• Jan 18 2022 | २०७८, माघ ४गते

२०७८, माघ ४गते

सलमानको फिल्म 'अन्तिम'ले एकैदिन कमायो साढे ७ करोड, हालसम्मको कमाई कति ?

क्यानाडा नेपाल मंसिर १३ २०७८
  • 936
    SHARES
  • images
    images
    सलमानको फिल्म 'अन्तिम'ले एकैदिन कमायो साढे ७ करोड, हालसम्मको कमाई कति ?

    काठमाडौं । कोरोनाभाइरसको संक्रमणका कारण बन्द रहेका भारतका फिल्महल विस्तारै खुल्न थालेका छन् । कोरोना संक्रमण कम हुन थालेपछि फिल्महरु सिनेमा घरमा रिलिज भएका छन् । 
     
    यस्तै पछिल्लो समय सलमान खान अभिनित फिल्म 'अन्तिम' को निकै चर्चा छ ।  महेश मान्जरेकरको निर्देशनमा बनेको फिल्म 'अन्तिम'ले पहिलो दिनमा नै राम्रो कमाइ गरेको छ । फिल्मले पहिलो दिन शुक्रबार साढे ४ करोड कमाई गरेको छ । 

    images

    यस्तै दोस्रो दिन फिल्मले साढे ५ करोड कमाई गरेको छ । यस्तै आइतबार फिलमले साढे ७ करोड कमाई गरेको छ । प्रदर्शनमा आएको तीन दिनमा यस फिल्मले १८ करोड कमाई गरिसकेको भारतिय मिडियामा जनाइएको छ ।

     फिल्ममा सलमानसँगै आयुष शर्मा, महिमा मकवानाको मूख्य अभिनय रहेको छ ।  फिल्ममा सलमान र उनका ज्वाँइ आयुष शर्माबीच भिडन्त देख्न पाइनेछ ।  


    मंसिर १३, २०७८ सोमवार १२:३४:३१ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # अन्तिम

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    कटरीना-विकीको विवाहमा सलमानलाई किन दिइएन निम्तो ? सलमानका ज्वाइँको अनौठो खुलासा

    कटरीना-विकीको विवाहमा सलमानलाई किन दिइएन निम्तो ? सलमानका ज्वाइँको अनौठो खुलासा

    काठमाडौं - बलिउड अभिनेत्री कटरीना कैफले अभिनेता विकी कौशलसँग धुमधामका साथ विवाह गरिन् । विवाहको तस्वीर अहिले सामाजिक सञ्जालमा आइरहेका छन् । 

    images

    उनीहरुको विवाह भइरहँदा त्यो विवाहमा सलमान खान परिवारको उपस्थितिलाई लिएर सबैको चासो थियो । अर्थात् सलमान खानको परिवार जान्छन् या जाँदैनन् भन्ने प्रश्न फ्यान र फिल्मकर्मीमाझ उठेको थियो ।

    यो प्रश्नको उत्तर अहिले सलमानका ज्वाइँ आयुष शर्माले दिएका छन् । आयुषका अनुसार सलमान र परिवारलाई कटरीनाले विवाहको निम्तो दिएकी थिइनन् ।

    ‘कटरीना कैफ र हामीबीच राम्रो सम्बन्ध छ र हामी सबैजना उनको नयाँ जिन्दगीको लागि शुभकामना दिन्छौं । उनी आफ्नो विवाह नजिकका मान्छेबीच गर्न चाहन्थिइन् । यसमा ठूलो कुरा होइन । तर एउटा कुरा के हो भने खान परिवारलाई निम्तो आएको थिएन’, एक पत्रिकासँगको अन्तरवार्तामा आयुषले भनेका छन् ।

    उनले कटरीना खान परिवारका लागि जहिल्यै एक सदस्यको रुपमा रहेको दाबी गरे ।एजेन्सी


    माघ १, २०७८ शनिवार १३:१५:५४ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    हलिउड स्टार टम ह्याङ्सलाई आफ्नो फिल्म ‘लाल सिंह चड्डा’ देखाउँदै आमिर

    हलिउड स्टार टम ह्याङ्सलाई आफ्नो फिल्म ‘लाल सिंह चड्डा’ देखाउँदै आमिर

    काठमाडौं - बलिउड अभिनेता आमिर खान आफ्नो फिल्म ‘लाल सिंह चड्डा’ रिलिजको व्यग्र प्रतिक्षामा छन् । हलिउड स्टार टम ह्याङ्सको फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेक ‘लाल सिंह चड्डा’मा आमिर प्रमुख भूमिकामा छन् ।

    images

    ‘फरेस्ट डम्प’ सन् १९९४ मा रिलिज भएको थियो । ‘लाल सिंह चड्डा’ निकट स्रोतका अनुसार आमिरले टमका लागि अमेरिकामा फिल्मको विशेष स्क्रिनिङ राख्ने योजना बनाइरहेका छन् । यो विशेष स्क्रिनिङमा टम र आमिर सँगै बसेर फिल्म हेर्नेछन् ।

    आमिर फिल्मलाई विश्वव्यापी रुपमा प्रदर्शन गर्नुअघि टमका लागि पहिलो प्रदर्शन राख्दैछन् । आमिर आफ्नो फिल्मप्रति टमको बुझाई के छ भन्ने जान्न चाहन्छन् ।

    ‘लाल सिंह चड्डा’ करिब दुई सय दिनसम्म सुटिङ गरिएको थियो । आमिरको फिल्म ‘लगान’ पछि सर्वाधिक बढी समय लगाएर छायांकन गरिएको यो दोस्रो फिल्म हो । यो फिल्म भारतका विभिन्न सय बढी स्थानमा छायांकन गरिएको छ ।

    आमिर, करीना कपूर खान र अन्य बलिउड स्टारको अभिनय रहेको फिल्म आमिर खान प्रोडक्शन्स, वायकम १८ स्टूडियोज र पेरामाउण्ट पिक्चरले निर्माण गरेको हो । फिल्म आगामी वर्ष रिलिज हुनेछ ।


    माघ २, २०७८ आइतवार १४:२१:१६ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    सामन्थासँग लामो वैवाहिक सम्बन्धलाई तोड्नुको कारण खुलाए नागाले 

    सामन्थासँग लामो वैवाहिक सम्बन्धलाई तोड्नुको कारण खुलाए नागाले 

    काठमाडौं - साउथ फिल्मकी अभिनेत्री सामन्था रुथ प्रभु र अभिनेता नागा चैतन्यले लामो वैवाहिक सम्बन्धलाई तोडिसकेका छन् । करीब ४ वर्षअघि विवाह गरेका उनीहरुले आपसी सहमतिमा डिभोर्स गरे । उनीहरुको डिभोर्स हुँदा धेरै फ्यानहरु दुखी पनि भए । 

    images

    डिभोर्सको निर्णयपछि उनीहरुले आफूहरू अलग भए पनि राम्रो साथी रहिरहने पनि बताए । तर उनीहरुले आपसी मतभेदका कारण वैवाहिक सम्बन्धलाई ताडेको भारतिय मिडियामा बताइएको छ । 

    naga samanta.jpg

    फिल्म ‘बंगारराजु’ को प्रमोशनको क्रममा नागाले आफ्ना पुराना कुरा खुलाए । उनले अलग हुनु एकदम ठिक भएको बताउदै सामन्था खुसी छिन् भने आफू पनि खुसी हुने बताए । 

    उनले सामन्थाकै खुसीको लागि यस्तो निर्णय गरेको पनि बताए । केही समयअघि सामन्थाले पनि डिभोर्सको बारेमा आफूले धेरै पटक कुरा गरिसकेको भन्दै अब कुरा ननिकाल्न बनेकी थिइन् । 

    naga samanta.jpg

    दुवैजना अलग्गिएपछि अहिले उनीहरु व्यावसायिक जीवनमा ध्यान केन्द्रीत गरिरहेका छन् । गत अक्टोबर २ मा उनीहरूले सम्बन्धविच्छेदको घोषणा गरेका थिए ।  समान्था र नागा तीन वर्षको प्रेम सम्बन्धपछि सन् २०१७ मा वैवाहिक जीवनमा बाँधिएका थिए । विवाहको चौथो वार्षिकोत्सव आउनु चार दिन अघि उनीहरु सदाका लागि अलग्गिए ।  

     


    माघ २, २०७८ आइतवार २०:५०:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सामन्था

  • क्यानाडा नेपाल

    लता मंगेशकरको स्वास्थ्यमा सुधार आएन, आइसीयूमै उपचार जारी

    लता मंगेशकरको स्वास्थ्यमा सुधार आएन, आइसीयूमै उपचार जारी

    काठमाडौं - कोभिड-१९  संक्रमित बलिउडकी दिग्गज गायिका लता मंगेशकरको स्वास्थ्य अवस्थामा अझै सुधार आएको छैन । उनको मुम्बईको ब्रीच केण्डी अस्पतालमा उपचार भइरहेको छ । उनलाई गत जनवरी ९ को राती अस्पताल भर्ना गरिएको थियो । लतालाई कोभिडसँगै निमोनिया पनि भएको छ ।

    images

    अस्पतालका अनुसार गायिका लताको स्वास्थ्यमा सुधार हुन सकेको छैन । उनको उपचारमा संलग्न चिकित्सक प्रतीत समतानीले लताको आइसीयूमै उपचार भइरहेको बताए ।

    ‘उहाँ हाम्रो प्रत्यक्ष निगरानीमा हुनुहुन्छ । उहाँको स्वास्थ्य सुधार अवस्थालाई हेरेरमात्र कति दिन आइसीयुमा राख्नुपर्ने हो टुंगो लाग्नेछ । त्यसकारण हाल उहाँलाई भेट्न बाहिरी मान्छेलाई रोक लगाइएको छ’, उनले भनेका छन् । 

     


    माघ २, २०७८ आइतवार २१:०९:५३ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    सन्तानको योजना बारे प्रियंकाको यस्तो खुलासा

    सन्तानको योजना बारे प्रियंकाको यस्तो खुलासा

    काठमाडौं - बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा र उनका पति तथा गायक निक जोनस विभिन्न कारणले चर्चामा आइरहने गर्छन् । उनीहरुको जोडीलाई चर्चित जोडीको रुपमा पनि लिइन्छ । 

    images

    बलिउडदेखी हलिउडसम्म चर्चा कमाएकी प्रियंकाले निकसँग विवाह गरेको पनि लामोसमय बितिसकेको छ । तर, सन्तान जन्माउने भने सुरसार देखिदैन । उनका फ्यानहरुले पनि यसबारे सोधिरहेका हुन्छन् । 

    mahota.jpg

    तर उनीहरु यसबारे केही बताएका थिएनन् । हालै यो जोडीले सन्तानको योजनाबारे खुलाएका छन् । वेनिटी फेयरसँगको कुराकानीमा उनीहरुले परिवार योजना बारे बताएका छन् । 

    प्रियंकाले सन्तान योजना आफ्नो भविष्यको ठुलो योजना भएको बताइन् । तर उनले अहिले हतार नभएको बताइन् । उनले भगवान भरोसा भनिन् । सन्तान जन्मिएपछि जीवन कम गतिमा बढ्ने बताउदै उनले यो सबै भगवानको हातमा रहेको बताइन् । उनले अहिले आफू काममा नै व्यस्त रहेको बताइन् । 

    mahota.jpg

    केही समयअघि उनीहरुको सम्बन्धविच्छेद भएको हल्ला पनि चलेको थियो ।  यसपछि उनले कामसँगै घरबाट पनि टाढा नरहने बताइन् । प्रियंकाले फिल्मबाट भन्दा पनि बढी सामाजिक सञ्जालबाट कमाउने गर्छिन् । 


    माघ ३, २०७८ सोमवार २१:१२:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रियंका चोपडा

  • क्यानाडा नेपाल

    जस्तोसुकै स्टन्ट दिन डराउँदिनन् दीपिका, शाहरुखको 'पठान'मा आफ्नै स्टन्ट दिँदै

    जस्तोसुकै स्टन्ट दिन डराउँदिनन् दीपिका, शाहरुखको 'पठान'मा आफ्नै स्टन्ट दिँदै

    काठमाडौं -  बलिउड अभिनेत्री दीपिका पादुकोण स्टन्ट दिन रुचाउने कलाकारमा पर्छिन् । उनी आफ्नो स्टन्ट आफैं गर्न रुचाउँछिन् । एथलेट परिवारको पृष्ठभूमिबाट आएकी कारण पनि उनी स्टन्ट दिन डराउँदिनन् ।

    images

    दीपिकाले करियरको सुरुवातमा दुई फिल्म ‘ओम शान्ति ओम’ र ‘चाँदनी चोक टु चाइना’ मा दोहोरो भूमिका निभाइन् । अक्षय कुमारको अभिनय रहेको फिल्म ‘चाँदनी चोक टु चाइना’मा उनले केही स्टन्ट दृश्य दिएकी थिइन् ।

    यिनै दीपिका सिद्धार्थ आनन्दको फिल्म ‘पठान’मा आफैं स्टन्ट दिँदैछिन् । शाहरुख खान र जोन अब्राहमको समेत अभिनय रहेको यो फिल्ममा शाहरुख केही रिस्की एक्सन देखाउँदैछन् ।

    दीपिकाले रजनीकान्तको फिल्म ‘कोचाडैयान’मा दश मिनेटको स्टन्ट दिएकी थिइन् । यो फिल्ममा उनको स्टन्टलाई पिटर हेनले कोरियोग्राफ गरेका थिए । दीपिका पछिल्लोपटक कवीर खानको फिल्म ‘८३’मा क्रिकेटर कपिल देवको श्रीमतीको भूमिकामा देखिएकी थिइन् । यो फिल्ममा अभिनेता रणवीर सिंहले कपिल देवको भूमिका निर्वाह गरेका थिए ।

     

     


    माघ ३, २०७८ सोमवार २१:५४:०१ बजे : प्रकाशित


    क्यानाडा नेपाल