श्रावण २५, २०७९ बुधबार | Wed Aug 10 2022

ईश्वर पोखरेलसंग वरिष्ठ उपाध्यक्षमा किन लड्न चाहेनन् सुवास नेम्वाङ ?



काठमाडौं । वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत निर्णय गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हिजो दिनभरी लागेको थियो । सुवासचन्द्र नेम्वाङ र ईश्वर पोखरेलले यो पद आफूलाई कुनै पनि हालतमा चाहिने भनेपछि केपी ओलीलाई सहमतिमा ल्याउन हम्मे हम्मे परेको थियो ।

सुवास नेम्वाङले आफू केपी शर्मा ओली बाहेक अरुलाई नेता भन्न तयार नभएको कारण कि मलाई दिनुस नत्र यो पद खारेज गरिदिनुस भनेर अल्टिमेटम दिंदै छलफलबाट बाहिरिएका थिए । केपी शर्मा ओलीले निर्वाचन पश्चात राष्ट्रपतिको लागि सुनिश्चित गर्दै सहमतिमा ल्याउन खोजेका थिए तर नेता नेम्वाङले ईश्वर पोखरेललाई कुनै हालतमा नेता नमान्ने भन्दै जवाफ दिएका थिए ।

उता केपी शर्मा ओलीले ईश्वर पोखरेललाई पनि म पछि पार्टी हाक्ने र एमालेबाट प्रधानमन्त्री बन्ने म पश्चात तपाई नै त हो बरु यो पद नेम्वाङ जीलाई दिउँ भनेर सहमतिमा ल्याउन खोजिएको थियो । तर ईश्वर पोखरेलले आफू अहिले अध्यक्ष पदको दाबेदार हुँदाहुँदै अहिलेको माग तपाई अध्यक्ष हुनुपर्ने भएकाले म वरिष्ठ उपाध्यक्षमा बस्छु भन्दै सहमतिमा आउन मानेका थिएनन् । 

ईश्वर पोखरेल र सुवास नेम्वाङ कुनै हालतमा नमानेपछि केपी ओलीलाई यो पद खारेज नै गर्ने कि भन्ने सम्म आएर यो विकल्प बारे पनि छलफल चलेको थियो । उता भिम रावलले पनि यो पद पाए अध्यक्ष पदमा उमेद्वारी नदिने संदेशसम्म पठाएको थाहा पाएपछि ओली झन् रिसाउदै यो पद खारेज नगर्ने बरु यी दुईमा एक जनालाई दिने निधो गर्दै छलफलमा कस्सिए ।

भिम रावलको योजना : पूर्वमाओवादी नेताहरुलाई पराजित गर्ने भिम रावलको योजना : पूर्वमाओवादी नेताहरुलाई पराजित गर्ने

ईश्वर पोखरेल र सुवास नेम्वाङबीच निर्वाचन नै गराउने कि भन्नेसम्म विकल्प अध्यक्ष ओलीले बोकेका थिए तर यत्ति ठूलो पदमा आफ्नै निकटहरुलाई कसरी भिडाउनु भन्दै ओलीले नेता नेम्वाङसंग अन्तिम छलफल गर्ने सोचेर बोलाएका थिए । बन्द सत्र तर्फ जान तयार भएका सुवास नेम्वाङ केपी ओलीसंग ‘वान टु वान’ वार्तामा बसे ।

ओली निकट एक नेताले दिएको जानकारी अनुसार केपी ओलीले सुवास नेम्वाङसंग भावुक हुँदै कुरा सुरु गरेका थिए । ति नेताले बताए अनुसार ओलीले नेम्वाङलाई भने, “हेर्नुस मेरो समस्या तपाईले बुझ्नु भएकै छ । राम्रो गर्न खोज्दा खोज्दै पार्टी भित्र र बाहिर मलाई एकलौटी पेल्न खोज्छन् । तपाई भन्नुस त निर्वाचनमा हामी बहुमत ल्याउँछौ कि ल्याउदैनौ ? तपाईलाई विश्वास छ कि छैन एमालेमा ?”

केपी ओलीको यो प्रश्न सुनेपछि नेता नेम्वाङले हामी निर्वाचनमा पहिलो पार्टी नै बन्छौं भनेर जवाफ दिएपछि ओलीले सिधै आफ्नो प्रस्ताव राखे, “निर्वाचनमा हामी जित्यौं भने म प्रधानमन्त्री र तपाईं राष्ट्रपति । अहिले एमालेमा राष्ट्रपतिको उमेद्वार कोही नेता देख्नुहुन्छ र ? तपाई र म भयौँ भने हामी संविधान सम्भवत सरकार चलाउछौँ । मैले तपाई राष्ट्रपति भनेर अहिले देखि नै अघि सारेको छु । तपाई न कुनै भ्रष्टाचार न कुनै विवादमा तानिनु भएको छ त्यसैले तपाईको छविले राष्ट्रपतिको लागि तपाई बाहेक अरु कोही देख्दिन । त्यसैले यो पाली सहमती गरिदिनुस ।”

केपी शर्मा ओलीले यत्ति भनेपछि सुवास नेम्वाङले भने, “अध्यक्ष ज्यू म राष्ट्रपतिको लागि सहमति त हुँदिन किनकि त्यो भनेको पछिको कुरा हो । एमाले पार्टी निर्वाचनमा एक नम्बर हुनेपनि ढुक्क छु । तर अहिले तपाईले सर्वसम्मतको प्रयास गरिरहेको देखेको छु र म पार्टीको एक सिपाही भएको नाताले अध्यक्षको मर्म बुझिदिनु पर्छ । तपाईलाई जे ठिक लाग्छ त्यही गर्नुहोस । म बन्द सत्र तर्फ निस्किए, तपाई पनि चाडैं आउनुहोला ।”

सुवास नेम्वाङले अध्यक्षलाई नै यो पदको लागि निर्णय गर्न छोडेपछि केपी ओली अलि हल्का भएका थिए । वरिष्ठ उपाध्यक्ष पदलाई सहमतिमा ल्याउन सकेपछि केपी ओलीलाई ठूलो तनावबाट मुक्त भएको महशुष गर्दै आफू नजिक रहेका विष्णु पौडेललाई भने, “ल अब बन्द सत्र तर्फ जाउँ । अध्यक्ष पदको लागि निर्वाचन गर्नुपरे म लड्न तयार छु ।”

प्रकाशित मिति : मंसिर १३, २०७८ सोमबार  ८ : २८ बजे