• Jan 27 2022 | २०७८, माघ १३गते

२०७८, माघ १३गते

ईश्वर पोखरेलसंग वरिष्ठ उपाध्यक्षमा किन लड्न चाहेनन् सुवास नेम्वाङ ?

रोहित शर्मा मंसिर १३ २०७८
  • 1.4K
    SHARES
  • images
    images
    ईश्वर पोखरेलसंग वरिष्ठ उपाध्यक्षमा किन लड्न चाहेनन् सुवास नेम्वाङ ?

    काठमाडौं । वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत निर्णय गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हिजो दिनभरी लागेको थियो । सुवासचन्द्र नेम्वाङ र ईश्वर पोखरेलले यो पद आफूलाई कुनै पनि हालतमा चाहिने भनेपछि केपी ओलीलाई सहमतिमा ल्याउन हम्मे हम्मे परेको थियो ।

    images

    सुवास नेम्वाङले आफू केपी शर्मा ओली बाहेक अरुलाई नेता भन्न तयार नभएको कारण कि मलाई दिनुस नत्र यो पद खारेज गरिदिनुस भनेर अल्टिमेटम दिंदै छलफलबाट बाहिरिएका थिए । केपी शर्मा ओलीले निर्वाचन पश्चात राष्ट्रपतिको लागि सुनिश्चित गर्दै सहमतिमा ल्याउन खोजेका थिए तर नेता नेम्वाङले ईश्वर पोखरेललाई कुनै हालतमा नेता नमान्ने भन्दै जवाफ दिएका थिए ।

    उता केपी शर्मा ओलीले ईश्वर पोखरेललाई पनि म पछि पार्टी हाक्ने र एमालेबाट प्रधानमन्त्री बन्ने म पश्चात तपाई नै त हो बरु यो पद नेम्वाङ जीलाई दिउँ भनेर सहमतिमा ल्याउन खोजिएको थियो । तर ईश्वर पोखरेलले आफू अहिले अध्यक्ष पदको दाबेदार हुँदाहुँदै अहिलेको माग तपाई अध्यक्ष हुनुपर्ने भएकाले म वरिष्ठ उपाध्यक्षमा बस्छु भन्दै सहमतिमा आउन मानेका थिएनन् । 

    ईश्वर पोखरेल र सुवास नेम्वाङ कुनै हालतमा नमानेपछि केपी ओलीलाई यो पद खारेज नै गर्ने कि भन्ने सम्म आएर यो विकल्प बारे पनि छलफल चलेको थियो । उता भिम रावलले पनि यो पद पाए अध्यक्ष पदमा उमेद्वारी नदिने संदेशसम्म पठाएको थाहा पाएपछि ओली झन् रिसाउदै यो पद खारेज नगर्ने बरु यी दुईमा एक जनालाई दिने निधो गर्दै छलफलमा कस्सिए ।

    भिम रावलको योजना : पूर्वमाओवादी नेताहरुलाई पराजित गर्ने भिम रावलको योजना : पूर्वमाओवादी नेताहरुलाई पराजित गर्ने

    ईश्वर पोखरेल र सुवास नेम्वाङबीच निर्वाचन नै गराउने कि भन्नेसम्म विकल्प अध्यक्ष ओलीले बोकेका थिए तर यत्ति ठूलो पदमा आफ्नै निकटहरुलाई कसरी भिडाउनु भन्दै ओलीले नेता नेम्वाङसंग अन्तिम छलफल गर्ने सोचेर बोलाएका थिए । बन्द सत्र तर्फ जान तयार भएका सुवास नेम्वाङ केपी ओलीसंग 'वान टु वान' वार्तामा बसे ।

    ओली निकट एक नेताले दिएको जानकारी अनुसार केपी ओलीले सुवास नेम्वाङसंग भावुक हुँदै कुरा सुरु गरेका थिए । ति नेताले बताए अनुसार ओलीले नेम्वाङलाई भने, "हेर्नुस मेरो समस्या तपाईले बुझ्नु भएकै छ । राम्रो गर्न खोज्दा खोज्दै पार्टी भित्र र बाहिर मलाई एकलौटी पेल्न खोज्छन् । तपाई भन्नुस त निर्वाचनमा हामी बहुमत ल्याउँछौ कि ल्याउदैनौ ? तपाईलाई विश्वास छ कि छैन एमालेमा ?"

    केपी ओलीको यो प्रश्न सुनेपछि नेता नेम्वाङले हामी निर्वाचनमा पहिलो पार्टी नै बन्छौं भनेर जवाफ दिएपछि ओलीले सिधै आफ्नो प्रस्ताव राखे, "निर्वाचनमा हामी जित्यौं भने म प्रधानमन्त्री र तपाईं राष्ट्रपति । अहिले एमालेमा राष्ट्रपतिको उमेद्वार कोही नेता देख्नुहुन्छ र ? तपाई र म भयौँ भने हामी संविधान सम्भवत सरकार चलाउछौँ । मैले तपाई राष्ट्रपति भनेर अहिले देखि नै अघि सारेको छु । तपाई न कुनै भ्रष्टाचार न कुनै विवादमा तानिनु भएको छ त्यसैले तपाईको छविले राष्ट्रपतिको लागि तपाई बाहेक अरु कोही देख्दिन । त्यसैले यो पाली सहमती गरिदिनुस ।"

    केपी शर्मा ओलीले यत्ति भनेपछि सुवास नेम्वाङले भने, "अध्यक्ष ज्यू म राष्ट्रपतिको लागि सहमति त हुँदिन किनकि त्यो भनेको पछिको कुरा हो । एमाले पार्टी निर्वाचनमा एक नम्बर हुनेपनि ढुक्क छु । तर अहिले तपाईले सर्वसम्मतको प्रयास गरिरहेको देखेको छु र म पार्टीको एक सिपाही भएको नाताले अध्यक्षको मर्म बुझिदिनु पर्छ । तपाईलाई जे ठिक लाग्छ त्यही गर्नुहोस । म बन्द सत्र तर्फ निस्किए, तपाई पनि चाडैं आउनुहोला ।"

    सुवास नेम्वाङले अध्यक्षलाई नै यो पदको लागि निर्णय गर्न छोडेपछि केपी ओली अलि हल्का भएका थिए । वरिष्ठ उपाध्यक्ष पदलाई सहमतिमा ल्याउन सकेपछि केपी ओलीलाई ठूलो तनावबाट मुक्त भएको महशुष गर्दै आफू नजिक रहेका विष्णु पौडेललाई भने, "ल अब बन्द सत्र तर्फ जाउँ । अध्यक्ष पदको लागि निर्वाचन गर्नुपरे म लड्न तयार छु ।"


    मंसिर १३, २०७८ सोमवार १४:१३:०९ बजे : प्रकाशित

    images
    images

    रोहित शर्मा

    अर्कोसमाचार

    देउवा अध्यक्ष हुँदाका उपाध्यक्ष शर्मा पहिलो पटक बने सांसद, सम्बन्ध कस्तो थियो ?

  • 254
    SHARES
  • देउवा अध्यक्ष हुँदाका उपाध्यक्ष शर्मा पहिलो पटक बने सांसद, सम्बन्ध कस्तो थियो ?

    दाङ - प्रधानमन्त्री शेरबहादुर देउवाका विद्यार्थीकालका राजनीति समकक्षी पहिलो पटक सांसद बनेका छन् । देउवाका समकक्षी बाँकेका युवराज शर्मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि पहिलो पटक सांसद बनेका हुन् । नेपाल विद्यार्थी संघमा देउवा केन्द्रीय अध्यक्ष हुँदा शर्मा केन्द्रीय उपाध्यक्ष थिए । 

    images

    राजनीति सहयात्री देउवा ५ पटकसम्म देशका प्रधानमन्त्री भइसक्दा पनि शर्मा भने पहिलो पटक सांसद बनेका छन् । राष्ट्रिय सभा सदस्यमा लुम्बिनीबाट उनी निर्वाचित भएका हुन् । २०२७ सालमा भारतको बनारशबाट प्रतिनिधि भएर नेपाल विद्यार्थी संघको काठमाडौं महाधिवेशनमा उनी सहभागी भएका थिए । २०२८ सालमा शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुँदा यिनै शर्मा उपाध्यक्ष भएर काम गरेका थिए । 

    उनी बाँके कांग्रेसको सभापति बाहेक अरु ठूलो पदमा अहिलेसम्म पुगेका थिएनन् । ओझेलमा रहेका शर्मालाई यस पटक देउवाले राष्ट्रिय सभामा उम्मेदवार बनाएका हुन् ।  कांग्रेस बाँकेका पूर्वसभापति समेत रहेका ७१ वर्षीय शर्मालाई कुनै बेला पार्टी सदस्यता नरहने गरि कांग्रेसले कारबाही गरेको थियो । त्यसपछि सुशील कोइरालासँगको राजनीतिक टकरावले शर्मा राजनीतिमा उदाउन सकेका थिएनन् । 

    २०४५ देखि २०४९ सालसम्म उनी कांग्रेस बाँकेको सभापति थिए । पार्टीमा योगदान धेरै भए पनि विगतदेखी हरेक अवसरबाट उनी बञ्चित हुँदै आएको उनका सहकर्मी बताउँछन् । पञ्चायत विरोधी गतिविधी गरेका कारण उनी २०२४ सालमा पहिलो पटक जेल समेत परेका थिए । २०२४ सालपछि पटक–पटक गरेर आफू ३/४ वर्षजति जेल बसेको उनी बताउँछन् । 

    देउवाका साथी, सुशीलसँग वारपार 
    पार्टीको राजनीतिमा रहँदा उनको नेता सुशिल कोइरालासँग सुरुमा राम्रै सम्बन्ध थियो । २०४८ सालपछि भने कोइरालासँग वैचारिक द्वन्द्व सुरु भयो । कोइराला राजनीतिमा अगाडी बढ्दै गए । तर, शर्माले पार्टीको जिल्ला सभापति बाहेक अरु कुनैपनि पद पाएनन् । कोइराला र शर्माबीच द्वन्द्व बढ्दै जाँदा उनले राजनीतिक अवसर नपाएको बताइने गरिएको छ । कोइरालाले शर्माको ठाउँमा अन्य नेतालाई अगाडी सारेर सांसद बनाए । शर्मालाई पार्टीले एक पटक पनि सांसदको टिकट दिएन । पार्टीले टिकट नदिएपछि उनी २०५१ सालमा क्षेत्र नम्बर १ र २ बाट स्वतन्त्र उम्मेदवार समेत बनेका थिए । 

    शर्माले बाँकेको क्षेत्र नम्बर ३ बाट पार्टीको राजनीति गर्दै आएका छन् । उनी कांग्रेसको १४ औं महाधिवेशनमा बाँकेको क्षेत्र नम्बर ३ बाट खसआर्य कोटामा महाधिवेशन प्रतिनिधी सर्वसम्मत निर्वाचित भएका थिए ।‘राष्ट्रिय सभामा निर्वाचित भएपछि शर्माले संवैधानिक र पार्टीको दायित्व पूरा गर्ने बताएका छन् ।


    माघ १२, २०७८ बुधवार २१:०९:४३ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, विजयी कसले कति पाए ? (सूचीसहित)

  • 156
    SHARES
  • राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, विजयी कसले कति पाए ? (सूचीसहित)

    काठमाडौं - निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन २०७८ को अन्तिम परिणाम सार्वजनिक गरेको छ ।  १९ रिक्त पदमा बुधबार सम्पन्न निर्वाचनमा ४३ जना चुनावी मैदानमा रहेको आयोगले जनाएको छ । 

    images

    आजको निर्वाचनमा १९ मध्ये १८ पदमा गठबन्धनका उम्मेदवार र १ मा एमाले उम्मेदवार विजयी भए । कसले कति मतभार पाए ? हेर्नुस् निर्वाचन आयोगको सूची

    rr.jpg


    माघ १२, २०७८ बुधवार २१:२५:५४ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    राष्ट्रिय सभा निर्वाचनमा एक सिट मात्र जितेपछि आक्रोश पोखे शंकर पोखरेलले

  • 196
    SHARES
  • राष्ट्रिय सभा निर्वाचनमा एक सिट मात्र जितेपछि आक्रोश पोखे शंकर पोखरेलले

    काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय सभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने षडयन्त्रको अन्तिम भोज बन्न पुगेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेता पोखरेलले बुधबार राष्ट्रिय सभा निर्वाचन सम्पन्नपछि सो कुरा गरेका हुन् । 

    images

    बुधबार सम्पन्न राष्ट्रिय सभाका १९ सिटको निर्वाचनमा अधिकांश सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । १९ सिट मध्ये एक पदमा मात्र नेकपा एमाले उम्मेदवार विजयी भएका छन् । प्रदेश एकमा भने एक सिटमा एमाले उम्मेदवार विजयी भएका हुन् ।

    सो नतिजापछि नेता पोखरेलले सामाजिक सञ्जालमार्फत आक्रोस पोखेका हुन् । उनले यस चुनावमार्फत प्रचण्ड र माधव नेपालले आफ्नो दलीय हैसियतभन्दा अतिरिक्त लाभ हासिल गरेको बताएका छन् । 

    उनले भने "किनकी वहुमतको वामपंथी सरकार ढालेर कांग्रेसलाई सरकारको नेतृत्व सुम्पेको नजराना स्वरुप यस चुनाव मार्फत प्रचण्ड र माधव नेपालहरुले आफ्नो दलिय हैसियत भन्दा अतिरिक्त लाभ हासिल गरेका छन् । तर पनि यस निर्वाचनमा पाँच दलिय गठवन्धनका उम्मेद्वारले गठवन्धनको मतभारभन्दा कम मत प्राप्त गरेका छन् ।"

    उनले अवहुने सबै निर्वाचन प्रत्यक्षहुने भएकोले गठवन्धन कमजोर हुने पनि बताएका छन् । 

    उनले लेखेका छन् - "नेकपा(एमाले)का अधिकांश उम्मेद्वारले आफ्नो दलिय भोटभन्दा वढि मत प्राप्त गर्न सफल भएका छन् । स्थानिय तहका जनप्रतिनिधिहरुको अतिरिक्त भोट नेकपा(एमाले)का उम्मेद्वारलाई प्राप्त भएको छ ।यसवाट स्थानिय तहलाई कमजोर बनाउने गठवन्धनको प्रयासप्रति सत्तापक्षका जनप्रतिनिधिको असन्तुष्टि प्रकट हुन खोजेको छ ।गठवन्धनका अन्य उम्मेद्वारको तुलनामा नेपाली कांग्रेसका उम्मेद्वारले सबै प्रदेशमा कम भोट पाएका छन् ।"

    "पाँच दलिय गठवन्धनको मोर्चावन्दीका बीचवाट प्रदेश १मा नेकपा(एमाले)का एकजना उमेद्वारले विजय हासिल गरेका छन् । एकजना वरावरी मत आएर गोलावाट पराजित भएका छन् । यस निर्वाचन पछि पनि राष्ट्रिय सभामा नेकपा(एमाले) पहिलो दलको हैसियतमा कायम छ ।"

    "अवहुने सबै निर्वाचन प्रत्यक्षहुने भएकोले गठवन्धन कमजोर हुने र नेकपा(एमाले) थप सुदृढ हुने आधार समेत यस निर्वाचनले संकेत गरेको छ ।परिणाम प्रतिकुलहुने निश्चित जस्तै रहेको अवस्थामा पनि उत्साहपूर्वक नेकपा(एमाले)का उम्मेद्वारका पक्षमा मतदान गर्ने सबै जनप्रतिनिधिहरुलाई हार्दिक धन्यवाद ।"

      


    माघ १३, २०७८ बिहिवार १०:०८:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शंकर पोखरेल

  • क्यानाडा नेपाल

    गठबन्धनले मनाउने अन्तिम उत्सव सकियो - एमाले उपमहासचिव

  • 126
    SHARES
  • गठबन्धनले मनाउने अन्तिम उत्सव सकियो - एमाले उपमहासचिव

    काठमाडौं - प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् ।

    images

    बुधबार १९ सिटका लागि भएको राष्ट्रियसभा निर्वाचनमा एमाले एक सिट मात्र जित्ता बाँकी सत्ता गठबन्धनले हात पारेकाे थियाे ।  रिमालले बिहीबार सामाजिक सञ्जालमा भनेका छन्, 'अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम 'उत्सव' सकियो । चौतर्फी घेरा तोडेर विजयी सोनाम ग्याल्जेन शेर्पालाई हार्दिक बधाई ।'

    उनले अहिलेकाे राष्ट्रियसभा निर्वाचन पुरानाे जनमत रहेकाे उल्लेख गर्दै आगामी स्थानीय प्रदेश र संघीय निर्वाचन नै 'रियल' हुने बताएका छन् ।

    'अब हुने निर्वाचन ‘रियल’ हो, जसले नयाँ जनादशेको मानक तय गर्नेछ। स्पष्ट छ, निर्वाचन हुँदा एक्लो एमाले सिंगाे गठबन्धनमाथि भारी हुने भएकैले उनीहरु चुनावबाट भाग्ने बहानावाजी गर्दैछन् । संविधान र कानुनमा छिद्र पार्दै त्यसबाट छिरेर मिहेनतका साथ जारी गरिएको संबिधान च्यात्ने धुनमा उनीहरु छन्,' उनले भनेका छन् ।


    माघ १३, २०७८ बिहिवार १०:२२:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विष्णु रिमाल

  • क्यानाडा नेपाल

    महासचिव पदका दाबेदारबीचको भेटवार्ता, प्रचण्डले कसलाई रोज्लान् ?

  • 104
    SHARES
  • महासचिव पदका दाबेदारबीचको भेटवार्ता, प्रचण्डले कसलाई रोज्लान् ?

    काठमाडौं - नेकपा माओवादी केन्द्रले अब छिट्टै पदाधिकारी चयन गर्ने तयारी गरेको छ । पदाधिकारी चयनको लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी माघ २७ गते पार्टीको केन्द्रीय समिति बैठक बोलाएका छन्।

    images

    गएको पार्टिको महाधिवेशनमा अध्यक्ष र केन्द्रीय सदस्य चयन गरिसकेको माओवादीले पदाधिकारी चयनको लागि नेता बर्षमान पुनलाई कुरेको थियो । महासचिवका दाबेदार समेत रहेका पुन स्वदेश फर्किएपछि माओवादीले पदाधिकारी चयन प्रक्रियाबारे छलफल गर्न बैठक बोलाएको छ । 

    यसैबीच बुधबार साझँ महासचिव पदका दाबेदार पुनलाई भेट गर्न देव गुरुङ र जनार्दन शर्मा पुगेका छन् । रुङ र शर्मा पनि महासचिव पदका दाबेदार हुन् । बुधबार साझँ नेता पुनलाई गुरुङ र  शर्माले खुमलटारमा छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । पुनको स्वास्थ्य स्थिति बुझ्न पहिले नेता गुरुङ पुगेका थिए । 

    barsaman janardan.jpg

    केहीबेर छलफलपछि नेता गुरुङ बाहिरिए । त्यसपछि पुनलाई भेट्न जनार्दन पनि पुगे । उनीहरुबीच पदाधिकारी चयनको बिषयमा छलफल भएको बताइएको छ । यी तीनै नेताले अध्यक्ष प्रचण्डलाई महासचिव बनाउन जोड गरिरहेका छन् । 

    आफ्नो स्वास्थ्य उपचारपछि चीन फर्किए लगत्तै नेता पुन प्रचण्डलाई भेट्न उनकै निवास पुगेका थिए । पुन र शर्माले आफूलाई सहमतिमै महासचिव बनाउनुपर्ने बताउदै आएका छन् । यसो नभए प्रतिस्पर्धा गर्ने पक्षमा यी दुई छन् ।

    bar.jpg

    माओवादीमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ७ जना उपाध्यक्ष, एक जना महासचिव, २ जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने प्रावधान रहेको छ । माओवादीले २९९ मध्ये २३६ जना केन्द्रीय सदस्यहरु भने चयन गरिसकेको छ । महाधिवेशनमा प्रचण्डले २३६ जना केन्द्रीय सदस्यहरुको नाम पढेर सुनाएका थिए र बन्दसत्रबाट पारित पनि गरिएका थियो । 


    माघ १३, २०७८ बिहिवार १२:२१:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्र

  • क्यानाडा नेपाल

    एमाले ललितपुरका पूर्वउपाध्यक्ष सिलवाल एकीकृत समाजवादीमा प्रवेश  

    एमाले ललितपुरका पूर्वउपाध्यक्ष सिलवाल एकीकृत समाजवादीमा प्रवेश  

    ललितपुर - एमाले ललितपुरका पूर्वउपाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइञ्चार्ज अमृतनाथ तिमल्सिनाका अनुसार बिहीबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सिलवाललाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

    images

    सिलवालले एमाले ललितपुरको आठौं अधिवेशनमा अध्यक्षमा दाबी गरेको थिए । उनी हाल बागमती प्रदेश कमिटी सदस्य छन् । सिलवाल ३ जेठ ०७७ मा जिल्ला कमिटी उपाध्यक्ष निर्वाचित भएका थिए ।

    उनी साविककाे गोदावरी गाविसका दुई कार्यकाल अध्यक्षसमेत भएका थिए । ०७३ सालको स्थानीय निर्वाचनमा गोदावरी नगरपालिकाको मेयरमा उम्मेदवार भएका सिलवाल नेपाली कांग्रेसका नेता गजेन्द्र महर्जनसँग पराजित भएका थिए ।


    माघ १३, २०७८ बिहिवार १२:४४:१२ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    images
    images
    images
    images
    ताजा खबर