आश्विन १६, २०७९ आइतबार | Sun Oct 2 2022

उपाध्यक्ष पाए भिम रावल सहमति मै जाने, ओली संग भेटाउने तयारी



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले अध्यक्षको लागि जसरी पनि उमेद्वारी दिने अडान लिएपछि अहिले केपी ओली निकट नेताहरु भिम रावललाई फकाउन कस्सिएका छन् ।

भिम रावलसंग आज बिहान मात्र तिन शिर्ष नेताहरुले बेग्ला बेग्लै भेट गरेर सहमतिमा आउन आग्रह गरेका छन् । भिम रावलले हिजो बन्द सत्र सुरु हुनु अघि सबै सहमतिमा आउन तयार भए आफू पनि आउने संकेत गरेका थिए तर बन्द सत्रमा पुगेर एका एक जंगिदै आफू उमेद्वारी दिएरै छाड्ने अडान लीइरहे ।

आज बिहान भिम रावलसंग केपी ओली निकट नेताहरुले भेटेर उपाध्यक्ष पद सुनिश्चित गर्दै सहमतिमा जान आग्रह गरेका छन् । भिम रावललाई निर्वाचनमा गएपनि जित्ने ओली नै हो बरु राम्रो संदेश पनि जाने हुँदा सहमतिमा जाउँ बरु उपाध्यक्ष पद सुनिश्चित गर्नुस भन्दै फकाए पछि रावल केही नरम भएका छन् ।

भिम रावलले यस विषयमा एकचोटी अध्यक्षसंगै भेटेर सल्लाह गर्ने भनेपछि केपी ओलीसंग भेटवार्ताको वातावरण मिलाउन ति नेताहरु कस्सिएका छन् । भिम रावलले सुरुमा आफू अब वरिष्ठ उपाध्यक्ष पाए सहमतिमा जाने रटान लिएका थिए तर केपी ओलीले त्यो सम्भव नभएकाले नेता रावलसंग भेट गरेका थिएनन् ।

अहिले भिम रावलले उपाध्यक्ष पाए सहमतिमा जाने तर केपी ओलीसंग भेट गरेपछि मात्र टुंगो दिने कुरा प्रष्टाएपछि ओली निकट नेताहरु केपी ओलीसंग समय मिलाउन थालेका छन् । केपी ओली भने महाधिवेशन राम्रोसंग अघि बढिरहेको बेला भिम रावलले तर्क बिनाको विरोध गरेर समाचारमा एमालेको गसिप बनाउने ठाउँ दिएकोले रावलसंग रुष्ट भएका छन् ।

केपी ओली निकट नेताहरुले एकचोटी रावलसंग भेटेर उपाध्यक्ष पद दिन सके सर्वसम्मतमा जान सकिने भन्दै ओली र रावलको भेट मिलाउन खोजिरहेका छन् । बन्द सत्र कार्यक्रम सुरु हुनु अघि रावल र ओली १५ मिनेट भेट्न सक्ने सम्भावना बढेको छ ।

प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार  ५ : १६ बजे