आश्विन ९, २०७९ आइतबार | Mon Sep 26 2022

विक्की र कटरिनाको विवाहमा मोबाइल लान नपाइने, यस्तो नियम राखियो



काठमाडौं । बलिउड अभिनेत्री कटरिना कैफ र अभिनेता विक्की कौशलको विवाहको चर्चा पछिल्लो समय निकै छ । एकअर्काको प्रेमसम्बन्ध रहेका कटरिना र विक्कीले आउँदो डिसेम्बरको पहिलो हप्तामा विवाह गर्दैछन् । 

उनीहरुले डिसेम्बर पहिलो साता नै जयपुरको एक रिसोर्टमा गर्ने पक्का भइसकेको छ । उनीहरुले विवाहमा सहभागी हुनेलाई कडा नियम बनाएका छन् । 

उनीहरुको विवाहमा सहभागी हुनेले मोबाइल लैजान नपाउने भएका छन् । विवाहलाई गोप्य राख्नको लागि उनीहरुले मोबाइल लान नपाइने नियम बनाएका हुन् । 

विवाहको लागि उनीहरुले राजस्थानको जयपुरस्थित सवाई माधोपुरको सिक्स सेन्स लग्जरी होटल बुकिङ पनि गरिसकेका छन् । यसैबीच उनीहरुको विवाहमा कुन कुन कलाकारको सहभागी रहन्छ भन्ने चर्चा पनि चलिरहेको छ । उनीहरुले आफ्नो विवाहमा आउने पाहुनाको सूची पनि तयार गरेका छन् ।  

 

प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार  २ : ३५ बजे