श्रावण ३१, २०७९ मंगलबार | Tue Aug 16 2022

कांग्रेसले नै देशको विद्यमान समस्या समाधान गर्न सक्छ – विमलेन्द्र निधि



काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले देशको निकास र लोकतन्त्रलाई मजबुत बनाउन अगामी चुनावमा कांग्रेसलाई नै मतदान गर्नुपर्ने बताएका छन् । बुधबार कांग्रेस धनुषा क्षेत्र ३ (ख) को पहिलो क्षेत्रीय अधिवेशनको उद्घाटन कार्यक्रममा उपसभापति निधिले सो कुरा बताएका हुन् । 

उनले देशको विद्यमान समस्या समाधान कांग्रेसले नै गर्नसक्ने बताए । उनले कांग्रेसले नै देशको विद्यमान समस्या समाधान गर्ने भएकाले कांग्रेसलाई सहयोग गर्न आम जनतासँग आग्रहसमेत गरे । 

उनले कांग्रेस नेतृत्वमा बनेको गठबन्धन सरकारले संविधानको रक्षा गर्दै देश र जनताको हितमा केन्द्रित रहेको बताए । वर्तमान सरकार सही दिशामा अघि बढिरहेको बताउदै उनले पुनः एक पटक कांग्रेसलाई मतदाताले बहुमत दिनुपर्ने बताए ।  

प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार  ४ : ०२ बजे