असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

ओली चुनावमा जान तयार, भिम रावल परे संकटमा !



काठमाडौं । नेकपा एमालेको महाधिवेशनको बन्द सत्र अब सुरु हुन लागेको छ । अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत पदाधिकारी चयन गरी अन्तिम सूची बन्द सत्रमा प्रस्तुत गर्ने तयार गरिसकेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारी र सदस्य तोक्ने सर्वाधिकार हिजो बसेको बन्द सत्रले दिएको थियो तर भिम रावलले भने निर्वाचन मै जानुपर्ने भन्दै विरोध गरेका थिए । भिम रावललाई अध्यक्ष ओलीले उपाध्यक्ष पद दिने तयारी साथ सर्वसम्मत गर्नेगरि बन्द सत्रमा आउने भएका छन् ।

केपी ओली निकट एक नेताका अनुसार केपी ओलीसंग अन्तिम सूची हातमा बोकेर बन्द सत्रमा आउंदैछन् । उक्त सूचीमा केपी शर्मा ओलीको नाम अध्यक्षमा र भिम रावलको नाम उपाध्यक्षमा राखिएको छ भने अरु नाम भने ओलीले कसैलाई देखाएका छैनन् । केपी शर्मा ओलीले उपाध्यक्ष दिनेगरि भिम रावलसंग आज भेट्ने योजना बनाएका थिए तर रावलले वरिष्ठ उपाध्यक्षको माग गरेपछि केपी ओलीले बरु निर्वाचन मै जाने निधो गरेका छन् ।

केपी शर्मा ओलीले उपाध्यक्ष सम्म दिनसक्ने तर वरिष्ठ उपाध्यक्ष मागे बरु निर्वाचनमा जाने भन्दै भिम रावलको थप चर्चा नगर्न सम्म भनेको ति नेताले जनाएका छन् । वरिष्ठ उपाध्यक्षमा सुवास नेम्वांग र ईश्वर पोखरेललाई व्यवस्थापन गर्न आज दिनभरी लागेको बेला जब भिम रावलले त्यही पद मागे तब ओलीले बरु चुनावमा जाने बताए ।

भिम रावलले यसै हार्ने उसै हार्ने अनि हार्नेलाई किन वरिष्ठ उपाध्यक्ष दिने भन्दै ओलीले बरु निर्वाचनमा जाने भन्दै भिम रावलसंग कुनै छलफल नगर्ने बताएका छन् । अब केपी ओलीले बन्द सत्रमा भिम रावलको नाम उपाध्यक्षमा राखिएको छ र यदि रावलले विरोध गरे निर्वाचनमा जाने निर्णयका साथ आउंदैछन् ।

केपी ओलीले निर्वाचनमा जान तयार भएपछी भिम रावल अहिले संकटमा परेका छन् । भिम रावलले बुझेका छन् कि केपी ओलीसंग निर्वाचनमा हार्ने नै हो भन्ने र यदि निर्वाचन भएमा केपी ओलीले आफ्नो कार्यकालमा माधव नेपाललाई पेले जस्तै भिम रावललाई पनि पेल्ने छन् भनेर रावल संकटमा परेका छन् । अब ओलीले निर्वाचनमा जाने भनेपछि रावलले अब पछि फर्कन नमिल्ने भएकाले न उपाध्यक्ष पाईने भयो न अब हुने अध्यक्षसंग सम्बन्ध नै सुमधुर हुने भयो भन्दै गुनासो समेत गरेका छन् ।

अध्यक्ष ओली भर्खरै होटलबाट बन्द सत्र हुने हाल तर्फ लागेका छन् ।

प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार  ३ : ५७ बजे