• Dec 07 2021 | २०७८, मंसिर २१गते

२०७८, मंसिर २१गते

डिर्भोसको हल्लापछि बलिउडमा प्रियंका गर्भवती भएको चर्चा

क्यानाडा नेपाल मंसिर ९ २०७८
  • 378
    SHARES
  • images
    images
    डिर्भोसको हल्लापछि बलिउडमा प्रियंका गर्भवती भएको चर्चा

    काठमाडौं। बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनसबीच सम्बन्धविच्छेदको हल्ला आगोसरी फैलिएको छ ।  

    images

    सम्बन्धविच्छेद गरेको खबर सामाजिक सञ्जालमा फैलिएपछि उनका फ्यानहरु पनि चिन्तित बनेका छन् । यही हल्लाबीच प्रियंकाको उक नयाँ खबर पनि बाहिर आएको छ । भारतिय मिडियाहरुमा प्रियंका गर्भवती भएको चर्चा पनि चलेको छ । सम्बन्धविच्छेदको हल्लाबारेमा प्रियंका र निकले कुनै कुरा खुलाएका छैनन् । 

    नोभेम्बर २३ मा नेटफ्लिक्समा जोनस ब्रदर्स फेमिली रोस्ट शो रिलिज भयो । फेमिली रोस्ट शो मा जोनसको ब्रदर्सको उनको पार्टनरले जोइन गराएकी थिईन् । यहि समय प्रियंकाले पति निकलाई जमेर रोस्ट गरिन् । प्रियंकाले निकलाई रोस्ट गर्दै निक तथा आफ्नो बच्चाको बारेमा जोक मारेकी थिईन् । 

    जसलाई सुनेर एकपलका लागि हरकोही हैरान भए । निक रोस्टको एक सेग्मेन्टको दौरानमा प्रियंकाले भनेकी थिईन् कि ठुलो भाईको बच्चा छ । उनले भनिन् ले भनिन्– हामी एक्लो यस्तो कपल हो जसको बच्चा छैन । यस कारण म यो घोषणा गर्नको लागि एकदमै उत्साहित छु ।

    सामाजिक सञ्जाल इन्स्टाग्राममा प्रियंकाले आफ्नो नामबाट जोनस थर हटाएपछि सम्बन्धविच्छेदको हल्ला चलेको थियो। बलिउडदेखी हलिउडसम्म चर्चा कमाएकी प्रियंकाले केही बर्षअगाडि निकसँग विवाह गरेकी थिइन् । विवाह गरेपछि उनी पतिकै घर अमेरिकामा बस्दै आएकी छिन् । तर पछिल्लो समय उनीहरुबीच मनमुटाव भएर सम्बन्धविच्छेद भएको खबरले प्रियंकासँगै उनका परिवार पनि तनावमा छन् । 


    मंसिर ९, २०७८ बिहिवार १३:४२:०८ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # प्रियंका चोपडा

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    कटरिनाको विवाहमा एक्स ब्वाईफ्रेण्डहरुलाई छैन इन्ट्रि, रणबीरले पनि पाएनन् निम्तो

  • 4.6K
    SHARES
  • कटरिनाको विवाहमा एक्स ब्वाईफ्रेण्डहरुलाई छैन इन्ट्रि, रणबीरले पनि पाएनन् निम्तो

    काठमाडौं । बलिउड अभिनेत्री कटरिना कैफ र अभिनेता विक्की कौशलको विवाहको चर्चा पछिल्लो समय निकै छ । एकअर्काको प्रेमसम्बन्ध रहेका कटरिना र विक्कीले डिसेम्बरको पहिलो हप्तामा विवाह गर्दैछन् । 

    images

    उनीहरुको विवाह डिसेम्बर ७ देखी ९ तारिख सम्म चल्ने बताइएको छ ।  विवाहको लागि उनीहरुले राजस्थानको जयपुरस्थित सवाई माधोपुरको सिक्स सेन्स लग्जरी होटल बुकिङ पनि गरिसकेका छन् । 

    salman katrina ranbir.jpg

    यसैबीच उनीहरुको विवाहमा कुन कुन कलाकारको सहभागी रहन्छ भन्ने चर्चा पनि चलिरहेको छ । उनीहरुले आफ्नो विवाहमा आउने पाहुनाको सूची पनि तयार गरेका छन् ।  कुनै समय बलिउडमा सलमान खान र  रणबीर कपुरको नाम कटरिनासँग जोडिन्थ्यो । 

    रणबीरसँग त कटरिनाको लामे समय प्रेमसम्बन्ध रहेको पनि बताइन्छ । कटरिनाले सलमानलाई मात्र होइन भुपु ब्वाइफ्रेण्ड रणबीर कपुरलाई पनि विवाहको निम्तो नपठाएको बताइएको छ । 

    katrina salman.jpg

    रणबीरसंगको ब्रेकअप पछि पनि कटरिनाले फिल्म जग्गा जासुस को शुटिंग पुरा गरेकी थिईन् । रणबीर संगै बसेर उनले अन्र्तबार्ता समेत दिएकी थिईन् । कट्रीनाको बिबाहमा रणबीर कपुरलाई बोलाउने अनुमान गरिएको थियो । यता सलमान तथा उनको बहिनीहरुलाई औपचारीक रुपमा निमन्त्रणा पठाइएको पनि बताइएको छ । तर सलमान भने विवाहमा नजाने चर्चा छ । 

    katrina salman.jpg

     


    मंसिर १७, २०७८ शुक्रवार २२:०२:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कटरिना र विक्की

  • क्यानाडा नेपाल

    फिल्म नपाएपछि बाध्य भएर केबीसीमा गएका रहेछन् अमिताभ, खुलाए रहस्य

  • 532
    SHARES
  • फिल्म नपाएपछि बाध्य भएर केबीसीमा गएका रहेछन् अमिताभ, खुलाए रहस्य

    काठमाडौं - बलिउड महानायक अमिताभ बच्चन नयाँ फिल्मलाई लिएर मात्र नभई अनेक कारणबाट पनि चर्चामा आउने गर्छन् । फिल्म खेल्नेक्रममा टिभी शो 'कौन बनेगा करोडपति' सञ्चालन गर्दै आएका अमिताभले यसबारे आफुले लुकाएका कुराहरु खुलाएका छन् । 

    images

    कौन बनेगा करोडपति को १ हजार एपिसोड पुरा भएकोमा अवसरमा आयोजित कार्यक्रममा भावुक हुँदै अमिताभले पुराना कुरा खुलाएका छन् ।

    विशेष अतिथि छोरी श्वेता र नातिनी नव्या नवेली नन्दा रहेको शोमा अमिताभले कौन बनेगा करोडपतिमा आउनुको आश्चर्यजनक कारण बताए । 

    उनले आफुलाई फिल्मको कुनै अफर नआएपछि कौन बनेगा करोडपति मा होस्ट बनेर गएको कुरा बताए । उनले फिल्मबाट टिभी शोमा नजान धेरैले भने पनि आफुलाई केही नयाँ कुरा गर्न मन लागेकोले गएको उनले बताए । 

    उनलाई उक्त शोमा जाँदा छवि गुम्ने भन्र्दै सुझाव दिएका थिए । तर उनका केही मजबुरीले उनी जान बाध्य भए । उनले भने - 'यसले मेरो छविलाई नोक्सान पुग्ने उनीहरूको भनाइ थियो । तर त्यो बेला मेरा केही मजबुरीहरू थिए । मैले फिल्ममा काम पाइरहेको थिइनँ । '

    अमिताभले केबीसीको केही एपिसोड गरेपछि झन रमाइलो लागेको र मलाई पुरै दुनियाँ नै बदलिए जस्तो लागेको बताए । 

     
     
     
     
     
    View this post on Instagram
     
     
     
     
     
     
     
     
     
     
     

    A post shared by Sony Entertainment Television (@sonytvofficial)


    मंसिर १९, २०७८ आइतवार ११:५१:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमिताभ बच्चन

  • क्यानाडा नेपाल

    बलिउडमा डेब्यूको लागि फिल्म रोज्दै सामन्था 

  • 212
    SHARES
  • बलिउडमा डेब्यूको लागि फिल्म रोज्दै सामन्था 

    काठमाडौं - साउथ फिल्मकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभुले अब बलिउडमा डेब्यु गर्ने तयारी गरेकी छन् । वेब सिरिज ‘द फेमिली म्यान २’ मा मनोज बाजपेयीको अपोजिटमा भिलेनको भूमिका निभाएदखि बलिउडमा प्रबेश गर्ने चर्चा चलिरहेको थियो । 

    images

    अब भने उनले बलिउडमा डेब्यु गर्नका लागि मुम्बईमा पनि घर किनिसकेकी छन् । उनले एक अन्तवार्तामा कुनै पनि भाषा आफ्नो लागि बाधक नबन्ने र बलिउडमा डेब्यु गर्न तयार रहेको बताएकी छन् । 

    उनले आफूलाई मनपर्ने स्क्रिप्ट आएमा गर्ने बताइन् । अहिले उनलाई बलिउडबाट अफरहरु आउन लागेको बताइएको छ । केही समयअघि उनी श्रीमान् नागा चैतन्यसँग डिभोर्स गरेपछि चर्चामा आएकी थिइन् ।


    मंसिर १९, २०७८ आइतवार १३:५४:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सामन्था

  • क्यानाडा नेपाल

    बलिउड अभिनेत्री ज्याकलिन पक्राउ, फसिन् यस्तो गम्भिर मुद्दामा

  • 3.4K
    SHARES
  • बलिउड अभिनेत्री ज्याकलिन पक्राउ, फसिन् यस्तो गम्भिर मुद्दामा

    काठमाडौं - बलिउडका चर्चित अभिनेत्री ज्याकलिन फर्नान्डेज पक्राउ परेकी छन् । उनलाई प्रहरीले मुम्बई विमानस्थलबाट पक्राउ गरेको भारतिय मिडियामा जनाइएको छ । 

    images

    मनी लान्ड्रिङ मुद्दामा परेकी उनलाई विदेश जाँदै गर्दा विमानस्थलबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न भारतको प्रवर्तन निर्देशालयले मनी लान्ड्रिङ मुद्दामा उनीविरुद्ध 'लुक आउट नोटिस' जारी गरेको थियो ।  

    jacqueline.jpg

    निर्देशालयले दुई सय करोडको मनी लान्ड्रिङ मुद्दामा सुकेश चन्द्र शेखरविरुद्ध मुद्दा दायर गरेकोमा यसमा ज्याकलिन मुछिएकी हुन् । 

    यस मुद्दामा अनुसन्धान गर्दा सुकेशसँग ज्याकलिनले कारोबार गरेकी थिइन् । उनले महँगो मूल्यका घोडा र बिरालो सुकेशबाट लिएकी थिइन् । 


    मंसिर १९, २०७८ आइतवार २१:०६:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ज्याकलिन फर्नान्डेज

  • क्यानाडा नेपाल

    कटरिनाको विवाहमा सुरक्षाको लागि सलमानले पठाए आफ्ना बडीगार्ड शेरालाई

  • 1.2K
    SHARES
  • कटरिनाको विवाहमा सुरक्षाको लागि सलमानले पठाए आफ्ना बडीगार्ड शेरालाई

    काठमाडौं । बलिउड अभिनेत्री कटरिना कैफ र अभिनेता विक्की कौशलको विवाहको चर्चा पछिल्लो समय निकै छ । एकअर्काको प्रेमसम्बन्ध रहेका कटरिना र विक्कीले डिसेम्बर ९ तारिखका दिन विवाह गर्दैछन् । 

    images

    विवाहको लागि उनीहरुले राजस्थानको जयपुरस्थित सवाई माधोपुरको सिक्स सेन्स लग्जरी होटल बुकिङ पनि गरिसकेका छन् । विवाहको सम्पूर्ण तयारी सक्न लागिसकेका छन् । 
     
    उनीहरुको विवाहमा कलाकार र आफन्तलाई निमन्त्रणा गरिएको छ । विवाहको दिनको लागि कटरिनालाई एक्स ब्वाइफ्रेण्ड सलमान खानले एक गुन लगाएका छन् । सलमानले विवाहको सुरक्षाको लागि आफ्ना बडीगार्ड शेरालाई जिम्मा दिएका छन् । एक सेक्युरिटी कम्पनी चलाउने शेराले विवाहमा सुरक्षा ब्यवस्था एकदमै कडा पारेका छन् ।  


    मंसिर २०, २०७८ सोमवार २०:३२:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कटरिना र विक्की

  • क्यानाडा नेपाल

    विवाह शुरु हुनुअघि विक्की र कटरीनाविरुद्ध पर्‍यो यस्तो उजुरी

  • 232
    SHARES
  • विवाह शुरु हुनुअघि विक्की र कटरीनाविरुद्ध पर्‍यो यस्तो उजुरी

    काठमाडौं । बलिउड अभिनेत्री कटरिना कैफ र अभिनेता विक्की कौशलको विवाहको चर्चा पछिल्लो समय निकै छ । एकअर्काको प्रेमसम्बन्ध रहेका कटरिना र विक्कीले विवाह गर्दैछन् ।

    images

    उनीहरुको विवाह मंगलबारदेखि बिहीबारसम्म राजस्थानको जयपुरस्थित एक होटलमा चल्दैछ । विवाहको लागि दुवै पक्षका नातेदार पनि पुगिसकेका छन् । 
     
    विवाहको लागि जयपुरस्थित सवाई माधोपुरको सिक्स सेन्स लग्जरी होटल बुकिङ गरिएको छ । विवाहको रौनक चलिरहेको बेला कटरिना र विक्कीलाई भने एक समस्या आइपरेको छ । उनीहरुविरुद्ध एक वकिलले  उजुरी दर्ता गराएका छन् ।

    कटरिनाको विवाहमा सुरक्षाको लागि सलमानले पठाए आफ्ना बडीगार्ड शेरालाई कटरिनाको विवाहमा सुरक्षाको लागि सलमानले पठाए आफ्ना बडीगार्ड शेरालाई

    वकिल नेत्रविन्द सिंह जादौनले विवाहका कारण एक मन्दिरको बाटो अवरुद्ध भएको भन्दै उजुरी गरेको भारतिय मिडियामा जनाइएको छ । उनले डिसेम्बर ६ देखि १२ सम्म चौथ माता मन्दिरको बाटो बन्द हुँदा भक्तजनलाई समस्या भएको बताएका छन् । 
     
    उनीहरुको विवाहमा कलाकार र आफन्तलाई निमन्त्रणा गरिएको छ । विवाहको दिनको लागि कटरिनालाई एक्स ब्वाइफ्रेण्ड सलमान खानले एक गुन लगाएका छन् । सलमानले विवाहको सुरक्षाको लागि आफ्ना बडीगार्ड शेरालाई जिम्मा दिएका छन् ।  
     


     


    मंसिर २१, २०७८ मंगलवार १३:५५:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कटरीना कैफ

  • क्यानाडा नेपाल