• Dec 07 2021 | २०७८, मंसिर २१गते

२०७८, मंसिर २१गते

किन दुर्गा प्रसाईंलाई एमालेमा यत्ति धेरै महत्त्व ?

क्यानाडा नेपाल मंसिर ९ २०७८
  • 1.2K
    SHARES
  • images
    images
    किन दुर्गा प्रसाईंलाई एमालेमा यत्ति धेरै महत्त्व ?

    काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेका नेता तथा व्यवसायी दुर्गा प्रसाईं अहिले चितवन पुगेका छन् । चितवनमा महाधिवेशनमा सहभागी हुन पुग्दा खुशीको अनुभूति गरेका छन् ।

    images

    दुर्गा प्रसाईंको नेकपा एमालेको यात्रा धेरै लामो होईन । एमाले पार्टी आधिकारिक रुपमा प्रवेश गरेको दुई महिना नपुग्दै पार्टीले व्यवसायी समेत रहेका दुर्गा प्रसाईंलाई महाधिवेशन प्रतिनिधि बनाए पछि चर्चाको विषय बनेको छ । माओवादी पार्टीबाट राजनीति सुरु गरेका नेता प्रसाईं भर्खरै एमाले प्रवेश गरेका हुन् तर यत्ति छोटो समय मै किन यत्ति धेरै प्राथमिकता पाए भन्ने विषय उठ्न थालेपछि यो विषय केलाउन जरुरी छ ।

    एमालेका अध्यक्ष केपी शर्मा ओली निकट श्रोतका अनुसार केपी ओलीलाई समेत धेरैले दुर्गा प्रसाईंको विषयमा सोधपूछ गरेका थिए । श्रोतका अनुसार दुर्गा प्रसाईंको बारेमा केपी शर्मा ओली सकारात्मक रहेको हुँदा पनि दुर्गा प्रसाईंले प्राथमिकता पाएका हुन् । केपी ओलीले विश्वासिलो पात्र भनेर मुन्टो हल्लाएको कारण पनि दुर्गा प्रसाईं एमाले भित्र रिझाएका छन् ।

    दुर्गा प्रसाईंसंगै धेरै नेताहरुले पुष्प कमल दाहाल 'प्रचण्ड' लाई छोडेर एमाले प्रवेश गरेका हुन् । दुर्गा प्रसाईंसंगै पूर्व माओवादी भनेर चिनिने एमालेका नेताहरुलाई कत्तै न कत्तै विभेद जस्तो गरेको देखिएको छ जुन कुरा नेता टोप बहादुर रायमाझीले मिडियामा बताएका समेत छन् । तर दुर्गा प्रसाईंलाई भने एमालेमा अलि फरक तरिकाले समावेश गरिएको पाईएको छ ।

    केपी ओली र दुर्गा प्रसाईंको सम्बन्ध केपी ओली र दुर्गा प्रसाईंको सम्बन्ध प्रचण्डलाई ठूलो झट्का, पूर्वका टावर मानिने दुर्गा प्रसाईं एमालेमा सक्रिय प्रचण्डलाई ठूलो झट्का, पूर्वका टावर मानिने दुर्गा प्रसाईं एमालेमा सक्रिय

    दुर्गा प्रसाईं व्यवसायी भएको कारण पनि पार्टीलाई आर्थिक रुपमा सहयोग गर्ने लोभले केपी ओलीले च्यापेको आरोप समेत पार्टी भित्र लागेको छ । यहि विषयमा चितवनमा रहेका दुर्गा प्रसाईंलाई प्रश्न गर्दा उनले हाँसेर भने, "हो म व्यवसाय हो म संग पैसा छ तर पैसा हुने म मात्र हो र केपी ओलीको नजिक ? केपी ओलीलाई भेट्न सयौं म भन्दा धनी व्यवसायी आउछन नि तर किन म मात्र भएँ नजिक ? खाली नकारात्मक मात्र सोचेर हुदैन । पैसा कै लागि भएको भए प्रचण्डले पनि मलाई च्याप्थे होला नि हैन र ? मेरो काम, मैले दिएको साथ र पार्टीमा लागेर मैले समाज र देशमा योगदान पुर्याउन सक्छु भन्ने देखेर होला केपी ओलीले मलाई प्राथमिकता दिनुभएको हो ।"

    एमालेका एक नेताका अनुसार दुर्गा प्रसाईंलाई छोटो समयमा पार्टी भित्र प्राथमिकता दिनुको अर्को मुख्य कारण भनेको प्रचण्ड पनि हो । ति नेताले भने, "केपी ओलीले गरेको कम्न्युष्ट एकतामा पुष्प कमल दाहाल 'प्रचण्ड' ले आफ्नो स्वार्थको लागि फुटाउने कोशिस गरे जुन कुरा अध्यक्ष ओलीलाई निराश बनाएको छ । यहि बेलामा प्रचण्डको खम्बा मानिने दुर्गा प्रसाईं समेत निराश बनेर ओलीको शरणमा पुगेका थिए । जब दुई व्यक्तिको दुश्मन एक भएपछी निकटता त हुने नै भयो नि । दुर्गा प्रसाईंले प्रचण्डको नकारात्मक कुरा खोतल्दा केपी ओली मात्र नभएर समग्र नेकपा एमाले खुशी भएका छन् किनकि एमाले फुट्नुको मुख्य हात प्रचण्ड कै छ ।"

    दुर्गा प्रसाईंको राजनीतिक योगदानको समेत कदर गर्दै अध्यक्ष ओलीले प्राथमिकता दिएको समेत विश्लेषण गरिएको छ । दुर्गा प्रसाईंले माओवादीलाई पनि देशको विकासको लागि वर्षौं सम्म योगदान दिए तर प्रचण्डको नेतृत्व गलत हुँदा दुर्गा प्रसाईं जस्तो व्यक्तिको योगदानको कदर नभएको देखेर समेत अध्यक्ष ओलीले दुर्गा प्रसाईंलाई प्राथमिकता दिएको बुझिएको छ ।

    दुर्गा प्रसाईंले आफूले छोटो समयमा पाएको एमाले भित्रको मायालाई कहिल्यै पनि धोका नदिने वाचा सम्म गरेका छन् । दुर्गा प्रसाईं भन्छन, "धेरैले भनेको सुनेको छु कि फाइदाको लागि दुर्गा प्रसाईं एमालेमा आयो र यदि फाईदा भएन भने फेरि प्रचण्डकोमा जान्छ भनेर । म कुनै पदको लोभले आएको होईन म देश विकासमा कुनै योगदान दिन सक्छु कि भनेर आएको हुँ । मैले यो पार्टीमा पाएको माया र प्राथमिकतालाई कदर गर्दै संधै साथ हुनेछु ।"


    मंसिर ९, २०७८ बिहिवार १७:४५:०१ बजे : प्रकाशित

    images
    images

    क्यानाडा नेपाल

    अर्कोसमाचार

    'युवाहरुको चाहनाले केपी ओलीको खम्बा बन्न केन्द्रीय सदस्य लड्दैछु'

  • 1.2K
    SHARES
  • 'युवाहरुको चाहनाले केपी ओलीको खम्बा बन्न केन्द्रीय सदस्य लड्दैछु'

    काठमाडौं । नेकपा एमालेको महाधिवेशन प्रतिनिधि बनेर चितवन पुगेका दुर्गा प्रसाईंले आफू केन्द्रीय सदस्यमा लड्ने घोषणा गरेका छन् । आज बिहान आफू केन्द्रीय सदस्य लड्ने र जित्ने अठोट बोक्दै दुर्गा प्रसाईंले उमेद्द्वारी दिने निर्णय गरेका छन् ।

    images

    नेकपा एमाले पार्टीमा प्रवेश गरेको दुई महिना नपुग्दै दुर्गा प्रसाईंले लडेर जित्ने अठोट बोक्नुलाई फलामको चिऊरा चपाएको सरह हुने तर्क गर्न थालेका छन् । तर दुर्गा प्रसाईं आफ्नो निर्णय माथि पूर्णत विश्वस्त हुँदै केन्द्रीय सदस्यमा भिड्ने विचार बोकिसकेका छन् । उनले गरेको यो निर्णयलाई पार्टीका शिर्ष नेताहरुले स्वागत समेत गरेका छन् ।

    durgawithsubasnembang.jpg

    दुर्गा प्रसाईंले आज बिहान चितवन पुगेर यो निर्णय गरेसंगै उनीसंग भेटेका एमालेका शिर्ष नेताहरुले अग्रीम शुभकामना दिंदै पार्टीमा स्वागत गरेका छन् । महासचिव ईश्वर पोखरेलदेखि संसदीय दलका नेता सुवास नेम्वांगले दुर्गा प्रसाईलाई शुभकामना दिएका छन् ।

    durgaprasai-ishwarpokharel.jpg

    दुर्गा प्रसाईंले केन्द्रीय सदस्यमा लड्ने निर्णय किन लिए भनेर प्रश्न गर्दा उनले भने, "मैले अब आफ्नो राजनीतिक यात्रा एमाले पार्टी बाटै अघि बढाउने सोचेर नै यो पार्टी प्रवेश गरेको हुँ । म पूर्वको मान्छे भएपनि पश्चिम र सुदूरपश्चिम पुग्दा त्यहाँको युवाहरुले मलाई औधी माया गरेर राजनीतिमा सक्रिय भएर लाग्न आग्रह गरेका थिए । जहाँ जान्थे त्यहाँ युवाहरुले मलाई घेरेर राजिनितीमा आउनुस युवाहरुलाई प्रोत्साहन गर्नुस भन्नुभयो । हजुरबुवा तथा हाम्रो अध्यक्ष केपी शर्मा ओलीले पनि एमालेमा तपाई जस्तो उर्जा बोकेको व्यक्तिको खाँचो छ भनेपछि मैले रिस्क मोलेर केन्द्रीय सदस्यमा लड्न लागेको हुँ ।"

    durgaprasai-chtwn.jpg

    क्यानडा नेपालसंग कुराकानी गर्दै नेता प्रसाईले भने, "मैले उमेद्द्वारी दिने निर्णय लिएसंगै मलाई एमालेका शिर्ष नेताहरुले शुभकामना दिनुभयो र यो निर्णयको स्वागत गर्नुभयो । कसैले पनि तिमीले हतार गर्यौ भन्नु भएन बरु उल्टै तिमी राजनीतिमा आउँदा युवाहरुलाई जोश बढ्छ भन्दै मलाई हौसला दिनुभएको छ । म केन्द्रीय सदस्य भएमा अध्यक्ष केपी ओलीको दरिलो खम्बा बनेर अघि बढ्नेछु र युवाहरुलाई प्रोत्साहन गर्नेछु ।" 

    durgaprasaiwithyouth.jpg

    अब देश विकास गर्न अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुपर्छ र ओलीलाई साथ दिन खम्बा जस्तो बन्ने भन्दै दुर्गा प्रसाईंले भने, "म देशभरी केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन हिड्ने छु र म वहाँलाई देश विकास गर्ने योजनामा हर कदम साथ सहयोग गर्नेछु । केन्द्रीय सदस्य संगै मेरो सक्रिय राजनीतिक यात्रा सुरु हुनेछ ।"

    दुर्गा प्रसाईंले अब देशलाई सम्वृद्धि तर्फ लैजान नेकपा एमालेको सरकार नै जरुरी भएको मुल्यांकन जनताले गरेको उल्लेख गरेका छन् । नेकपा एमालेमा युवाहरुको पनि राम्रो क्रेज भएको कारण पनि विचार र सिद्धान्तमा भन्दा पनि विकास र काममा विशेष जोड दिने गरेको छ । आफूलाई पनि संधै केहि गरौँ भन्ने हुटहुटी थियो र अब एमाले पार्टी प्रवेश गरेसंगै देश निर्माण गर्ने हुटहुटी पूरा हुने विश्वस्त दुर्गा प्रसाईं रहेका छन् ।


    मंसिर १०, २०७८ शुक्रवार १५:५५:०९ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    सुवास नेम्वांगलाई राष्ट्रपति, ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष

    मोनीका सिंह

    मंसिर ११

  • 584
    SHARES
  • सुवास नेम्वांगलाई राष्ट्रपति, ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष

    काठमाडौं । नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा चलिरहेको छ । आज बन्द सत्र हुँदै गर्दा अध्यक्ष केपी शर्मा ओली आफू निकट नेताहरुलाई सहज तरिकाले व्यवस्थापन गर्ने कोशिष गरिरहेका छन् ।

    images

    अध्यक्ष ओलीसंग अध्यक्ष पदमा भिम रावल भिड्ने गरि प्रचार प्रसार गरिरहेका छन् । केपी ओलीसंग जित्न नसक्ने भए पनि भिम रावलले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छैनन् । तर ओलीले भिम रावललाई उम्मेद्वारी फिर्ता लिन आग्रह गरे तर रावलले नमानेपछि ओलीले वास्ता गर्न छोडेका छन् ।

    अहिले केपी ओलीलाई वरिष्ठ उपाध्यक्ष पदलाई व्यवस्थापन गर्न हम्मे हम्मे परेको छ । वरिष्ठ उपाध्यक्षमा केपी ओलीको निकट पात्रहरु नै भिड्ने भएपछी ओलीले व्यवस्थापन गर्न खोजी रहेका छन् । ईश्वर पोखरेल र सुवास नेम्वांग भिड्ने तयारी गरिरहदा अध्यक्ष ओलीले अन्तिम  अवस्था सम्म मिलाउने कोशिष गरिरहेका छन् ।

    ईश्वर पोखरेलले आफू अध्यक्षको दाबेदार भएपनि अहिलेको माग भनेको केपी ओली भएकाले आफूले अध्यक्ष दाबी नगरि वरिष्ठ उपाध्यक्ष पदमा दाबी गरेको बताउछन । आफूले अध्यक्ष पद त्यागेको कारण वरिष्ठ उपाध्यक्ष आफूले पाउनु पर्ने तर्क व्यक्त गरेका छन् ।

    ईश्वर पोखरेलको कुराकानी सुनेपछि अध्यक्ष ओलीले सुवास नेम्वांगलाई फकाउने कोशिष गरेका छन् । केपी ओलीले सुवास नेम्वांगलाई निर्वाचन पश्चात एमाले पार्टीबाट राष्ट्रपति बनाउने पक्का गर्दै वरिष्ठ उपाध्यक्ष पद ईश्वर पोखरेललाई छोडिदिन आग्रह गरेका छन् । राष्ट्रपतिको लागि एमाले पार्टीमा उपयुक्त तपाई नै हो भन्दै सुवास नेम्वांगलाई ओलीले फकाउने कोशिष गरेका हुन् ।

    सुवास नेम्वांगले भने अहिले राष्ट्रपति भन्दा पार्टीमा आफूलाई उपयुक्त ठाउँ चाहेको माग गरेका छन् । सुवास नेम्वांगले केपी ओलीलाई राष्ट्रपति भनेको पछिको कुरा हो तर अहिले आफूले के आधारमा छोड्ने भनें तर्क प्रस्तुत गरेका छन् । 

    सुवास नेम्वांगले सबै सर्वसम्मत जाने गरि अध्यक्ष ज्युले चाहेको भए मैले अध्यक्ष ज्युलाई साथ दिनुपर्छ भनेका छन् तर ईश्वर पोखरेलसंग पनि एकचोटी वार्ता गरेर टुंगो लाउने बताएका छन् ।

    सुवास नेम्वांगसंगै केपी ओलीले अष्टलक्ष्मी शाक्यलाई समेत उपाध्यक्षबाट यो पल्ट आफ्नो दाबी छोड्न आग्रह गरेका छन् । मुख्यमन्त्री बनाएको र फेरि सरकारमा जाँदा प्राथमिकतामा राख्ने भन्दै अहिले अरुलाई मौका दिन आग्रह गर्दै अष्टलक्ष्मी शाक्यलाई उपाध्यक्ष पदको दाबी नगर्न ओलीले आग्रह गरेका छन् ।


    मंसिर ११, २०७८ शनिवार १४:३९:११ बजे : प्रकाशित


    मोनीका सिंह

    ओलीले वास्ता नगर्दा अध्यक्षमा उमेद्वारी दिन वाध्य भए भिम रावल

    रोहित शर्मा

    मंसिर १२

  • 588
    SHARES
  • ओलीले वास्ता नगर्दा अध्यक्षमा उमेद्वारी दिन वाध्य भए भिम रावल

    काठमाडौं । नेकपा एमालेको बन्दसत्रको आज दोश्रो दिन सर्वसम्मत नेतृत्व चयन गर्नेबारे केपी ओली बसेको होटलमा छलफल चलिरहेको छ । अधिकांशले सहमतिमा जाने दबाब दिईरहँदा अध्यक्ष पदको उमेद्वारी दिन लागेका भिम रावल भने आफ्नो अडानबाट पछि हटेका छैनन् ।

    images

    अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारी र सदस्य तोक्ने सर्वाधिकार हिजो बसेको बन्द सत्रले दिएको थियो तर भिम रावलले भने निर्वाचन मै जानुपर्ने भन्दै विरोध गरेका थिए । आफू अध्यक्ष पदका लागि उमेद्वारी दिने र निर्वाचनबाट नै पदाधिकारी र सदस्य चुनिनु पर्ने माग गर्दै नेता रावलले विरोध गरेका थिए । तर अधिकांश नेताहरुले भिम रावललाई सहमतिमा आउन दबाब दिएका थिए ।

    भिम रावलसंग घनश्याम भूषाल पनि निर्वाचन हुनुपर्ने माग गरेका थिए तर रावलको विरोधलाई अधिकांश नेताहरुले फितलो बनाईदिए र अध्यक्ष ओलीलाई सर्वाधिकार दिने निर्णय गरे ।

    अधिकांश नेताहरुले केपी ओलीलाई समर्थन गरेको र भिम रावलको विरोध माथि पनि विरोध गरेको देख्दा निर्वाचन भयो भने पनि ठूलो मतले अध्यक्ष जित्ने केपी शर्मा ओली नै हो भन्ने प्रष्ट देखिन्छ । यो कुरा भिम रावलले पनि बुझेको उनी निकट नेताहरु बताउछन । हार्ने थाहा हुँदाहुँदै भिम रावल किन ओलीसंग भिड्न खोजेको भन्ने प्रश्न अहिले पेचिलो बनेको छ ।

    उपाध्यक्ष पाए भिम रावल सहमति मै जाने, ओली संग भेटाउने तयारी उपाध्यक्ष पाए भिम रावल सहमति मै जाने, ओली संग भेटाउने तयारी

    यस विषयमा बुझ्न खोज्दा उनी निकट एक नेताले भने, "डा. भिम रावललाई अध्यक्ष केपी शर्मा ओलीले एकचोटी पनि फोन गरेर भेटेर सहमतिमा जाने वातावरण बनाउनु भएन त्यही भएर पनि नेता रावल रुष्ट हुँदै उमेद्वारी दिन खोज्नु भएको हो । केपी ओलीले प्रधानमन्त्री बन्दा नेता रावललाई वरिष्ठ उपाध्यक्ष बनाउने सम्म भन्नु भएको थियो तर अहिले महाधिवेशन आएपछि कुनै वास्ता नगरेपछि भिम रावलले उमेद्वारी दिन खोज्नु भएको हो ।"

    भिम रावललाई वरिष्ठ उपाध्यक्ष दिने ओलीको वाचा पूरा गर्नुपर्ने माग उनी निकट नेताको रहेको छ । उनले थपे, "नेता रावलले फेरि बार्गेनिंग गर्न यो उमेद्वारी दिनु भएको भने होईन । वरिष्ठ उपाध्यक्ष दिन नसके एकचोटी अध्यक्षमा उठ्न खोज्नु भएको रावललाई अध्यक्ष ज्यूले फोन गरेर भएपनि यो पाली सहमतिमा जाउँ भन्न सक्नुहुन्थ्यो तर वहांले भिम रावललाई वास्ता नै गर्नुभएन ।"

    भिम रावललाई पार्टी भित्र अधिकांशले सहमतिमा जान दबाब दिइरहेका छन् । हिजो मात्र नेता रावलले सहमतिमा सबै गए म पनि जान्छु भनेका थिए तर त्यति भन्दा पनि अध्यक्ष ओलीले सहमतिमा ल्याउन आफूले रावलसंग वार्ता नगरेकोले रुष्ट भएर भिम रावलले उमेद्वारी दिन खोजेका हुन् ।

    आज बिहान केपी ओली निकट नेताहरुले सकेसम्म भिम रावल र अध्यक्ष ओलीलाई भेट गराउने र रावललाई उपाध्यक्ष पद दिएर सहमतिमा ल्याउने कोशिश गरिरहेका छन् । अध्यक्ष ओली भने रावलसंग भेट्न अहिले पनि चाँसो देखाएका छैनन् ।


    मंसिर १२, २०७८ आइतवार ११:३४:०१ बजे : प्रकाशित


    रोहित शर्मा

    केपी ओली र भिम रावलको आगो पानी जस्तो सम्बन्ध, यस्तो छ इतिहास

    केपी ओली र भिम रावलको आगो पानी जस्तो सम्बन्ध, यस्तो छ इतिहास

    काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनमा अध्यक्ष पदको लागि अहिले केपी शर्मा ओली र भीम रावल भिड्दैछन् । अध्यक्ष ओली सकेसम्म सर्वसम्मतबाटै नयाँ केन्द्रीय कमिटी बनाउने गरी छलफलमा जुटेका छन् । तर रावल भने ओलीले सहमतीको लागि वास्ता नगरेको भन्दै अध्यक्षमा लड्ने भन्दै भोट माग्न कस्सिएका छन् ।

    images

    कुनै समय एउटै प्यानलमा रहेका ओली र रावल अहिले प्रतिस्पर्धामा लागेका छन् । यसअघि २०६५ सालमा भएको एमालेको आठौं महाधिवेशनमा ओली र रावल एउटै प्यानलमा थिए । रावल त्यसबेला तत्कालीन अध्यक्ष झलनाथ खनालको प्यानलबाट ओलीको प्यानलमा आएका थिए । पदाधिकारी मागेका रावललाई खनालले सेती अञ्चलतर्फको केन्द्रीय सदस्य मात्र दिने भनेपछि रावल महाधिवेशनको मुखैमा ओलीतर्फ लागेका थिए ।

    ओलीले आफ्नो प्यानलमा रावलसहित अशोक राई र विद्या भण्डारीलाई उपाध्यक्ष राखेका थिए । तर महाधिवेशनमा ३ जना मध्ये रावल मात्र हारे । यस्तै उक्त महाधिवेशनमा  तत्कालीन अध्यक्ष झलनाथ खनालको प्यानलबाट वामदेव गौतमले जिते । त्यसपछि माधव नेपालको सरकारमा ओलीको प्यानलबाट रावललाई गृहमन्त्री बनाइयो । माधव नेपालको सरकारमा आफु सहभागी भएपछि उनी उतै नजिक हुन थाले ।

    २०७१ सालमा नवौं महाधिवेशन भयो । उक्त महाधिवेशनमा रावल माधव नेपालकै प्यानलबाट उपाध्यक्षमा उठे र जिते पनि । महाधिवेशनमा ओलीले अध्यक्ष पदमा जिते । नेपालको प्यानलबाट उपाध्यक्ष पद जितेपछि पनि ओलीसँग रावलको सम्बन्ध राम्रै थियो । पार्टी सञ्चालनमा पनि रावलले ओलीलाई धेरै सहयोग पनि गरे । संविधानसभाबाट संविधान निर्माण क्रममा पनि ओली र रावलबीच राम्रो साझेदारी भयो ।

    २०७२ सालमा ओलीले सरकार नेतृत्व गर्दा रावललाई उपप्रधानमन्त्री र रक्षामन्त्री पनि दिए । त्यसपछि एमाले र माओवादी केन्द्रबीच एकता भयो । २०७४ सालमा एकता भयो, तर ओलीले सचिवालयमा रावललाई छुटाए । रावलको आफू सचिवालयमा हुनुपर्ने भनाई थियो । तर ओलीले भने वास्ता नगरी विष्णु पौडेललाई महासचिव बनाए । त्यस समयदेखि नै रावल ओलीसँग असन्तुष्ट थिए ।

    रावललाई नयाँ निर्वाचनपछि पनि सरकारमा ल्याएनन् । त्यसपछि रावलले संसदमा पनि ओलीको आलोचना गर्न थाले । ओलीसँग सम्बन्ध राम्रो हुन नसकेपछि रावल माधवतर्फ ढल्किए । माधव र प्रचण्डसँग मिलेर नेकपा अध्यक्षबाट ओलीलाई हटाउनुपर्ने टार्गेटमा रावल लागे । त्यसपछि उनले प्रतिनिधिसभा विघटन गर्ने ओलीको निर्णयविरूद्ध पनि बोल्न थाले । कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने अविश्वासको प्रस्तावमा पनि उनले सहमती जनाए । 

    तर अचम्म भैदियो, आफूले संसदबाट विश्वासको मत लिनु भन्दा अघि ओलीले रावललाई भेट गरे । ओलीसँगको भेटपछि रावल बदलीए । उनी ओलीले विश्वासको मत लिने दिन संसदमा आइदिएनन् । यता, माधव समूहले भने ओलीविरूद्ध मतदान गर्ने निर्णय पनि गरेको थियो । पछि रावल किन संसदमा आएनन् भन्ने कुरा उठ्यो । रावलले आफु पार्टी एकताको पक्षमा रहेकोले सांसदमा अनुपस्थित भएको बताए ।

    उनले ओली र नेपाल मिल्नुपर्ने बताए । उनीसँगै पार्टी एकताको पक्षमा योगेश भट्टराई, अष्ट लक्ष्मी शाक्य, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भूषाल लगायत पनि लागे । पछि नेता नेपालले एमालेबाट छुट्टिएर एकीकृत समाजवादी पार्टी खोलेपछि रावल ओलीतर्फ नै लागे । त्यहाँसम्म आइपुग्दा ओली र रावलको सम्बन्ध पनि राम्रै थियो । तर पछि एमालेको सुदूरपश्चिम इन्चार्जको बिषयपछि रावल फेरि ओलीसँग रिसाए ।

    ओलीले रावललाई सुदूरपश्चिम इन्चार्ज नबनाई माओवादीबाट आएका नेता लेखराज भट्टलाई बनाइदिए । रावल लगायतका नेताले १० बुँदे सहमति कार्यान्वयन नभएको पनि बताउदै आए । अहिले १०औं महाधिवेशनमा अध्यक्ष पदको लागि रावलले उम्मेदवारी दिएका छन् ।


    मंसिर १२, २०७८ आइतवार १४:०३:०६ बजे : प्रकाशित


    नेत्र प्रसाद भुसाल

    भिम रावलको योजना : पूर्वमाओवादी नेताहरुलाई पराजित गर्ने

    रौनक निरौला

    मंसिर १३

  • 4.1K
    SHARES
  • भिम रावलको योजना : पूर्वमाओवादी नेताहरुलाई पराजित गर्ने

    काठमाडौं । नेकपा (एमाले)को १०औँ महाधिवेशनमा अन्ततः निर्वाचन हुनेभएको छ । बन्द सत्रमा अधिकांश नेताहरुले सर्व सम्मतबाटै पदाधिकारीको टुंगो लगाउन अध्यक्ष ओलीलाई अधिकार दिएका थिए तर नेता भिम रावल र घनश्याम भूषालले निर्वाचनको माग गरेपछि अब निर्वाचन हुने पक्का भएको छ ।

    images

    भिम रावलले अहिले केपी ओलीसंग अध्यक्षको लागि प्रतिस्पर्धा गर्ने समय नभएको भन्दै भिम रावल विरुद्ध अधिकांश नेताहरु आक्रोशितसम्म भएका थिए तर भिम रावलले आफ्नो आलोचना सुन्दा सुन्दै निर्वाचनको माग जोड तोडका साथ गरिरहे । भिम रावलसंग जित्ने भोट नभए पनि केपी ओलीसंग किन निर्वाचनमा भिड्न खोजे भन्ने प्रश्न अहिले महाधिवेशनमा चर्चाको विषय बनेको छ ।

    भिम रावललाई उपाध्यक्षमा बसेर सर्वसम्मतमा जाने बाटो खोल्न धेरै छलफल गरेपनि भिम रावलले आफ्नो अडानबाट पछि हटेनन् । बरु उल्टै केपी ओली आफूसंग डराएको भन्दै निर्वाचन गराउन जोड तोडका साथ लागिरहे । केपी शर्मा ओलीले पनि भिम रावलसंग भेट्न चाँसो देखाएनन् । बरु उल्टै आफूले ल्याएको सूचीबाट भिम रावलको नाम नै हटाइदिए ।

    ईश्वर पोखरेलसंग वरिष्ठ उपाध्यक्षमा किन लड्न चाहेनन् सुवास नेम्वाङ ? ईश्वर पोखरेलसंग वरिष्ठ उपाध्यक्षमा किन लड्न चाहेनन् सुवास नेम्वाङ ?

    अहिले केपी ओली र भिम रावलले अध्यक्ष पदको लागि उमेद्वारी दिइसकेका छन् । भिम रावललाई सुरुवातीमा समर्थन गरेका '१० भाई' मानिने नेताहरुले समेत अहिले भिम रावलको साथ छोडिसकेका छन् । घनश्याम भूषाल बाहेक अरु सबै नेताहरुले भिम रावलको यो कदमलाई आत्मघाती भनिरहेका छन् । यहि विषयमा खास के हो भनेर बुझ्न खोज्दा महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले भिम रावलको नियतमाथि टिप्पणी गरेका छन् ।

    नाम नखुलाउने शर्तमा एक नेताले भने, "भिम रावलको उद्देश्य भनेको नै अहिले केपी ओलीसंग बार्गेनिंग गर्ने थियो तर त्यो भन्दा मुख्य भनेको वहाँलाई पूर्व माओवादीका नेताहरु एमालेमा आएर रजाई गरेको हेर्न सकेका छैनन् । भिम रावलले जसरी पनि पूर्व माओवादी नेताहरुलाई सर्वसम्मत कुनै पद दिन नहुने निर्णयका साथ निर्वाचनको माग गरेका हुन् । निर्वाचन भएमा पूर्व माओवादीका नेताहरुले कुनै हालतमा जित्न नसक्ने र त्यसो भएमा आफ्नो नै हालीमुहाली हुने भएर निर्वाचनको माहोल सिर्जना गरेका हुन् ।"

    भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा ! भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

    केपी शर्मा ओलीसंग निकट रहेका युवा नेता गुरु भट्टराई समेत भन्छन, "नेकपा कालको एकता प्रकृयाबाट आएका माओबादी पृष्ठभुमिका नेताहरुलाइ कमजोर बनाएर (हराएर) एमाले एकता भङग गर्न रावलहरुले प्रयत्न गरिरहेका छन् । एमालेमा “लोकतन्त्र” भन्ने नारा भड्काएर रावलहरु एमालेलाइ अझै कमजोर बनाउन खटिएका छन् । सचेत प्रतिनिधीहरुले यसमा गम्भीर रुपमा ध्यान दिन आवश्यक छ । मुलुक र पार्टी शीरमा राखेर विवेक प्रयोग गरौं । यो पार्टी जीवनमा बिषेश परिस्थिति हो ।"

    सांसद समेत रहेका एक नेताले यही विषयमा टिप्पणी गर्दै भने, "भिम रावल सुदूर पश्चिम इन्चार्जमा लेखराज भट्टलाई अघि सारेपछि रुष्ट भएका हुन् । वहाँलाई अब पूर्व माओवादीबाट एमालेमा रहनु भएको नेताहरुले आफ्नो ठाउँ ओगट्ने भन्दै अहिले निर्वाचनको माहोल बनाएर पूर्व माओवादीका नेताहरुलाई लखेट्न खोजेका हुन् ।"

    "भिम रावल समुहले राम बहादुर थापा 'बादल' लाई हराउन घनश्याम भूषाललाई उठाए भने टोपबहादुर रायमाझीलाई सचिवमा हराउन भिम आचार्यलाई उठाएका हुन् ।" एक नेताले भने ।

    भिम रावलसंग यस विषयमा बुझ्न खोज्दा नेता रावलले भने, "कसले के भने किन भने भन्ने कुरामा म ध्यान दिन चाहन्न । निर्वाचन भनेको लोकतान्त्रीक प्रक्रिया हो र मैले यो माग गर्नुमा किन शंका गरेको ? मैले लोकतान्त्रीक प्रक्रियाबाट अध्यक्ष देखि अरु पदाधिकारीहरु चयन गर्ने माग गरेको हो ।"


    मंसिर १३, २०७८ सोमवार ११:२५:०२ बजे : प्रकाशित


    रौनक निरौला

    भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

    मोनीका सिंह

    मंसिर १४

  • 3.6K
    SHARES
  • भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

    काठमाडौं । नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

    images

    निर्वाचन हुँदै गर्दा अधिकांश नेताहरुले अध्यक्षमा केपी शर्मा ओलीलाई नै दोहोर्याउनु पर्छ भनिरहेको पाईएको छ । यो माहोल हेर्दा आजको निर्वाचनमा केपी शर्मा ओलीले नै जित्ने सम्भावना देखिन्छ । यत्ति बुझ्दा बुझ्दै भिम रावलले किन केपी ओलीसंग लड्न खोजे र उपाध्यक्ष पद किन स्वीकार्न खोजेनन् भन्ने प्रश्न महाधिवेशनमा उठिरहेको छ ।

    भिम रावलले भने आफू लोकतान्त्रीक प्रक्रियाबाट नेतृत्व चयन होस भन्ने पक्षमा रहेकाले निर्वाचनको माग गरेको बताएका छन् । तर भिम रावललाई के फाईदा केपी ओलीसंग हार्नुमा भन्ने जटिल प्रश्न अझै पनि तेर्सिएको छ ।

    भिम रावलको योजना : पूर्वमाओवादी नेताहरुलाई पराजित गर्ने भिम रावलको योजना : पूर्वमाओवादी नेताहरुलाई पराजित गर्ने

    भिम रावलले निर्वाचनमा जानु भनेको पूर्व माओवादीका नेताहरु माथि आक्रमण गर्न खोज्नु हो भनेर पनि महाधिवेशनमा केही नेताहरुले टिप्पणी गरेका छन् । भिम रावल आफू उठेर पूर्व माओवादीका नेताहरुलाई सर्वसम्मत निर्वाचित हुनबाट रोक्न खोजेर निर्वाचन प्रक्रियाको माग गरेको अधिकांश नेताहरुले बताउन थालेका छन् ।

    भिम रावल कत्तै नेकपा एमाले पार्टी छोडेर माधव नेपालको पार्टी तर्फ जानलाई यो बखेडा निकालेका हुन् कि भन्ने सम्म चर्चा चलेको छ तर भिम रावलले क्यानडा नेपालसंग कुराकानीमा प्रष्टसंग भने, "हार जित भनेको निर्वाचनमा हुन्छ नै तर म कुनै पनि हालतमा पार्टी छोडेर जाँदिन ।" भिम रावलले आफू पार्टी छोड्न यो गरेको होईन भनेर प्रष्टसंग भनेका छन् ।

    नेकपा एमालेको महाधिवेशनमा निर्वाचन हुने भएपछी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' मख्ख परेका छन् । श्रोतका अनुसार खुमलटारमा अहिले खुशी छाएको छ । भिम रावलले निर्वाचनको माग गरेपछि मुख्यत फाईदा प्रचण्डलाई हुने भएकाले प्रचण्ड खुशी भएको श्रोतले जनाएको छ । 

    भिम रावलले निर्वाचनको माग गर्दा मुख्य तीन नेताहरुलाई असर पर्ने देखिएको छ । पूर्व माओवादीका तीन नेताहरुलाई निर्वाचनमा सर्वाधिक भोट ल्याउन र जित्न गार्हो पर्ने देखिएको छ । उपाध्यक्षमा राम बहादुर थापा 'बादल', सचिवमा टोप बहादुर रायमाझी र लेखराज भट्टलाई चुनावमा भोट ल्याएर जित्न गाह्रो पर्ने भएकाले प्रचण्ड खुशी भएका छन् ।

    केपी शर्मा ओलीले यी तीन नेताहरुलाई सर्वसम्मत निर्वाचित गराउने अठोट लिएका थिए र बन्द सत्रमा यी तीनको नाम समेत सुनाएका थिए । तर भिम रावल पक्षले निर्वाचनको दाबी गरेपछि प्रचण्ड अहिले मख्ख परेका छन् । खुमलटार निकट श्रोतका अनुसार निर्वाचनमा जाने भएपछी पूर्व माओवादीका नेताहरु पराजित हुने पक्का हो जसका कारण पनि प्रचण्ड खुशी छन् ।

    "आफ्नो पार्टी छोडेर एमालेमा के के न गर्छु भनेर गएकाहरु अब निर्वाचनमा जित्नु असम्भव जस्तो हो । अब एमालेमा केन्द्रीय सदस्यमात्र हैसियत पाएपछि माओवादी छोडेको पिडा हुन्छ । अनि कि त माओवादीमा फर्किनु पर्यो कि त खुम्चिएरै बस्नुपर्यो । माओवादी छोडेपछिको हविगत के हुन्छ देखिने भयो भनेर प्रचण्ड मख्ख हुनुहुन्छ ।"

    यो संगै अर्को कारण प्रचण्ड खुशी हुनुको कारण उल्लेख गर्दै भने, "प्रचण्डलाई अहिले तनाब अर्को छ । धेरै नेताहरु माओवादी छोडेर एमालेमा जान्छौ भन्दै धम्की दिन थालेका छन् । नारायणकाजी श्रेष्ठले त केपी ओलीसंग भेटि पनि सक्नु भयो भन्ने सुनेका छौं । अब माओवादी छोडेर जानेको हविगत के हुन्छ भन्ने यो निर्वाचनबाट देखिने भएकाले प्रचण्ड खुशी छन् । अब माओवादीमा एमाले जान्छौ भन्ने धम्की दिने कम हुन्छन ।"

    यदी राम बहादुर थापा 'बादल' सहितका यी तीन नेताहरु निर्वाचित भए भने माओवादी केन्द्रबाट अरु थप असन्तुष्ट नेताहरु एमाले प्रवेश गर्ने सम्भावना बढ्ने देखिन्छ । त्यसैले यो निर्वाचनबाट यी तीन नेताहरुले ठाउँ नपाउँदा पूर्व माओवादीका नेताहरु छोडेर नजाने भएकाले प्रचण्ड अहिले खुशी भएका छन् ।


    मंसिर १४, २०७८ मंगलवार ११:५१:०२ बजे : प्रकाशित


    मोनीका सिंह