काठमाडौं – चितवनमा शुक्रबारबाट शुरु हुन लागेको नेकपा एमालेको १०औँ महाधिवेशनको भव्य तयारी गरिएकोे छ । नारायणी किनारमा हुन लागेको उद्घाटन सत्रमा ६ लाखभन्दा बढी सहभागी हुने पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताएका छन् ।
महाधिवेशनको बन्द सत्रका लागि प्रतिनिधि र स्वयंसेवक अट्ने गरी हल निर्माण पनि भइरहेको उनले बताए । उनका अनुसार महाधिवेशनमा २ हजार १७५ प्रतिनिधि र १०३ जना परिवेक्षक सहभागी हुनेछन् ।
शुक्रबारको लागि ५ हजार स्वयंसेवक परिचालन गरिएको पनि उनले बताए । शुक्रबार देउवासहित विभिन्न दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।महाधिवेशनको लागि नेकपा अध्यक्ष केपी शर्मा ओली पत्नि राधिका शाक्य, सुवास नेम्वाङ, गोकर्ण विष्टसहित चितवन पुगिसकेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा भने शुक्रबार नै एमाले महाधिवेशनको लागि चितवन जाँदैछन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने एमाले महाधिवेशन कार्यक्रममा सहभागी नहुने भएका छन् । सत्तागठवन्धन कै अर्को दल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई भने एमालेले बहिष्कार नै गरेको छ ।
सवै दलका शीर्ष नेतालाई निम्तो दिइएको कार्यक्रममा नेपाललाई निम्तो नै गरिएको छैन । निम्तो नपाएपछि सो पार्टीको जिल्ला तहका नेतासमेत उद्घाटन समारोहमा नजाने भएका छन् । महाधिवेशनलाई शुभकामना दिन लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि चितवन पुगिसकेका छन् ।
यस्तै नेता भट्टराईका अनुसार भारत, श्रीलंका, बंगलादेश लगायतका देशबाट पनि राजनैतिक दलका प्रतिनिधि आउने भएका छन् । तस्बिर रोहित शर्मा /क्यानडा नेपाल डटकम
प्रतिक्रिया