• Jan 18 2022 | २०७८, माघ ४गते

२०७८, माघ ४गते

फुटबलर विमल घर्तीमगर यी युवतीको प्रेममा रहेको खुल्यो

क्यानाडा नेपाल मंसिर १३ २०७८
  • 2.3K
    SHARES
  • images
    images
    फुटबलर विमल घर्तीमगर यी युवतीको प्रेममा रहेको खुल्यो

    काठमाडौं - नेपालका चर्चित फुटबलर विमल घर्तीमगरको प्रेमसम्बन्धको पछिल्लो समय निकै चर्चा छ । हालै उनले सामाजिक सञ्जालमा आफ्नो प्रेमसम्बन्ध रहेको संकेत गरेका छन् । 

    images

    उनले फेसबुकमा एक तस्बिर शेयर गर्दै लीना प्रधानलाई मेन्सन गर्दै 'मिस यू' लेखेका छन् । उक्त पोष्टमा धेरैले बधाई पनि दिएका छन् । 

    साथै विक्रम लिम्बुले पनि प्रेम सफल होस्, चाँडै विवाह खान पाउँ लेखेका छन् । यस्तै सन्दिप राईले पार्टी कहाँ हो भनेर लेखेका छन् । चोटका कारण लामो समय फुटबल नखेलेका विमल ए डिभिजन लिगमार्फत खेलमा फर्किएका हुन् । 

    ddd.PNG

    bimal.PNG

    Capture.PNG


    मंसिर १३, २०७८ सोमवार १८:४३:१७ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # विमल घर्तीमगर

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    एम्बाप्पेको गोलमा पीएसजीलाई ११ अंकको अग्रता 

    एम्बाप्पेको गोलमा पीएसजीलाई ११ अंकको अग्रता 

    काठमाडौं - युवा स्टार केलियन एम्बाप्पेको गोलसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा स्टेड ब्रेस्टलाई २–० ले पराजित गरेको छ । शनिबार राति भएको खेलमा केलियन एम्बाप्पे र थिलो केहरेरको गोलसँगै १५ औं जित निकालेको पीएसजीलले शीर्षस्थानमा ११ अंकको अग्रता बनायो । 

    images

    खेलको ३२औं मिनेटमा विजनाल्डुमको पासमा एम्बाप्पेले टोलीलाई अग्रता दिलाए । ५३औं मिनेटमा थिलोले नुनो मेन्डिसको पास सदुपयोग गर्दै २–० को सहज जित दिलाए । खेलमा पीएसजीका स्टार खेलाडी लियोनल मेस्सी र नेयमार भने खेलेका थिएनन् ।  

    जितसँगै पीएसजीले २१ खेलबाट ५० अंक बनाएको छ । ब्रेष्टको भने समान खेलबाट २५ अंक रहेको छ र १३ औं स्थानमा छ । 


    माघ २, २०७८ आइतवार ०८:२२:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पेरिस सेन्ट जर्मेन

  • क्यानाडा नेपाल

    सानदार जित निकाल्दै सिटी शीर्षस्थानमा, चेल्सी पराजित

    सानदार जित निकाल्दै सिटी शीर्षस्थानमा, चेल्सी पराजित

    काठमाडौं - चेल्सी माथि १–० जितसँगै म्यानचेष्टर सिटीले शीर्षस्थानमा १३ अंकको अग्रता बनाउँदा शनिबार राति भएको इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाईटेड र एष्टन भिल्लाले २–२ गोलको बराबरी खेलेका छन् । 

    images

    घरेलु मैदान इतिहाद रंगशालामा सिटीको जितमा एक मात्रै गोल केभिन डि ब्रुयनेले गरे । जोआओ कनसेलोको पास सदुपयोग गर्दै केभिनले खेलको ७०औं मिनेटमा निर्णायक गोल गरे । 

    जितसँगै पेप ग्वार्डिओलाको सिटीले शीर्षस्थानमा १३ अंकको अग्रता बनायो । २२ खेलबाट सिटीको ५६ अंक छ । यता, पराजित चेल्सीको समान खेलबाट ४३ अंक छ र उ दोस्रो स्थानमा यथावत छ । 

    अर्काे खेलमा म्यानचेष्टर युनाईटेडले घरेलु टोली एस्टन भिल्लालाई २–२ गोलको बराबरीमा रोक्यो । खेलमा २–० को अग्रता बनाएको युनाईटेड अग्रता जोगाउँन नसक्दा बराबरीमा रोकियो । 

    ब्रुनो फर्नाण्डेजको गोलसँगै युनाईटेडले खेलको छैटौं र ६७औं मिनेटमा २–० को अग्रता बनायो ।  यसपछि जाकोब राम्सीले ७७ औं मिनेट  र डेब्यु खेलाडी फिलिप कौटिन्होले गोल गर्दै एष्टन भिल्लालाई घरेलुु मैदानमा हारबाट टारे । 

    बार्सिलोनाका कौटिन्हो लोनमा यसै सिजन एष्टन भिल्ला आएका हुन् । ६८औं मिनेटमा डेब्यु गरेका उनले ८१ औं मिनेटमा गोल गरे । बराबरीसँगै युनाईटेड २० खेलबाट ३२ अंक सहित साँतौ स्थानमा छ । यता, एष्टन भिल्ला समान खेलबाट २३ अंक सहित १३ औं स्थानमा छ । 

    गय राति भएका अन्य खेलमा नर्वीचले एभर्टनलाई २–१ ले पराजित गर्दा उल्भ्सले  साउथह्याम्पटनलाई ३–१ अंन्तरले पराजित गर्याे । अर्काे खेलमा न्युक्यासल युनाईटेड र वाट्फोर्डले १–१ गोलको बराबरी खेले । 

     


    माघ २, २०७८ आइतवार ०८:३०:३८ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    डिबला चम्किँदा युभेन्ट्सको सानदार जित

    डिबला चम्किँदा युभेन्ट्सको सानदार जित

    काठमाडौं - इटालीयन सिरी ए क्लब युभेन्ट्सले शनिबार राति भएको खेलमा सहज जित निकालेको छ ।  घरेलु मैदानमा १२औं जित निकाल्ने क्रममा युभेन्ट्सले उडिनेसलाई २–० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोड्यो । 

    images

    अर्जेन्टिनी स्टार समेत रहेका पाउलो डिबलाको गोलमा युभेन्ट्सले खेलको १९ औं मिनेटमा अग्रता बनायो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको युभेन्ट्सले दोस्रो हाफमा थप एक गोल गर्याे । 

    खेलको ७९ मिनेटमा वेस्टन म्याकेनीले गोल गर्दै २–० को सहज जित दिलाए । जितसँगै २२ खेलबाट युभेन्ट्सले ४१ अंक जोडेको छ र पाचौ स्थानमा छ । यता, पराजित उडिनेस २० खेलबाट २० अंक सहित १४ औं स्थानमा छ । 

    गय रातिनै भएको सिरी ए को खेलमा सेलेरनिटानालाई ३–० ले पराजित गर्दै लाजियो छैटौं स्थानमा रह्यो । यस्तै टोरिनोले साम्पडोरियालाई २–१ अन्तरले पराजित गर्याे । सिरी ए मा २० खेल खेलेको इन्टर मिलान ४९ अंक सहित शीर्षस्थानमा रहेको छ । 


    माघ २, २०७८ आइतवार ०८:४१:४३ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    रियल मड्रिडले जित्यो सुपर कपको उपाधि

    रियल मड्रिडले जित्यो सुपर कपको उपाधि

    काठमाडौं - रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ । आइतबार राति साउदी अरवियाको रियादमा भएको फाइनल खेलमा एथ्लेटिको क्लबलाई २–० ले पराजित गर्दै रियलले १२औँ पटक सुपर कपको उपाधि हात पारेको हो । 

    images

    १० खेलाडीमा सीमित रियलको जितमा लुका मोड्रिक र करिम बेन्जेमाले १-१ गोल गरे । रोड्रिगोको पास सदुपयोग गर्दै लुका मोड्रिकले खेलको ३८औँ मिनेटमा रियललाई अग्रता दिलाए । ५२औँ मिनेटमा पाएको पेनाल्टी सदूपयोग गर्दै बेन्जेमाले २-० ले टोलीलाई अग्रता बनाए । 

    खेलको ८७ मिनेटमा रियल १० खेलाडीमा समेटियो । इडर मिलिटाओले सिधै रातो कार्डको सामना गरे । त्यसको एक मिनेटपछि नै पाएको पेनाल्टी एथ्लेटिकोले सदुपयोग गर्न सकेन । राउल गार्सियाले पाएको पेनाल्टी सदूपयोग गर्न नसक्दा एथ्लेटिको गोलविहीन बन्यो । 

     


    माघ ३, २०७८ सोमवार ०७:२३:०६ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    ब्रेन्टफाेर्डलाई हराउदै लिभरपुल इंग्लिस प्रिमियर लिगकाे दोस्रो स्थानमा  

    ब्रेन्टफाेर्डलाई हराउदै लिभरपुल इंग्लिस प्रिमियर लिगकाे दोस्रो स्थानमा  

    काठमाडौं - लिभरपुल इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलले घरेलु मैदान एनफिल्डमा ब्रेन्टफोर्डलाई ३-० ले पराजित गरेकाे हाे । जितमा फाविन्हो, एलेक्स अक्सलेड चेम्बरलेन र ताकुमी मिनामिनोले १-१ गोल गरे । 

    images

    ४४औँ मिनेटमा फाविन्होले सुरुआती गोल गरे । ६९औँ मिनेटमा एलेक्सले गोल गर्दा लिभरपुल २-० ले अघि बढ्यो । ७७औँ मिनेटमा ताकुमीले गोल गर्दा लिभरपुलले सहज जित पार्‍याे । 

    जितपछि लिभरपुलको २१ खेलबाट ४५ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ । एक स्थान तल झरेको चेल्सीको ४३ अंक छ । शीर्ष स्थानको सिटीको ५६ अंक छ । पराजित ब्रेन्टफोर्ड २३ अंक जोडेर १४औंं स्थानमा छ ।

    अर्काे खेलमा ज्याक ह्यारिसनको ह्याट्रिकमा लिड्स युनाइटेडले वेस्ट ह्याम युनाइटेडलाई ३–२ ले पराजित गरेकाे छ । 


    माघ ३, २०७८ सोमवार ०८:३८:४५ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    नोभाक जोकोभिच अस्ट्रेलियाबाट देशनिकाला 

    नोभाक जोकोभिच अस्ट्रेलियाबाट देशनिकाला 

    सिड्नी - विश्व नम्बर एक टेनिस खेलाडी तथा सर्बियाली नागरिक नोभाक जोकोभिच अस्ट्रेलियाबाट देशनिकाला गरिएका छन् । ३४ वर्षीय जोकोभिचको  भिसा रद्द गर्ने सरकारको फैसलालाई संघीय अदालतले सदर गरेपछि उनलाई अस्ट्रेलियाबाट देशनिकाला गरिएको हो ।

    images

    सर्बियाली नागरिक जोकोभिचको भिसा रद्द गर्ने सरकारको निर्णयलाई अदालतले कानुनसम्मत भनेको छ । अदालतका तीन न्यायाधीशहरूले सर्वसम्मतिले उनको भिसा रद्द विरुद्धको अपिललाई खारेज गर्ने  फैसला गरेका हुन् ।

    अदालतको फैसलासँगै जोकोभिच अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता खेल्न नपाउने भएका छन् ।
     


    माघ ३, २०७८ सोमवार ०९:०६:३२ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    images
    images
    images
    images
    ताजा खबर