• Dec 07 2021 | २०७८, मंसिर २१गते

२०७८, मंसिर २१गते

स्वीडेनकी यी पहिलो महिला प्रधानमन्त्री जसले नियुक्त भएको १२ घन्टापछि दिइन् राजीनामा 

क्यानाडा नेपाल मंसिर ९ २०७८
  • 242
    SHARES
  • images
    images
    स्वीडेनकी यी पहिलो महिला प्रधानमन्त्री जसले नियुक्त भएको १२ घन्टापछि दिइन् राजीनामा 

    स्टकहोम - स्वीडेनमा मगडलेना एन्डरसनले प्रधानमन्त्रीमा नियुक्त भएको १२ घन्टापछि राजीनामा दिएकी छिन् । सरकारमा सहभागी दुई मुख्य पार्टी गठबन्धनबाट अलग भएको घोषणा गरेपछि एन्डरसनले राजीनामा दिएकी हुन् । तर, केही घन्टाका लागि भए पनि उनी देशकै पहिलो महिला प्रधानमन्त्री बन्न भने सफल भएकी छिन् । 

    images

    ‘गठबन्धमा विभाजन भएपछि पदबाट राजीनामा दिएकी हुँ,’ राजीनमापछि आयोजित पत्रकार सम्मेलनमा एन्डरसनले भनिन् । उनले आफ्नो पार्टी सोसल डेमोक्रयाटिकले आगामी चुनावमा बहुमत ल्याउने र त्यसपछि आफू पुनः प्रधानमन्त्री हुने विश्वास व्यक्त गरेकी छिन् । ५४ वर्षीया एन्डरसन यसअघि अर्थमन्त्री थिइन् । 

    स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको १०६ वर्षपछि बुधबार प्रधानमन्त्रीमा ५४ वर्षीय सोसल डेमोक्रयाट नेतृ एान्डरसन नियुक्त भएकी थिइन्   । उनी नियुक्त भएपछि संसद्मा सांसद्हरूले खुसी मनाएका थिए । संसद्का ३४९ सांसद्मध्ये १७४ ले उनको विपक्षमा मत हालेका थिए । 

    बजेटको विषयमा मतभेद भएपछि गठबन्धनमध्येका दुई राजनीतिक दल सेन्टर पार्टी र ग्रीन्स पार्टी सरकारबाट बाहिरिने घोषणा गरेका थिए ।  गठबन्धन साझेदार ग्रीन्स पार्टीले आफूले उग्र दक्षिणपन्थीसँग पहिलोपटक मस्यौदा गरिएको बजेट अस्वीकार गरेको जनाएको छ । ‘सरकारको बजेटलाई हामीले समर्थन गर्न सक्दैनौं,’ सेन्टर पार्टीका नेता एन्नी लुफले भने ।स्वीडेनमा सन् २०२२ को सेप्टेम्बरमा निर्वाचन हुँदैछ ।एजेन्सी
     


    मंसिर ९, २०७८ बिहिवार ०८:२२:३८ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # स्वीडेन

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    राष्ट्रपति पुटिनको भारत भ्रमणअघि भारत र रुसबीच रक्षा सम्झौता

  • 430
    SHARES
  • राष्ट्रपति पुटिनको भारत भ्रमणअघि भारत र रुसबीच रक्षा सम्झौता

    काठमाडौँ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणअघि भारत र रुसबीच रक्षा सम्झौता भएको छ।  पुटिनको भारत भ्रमणअघि नै  दिल्ली पुगेका रुसी रक्षामन्त्री सर्गेई शोइगु र भारतीय रक्षामन्त्री राजनाथ सिंहले दुई देशबीच रक्षा सम्झौतामा हस्ताक्षर गरेका हुन्। यी सम्झौताहरू मध्ये एकमा एके - २०३, ७.६३*३९ एमएम एसल्ट राइफलहरू सम्बन्धी रहेको बीबीसीले जनाएको छ। 

    images

    यस्तै सम्झौता अनुसार सन् २०२१ देखि २०३१ सम्म इन्डो एसिया राइफल्स प्राइभेट लिमिटेडबाट ६ लाख १ हजार ४ सय २७ एके –२०३ राइफल खरिद गरिने जनाइएको छ। भारतीय रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री डा. एस. जयशंकर र रुसी रक्षामन्त्री जनरल सर्गेई शोइगु, रुसी विदेशमन्त्री सर्गेई लाभरोभले पहिलो पटक २+२ मन्त्रालय स्तरको वार्ता गरेका हुन् ।

    सम्झौतामा हस्ताक्षरपछि रक्षामन्त्री राजनाथ सिंहले भने, ‘हालैका समयमा भारत र रुसबीच रक्षा क्षेत्रमा अभूतपूर्व प्रगति भएको छ । हामी आशा गर्छौं कि रूसले यी चुनौतीपूर्ण परिस्थितिहरूमा भारतको विशेष साझेदारको रूपमा रहनेछ।' 


    मंसिर २०, २०७८ सोमवार १३:४८:५९ बजे : प्रकाशित

    राइफल बाेकेकाे तस्विर ट्विट गरेपछि यस्ताे विवादमा तानिए अमेरिकी सांसद

  • 176
    SHARES
  • राइफल बाेकेकाे तस्विर ट्विट गरेपछि यस्ताे विवादमा तानिए अमेरिकी सांसद

    न्युयाेर्क - राइफल बाेकेर खिचेकाे तस्विर सामाजिक सञ्जालमा पाेस्ट गरेपछि अमेरिकाका एक सांसद विवादमा तानिएका छन् । विद्यालयमा भएकाे गाेलीकान्डपछि परिवारका सदस्यले गाेली बाेकेकाे तस्विर उनले ट्विट गरेका थिए ।

    images

    केन्टुकीबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन सांसद थाेमस मासीले ट्विवटरमा साे फाेटाे पाेस्ट गरेपछि उनी विवादमा तानिएका थिए । म्यासीले साे तस्विर ट्विट गर्दै लेखेका थिए: मेरी क्रिसमस । सान्ता कृपया बारुद ल्याइदेउ । 

    बन्दुक अ‌ाक्रमणका पीडितले साे पाेस्टकाे निन्दा गरेका छन् । उनी संवेदनहीन भएकाे ट्विटरका प्रयाेगकर्ताले अ‌ाराेप लगाएका छन् । मानवीय सम्बेदनाप्रति उनी बहिराे भएकाे कतिपयले गुनासाे गरेका छन् । 

    मिसिगनकाे एउटा विद्यालयमा भएकाे गाेली कान्डकाे पृष्ठभूमिमा साे फाेटाे पाेस्ट गरिएकाे छ । साे गाेलीकान्डमा चार जना किशाेरकाे मृत्यु हुनुका साथै सात विद्यार्थी घाइते भएका थिए । १५ वर्षीय विद्यार्थीले बाबुकाे बन्दुक बाेकेर  विद्यालयमा अन्धाधुन्दा गाेली प्रहार गरेका थिए । 

    अक्रमणकारीका अभिभावकलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएकाे छ । अमेरिकामा बन्दुक नियन्त्रणका लागि कानुनी रुपमै पहल गर्नुपर्ने बहस बढिरहकै बेला साे घटना भएकाे थियाे । एजेन्सी


    मंसिर २०, २०७८ सोमवार १४:०७:०० बजे : प्रकाशित


    क्यानाडा नेपाल

    आधा घटाइयाे वर्माकी नेतृ सुकीकाे सजाय

  • 130
    SHARES
  • आधा घटाइयाे वर्माकी नेतृ सुकीकाे सजाय

    यांगुन - म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको जेल सजाय आधा घटाइएकाे छ । म्यानमारको अदालतले सुकीमाथिकाे सजाय अ‌ाधा घटाएकाे हाे । यसअघि न्यपेतस्थित सेनाको अदालतले दुई विभिन्न अभियाेगमा चार वर्ष जेल सजाय सुनाएकाे थियाे । 

    images

    उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन् ।

    उनीमाथि असन्तुष्ट समूहलाई उक्साएकाे र राष्ट्रिय विपद् कानुनअन्तर्गत सरकारले जारी गरेकाे काेभिड नियम उल्ल‌ंघन गरेकाे अभियाेग लगाइएकाे छ । यसबाहेक उनीविरुद्ध ११ अ‌ाराेप लगाइएकाे छ । सुकीले अ‌ाफूमाथि लगाइएका सबै अ‌ाराेप अस्वीकार गर्दै अ‌ाएकी छिन् । 

    फेब्रुवरीमा सेनाले कु गर्नुअघि ७६ वर्षीया सुकीले नागरिक सरकारकाे नेतृत्व गरेकी थिइन् । निर्वाचनमा व्यापक धाँधली गरेकाे सेनाले अ‌ाराेप लगाउँदै अ‌ाएकाे छ । 

    सरकार अपदस्थ गरेपछि उनलाई सेनाले घरमै नजरबन्दमा राखेर विभन्न अ‌ाराेपमा मुद्दा लगाउँदै अ‌ाएकाे थियाे । एजेन्सी


    मंसिर २१, २०७८ मंगलवार ०८:३२:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आङ साङ सुकी

  • क्यानाडा नेपाल

    विश्वभर एकैदिन ४ लाख ४६ हजार कोरोना संक्रमित थपिए, कुन देशमा कति संक्रमित र मृत्यु ?

  • 144
    SHARES
  • विश्वभर एकैदिन ४ लाख ४६ हजार कोरोना संक्रमित थपिए, कुन देशमा कति संक्रमित र मृत्यु ?

    काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारै बढ्दै गइरहेको देखिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले संसारका विभिन्न देशहरुमा फैलिएको छ । वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले धेरैजसो देशमा कोरोना संक्रमितको संख्या बढेको देखिन्छ ।
     
    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ४६ हजार २ सय ४९ कोरोना संक्रमित थपिएका छन् । यससँगै विश्वभर कोरोना संक्रमितको संख्या २६ करोड ६६ लाख ७७ हजार २ सय ३५ पुगेको छ ।  

    images

    यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ३ सय ८१ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ लाख ७७ हजार ३ सय ३९ पुगेको छ।

    त्यस्तै पछिल्लो २४ घण्टामा ४ लाख ७१ हजार ३ सय २४ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म विश्वभर २४ करोड १ लाख ९५ हजार १ सय ६९ कोरोना संक्रमित निको भइसकेका छन् ।

    त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ८ लाख १० हजार २ सय ३७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ५ करोड १ लाख ४६ हजार ३ सय ८ पुगेको छ । यस्तै अमेरिकामा ३ करोड ९६ लाख ४७ हजार ७ सय ८८ कोरोना संक्रमित निको भइसकेका छन् ।

    Capture.PNG


    मंसिर २१, २०७८ मंगलवार ०९:०५:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    भारतीय मूलका यी मालिक जसले जुम मिटिङमार्फत एकै पटक ९०० कर्मचारी पदमुक्त गरे

  • 140
    SHARES
  • भारतीय मूलका यी मालिक जसले जुम मिटिङमार्फत एकै पटक ९०० कर्मचारी पदमुक्त गरे

    न्युयाेर्क - भारतीय मूलका एक अमेरिकी मालिकले जुम वैठकमार्फत एकैपटक ९०० कर्मचारीलाई पदमुक्त गरेका छन् । धितो उपलब्ध गराउने कम्पनी बेटर डटकमका सीइअ‌ाे विशाल गर्गले जुम मिटिङमार्फत ९०० कर्मचारी पदमुक्त गरेका हुन् । क्रिसमस अ‌ाउनु केही दिनअघि उनले गरेकाे निर्णयलाई धेरैले क्रुर र स्वचेछाचारी भनेका छन् । 

    images

    कर्मचारीकाे कार्यसम्पादन चित्तबुझ्दाे नभएकाे र बजारमा देखिएकाे परिवर्तनका कारण अ‌ाफू कठाेर निर्णयमा पुगेकाे गर्गले बताएका छन् । कर्मचारीले दिनमा दुई घण्टा काम गरेर आठ घण्टाभन्दा बढी काम गरेको दाबी गरेको त्यो सबैका लागि अनुत्पादक बनेको उनले बताएका छन् ।

    अ‌ाफ्नाे निर्णयबाट अ‌ाफै दुखी भएकाे उनले बताएका छन् । 'पछिल्लो समय मैले यस्तो गर्दा म रोएको थिएँ,’ जुम मिटिङमा गर्गले भनेका छन् । गर्गले कर्मचारी बरखास्त गरेकाे फर्चुन म्यागेजिनले पुष्टि गरेकाे छ । यसअघि बेटर डटकमले ७५ करोड अमेरिकी डलर मुनाफा गरेको विवरण सार्वजनिक भएको थियो ।एजेन्सी


    मंसिर २१, २०७८ मंगलवार १२:४४:४३ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    दक्षिण अफ्रिकाका अस्पताल काेभिड बिरामीले भरिए, दैनिक २३ हजार संक्रमित भेटिए

  • 178
    SHARES
  • दक्षिण अफ्रिकाका अस्पताल काेभिड बिरामीले भरिए, दैनिक २३ हजार संक्रमित भेटिए

    केप टाउन - काेभिडकाे नयाँ भेरियन्ट अ‌ाेमिक्राेन देखिएपछि दक्षिण अफ्रिकाका अस्पतालहरु बिरामीले भरिएका छन् । अस्पतालमा बिरामी भरिएपछि दक्षिण अफ्रिकाका राष्ट्रपति साइरिल रामापाेसाले सम्पूर्ण नागरिकहरुलाई खाेप लगाउन अ‌ाह्वान गरेका छन् । यसअघि दैनिक १६ हजार संक्रमित भेटिने गरेकाेमा पछिल्लाे २४ घन्टामा दक्षिण अफ्रिकामा २३ हजार संक्रमित भेटिएका छन् । 

    images

    दक्षिण अफ्रिकाकाे सरुवा राेगका लागि राष्ट्रिय संस्था (एनअ‌ाइसीडी) का अनुसार पछिल्लाे समयमा संक्रमणमा भएकाे बृद्धि अप्रत्यासित हाे । देश काेभिडकाे चाैथाे लहरमा प्रवेश गरिसकेकाे स्वास्थ्य अधिकारीहरुले बताएका छन् । ' दुर्भाग्यवश अहिले दैनिक अस्पताल भर्ना हुने बिरामीकाे संख्या दाेब्बरले बढेकाे छ,' संक्रमक राेग विज्ञ इयान साने भन्छन् । 

    संक्रमितकाे संख्यामा बृद्धि भएकाेले त्यसका लागि तयारी हुन उनले अस्पताललाई अ‌ाग्रह गरेका छन् । अस्पतालमा पर्याप्त अक्सिजनकाे व्यवस्था गर्नुपर्ने उनकाे सुझाव छ । 

    दक्षिण अफ्रिकाकाे मेडिकल रिसर्च काउन्सीलका प्रमुख डा फरिद अब्दुल्लाहले जाेहेनसवर्ग र तास्वानेमा अस्वभाविक रुपमा संक्रमित बढेकाे बताएका छन् । देशकै सबैभन्दा ठूला सहर रहेकाे गउटेन प्रान्तमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । अधिकांश विरामीले खाेप नलगाएकाे र डरलाग्दाे संख्यामा बालबालिका संक्रमित भएकाे चिकित्सकहरुले बताएका छन् ।एजेन्सी


    मंसिर २१, २०७८ मंगलवार १३:१९:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल