• Jan 18 2022 | २०७८, माघ ४गते

२०७८, माघ ४गते

विवाह गर्दागर्दै कार्यक्रम रोकेर परीक्षा दिन पुगे साउदीका दुलाहा

क्यानाडा नेपाल मंसिर १३ २०७८
  • 692
    SHARES
  • images
    images
    विवाह गर्दागर्दै कार्यक्रम रोकेर परीक्षा दिन पुगे साउदीका दुलाहा

    रियाद - पछिल्लो एक सातादेखि साउदीका एक युवक एउटा अनौठो कार्यका लागि सञ्चारमाध्यममा छाएका छन् । विवाह गर्दागर्दै कार्यक्रम रोकेर जाँच दिन परीक्षा हलमा पुगेपछि उनको चर्चा हुन थालेको हो । प्रसंग साउदीका विद्यार्थी अल लइलीको हो । 

    images

    लइलीकाे यसै साता विवाह भएको थियो । विवाहको तय भने एक महिनाअघि भएको थियो । माध्यामिक विद्यालयका विद्यार्थीसमेत रहेका लइलीको संयोगवश विवाहकै दिन परीक्षा पर्‍यो ।

    दुवै काम एकै दिन परेपछि एकछिन उनी समस्यामा परे । अन्तत उनी निर्णयमा पुगे विवाह पनि गर्ने र परीक्षा पनि दिने । विवाह गर्दागर्दै वेहुलाकै भेषमा परीक्षा हलमा पुगे, उनी ।

    ‘विवाह गर्दागर्दै रोकेर म वेहुलाको भेषमा नै परीक्षा हल आएको छ । आशा छ म दुबै कार्यमा सफल हुनेछु,’ उनले भने । परीक्षा सक्ने वित्तिक्कै उनी सोझै विवाह समारोहमा पुगेका थिए । विवाह र जाँचमा सहभागी भएको उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।एजेन्सी

     


    मंसिर १३, २०७८ सोमवार १४:०४:१४ बजे : प्रकाशित

    images
    images

    क्यानाडा नेपाल

    अर्कोसमाचार

    भारतमा अनौठो बच्चा जन्मियो : तीन वटा हात र तीन वटा खुट्टा, हेर्न आउँनेको भीड

  • 658
    SHARES
  • भारतमा अनौठो बच्चा जन्मियो : तीन वटा हात र तीन वटा खुट्टा, हेर्न आउँनेको भीड

    काठमाडौं - विश्वमा धेरै अनौठा बच्चा जन्मिएका हुन्छन् । यस्तै शुक्रबार भारतमा पनि एक अनौठो बच्चा जन्मिएको छ । बिहारस्थित गोपालगञ्जमा जन्मिएको उक्त बच्चाका तीन वटा हात र तीन वटा खुट्टा रहेका छन् । 

    images

    ३० वर्षीया रबिना खातुनले अनौठो बच्चा जन्माएपछि अस्पतालमा नै भीड लागेको छ । भारतिय मिडियाका अनुसार उनको सामुदायिक स्वास्थ्य केन्द्रमा नर्मल डेलिभरी भएको हो । अनौठो बच्चा जन्मिएपछि डाक्टर र हेर्न आउँने पनि अचम्म मानेका छन् ।

    एक डाक्टरले सिन्ड्रोमका कारण यस्तो हुने बताए । अहिले उक्त बच्चालाई सदर अस्पतालस्थित एसएनसीयूमा लगिएको बताइएको छ । अहिले बच्चाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको जनाइएको छ । 


    पौष १६, २०७८ शुक्रवार १४:३८:०८ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    इटालीको एउटा सहर, जसको आकृति दुरुस्तै मानव जस्तो देखिन्छ

  • 620
    SHARES
  • इटालीको एउटा सहर, जसको आकृति दुरुस्तै मानव जस्तो देखिन्छ

    एजेन्सी - इटालीको एउटा सहरको एरियल तस्विरहरु दुरुस्तै मानव आकृतिजस्तै देखिएका छन् । सिसिली टापुको सानो सहर सेन्टुराइप सहरको ड्रोनले खिचेको तस्विर दुरुस्तै मानिसजस्तै देखिएको हो । तस्विरमा प्रष्ट पाँच आकार देखिन्छ । 

    images

    स्थानीय फोटोग्राफर पिओ एन्ड्रिया पेरीले सवैभन्दा पहिले ड्रोनबाट तस्विर खिचेका थिए । गुगल अर्थमा मानव आकृतिको सहर देखेपछि उनले ड्रोनबाट तस्विर खिचेका थिए । 

    उनल सेन्टुराइप सहरमा माथिल्लो उचाईमा ड्रोन उडाएका थिए । ‘यो तस्विर खिच्ने निकै कठिन भएको थियो,’ उनी भन्छन्, ‘ड्रोन सीमित उचाइमा पुग्ने भएकोले मैले धेरै सट प्रयोग गरेको थियो ।’

    ड्रोनबाट खिचिएको तस्विरमा मानिसको आकृतिबाहेक विभिन्न चिजसँग मेल खाएको छ । पाँच बिन्दुको तार, फैलिएको पखेंटा र प्रसिद्ध चित्रकार लियोनार्दो दा भिन्चीको मानव आकृति (भिर्तुभियन) सँग तस्विर मेल खान्छ । 

    पिओले आफूले खिचेको तस्विरलाई इस्टाग्राम पेजमा राखेका छन् । तस्विरसँग धेरैजसो व्यक्ति झुक्किएका छन् । धेरैले तस्विरलाई विश्वास गरेका छैनन् ।

    केहीले विभिन्न तस्विर कम्प्युटरमा गाँसेर राखेको आरोप लगाएका छन् ।   ‘सहरबारे मैले खिचेका तस्विरहरुलाई धेरैले अनौठो मानेका छन् । कतिपयले विश्वास नै गरेका छैनन् । कोहीले कम्प्युटरबाट तोडमोड गराएको बताएका छन्, ’ उनले भने । तर, गुगल अर्थमा सर्च गरेपछि फोटोसपबाट तस्विर गाँसेको भनेर आरोप लगाउनेहरुले उनीसँग क्षमा याचना गरेका छन् ।
     


    पौष २०, २०७८ मंगलवार २२:०३:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इटाली

  • क्यानाडा नेपाल

    विश्वलाई चकित पार्दै चीन, बनायो वास्तविक सूर्यभन्दा पाँच गुणा ताप भएको कृत्रिम सूर्य

  • 534
    SHARES
  • विश्वलाई चकित पार्दै चीन, बनायो वास्तविक सूर्यभन्दा पाँच गुणा ताप भएको कृत्रिम सूर्य

    बेइजिङ - चीनले ‘कृत्रिम सूर्य’ को सफल परीक्षण गरेको छ । भविष्यमा स्वच्छ उर्जाका लागि मार्ग प्रशस्त गर्न भन्दै उसले कृत्रिम सूर्यको परीक्षण गरेको हो । एक्सपेरियन्सल एडभान्स्ड सुपरकन्डक्टिङ टोकामाक (इएएसटी) नाम दिइएको परीक्षणलाई बेइजिङले पारमाणविक फ्युजन भट्टी भनेको छ । ७ करोड डिग्री सेल्सियस ताप भएको सो भट्टीलाई १७ मिनेटभन्दा बढी समय सञ्चालनमा ल्याइएको थियो ।

    images


    पछिल्लो परीक्षणले वैज्ञानिकहरुलाई ‘असिमित स्वच्छ उर्जा’ तर्फ अघि बढेको विज्ञहरुले बताएका छन् । साउद चाइन मर्निङ पोस्टको एउटा रिपोर्टअनुसार कृत्रिम सूर्यको तापक्रम ७ करोड डिग्री सेल्सियस थियो । त्यो भनेको वास्तविक सूर्यभन्दा पाँच गुणा तातो हो । कृत्रिम सूर्यको यो तापक्रम  १७ मिनेट ३६ सेकेन्डसम्म रहेको थियो ।

    हाइड्रोजन र डियुटेरियमलाई उमालेर प्लाज्मा बनाइ सो भट्टीको तापक्रमक सूर्यकोभन्दा पाँच गुणबढी बनाइएको थियो ।

    कृत्रिम सूर्य चलाउन जीवाशेष इन्धनको आवश्यकता नपर्ने तथा त्यसले कुनै हानिकारक चिज उत्सर्जन नगर्ने भएकाले यसलाई भौतिकशास्त्रीहरूले वातावरण मैत्री मान्दै आएका छन् ।एजेन्सी 


    पौष २२, २०७८ बिहिवार ०८:३४:२६ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    दाह संस्कार गर्ने क्रममा शिशु रुन थालेपछि...

  • 676
    SHARES
  • दाह संस्कार गर्ने क्रममा शिशु रुन थालेपछि...

    एजेन्सी - चिकित्सकले मृत घोषित गरेका एक शिशु दाह संस्कारको तयारीका क्रममा चिच्चाउन थालेपछि टर्कीका एक दम्पत्ति चकित परेका छन् । टर्कीको युरिजिर स्टेट हस्पिटलका चिकित्सकहरुले  शिशु जन्मिदै मृत भएको बताएपछि ३२ वर्षीया मेलिक सेर्ट र उनका ३४ वर्षीया हसन सर्ट विक्षिप्त बनेका थिए ।  

    images

    पाँच महिनामा यही २ जनवरीमा जन्मिएका ती शिशु जन्मदै मृत भएको भन्दै चिकित्सकहरुले ‘मृत्युको प्रमाण पत्र’ दिएका थिए । शिशुको समय नपुगी जन्मिएको अर्थात मिसक्यारिज भएको चिकित्सकहरुले बताएका थिए । 

    चिकित्सकले दिएको प्रमाण पत्र गोजीमा राखेर बाबु शिशुलाई पुर्न खाल्डो खनिएको स्थानतर्फ कारमा जाँदै थिए । जाने क्रममा अकस्मात कारभित्र शिशु चिच्याउन थाले । शिशु रुन थालेपछि उनले तत्कालै गाडी अस्पताल फर्काएका थिए, जहाँ उनी अहिले जीवन र मृत्युको दोसाँधमा संघर्षरत छन् । 

    शिशुलाई जोगाउन तत्काल रगत आवश्यक परेको चिकित्सकले बताएका छन् । शिशु जन्मिनु एक महिनाअघि आमा गंम्भीर विरामी परेकी थिइन् । 
     


    पौष २३, २०७८ शुक्रवार १३:०७:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दाह संस्कार

  • क्यानाडा नेपाल

    विज्ञानको अर्को चमत्कारः विश्वमै पहिलोपटक सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण

  • 348
    SHARES
  • विज्ञानको अर्को चमत्कारः विश्वमै पहिलोपटक सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण

    एजेन्सी - अमेरिकाका एक मानिसमा सुँगुरको मुटु प्रत्यारोपण भएको छ । डेभिड बेन्नेट नाम गरेका अमेरिकी नागरिकमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण भएको हो । वंशानुगत रुपमा परिवर्तन गरेको सुँगुरबाट मुटु प्रत्यारोपण गर्ने उनी पहिलो व्यक्ति हुन् ।

    images

    प्रत्यारोपणपछि उनको स्वास्थ्य अवस्था सामान्य छ । बाल्टीमोरको एक अस्पतालमा सात घन्टा लामो शल्यक्रियापछि प्रत्यारोपण सफल भएको हो । 

    प्रत्यारोपणलाई बेन्नेटको जीवन बचाउने अन्तिम प्रयासका रुपमा लिइएको छ । उनी अब कति समयसम्म बाँच्छन भन्ने केही प्रष्ट गरिएको छैन् । 

    ‘मर्नु वा प्रत्यारोपण गर्नु बाहेक अर्को विकल्प थिएन,’ शल्यक्रियाअघि बेन्नेटनले भनेका थिए, ‘अवश्य पनि यो अध्याँरोमा गोली हान्नु थियो । तर मैले अन्तिम विकल्प रोजे । ’

    शल्यक्रिया पुरा गर्न युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरका चिकित्सकहरुलाई अमेरिकी मेडिकल नियामक निकायले एउटा विशेष छुट दिएको थियो, ताकी बेन्निट बाँच्न सकून । उनको स्वास्थ्य अवस्था कमजोर भएकोले उनलाई मानव अंग प्रत्यारोपण गर्न असम्भव देखिएको थियो । 

    प्रत्यारोपणमा सफलतासँगै वर्षौंसँग त्यसबारे अध्ययन गरेका मेडिकल टिममा थप हौसला बढेको छ र यसले विश्वभर मानिसहरुको जीवनलाई परिवर्तन गर्न सक्ने विश्वास गरिएको छ । 
     


    पौष २७, २०७८ मंगलवार ११:१९:२३ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    दुध उत्पादन बढाउन गाईको टाउकोमा हेडसेट

  • 500
    SHARES
  • दुध उत्पादन बढाउन गाईको टाउकोमा हेडसेट

    एजेन्सी - टर्कीमा एउटा गाई फार्मका मालिकले गाईको टाउकोमा हेडसेट राख्दा तुलनात्मक रुपमा बढी दुध दिएको बताएका छन् । भर्चुअल रियालिटी हेडसेट राख्दा गाई घाम लागेको बाहिरी मैदानमा रहेको भ्रममा परेको मालिकले बताएका छन् ।

    images

    मानिसमा प्रयोग हँुदै आएको भीआर सेटलाई सफ्टवेयरको रुपमा विकसित गरेर गाईको टाउकोमा फिट गर्न मिलाइएको छ । फिट  गरिसकेपछि विज्ञहरुले रंगिन प्यालेटलाई सफ्टवेयरमा परिणत गरेका थिए, ताकी भीआर हेडसेट गाईको आँखामा उपर्युक्त होस ।

    हेडसेट राखेपछि गाईले दैनिक २२ लिटरबाट २७ लिटर दुध दिन थालेको अक्सारेका फार्म मालिक इजेट कोसाकले दाबी गरेका छन् । कोसाकका अनुसार वातावरणीय अवस्थाले गाईको स्वास्थ्य र दुध उत्पादनमा प्रभाव पार्छ ।

    भीआर ग्लासमार्फमत कोसाकले गाईलाई ठूलो घाँसे मैदान वरपर हिँडडुल गराउनुको अतिरिक्त रमाइला संगीत सुनाइदिएका थिए । रसियाको एउटा कम्पनीले भीआर हेडसेटले विकास गरेको हो ।

    पशु चिकित्सकहरुको सहकार्यमा गाईको सुरक्षा सुनिश्चितता गर्न भीआर हेडसेट्स पहिलो पटक मस्कोमा परीक्षण गरिएको थियो 

     

     


    पौष २८, २०७८ बुधवार १५:०२:०७ बजे : प्रकाशित


    क्यानाडा नेपाल