहेको छ । खराब संंगतको कारणले सामान्य झन्जट ब्यर्होनु पर्ला । ब्यापार ब्यवसायमा सामान्यतय हानि रहन सक्ने छ । कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । नयाँ कार्य थालनिका निम्ति आट र साहशमा कमि आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउने छ ।

    सिंह राशि - हरकोहिको पुर्ण बिश्वास नगर्नु होला धोका हुन सक्छ । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ ।

    कन्या राशि - मान्यजनको साथ सहयोग प्राप्त नहुनाले मनमा चन्चलताको बास रहला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्राको कारणले शारिरिक आलस्यता ले सताउला । पठनपाठनको क्षेत्र भने त्यति राम्रो नरहला । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।

    तुला राशि - यात्राकारक दिन रहेकोछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । अरुको बसमा गरीएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन ।

    बृश्चिक राशि - शारीरिक अस्वस्थाका कारण कार्य सम्पादनमा समस्या आउन सक्छ । मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । माल सामान को क्षति ब्यहोर्नू पर्ला सजग रहनु होला । निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अनावश्यक परिश्रम खर्चीनुपर्नेछ ।

    धनु राशि - प्रेमी प्रेमिकाको बिच सामान्य मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय को क्षेत्रमा मध्यम दिन रहेको छ । तपाईले कसैमाथी गरेको बिश्वासमा बिश्वसघात हुन सक्छ । अधीक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु बिफल हुनेछन । मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्नेछन । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला ।

    मकर राशि - तपाईका शुभ चिन्तक हरुको सङख्या बढ्नेछ भने शत्रुपक्क्ष कमजोर हुनाले बिघ्नबाधाहरु हट्नेछन । स्वास्थ सम्बन्धि सामान्य असर भोग्नु पर्ला । आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ । टाढाको मित्रसँग अप्रत्यासित मिलन हुनेछ । सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउनेछ ।

    कुम्भ राशि - पारीवारिक झोर झमेलाले सताउन सक्छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । आँट र शाहासको बृद्यि हुनेछ पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ । बिशिष्ट ब्यत्तिहरुको साथ सहयोगमा नयाँकार्य थालनिका अवसरहरु प्राप्त रहनेछन ।

    मिन राशि - परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । प्रतिस्ठीत ब्यक्तिहरुको सहयोग प्राप्त हुनाले मन प्रशन्न रहेतापनि अरुको अनुशरण गर्दा प्रिय ब्यक्तिहरु टाढीन सक्ने सम्भाबना रहेको छ । पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । सामाजिक कार्यको क्षेत्रमा जुट्ने समय रहेकोछ ।ज्यो.प.सरोज घिमिरे


    माघ ३, २०७८ सोमवार ०७:१८:५० बजे : प्रकाशित


    क्यानाडा नेपाल

    स्वस्थानी व्रतकथा आजदेखि शुरु, यस्तो छ स्वस्थानीको महिमा

    स्वस्थानी व्रतकथा आजदेखि शुरु, यस्तो छ स्वस्थानीको महिमा

    काठमाडौँ - प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

    images

    एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ पmूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधि छ ।

    सय रोटी व्रतालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा वर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

    सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गोतमले जानकारी दिनुभयो । “स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ”, उहाँले भन्नुभयो ।

    यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथा समेत नेपाली समुदायमा प्रचलित छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नाग नागिनीको पुनर्मिलन भएको कथामा उल्लेख छ ।

    गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथा स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ ले जानकारी दिनुभयो ।

    शालिनदीमा १५० वर्तालु – यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तरपूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्दछ । प्राचीनकालदेखि लाग्दै आएको मेलामा यस वर्ष भने कोरोनाका कारण धेरै चहलपहल नहुने भएको छ । “माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन्”, इतिहासकार श्रेष्ठले भन्नुभयो ।

    यस वर्ष कोरोनाको महामारीका कारण माधनारायण मेला नगरी व्रतमात्र गर्ने गरी तयारी गरिएको छ । वर्तालुका लागि साँखुस्थित शालिनदीमा सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । समितिका अध्यक्ष मीजेन्दकाजी श्रेष्ठ यस वर्ष माघ ३ गतेदेखि फागुन ४ गतेसम्म मेला लाग्ने बताउनुहुन्छ ।

    विगत वर्षमा करिब ४०० जनाले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष करिब १५० जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षित साथ राखिने भएको छ । कोरोना महामारीकै कारण गत वर्ष भने ४९ जना मात्र व्रत बसेका थिए । विसं २०७६ मा जस्तो मेला भने यसपटक पनि नलाग्ने समितिले जनाएको छ । गत वर्ष पनि समितिले मेला नलाग्ने भनी भक्तजनको शालिनदीमा भीड नै देखिएको थियो ।वर्तालु आज बेलुकीदेखि नै साँखुमा वास बस्न आउँछन् । बेलुकी मामधवनारायणका पुजारीबाट जल ग्रहण गरेपछि व्रतविधि शुरु हुन्छ । कोरोनाका कारण यस वर्ष वर्तालुलाई एउटै घरमा राख्ने व्यवस्था गरिएको पनि समितिले जनाएको छ ।रासस


    माघ ३, २०७८ सोमवार ०७:३९:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्वस्थानी व्रतकथा

  • क्यानाडा नेपाल

    पहिलो पटक स्वस्थानीको व्रत प्रारम्भ गर्नेले साइत जुराउन नपर्ने

    पहिलो पटक स्वस्थानीको व्रत प्रारम्भ गर्नेले साइत जुराउन नपर्ने

    काठमाडाैं - गगनचुम्बी हिमशिखरको काखमा अवस्थित ऋषिमहर्षिको तपोभुमि, पवित्र तीर्थताल मनमोहक प्राकृतिक भूमि नेपाल  र नेपाली समाजमा हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानीको व्रत र पूजा गर्नेपरम्परा रही आएको छ ।

    images

    हरेक वर्षजस्तै यसवर्ष पनि ३ माघदेखि एक महिनासम्म मनाइने स्वस्थानी व्रत अनुष्ठान प्रारम्भ भएकाे छ । पहिलोपटक व्रत प्रारम्भ गर्न चाहनेका लागि बृहस्पति तथा शुक्र अस्थ नभएकाले विशेषगरी लामो समयको अन्तरालपछि सोमबार युक्त पुनर्वसु नक्षत्रको शुभ मुहुर्तको संयोग जुरेकाले वर्तमान समयमा देखापरेका विभिन्न समस्या विस्तारै नियन्त्रण हुँदै जानेछ र विश्वले नै नयाँ परिवर्तन पाउने मुहुर्त परेको छ ।

    लामो समयदेखि सन्तान नहुनेले विधिपूर्वक यसवर्ष स्वस्थानीको व्रत बसेर समापन गरेमा सन्तान प्राप्तिको योग समेत बन्ने मुहुर्त छ । देवी स्वस्थानीको विधिपूर्वक व्रत एवं पूजा-आराधना गर्नाले मनोकांक्षा सिद्धि हुने विश्वास गरिन्छ ।

    सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले ‘महादेव स्वामी पाऊँ’ भनी बालुवाको शिवलिङ्ग बनाई स्वस्थानीको व्रत गरेकाे र मनोकांक्षा पूर्ण भएपछि उनकै आज्ञाअनुसार लोककल्याणका लागि पृथ्वीलोकमा पनि श्रीस्वस्थानीको व्रत प्रारम्भ गरिएको धार्मिक विश्वास छ ।

    स्वस्थानी व्रतको परम्परा 
    स्वस्थानी व्रत कथा अनुसार यसको सुरुवात भगवान् विष्णुको सल्लाहमा पहिलोपटक पार्वतीले गरेकी हुन् । महादेवकी पत्नी सतीदेवीले आफ्ना बाबुले गरेको यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रूपमा उनको जन्म भएको पुराणमा व्याख्या गरिएको छ ।

    भगवान् विष्णुको सल्लाह अनुसार महादेव पति पाउन श्रीस्वस्थानी व्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकी हुन् भन्ने उल्लेख गरिन्छ । त्यसको फलस्वरूप उनले महादेव पति पाइन् । त्यसैले आज पनि असल पतिको कामना वा पतिको सुस्वास्थ्यको कामना गरेर महिलाले यो व्रत लिने सदीयौंदेखि रहिआएको छ ।

    व्रत एवं पूजा विधि नयाँ व्रत बस्नेहरुले कसरी सुरु गर्ने ?  
    पौष शुक्ल पूर्णिमादेखि व्रत बस्ने भएकाले अघिल्लो दिनमा हातगोडाका नङ काटी आफ्नो शरीर सफा राखीसंकल्पपूर्वक व्रत आरम्भ गरिन्छ । एक महिनासम्म मध्याहृनको समयमा भगवान् शिवसहित स्वस्थानी परमेश्वरीको विधिपूर्वक पूजाआराधना गरिन्छ ।

    व्रतालुले पूजा-आराधनापछि स्वस्थानीको माहात्म्य वाचन वा श्रवण गर्ने गर्छन् । व्रत अवधिभरि चोखोनितो गरी मध्याह्नकालमा एक पटकमात्र भोजन गर्ने गर्छन् । विधिपूर्वक व्रत नबस्नेले पनि आआफ्नो घरमा बिहान वा बेलुकी स्वस्थानीको कथा वाचन एवं श्रवण गर्नु पर्दछ ।

     यसप्रकारले श्रद्धा एवं भक्तिपूर्वक गरिएको स्वस्थानीको व्रत एक महिनापछि अर्थात् माघ शुक्ल पूर्णिमाको दिनसमापन गरिन्छ । यस दिन सम्पूर्ण पूजासामग्री सहित स्वस्थानी परमेश्वरीलाई चढाउन विशेष वस्तु १०८ को संख्यामा हुने गर्छन् ।

    अक्षता, बेलीपुष्प, सुपारी, जनै, पान, बत्ती, रोटी, एवं मौसम अनुसारका फलफूल सबै एक सय आठका दरले चढाई शिवलिंगसहित ॐकारयुक्त अष्टदलमा श्री स्वस्थानीको विशेष पूजा गर्ने विधिको व्याख्या गरिएको छ । पूजा सकिएपछि जुन कामनाले व्रत गरिएको हो सो कामना पूरा होस् भन्दै अर्घ्य दिई यस व्रतको समाप्ति गरिन्छ ।

    स्वस्थानी व्रतकथाभित्र आउने लगभग सबै तीर्थस्थल नेपाल विशेषगरी काठमाडौंभित्रै रहेका छन् । कथाका विभिन्न प्रसंगमा आएका गुह्येश्वरी, गोकर्ण, श्लेष्मान्तक वन, किराँतेश्वर, गौरीघाट, वाग्मती नदी, शालीनदी जस्ता क्षेत्र यहीं पर्ने हुनाले पनि नेपाली समाजमा यस व्रतले बढी महत्त्व र यस प्रतिको आस्था रहिरहेको हो  ।

    विशेषगरी स्वस्थानी व्रतकथामा लेखिएका लावण्यदेश अर्थात् साँखु शालीनदीमा एक महिनासम्म मेला लाग्दछ । यस ठाउँमा सयौं व्रतालु पुस माघको चिसोलाई समेत बेवास्ता गर्दै एक महिनासम्म बस्ने गर्दछन् भने अन्य दर्शनार्थी पनि स्नान, दर्शन आदि प्रयोजनका लागि पुग्ने गर्दछन् ।

    यसवर्ष विशेषगरी कोरोनाका कारण घरमै बसेर पूजा तथा पाठ श्रवण गर्नुपर्ने छ । जोखिम कायमै रहेकाले विशेष सावधानी अपनाउन आग्रह छ ।(लेखक सुरेशचन्द्र रिजाल ज्योतिष तथा वास्तुविद् हुन् )
     


    माघ ३, २०७८ सोमवार ०८:१८:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्वस्थानी व्रतकथा

  • क्यानाडा नेपाल