काठमाडौं – नेकपा १०औं महाधिवेशनमा पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दिएका भीम रावलले व्यक्तिगत निर्णयले पार्टी नचल्ने बताएका छन् ।
चितवनको सौराहामा जारी बन्दसत्रस्थलमा पत्रकारहरुसँग कुरा गर्दै रावलले सो कुरा बताएका हुन् । उनले व्यक्तिगत निर्णयले पार्टी नचल्ने भन्दै आफूले समूहिक निर्णयमा विश्वास गर्ने बताए ।
उनले आफूले अध्यक्ष पद जितेमा पार्टीलाई एकढिक्का बनाएर लैजाने बताए । उनले आफूले जितेमा आगामी चुनावमा पार्टीलाई एक नम्बरको पार्टी बनाउने र त्यसको लागि सबै नेता कार्यकर्ता एक हुनुपर्ने बताए । रावलसँग अध्यक्ष केपी शर्मा ओली भीड्दैछन् ।
प्रतिक्रिया