• Dec 07 2021 | २०७८, मंसिर २१गते

२०७८, मंसिर २१गते

प्रदीप र क्रिस्टिनाको फिल्म 'प्रेमगीत ३' को प्रदर्शन मिति सार्वजनिक

क्यानाडा नेपाल मंसिर ९ २०७८
  • 302
    SHARES
  • images
    images
    प्रदीप र क्रिस्टिनाको फिल्म 'प्रेमगीत ३' को प्रदर्शन मिति सार्वजनिक

    काठमाडौं - निर्देशक सन्तोष सेनको फिल्म 'प्रेमगीत ३' को प्रदर्शन मिति सार्वजनिक भएको छ । कोरोना महामारीका कारण लामोसमयदेखि प्रदर्शनमा आउन नसकेको यस फिल्म अब फागुन १३ गते प्रदर्शनमा आउने भएको छ ।  निर्देशक सेनले सामाजिक सञ्जाल फेसबुकमार्फत फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेका छन् ।  

    images

    उनले फिल्मको एक पोष्टर पनि सार्वजनिक गरेका छन् । पोष्टरमा फिल्ममा मूख्य भूमिका निभाएका अभिनेता प्रदीप खड्का देखिएका छन् । प्रदीपसँगै अभिनेत्री क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको यस फिल्म भारतमा पनि मोटो रकममा बिक्री भएको छ । 

    फिल्मलाई ‘इम्पोसिबल फिल्म्स’ भारतले चार करोड भारतीय रुपैयाँमा किनेको बताइएको छ । मल्टिस्टारहरुको अभिनय रहेको यस फिल्ममा प्रदीप र क्रिस्टिनासहित शिव श्रेष्ठ ,सुनिल थापा, मनिष राउत लगायतका कलाकारको अभिनय रहेको छ ।

    सेनले सामाजिक सञ्जालमा भनेका छन् - 'हजुरहरुको को लागी एउटा ठुलो चुनौती मोलेर एउटा यस्तो कम गर्ने हिम्मत जुटाएका थियौ .. कोरना कालको समयमा पनि थप हिम्मत का साथ नेपाल देखी भारत को यात्रामा दिग्गज दिग्गज लाई समेट्न सकेका थियौ .. अन्तत #फागुन_१३ गते हजुरहरुलाई सुम्पने निर्णय लिएका छौ… केही दिनमा ट्रेलर सहित प्रमोशनमा हजुरहरु माझ आउनेछौ '

    prem.jpg


    मंसिर ९, २०७८ बिहिवार ११:१०:५२ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # प्रेमगीत ३

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    'कोभिड १९' को चपेटामा परेको फिल्म ‘बिच्छेद'को छायांकन सकियो

  • 214
    SHARES
  • 'कोभिड १९' को चपेटामा परेको फिल्म ‘बिच्छेद'को छायांकन सकियो

    काठमाडौं। बिश्वव्यापी महामारी 'कोभिड १९' को चपेटामा परेको फिल्म ‘बिच्छेद’को तीन बर्षपछि छायांकन सकिएको छ । २०७६ वर्षको चैत ५ गतेबाट सुरु भएको फिल्मको छायांकनबीचमा नै लकडाउन भएपछि रोकिएको थियो ।

    images

    निर्देशक सत्यराज चौलागाईंले क्याप्टेनसिप सम्हालेको फिल्ममा अभिनेता मुकुन भुषाल र अभिनेत्री लक्ष्मी बर्देवाको प्रमूख अभिनय रहेको छ । मुकुन र लक्ष्मीले यसअघि फिल्म ‘बुलबुल’ मा गरेका थिए । दुवै अभिनयमा उम्दा मानिन्छन् ।
     
    राज पण्डित, सुबास राई र साबि बज्राचार्य को लगानी रहेको फिल्ममा सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउवाला गौतम, सरिता राजउपाध्याय, जीवन थापा लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । संकल्प भुजेल छायाँकार रहेको फिल्म गाउँले परिवेशमा आधारित रहेको निर्देशक चौलागाईंले जानकारी दिए । फिल्ममा एसडि योगी र सुरज थापाको संगीत रहनेछ ।
     
    फिल्मको रामेछापको एक गाउँमा सम्पूर्ण छायांकन भएको हो । अधुरैमा फिल्मको छायांकन रोकिँदा निर्मातालाई ठूलो आर्थिक क्षति भएको निर्देशक चौलागाईं बताउँछन् ।


    मंसिर १९, २०७८ आइतवार १६:१६:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बिच्छेद
  • # कोभिड-१९

  • क्यानाडा नेपाल

    काठमाडौं माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को १९ औं संस्करण मंसिर २३ देखि २७ सम्म हुने  

  • 150
    SHARES
  • काठमाडौं माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को १९ औं संस्करण मंसिर २३ देखि २७ सम्म हुने  

    काठमाडौं माउन्टेन फिल्म फेस्टिभल(किम्फ) को १९ औं संस्करण मंसिर २३ देखि २७ सम्म हुने भएको छ ।  फेस्टिभलमा वृत्तचित्र, आख्यान, प्रयोगात्मक, लघु फिल्म, र एनिमेसन सम्बन्धी २८ देशका ६० फिल्म देखाइने आयोजक हिमाल एसोसियसनले जनाएको छ । अमेरिकी फिल्मकर्मी काइल रुडिकद्वारा निर्देशित फिल्म ’ड्रिम माउन्टेन’ प्रदर्शन गर्दै किम्फको उद्घाटन गरिने एसोसियसनले जानकारी दिएको छ । 

    images

    किम्फको निर्णायकमा पर्वतारोही मारियो कासेला, स्विजरल्याण्डकी पत्रकार ‍तथा फिल्म निर्माता क्यारोलिन फिङ्क र रंगकर्मी अनुप बराल रहेका छन् । अन्तर्राष्ट्रिय प्रतियोगितातर्फ ४० फिल्मबट उत्कृष्ट तीन र नेपाल पानोरमामा उत्कृष्ट वृत्तचित्र र फिक्सन फिल्म छनोट गर्नेछन् ।

    अन्तर्राष्ट्रिय प्रतियोगितातर्फको विजेताले २ लाख, दोस्रोले १ लाख ५० र तेस्रो फिल्मले १ लाख पुरस्कार पाउनेछन् । पनोराममा उत्कृष्ट वृत्तचित्रका लागि ७५ हजार र उत्कृष्ट आख्यानका लागि १ लाख प्रदान गरिनेछ । उत्कृष्ट माउन्टेन फिल्म अवार्ड विजेताले भने एक हजार अमेरिकी डलर जित्नेछ । 


    मंसिर १९, २०७८ आइतवार १७:४८:१४ बजे : प्रकाशित

    प्रमोद खरेल र येदिन गजमेरको सहकार्यमा जन्मियो 'यादहरूमा'

  • 334
    SHARES
  • प्रमोद खरेल र येदिन गजमेरको सहकार्यमा जन्मियो 'यादहरूमा'

    काठमाडौँ । चर्चित गीतकार तथा संगीतकार येदिन गजमेरको नयाँ गीत यादहरूमाको भिडियो सार्वजनिक भएको छ । गायक प्रमोद खरेलको स्वरमा सजिएको प्रेम रोमान्स र विरहले भरिएको  यादहरूमाको भिडियो शुक्रबार बजारमा आएको हो । 

    images

    अमेरिकामा बस्दै आएका गीतकार तथा संगीतकार येदिनले दर्जनौँ नेपाली आधुनिक गीत तथा भजन संगहहरुमा आफ्नो शब्द तथा संगीत भरेर चर्चा कमाएका बेला यादहरूमाको भिडियो बजारमा ल्याएका हुन् । 

    वैँशालु उमेरमा प्रेममा परेका एक जोडीको प्रेमील कहानी, प्रेममा पर्दाका रमाइला यादगार क्षणहरु र एक्कासी आफ्नी प्राण प्यारीले छाडेर गएपछिको विरहका दृश्यहरुलाई कैद गरिएको  गीतमा मोडलद्धय रमेश दियाली र साक्षी लम्साल गज्जबसँग खुलेका छन् । 

    संजिब बराईलीको एरेन्ज रहेको गीतमा निशाल पौडेलको छायाङ्कन रहेको छ ।  विकाश दाहालले  सम्पादन गरेको भिडियोको निर्देशन युवराज वाइवाले गरेका हुन् ।  यसैबिच गायक अनुप रेग्मीको स्वरमा तयार भएको लोक आधुनिक गीत  पञ्चेबाजामा संगीतकार येदिनको संगीत रहेको गीत छिट्टै बजारमा आउने तयारीमा रहेको छ । 

    विबाहको मौसमलाई लक्षीत गरेर ल्याउन लागिएको पञ्चेबाजामा संगीतकार यदिनकै शब्द शृजना समावेश छन् । यसअघि नै संगीतकार येदिनले नेपालका चर्चित गायक गायिकाहरुसँग दर्जनौँ गीतमा सहकार्य गरिसहेका छन् ।


    मंसिर १९, २०७८ आइतवार २१:५७:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रमोद खरेल

  • क्यानाडा नेपाल

    यसरी भाइरल बन्यो जनवादी गायक जीवन शर्माको यो तस्बिर

  • 586
    SHARES
  • यसरी भाइरल बन्यो जनवादी गायक जीवन शर्माको यो तस्बिर

    काठमाडौं - जनवादी गायक जीवन शर्माको एक तस्बिर पछिल्लो समय भाइरल बनेको छ । तस्बिरमा उनले सडकको छेउमा मकै बेचेर बसेको देखिन्छ । उनका अगाडि मकै, कागती, खुर्सानी देखिन्छ । उनी माक्स लगाएर मुडामा बसिरहेका छन् । तस्बिरमा उनले ग्राहक कुरेर बसेको देखिन्छ । 

    images

    jivan.jpg

    तस्बिर भाइरल बनेपछि धेरैले उनले तरकारी बेच्न थालेको कुरा गर्न थाले । तर वास्तविकता अर्कै छ । खासमा उनी बसेको अगाडीको सामान एक महिलाको हो । काठमाडौंको मैतीदेवीमा एक महिलाको पसलको छेउवा शर्मा त्यसै बसिरहेका थिए । 

    त्यसै समय कसैले उनको तस्बिर खिचेर सामाजिक सञ्जालमा राखिदियो । गायक शर्माले पनि त्यो पसल आफ्नो नभएको र पसलमा बसिरहदा सडकमा उभिएकाहरूले फोटो खिचेको बताए । 


    मंसिर २०, २०७८ सोमवार १८:२१:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौँ

  • क्यानाडा नेपाल

    निश्चल र स्वस्तिमा जोडी बनेको पहिलो चलचित्र 'घामड शेरे' युट्युबमा सार्वजनिक

  • 1.0K
    SHARES
  • निश्चल र स्वस्तिमा जोडी बनेको पहिलो चलचित्र 'घामड शेरे' युट्युबमा सार्वजनिक

    काठमाडौं । निश्चल बस्नेत र स्वस्तिमा खड्काको फिल्म 'घामड शेरे' युट्युबमा सार्वजनिक भएको छ । हेमराज बिसीको निर्देशनमा बनेको यस फिल्म सोमबार युट्युबमा सार्वजनिक भएको हो । निश्चल र स्वस्तिले फिल्ममा अनस्क्रिन रोमान्स गरेको यो पहिलो  फिल्म हो ।

    images

    फिल्ममा यी दुई भेना र सालीको भूमिकामा छन् । फिल्ममा निश्चल र स्वस्तिमा सहित सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याल लगायतका कलाकारको अभिनय रहेको छ । 


    मंसिर २०, २०७८ सोमवार २१:०६:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # घामड शेरे

  • क्यानाडा नेपाल

    सातै प्रदेशमा ‘सप्तरङ्ग-३’ हुँदै : राजेश हमाल, प्रमोद खरेल लगायतका कलाकार सहभागी हुने 

  • 238
    SHARES
  • सातै प्रदेशमा ‘सप्तरङ्ग-३’ हुँदै : राजेश हमाल, प्रमोद खरेल लगायतका कलाकार सहभागी हुने 

    काठमाडौं - गृष्मा ब्रोर्डकास्टिङको आयोजनामा ‘सप्तरङ्ग’ कार्यक्रम हुने भएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘सप्तरङ्ग–३’ सातै प्रदेशमा हुने जानकारी गराएको हो । 

    images

    ‘सप्तरङ्ग’ ले सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैलाउने छ । २४ मङ्सिर देखी काँकडभिट्टाबाट सुरु हुने ‘सप्तरङ्ग–३’ पुस ९ गते पोखरामा गएर अन्त्य हुनेछ । काँकडभिट्टा लगत्तै मङ्सिर २६ मा जनकपुर , २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर समापन हुनेछ। ‘ 

    यस्तै यसमा अभिनेता राजेश हमाल , गायक बद्री पङ्गेनी , प्रमोद खरेल , रामकृष्ण ढकाल, अनिल सिंह , हास्य कलाकार सन्दीप छेत्री , राजा राजेन्द्र पोखरेल गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेती लगायतका कलाकारहरु सहभागी हुनेछन् । कार्यक्रमको होस्ट भने निता प्रधान, विवेक खतिवडा र नरेश भट्टराईले गर्ने भएका छन् ।

    विगत पाँच वर्ष देखी निरन्तर रूपमा गृष्मा ब्रोडकाष्टिडले मनोरञ्जनको क्षेत्रमा आफ्नो मौलिक कार्यक्रमहरू मार्फत मनोरञ्जन दिदै आएको छ । नेपाल र नेपालीलाई चिनाऔँ र सारा विश्वमा फैलिएका नेपालीहरूले आफ्नो देशको प्रतिनिधित्व गर्दै जाति , धर्म, भाषा र भेसभुसालाई विश्व सामु आफै चिनाउनेछन् भन्ने मूल हेतुलाई आत्मसाथ गरी नेपाल चार जात छत्तिस वर्णको साझा फूलबारी हो भन्ने भनाई लाई प्रस्टाएको छ ।  

     


    मंसिर २०, २०७८ सोमवार २१:४८:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सप्तरङ्ग-३

  • क्यानाडा नेपाल

    images
    images
    images
    images
    ताजा खबर