• Jan 18 2022 | २०७८, माघ ४गते

२०७८, माघ ४गते

पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् मंसिर १२ गते देखी मंसिर १८ गतेसम्मको साप्ताहिक राशिफल

क्यानाडा नेपाल मंसिर १२ २०७८
  • 878
    SHARES
  • images
    images
    पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् मंसिर १२ गते देखी मंसिर १८ गतेसम्मको साप्ताहिक राशिफल

    मेष राशि - सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । साताको प्रारम्भमा परीवारका सदस्यहरु सगँ बाट टाढा भएकाृ अनुभब रहनेछ । बिश्वासिला ब्यक्तिहरुबाटनै धोका हुन सक्नेछ । गरीरहेको कार्यमा समेत सामान्य अपजसको भागीदार भईनेछ । गोप्यताका साथ कार्य सम्पादनमा जुटेमा बिस्तारै कार्य सम्पादित रहनेछन । मगंलबार पश्चात अधुरा कार्यहरु सम्पादन गर्न परीवारको साथ सहयोग प्राप्त रहनेछ । नयाँ लगानिका साथमा ब्यापार ब्यवसायको थालनि उत्तम रह।नेछ । अध्यन अध्यापनमा रुची जाग्नेछ । कला कौशलको प्रयोगमा समय ब्यतित रहनेछ । साताको अन्त्य तिर । संचित रकम खर्चको सम्भाबना रहनेछ । भोजभतेर जन्यकार्यमा सहभागीताको योग बन्नेछ । शारीरीक अस्वस्थतामा बृद्धिहुन सक्ने सम्भाबना रहेकोछ । आफन्तजनहरु सगँको सम्बन्धमा समेत तिक्तता उत्पन्न हुन सक्नेछ ।

    images

    बृष राशि - साताको प्रारम्भमा पुराना मित्रजनहरुको साथ सहयोगमा नयाँकार्यको थालनिको योग बन्नेछ । आम्दानिका चौतर्फि बाटाँहरु फेला पर्नेछन । पशु तथा चौपायबाट मनग्य लाभ उठाउन सकिनेछ । कला कौशलको प्रयोगमा साथै साहित्य संगीतका क्षेत्रमा समय ब्यतित रहनेछ । मगलबार पश्चात अनावश्यक यात्रकाकारण सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । पारीवारिक सम्बन्धमा सामान्य तिक्तता उन्पन्न हुन सक्नेछ । मनोबिलासिताका साधनको प्रयोगका निम्ती अधिक खर्चको सम्भाबना रहनेछ । कार्य क्षेत्रमा जिम्बेवारीको कमि महसुस रहनेछ । साताको अन्त्यमा बल तथा पराक्रममा बृद्धिहुनाले अधुराकार्यहरु सम्पादित रहनेछन । ब्यपार ब्यवसायमा लगाईएका लगानिको उत्तम प्रतिफल प्राप्त रहनेछ । साजेदारीकार्यका क्षेत्रबाट समेत मनग्य लाभ प्राप्त हुने समय रहनेछ ।

    मिथुन राशि - साताको प्रारम्भमा शारिरीक आलस्यताका कारण सामान्य कार्यमा अधिक श्रम खर्चनु पर्नेछ । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोले साबधानि अपनाउनु राम्रोहुनेछ । भुमि तथा बाहन शुख प्राप्त रहनेछ । पारिवारीक झोरझमेलाले सताउन सक्नेछ । भौतिक साधनको प्रयोगमा सजग रहनु होला । आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नाले मन हर्षित रहनेछ । अध्यन अध्यापनमा बिताईएका समय उत्तम रहनेछन । नयाँ कार्यको थालनि भएता पनि नयाँ लगानिमा भने साबधानि अपनाउनु पर्नेछ । पुराना मित्रजनहरुको साथ सहयोगमा कार्य सम्पादित रहनेछन । साताको अन्त्यतिर मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहनेछ । देश बिदेशको यात्राको योग रहनेछ । सामाजिक कार्यमा अग्रसर रहने समय रहेकोछ । साजेदारीकार्यमा साबधानी अपनाउनु पर्नेछ ।

    कर्कट राशि - साताको प्रारम्भमा मनोरञ्जन पूर्ण यात्राको सम्भाबना रहेकोछ । मित्रजनहरुको अधिक निकटता अपजसको कारण बन्न सक्नेछ । अरु द्वारा सम्पादित कार्यको श्रेय तपाईले प्राप्त गर्नाले मन प्रशन्न रहनेछ । अधिक आत्म बिश्वासका कारण मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मान्यजनहरुको साथ सहयोगमा भुमि लाभ तथा मानसम्मान प्राप्त रहने समय रहेकोछ । भौतिक साधनको प्रयोमा समय ब्यतित रहनेछ । श्रम र मेहेनतको उचित मुल्याङ्कन प्राप्त रहनाले कार्य प्रति जोस जागर बढेर जानेछ । पुराना मित्रजनहरु सगँको भेटघाछले मन प्रशन्न रहनेछ । साताको अन्त्यतिर अध्यन अध्यापनका क्षेत्रबाट आम्दानिका क्षेत्रमा निकैटेवा पूग्नेछ । साजेदारी पूर्वक नयाँ कार्यको थालनि दिर्घकालिन आम्दानिका श्रोतहरु बन्नेछन । कला कौशलको प्रयोगमा समय ब्यतित रहला ।

    सिंह राशि - यो साता त्यति उत्तम रहने छैन गरीरहेको कार्यमा सामान्य तनाबको सामना गर्नु पर्नेछ । खानपानका कारण स्वास्थमा समेत समस्या उत्पन्न हुन सक्नेछ । कार्य सम्पादनमा गोप्यता अपनाउनु उत्तम रहनेछ । स्थीर क्षेत्रमा लगाईएको लगानिको प्रतिफल प्राप्तगर्न अधिक समय पर्खनु पर्नेछ । यात्रां झन्झटिलो हुन सक्नेभएकाले बिशेष साबधानि अपनाउनु होला । अरुद्वारा गरीएको कार्यका त्रुटीको अपजस भोग्नु पर्नेछ । आफ्नो घमण्डका कारण नजिकका मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुको बिश्वासमा कुनैकार्य पूर्णरुपमा नसुम्पीनुनै राम्रो रहनेछ । साताको अन्त्यतिर मान्यजनहरु सगँको सम्बन्धमा समेत सामान्य समस्या उत्पन्न हुन सक्नेछ । सामान्य कार्यका निम्ती अधिक समय ब्यतित रहनेछ । सवारी साधनको प्रयोगमा ध्यान पूर्याउनु उत्तम रहनेछ ।

    कन्या राशि - साताको प्रारम्भमा बौधिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तमरहेकोछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ । आम्दानिका बिभीन्न श्रोतहरु फेला पर्नेछन । पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले समय निरासा पुर्ण ब्यतित रहनेछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछन । साताको अन्त्यमा हरकोहीको बिश्वासमा नपर्नु उत्तम रहनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । आफुभन्दा सानाको साथ सहयोगमा गरीएका कार्य सहजता पुर्ण सम्पादन हुनेछन । अध्यनअध्यापनमा समय उत्तम रहनेछ । नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुनेछ । आर्र्थीक क्षेत्र सबल रहनेछ ।

    तुला राशि - साताको प्रारम्भमा नजिकका ब्यत्तिहरुबाट धोका हुनाले तपाइका गुह्यकुराहरु अरु सामु प्रस्फुटित हुनेसम्भाबना रहेकोछ । ब्यपार ब्यवसायमा अधिक लगानि नगरैकै बेस रहनेछ । आफ्नो सामान्य लापरवाहिले तपाईका माल सामानहरु गुम्न सक्ने सम्भाबना रहेकोछ । प्रियजनहरु सँगको भेटघाटले मन प्रशन्न रहनेछ । गरीरहेको कार्यका क्षेत्रमा मान सम्मान प्राप्तीको योग रहेकोछ । यात्रा मनोरञ्जन पुर्ण ब्यतित रहनेछ । मित्रजनहरुको साथ सहयोगमा आम्दानीका श्रोतहरु सवल बन्नेछन । पारीवारिक साथ सहयोग मनग्य प्राप्त रहनेछ । साताको अन्त्यतिर प्रतिपक्षीहरु कमजोर रहनाले कार्य सम्पादनमा सहजता रहनेछ । बिभिन्न अवसरहरु प्राप्तहुने योग रहेता पनि समयको प्रयोगमा भने पछि परीनेछ । दिर्घकालिन फाईदा मुलक कार्यमा समय ब्यतित गरेमा उत्तम रहनेछ । मेहेनत अनुसारको फल प्राप्ती रहनेछ ।

    बृश्चिक राशि - साताको प्रारम्भमा रचनात्मक कार्यका क्षेत्रमा जुट्ने समय रहेकोछ । कलाकौशलको प्रयोगमा आफन्तजनहरुको मन जित्न सफल रहिनेछ । आम्दानिका श्रोत साधन प्राप्त रहेता पनि कार्य क्षेत्रमा सामान्य ढिलाईको योग रहेकोछ । बौधिक ब्यत्तित्वहरुको सामु आफु कमजोर भएको महसुस रहनेछ । सामाजिक कार्यमा जुट्न उत्तम समय रहेकोछ । प्रतिश्पर्दाजन्य कार्यका अब्बल स्थान प्राप्त रहने योग रहेकोछ । परीवारका सदस्यहरुबाट टाढाँ भएको महसुस हुनेछ । नयाँ लगानिका क्षेत्रमा बिशेष साबधानि अपनाउनु पर्नेछ । साताको अन्त्य तिर पारीवारीक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । ब्यपार ब्यवसायमा साजेदारी उत्तम रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । दाम्पत्य सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

    धनु राशि - साताको प्रारम्भमा पारीवारिक झोर झमेलाले सताउन सक्नेछ । भुमि तथा संचित रकममा बादबिवादको समस्या उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहनेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीता जनाउदा बिशेष साबधानि अपनाउनु होला मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोछ । आम्दानिका प्रशस्त बाटाहरु फेला परेता पनि कार्यप्रतिको लगन सिलतामा भने कमि आउनेछ । आफुभन्दा सानाको स्वास्थमा सामान्य समस्या उत्पन्न हुनाले मनमा चन्चलताले सताउन सक्नेछ साताको अन्त्यमा देश बिदेशको यात्राको योग रहनेछ । स्वास्थमा सामान्य सुधारको योग रहेकोछ । तपाईको कार्यको बिश्लेषण गर्नेहरुका कारण कार्य प्रतिको जोस जागर कमि रहनेछ । अरुको बिश्वासमा सुम्पीएका कार्यहरुले अपसको भागीदार बनाउन सक्नेछ ।

    मकर राशि - साताको सुरुवाति दिन उत्तम रहनेछन । पुराना लगानि उठाउन समयले साथ दिनेछ । अहंताको बृद्धिहुनाले आफन्तजनहरु सगँको सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मनोरञ्जनपुर्ण यात्राको योग रह।ेकोछ । पुराना मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । मगंलबार पश्चात भने भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा खराबि उत्पन्न हुन सक्नेछ । जटिल कार्यहरुको बिशेष जिम्मेवारी प्राप्त रहनाले कार्य प्रति लगनसिल रहनु पर्नेछ । सबारी साधनको प्रयोगमा बिशेष साबधानि रहनु पर्नेछ । साताको अन्त्यमा बौधिक ब्यत्तित्वहरुको साथ तथा सहयोगमा आम्दानीका बिभिन्न बाटाँहरु फेला पर्नेछन । कला कौशलको प्रयोगमा आफन्तजनहरुको मन जित्न सफल रहिनेछ । नयाँ कार्यको थालनिले मन हर्षित तुल्याउनेछ।

    कुम्भ राशि - साताको सुरुमा वाणीका कारण आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य झमेला उत्पन्न हुन सक्नेछ । संचित रकम अनावश्यक क्षेत्रमा खर्चको सम्भाबना रहेकोछ । यात्राकारक समय रहेता पनि सामान्य चोटपटकको सामना भने गर्नुपर्नेछ । बिश्वासिला ब्यत्तिहरु बाट धोका हुन सक्नाले अरु प्रति पुर्ण जिम्बेवारी नछोड्नु उत्तम रहनेछ । मगंलबार पश्चात मित्रजनरुको सहयोमा जटिल कार्यहरु सम्पादित रहनेछन । परीवारको असहज परीस्थीती लाई सहज तुल्याउन तपाईको अग्रसरता उत्तम रहनेछ । यात्राका क्रममा सामान्य समस्या झल्नु पर्ला । अध्यन अध्यापनका निम्ती उत्तम समय रहेकोछ । साताको अन्त्यमा भने जीम्बेवारी लीईएका कार्यहरु समयमा पुरा गर्न नसक्नाले मानसिक चिन्ताको सामना गर्नु पर्नेछ । सभा सम्मेलन जन्य कार्यमा सहभागीताको योग रहेकोछ । मान्यजनहरुको पद प्रर्दशन अबलम्बन गर्नु उत्तम रहनेछ ।

    मीन राशि - साताको प्रारम्भमा बिशिष्ट ब्यत्तिहरुको साथ सहयोगमा नयाँ कार्यको थालनि रहनेछ । भोज भतेर जन्य कार्यमा तथा मनोरञ्जनात्मक कार्यमा सहभागीताको योग बन्नेछ । कार्य क्षेत्रमा आफनो प्रभुत्व जमाउन सफल रहिनेछ । ब्यापार ब्यवसायका क्षेत्रमा जिवन साथीको सहयोग उत्तम रहनेछ । मगंलबार पश्चात भने स्थान परीर्वतनको योग रहनेछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहनेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुनसक्नेछ । संचित रकम खर्चगर्नु पर्ने सम्भाबना रहेकोछ । साताको अन्त्यमा बलतथा पराक्रममा बृद्धिहुनेछ । तात्कालिक यात्राको सम्भाबना रहनेछ । मित्रजनहरुको सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । मनोरञ्जनपुर्ण यात्राको योग रहेकोछ । नयाँ योजनाका साथमा नयाँ लगानिको थालनि मित्रजनहरुको सहयोगमा सम्पादित रहनेछन ।ज्यो.प.सरोज घिमिरे


    मंसिर १२, २०७८ आइतवार ०६:५८:२१ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # राशिफल

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    आज देशभर माघे संक्रान्ति मनाइँदै

    आज देशभर माघे संक्रान्ति मनाइँदै

    काठमाडौं - आज माघ १ अर्थात् माघे संक्रान्ति । मुलुकभर विभिन्न कार्यक्रम गरी माघे संक्रान्ति मनाइँदै छ । थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले आजका दिनलाई मकर संक्रान्ति पनि भनिन्छ । 

    images

    माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । धार्मिक मान्यताहरुका अनुसार उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ ।

    आजको दिन पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाने गरिन्छ । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ । 

    आजको दिन देवघाट, त्रिशुली, कालीगण्डकी, बागमती लगायतका नदीहरुमा  माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । 

    बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास छ । 

    महाभारतको युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेको पौराणिक मान्यता छ । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थान लगायतका तीर्थस्थलमा पनि मेला लाग्ने गर्दछ ।

     


    माघ १, २०७८ शनिवार ०७:५१:१६ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    कोरोनाकाे मापदण्ड पालना गरेर माघी मनाउन प्रधानमन्त्री देउवाकाे आह्वान  

    कोरोनाकाे मापदण्ड पालना गरेर माघी मनाउन प्रधानमन्त्री देउवाकाे आह्वान  

    काठमाडाैं - प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ नियन्त्रणमा सरकारबाट जारी जनस्वास्थ्यका मापदण्डको पालना गर्दै माघी/माघे संक्रान्ति पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका छन् । 

    images

    थारु समुदायमा माघी र अन्य समुदायमा माघे संक्रान्तिका नामले चिनिने पर्वमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले  संस्कृति र संस्कारमा आफ्ना विशेषता रहेको बताएका छन् । 
    विविधताभित्र एकता र सामाजिक सदभाव हाम्रा सांस्कृतिक विशेषताका उदाहरण भएको उनकाे भनाइ छ । यो पर्वले समस्त नेपालीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्ने उनले विश्वास लिएका छन् । 

    आजको दिन तिलको लड्‍डु, घ्यूचाकु खान र मकर स्नानका लागि प्रसिद्ध यो पर्व स्नान, दान, पुजाअर्चना, शुभकामना आदानप्रदान, मनोरञ्जन र मिष्ठान भोजन गर्दै विविध तरिकाले मनाउने गरिन्छ । यस पर्वलाई विशेष गरी मगर समुदायले माघे संक्रान्ति, थारु समुदायले माघी पर्व, नेवार समुदायमा घ्यूचाकु सँल्हु नामले तथा अन्य समुदायले मकर संक्रान्तिका रुपमा मनाउँदै आइरहेको पाइन्छ । 


    माघ १, २०७८ शनिवार ०७:५५:४६ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    मकर संक्रान्तिमा स्नानको यस्तो छ धार्मिक तथा वैज्ञानिक महत्व

    मकर संक्रान्तिमा स्नानको यस्तो छ धार्मिक तथा वैज्ञानिक महत्व

    हरेक वर्ष सूर्यले धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनलाई मकर संक्रान्ति भन्ने गरिएको हो । धार्मिक तथा वैज्ञानिक दृष्टिकोणले पनि आजको दिनलाई विशेष महत्वका साथ हेर्ने गरिएको छ । सूर्यले एक वर्षमा महत्त्वपूर्ण दुइटा रेखा पार गर्नुपर्ने छ, जसमध्ये मिथुन राशिलाई छोडेर कर्कट राशि अर्थात् कर्करेखामा प्रवेश गर्ने दिन र धनु राशिलाई छोडेर मकर राशि अर्थात् मकर रेखामा प्रवेश गर्ने दिन । धार्मिक तथा वैज्ञानिक दृष्टिकोणले दुईवटै विन्दुलाई विशेष महत्वका साथ हेर्ने गरिएको छ । कर्कट रेखामा प्रवेश गरेपछि दक्षिणायण सुरु हुन्छ भने मकर रेखामा प्रवेश गरेपछि उत्तराण सुरु हुन्छ ।

    images

    शास्त्रीय नियमअनुसार दक्षिणायण देवताहरुको रात्रि अर्थात् नकारात्मकताको प्रतिकक तथा उत्तरायण देवताहरुको दिन अर्थात् सकारात्मक प्रतिकारुपमा व्याख्या गरिएको छ । त्यसकारण यस दिन जप, तप, दान, स्नान, श्रद्धा, तर्पण तथा भोजन आदि धार्मिक क्रियाकलापको विशेष महत्व रहेको छ । यस्तो अवस्थामा दिइएको दान अक्षय लामो समयसम्म रहिरहने शास्त्रमा व्याख्या गरिएको छ । आजका दिन शुद्ध घ्यू तथा मक्बल दान गरेमा मोक्ष प्राप्ति हुने पनि जनविश्वास रहिआएको छ ।

    मकर संक्रान्तिबाट अग्नि तत्व सुरु हुन्छ भने कर्कट संक्रान्तिबाट जलतत्व सुरु हुन्छ । अग्नि तत्व सुरु हुने हुँदा हाम्रो शरीरमा कुनै पनि प्रकारका समस्या नपरोस् सधैंभरि जलतत्व र अग्नितत्व सन्तुलनमा रहिरह्योस भन्नका लागि आजको दिन गंगा, नदी तलाउमा स्नान गर्नुपर्ने धार्मिक जनविश्वास सदियौंदेखि रहिआएको छ । पुराणहरुमा व्याख्या गरिएअनुसार देवलोकबाट पनि देवताहरु मकर स्नान गर्न पृथ्वीमा आउने उल्लेख गरिएको छ । विशेष देवघाटमा देवताहरुको स्नान गर्ने मुख्य स्थान भएकाले उक्त स्थानलाई देवघट्ट देवताहरु भेट हुने स्थान भनेर व्याख्या गरिएको छ । यसका अतिरिक्त देशैभरिका धार्मिक स्थानहरुमा भक्तहरु स्नान गर्ने भक्तहरुको उल्लेख्य रुपमा उपस्थिति हुने गर्दछ ।

    वेदमा सूर्य उपासनाको सर्वोपरि मानिएको छ र उत्तरायण प्रारम्भ भएपछि विशेष मांगलिक कार्यहरु प्रारम्भ गर्न सकिन्छ । विबाह, ब्रतबन्ध, गृहप्रवेश, देवप्रतिष्ठा, मुन्डनकार्य आदि विशिष्ट यज्ञहरु पनि गर्न मिल्ने शास्त्रमा उल्लेख गरिएको छ । यस वर्षको मकर संक्रान्तिका वाहन बाघ, उपवाहन घोडा रहेको छ ।  शनिबार सङ्क्रान्ति पर्नुलाई शास्त्रमा नकारात्मक संकेतका रुपमा व्याख्या गरिएको छ । 

    विशेष राजनीतिमा मतभेद, आर्थिक अवस्था कमजोर बन्नेछ । जनतामा नैराश्यताको भावना उत्पन्न हुने छ । बाहिरी शक्तिको चलखेल उल्लेख्य रुपमा रहने छ । छिमेकीसँगको सम्बन्घमा नकारात्मक भावना पैदा हुने जस्ता फलहरु भोग्नुपर्ने छ । (लेखक रिजाल दक्षिण एसियाली ज्योतिष महासंघ नेपालका महासचिव तथा वास्तुविद् हुन् ।)ज्योतिषी सुरेशचन्द्र रिजाल

     


    माघ १, २०७८ शनिवार १३:५१:२० बजे : प्रकाशित


    क्यानाडा नेपाल

    पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् माघ ३ गते सोमबारको राशिफल

    पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् माघ ३ गते सोमबारको राशिफल

    मेष राशि - बल तथा प्रराक्रममा बृद्धि हुनेयोग रहेकोछ । मित्रजनहरु सगँको सम्बन्धमा प्रगाढता छाउनेछ । स्वास्थमा सामान्य सुधारको योग रहनेछ । आम्दानिको क्षेत्र मध्यम रहनेछ । धार्र्मीक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ । दुर्घटनापुर्ण यात्राको सम्भावना रहेकोले सजग भइ यात्रा गर्नुहोला ।

    images

    बृष राशि - स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । सभासम्मेलन जन्य कार्यमा सहभागीताको योग बन्नेछ । स्वास्थमा सामान्य तनाबको योग बन्नेछ । आम्दानिको क्षेत्रमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । कार्य सम्पादनमा गोपनियताको आवश्यकता रहनेछ । मित्रजनहरु सगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

    मिथुन राशि - नयाँ कार्य थालनिको निम्ती उत्तम समय रहेकोछ । मनमा सामन्य चिन्ता ले सताउने छ । साजेदारी काममा हात नहाले कै बेस रहने छ । शारिरिक आलस्यता ले सताउने छ । साधारण चोट पटक लाग्न सक्ने सम्भाबना रहेको छ । साजेदारी कार्यमा हात नहालेकै बेश हुनेछ । दाम्पत्य सम्बन्धमा सामान्य खटपट आई पर्ला ।

    कर्कट राशि - मित्रजनहरुको लागी साधारण खर्चहुन सक्ने सम्भाबना रहेको छ । खराब संंगतको कारणले सामान्य झन्जट ब्यर्होनु पर्ला । ब्यापार ब्यवसायमा सामान्यतय हानि रहन सक्ने छ । कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । नयाँ कार्य थालनिका निम्ति आट र साहशमा कमि आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउने छ ।

    सिंह राशि - हरकोहिको पुर्ण बिश्वास नगर्नु होला धोका हुन सक्छ । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ ।

    कन्या राशि - मान्यजनको साथ सहयोग प्राप्त नहुनाले मनमा चन्चलताको बास रहला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्राको कारणले शारिरिक आलस्यता ले सताउला । पठनपाठनको क्षेत्र भने त्यति राम्रो नरहला । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।

    तुला राशि - यात्राकारक दिन रहेकोछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । अरुको बसमा गरीएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन ।

    बृश्चिक राशि - शारीरिक अस्वस्थाका कारण कार्य सम्पादनमा समस्या आउन सक्छ । मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । माल सामान को क्षति ब्यहोर्नू पर्ला सजग रहनु होला । निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अनावश्यक परिश्रम खर्चीनुपर्नेछ ।

    धनु राशि - प्रेमी प्रेमिकाको बिच सामान्य मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय को क्षेत्रमा मध्यम दिन रहेको छ । तपाईले कसैमाथी गरेको बिश्वासमा बिश्वसघात हुन सक्छ । अधीक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु बिफल हुनेछन । मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्नेछन । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला ।

    मकर राशि - तपाईका शुभ चिन्तक हरुको सङख्या बढ्नेछ भने शत्रुपक्क्ष कमजोर हुनाले बिघ्नबाधाहरु हट्नेछन । स्वास्थ सम्बन्धि सामान्य असर भोग्नु पर्ला । आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ । टाढाको मित्रसँग अप्रत्यासित मिलन हुनेछ । सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउनेछ ।

    कुम्भ राशि - पारीवारिक झोर झमेलाले सताउन सक्छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । आँट र शाहासको बृद्यि हुनेछ पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ । बिशिष्ट ब्यत्तिहरुको साथ सहयोगमा नयाँकार्य थालनिका अवसरहरु प्राप्त रहनेछन ।

    मिन राशि - परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । प्रतिस्ठीत ब्यक्तिहरुको सहयोग प्राप्त हुनाले मन प्रशन्न रहेतापनि अरुको अनुशरण गर्दा प्रिय ब्यक्तिहरु टाढीन सक्ने सम्भाबना रहेको छ । पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । सामाजिक कार्यको क्षेत्रमा जुट्ने समय रहेकोछ ।ज्यो.प.सरोज घिमिरे


    माघ ३, २०७८ सोमवार ०७:१८:५० बजे : प्रकाशित


    क्यानाडा नेपाल

    स्वस्थानी व्रतकथा आजदेखि शुरु, यस्तो छ स्वस्थानीको महिमा

    स्वस्थानी व्रतकथा आजदेखि शुरु, यस्तो छ स्वस्थानीको महिमा

    काठमाडौँ - प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

    images

    एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ पmूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधि छ ।

    सय रोटी व्रतालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा वर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

    सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गोतमले जानकारी दिनुभयो । “स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ”, उहाँले भन्नुभयो ।

    यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथा समेत नेपाली समुदायमा प्रचलित छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नाग नागिनीको पुनर्मिलन भएको कथामा उल्लेख छ ।

    गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथा स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ ले जानकारी दिनुभयो ।

    शालिनदीमा १५० वर्तालु – यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तरपूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्दछ । प्राचीनकालदेखि लाग्दै आएको मेलामा यस वर्ष भने कोरोनाका कारण धेरै चहलपहल नहुने भएको छ । “माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन्”, इतिहासकार श्रेष्ठले भन्नुभयो ।

    यस वर्ष कोरोनाको महामारीका कारण माधनारायण मेला नगरी व्रतमात्र गर्ने गरी तयारी गरिएको छ । वर्तालुका लागि साँखुस्थित शालिनदीमा सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । समितिका अध्यक्ष मीजेन्दकाजी श्रेष्ठ यस वर्ष माघ ३ गतेदेखि फागुन ४ गतेसम्म मेला लाग्ने बताउनुहुन्छ ।

    विगत वर्षमा करिब ४०० जनाले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष करिब १५० जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षित साथ राखिने भएको छ । कोरोना महामारीकै कारण गत वर्ष भने ४९ जना मात्र व्रत बसेका थिए । विसं २०७६ मा जस्तो मेला भने यसपटक पनि नलाग्ने समितिले जनाएको छ । गत वर्ष पनि समितिले मेला नलाग्ने भनी भक्तजनको शालिनदीमा भीड नै देखिएको थियो ।वर्तालु आज बेलुकीदेखि नै साँखुमा वास बस्न आउँछन् । बेलुकी मामधवनारायणका पुजारीबाट जल ग्रहण गरेपछि व्रतविधि शुरु हुन्छ । कोरोनाका कारण यस वर्ष वर्तालुलाई एउटै घरमा राख्ने व्यवस्था गरिएको पनि समितिले जनाएको छ ।रासस


    माघ ३, २०७८ सोमवार ०७:३९:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्वस्थानी व्रतकथा

  • क्यानाडा नेपाल

    पहिलो पटक स्वस्थानीको व्रत प्रारम्भ गर्नेले साइत जुराउन नपर्ने

    पहिलो पटक स्वस्थानीको व्रत प्रारम्भ गर्नेले साइत जुराउन नपर्ने

    काठमाडाैं - गगनचुम्बी हिमशिखरको काखमा अवस्थित ऋषिमहर्षिको तपोभुमि, पवित्र तीर्थताल मनमोहक प्राकृतिक भूमि नेपाल  र नेपाली समाजमा हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानीको व्रत र पूजा गर्नेपरम्परा रही आएको छ ।

    images

    हरेक वर्षजस्तै यसवर्ष पनि ३ माघदेखि एक महिनासम्म मनाइने स्वस्थानी व्रत अनुष्ठान प्रारम्भ भएकाे छ । पहिलोपटक व्रत प्रारम्भ गर्न चाहनेका लागि बृहस्पति तथा शुक्र अस्थ नभएकाले विशेषगरी लामो समयको अन्तरालपछि सोमबार युक्त पुनर्वसु नक्षत्रको शुभ मुहुर्तको संयोग जुरेकाले वर्तमान समयमा देखापरेका विभिन्न समस्या विस्तारै नियन्त्रण हुँदै जानेछ र विश्वले नै नयाँ परिवर्तन पाउने मुहुर्त परेको छ ।

    लामो समयदेखि सन्तान नहुनेले विधिपूर्वक यसवर्ष स्वस्थानीको व्रत बसेर समापन गरेमा सन्तान प्राप्तिको योग समेत बन्ने मुहुर्त छ । देवी स्वस्थानीको विधिपूर्वक व्रत एवं पूजा-आराधना गर्नाले मनोकांक्षा सिद्धि हुने विश्वास गरिन्छ ।

    सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले ‘महादेव स्वामी पाऊँ’ भनी बालुवाको शिवलिङ्ग बनाई स्वस्थानीको व्रत गरेकाे र मनोकांक्षा पूर्ण भएपछि उनकै आज्ञाअनुसार लोककल्याणका लागि पृथ्वीलोकमा पनि श्रीस्वस्थानीको व्रत प्रारम्भ गरिएको धार्मिक विश्वास छ ।

    स्वस्थानी व्रतको परम्परा 
    स्वस्थानी व्रत कथा अनुसार यसको सुरुवात भगवान् विष्णुको सल्लाहमा पहिलोपटक पार्वतीले गरेकी हुन् । महादेवकी पत्नी सतीदेवीले आफ्ना बाबुले गरेको यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रूपमा उनको जन्म भएको पुराणमा व्याख्या गरिएको छ ।

    भगवान् विष्णुको सल्लाह अनुसार महादेव पति पाउन श्रीस्वस्थानी व्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकी हुन् भन्ने उल्लेख गरिन्छ । त्यसको फलस्वरूप उनले महादेव पति पाइन् । त्यसैले आज पनि असल पतिको कामना वा पतिको सुस्वास्थ्यको कामना गरेर महिलाले यो व्रत लिने सदीयौंदेखि रहिआएको छ ।

    व्रत एवं पूजा विधि नयाँ व्रत बस्नेहरुले कसरी सुरु गर्ने ?  
    पौष शुक्ल पूर्णिमादेखि व्रत बस्ने भएकाले अघिल्लो दिनमा हातगोडाका नङ काटी आफ्नो शरीर सफा राखीसंकल्पपूर्वक व्रत आरम्भ गरिन्छ । एक महिनासम्म मध्याहृनको समयमा भगवान् शिवसहित स्वस्थानी परमेश्वरीको विधिपूर्वक पूजाआराधना गरिन्छ ।

    व्रतालुले पूजा-आराधनापछि स्वस्थानीको माहात्म्य वाचन वा श्रवण गर्ने गर्छन् । व्रत अवधिभरि चोखोनितो गरी मध्याह्नकालमा एक पटकमात्र भोजन गर्ने गर्छन् । विधिपूर्वक व्रत नबस्नेले पनि आआफ्नो घरमा बिहान वा बेलुकी स्वस्थानीको कथा वाचन एवं श्रवण गर्नु पर्दछ ।

     यसप्रकारले श्रद्धा एवं भक्तिपूर्वक गरिएको स्वस्थानीको व्रत एक महिनापछि अर्थात् माघ शुक्ल पूर्णिमाको दिनसमापन गरिन्छ । यस दिन सम्पूर्ण पूजासामग्री सहित स्वस्थानी परमेश्वरीलाई चढाउन विशेष वस्तु १०८ को संख्यामा हुने गर्छन् ।

    अक्षता, बेलीपुष्प, सुपारी, जनै, पान, बत्ती, रोटी, एवं मौसम अनुसारका फलफूल सबै एक सय आठका दरले चढाई शिवलिंगसहित ॐकारयुक्त अष्टदलमा श्री स्वस्थानीको विशेष पूजा गर्ने विधिको व्याख्या गरिएको छ । पूजा सकिएपछि जुन कामनाले व्रत गरिएको हो सो कामना पूरा होस् भन्दै अर्घ्य दिई यस व्रतको समाप्ति गरिन्छ ।

    स्वस्थानी व्रतकथाभित्र आउने लगभग सबै तीर्थस्थल नेपाल विशेषगरी काठमाडौंभित्रै रहेका छन् । कथाका विभिन्न प्रसंगमा आएका गुह्येश्वरी, गोकर्ण, श्लेष्मान्तक वन, किराँतेश्वर, गौरीघाट, वाग्मती नदी, शालीनदी जस्ता क्षेत्र यहीं पर्ने हुनाले पनि नेपाली समाजमा यस व्रतले बढी महत्त्व र यस प्रतिको आस्था रहिरहेको हो  ।

    विशेषगरी स्वस्थानी व्रतकथामा लेखिएका लावण्यदेश अर्थात् साँखु शालीनदीमा एक महिनासम्म मेला लाग्दछ । यस ठाउँमा सयौं व्रतालु पुस माघको चिसोलाई समेत बेवास्ता गर्दै एक महिनासम्म बस्ने गर्दछन् भने अन्य दर्शनार्थी पनि स्नान, दर्शन आदि प्रयोजनका लागि पुग्ने गर्दछन् ।

    यसवर्ष विशेषगरी कोरोनाका कारण घरमै बसेर पूजा तथा पाठ श्रवण गर्नुपर्ने छ । जोखिम कायमै रहेकाले विशेष सावधानी अपनाउन आग्रह छ ।(लेखक सुरेशचन्द्र रिजाल ज्योतिष तथा वास्तुविद् हुन् )
     


    माघ ३, २०७८ सोमवार ०८:१८:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्वस्थानी व्रतकथा

  • क्यानाडा नेपाल