• Dec 07 2021 | २०७८, मंसिर २१गते

२०७८, मंसिर २१गते

पोस्टमार्टम गर्न लागेका व्यक्तिले हातखुट्टा चलाउन थालेपछि... 

क्यानाडा नेपाल मंसिर ८ २०७८
  • 1.0K
    SHARES
  • images
    images
    पोस्टमार्टम गर्न लागेका व्यक्तिले हातखुट्टा चलाउन थालेपछि... 

    नयाँ दिल्ली - भारतको उत्तर प्रदेशमा अस्पतालले मृत घोषित गरेका एक व्यक्ति जीवितै देखिएका छन् । एउटा अनौठो घटनामा मृत घोषणा गरेर शवगृहमा राखिएका एक व्यक्तिले सात घन्टापछि हातखुट्टा चलाउन थालेका हुन् । 

    images

    रिपोर्टअनुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका श्रीकेश कुमारलाई बिहीबार राती अस्पताल भर्ना गरिएको थियो । उनलाई अस्पताल पु¥याएको केही बेरमा मृत घोषणा गरिएको थियो । भोलिपल्ट उनलाई अस्पतालको शवगृहमा रहेको एउटा फ्रिजमा राखिएको थियो । 

    सात घन्टापछि शवको पोस्टमार्टम गर्ने विषयमा पीडित परिवारले एउटा कागजमा हस्ताक्षर गरेका थिए । हस्ताक्षर गरेर फर्किने क्रममा कुमारकी बुहारी मधु बालाले उनको शरीर चलमलाएको देखेकी थिइन् । 

    सो घटनाबारे सार्वजनिक भएको एउटा भिडियोमा बालाले शब देखाउँदै चिच्चाएको सुन्न सकिन्छ । ‘उहाँको मृत्यु भएको छैन् । यो कसरी भयो ? उहाँले केही भन्न खोजिरहनु भएको छ । उहाँले सास  फेरिरहनु भएको छ ।,’  कुमारकी बुहारीले भनेकी छिन् ।

    मोरादाबादका प्रमुख मेडिकल अधिकृत डा. शिव सिंहका अनुसार चिकित्सकले विरामीलाई भोलिपल्ट बिहान ३ बजे पनि परीक्षण गरेका थिए । त्यतिबेला बिरामीको मुटु चलेको थिएन । 

    तर, उज्यालो भएपछि प्रहरीको एउटा समूह र परिवारका सदस्यहरुले उनलाई जीवितै पाएका थिए । सो घटनाबारे अनुसन्धान सुरु भएको छ । सो घटना मेडिकल जगतमै ‘दुर्लभ’ भएको डा. सिंह बताउँछन् । 

    ४० वर्षीय कुमारको अहिले मेरुटस्थित एउटा स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । तर, होस भने खुलेको छैन् । लापरबाही गरेको भन्दै पीडित परिवारले अस्पतालविरुद्ध उजुरी गर्ने भएको छ ।एजेन्सी


    मंसिर ८, २०७८ बुधवार १२:३४:३३ बजे : प्रकाशित

    images
    images

    क्यानाडा नेपाल

    अर्कोसमाचार

    विवाह गर्दागर्दै कार्यक्रम रोकेर परीक्षा दिन पुगे साउदीका दुलाहा

  • 390
    SHARES
  • विवाह गर्दागर्दै कार्यक्रम रोकेर परीक्षा दिन पुगे साउदीका दुलाहा

    रियाद - पछिल्लो एक सातादेखि साउदीका एक युवक एउटा अनौठो कार्यका लागि सञ्चारमाध्यममा छाएका छन् । विवाह गर्दागर्दै कार्यक्रम रोकेर जाँच दिन परीक्षा हलमा पुगेपछि उनको चर्चा हुन थालेको हो । प्रसंग साउदीका विद्यार्थी अल लइलीको हो । 

    images

    लइलीकाे यसै साता विवाह भएको थियो । विवाहको तय भने एक महिनाअघि भएको थियो । माध्यामिक विद्यालयका विद्यार्थीसमेत रहेका लइलीको संयोगवश विवाहकै दिन परीक्षा पर्‍यो ।

    दुवै काम एकै दिन परेपछि एकछिन उनी समस्यामा परे । अन्तत उनी निर्णयमा पुगे विवाह पनि गर्ने र परीक्षा पनि दिने । विवाह गर्दागर्दै वेहुलाकै भेषमा परीक्षा हलमा पुगे, उनी ।

    ‘विवाह गर्दागर्दै रोकेर म वेहुलाको भेषमा नै परीक्षा हल आएको छ । आशा छ म दुबै कार्यमा सफल हुनेछु,’ उनले भने । परीक्षा सक्ने वित्तिक्कै उनी सोझै विवाह समारोहमा पुगेका थिए । विवाह र जाँचमा सहभागी भएको उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।एजेन्सी

     


    मंसिर १३, २०७८ सोमवार १४:०४:१४ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    तेल अभिभ विश्वमा सबैभन्दा महंगाे सहर

  • 412
    SHARES
  • तेल अभिभ विश्वमा सबैभन्दा महंगाे सहर

    तेल अभिभ - इजरायली शहर तेल अभिभ विश्वकै सबैभन्दा महंगाे सहर साबित भएकाे छ । ईकाेनाेमिस्ट इन्टेलिजेन्स युनिट (इआइयू) ले गरेकाे एउटा सर्वेक्षणमा तेल अभिभ बस्नका लागि विश्वकै सबैभन्दा महंगाे सहर बनेकाे हाे । महंगाेका दृष्टिले  तेल अभिभ  पहिलाे पटक विश्वकाे पहिलाे स्थानमा पुग्न सफल भएकाे हाे । 

    images

    ‍इजरायलकाे राष्ट्रिय मुद्रा शेकेल डलरभन्दा शक्तिशाली देखिएकाे सर्वेक्षणमा जनाइएकाे छ । त्यहाँ यातायात र खाद्यन्नकाे मूल्य पनि अन्य सहरकाे तुलनामा बढी देखिएकाे जनाइएकाे छ ।

    त्यस्तै, पेरिस र सिंगापुर दुबै सहर दाेस्राे स्थानमा छन् भने जुरिच र हङकङ क्रमश: तेस्राे र चाैथाे स्थानमा छन् । त्यसैगरी, न्युयाेर्क र जेनेभा क्रमश: पाँचाैं र छैटाै‌ स्थानमा परेका छन् । त्यस्तै, काेपनहेगन साताैं, लस एन्जेलस आठाैं र जापानकाे ओसाका नवाैं स्थानमा परेका छन् । एजेन्सी


    मंसिर १५, २०७८ बुधवार २२:०५:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # महंगाे सहर

  • क्यानाडा नेपाल

    वैज्ञानिक भन्छन् - राेबटले यसरी बच्चा जन्माउन सक्छ

  • 348
    SHARES
  • वैज्ञानिक भन्छन् - राेबटले यसरी बच्चा जन्माउन सक्छ

    न्युयाेर्क - वैज्ञानिकहरुले पहिलाे जीवित राेबटले बच्चा जन्माउन सक्ने बताएका छन् । अमेरिकी वैज्ञानिकहरुले नै सृजना गरेकाे पहिलाे जीवित राेबट सेनाेबाेट्सले बच्चा उत्पादन गर्न सक्ने उनीहरुले दाबी गरेका हुन् । तर, राेबटकाे उत्पादन बाेटविरुवा र अन्य जनाबरहरुमा भन्दा फरक हुने उनीहरुकाे भनाई छ । हालै गरिएकाे एक अध्ययनमा उनीहरुले यस्ताे निस्कर्ष निकालेका हुन् ।

    images

    अफ्रिकाकाे एउटा भ्यागुताे सेनाेपाेस लेभिसबाट सृजना गरिएका सेनाेबाेट्स एक मिलिमिटरभन्दा पनि न्यून फराकिला छन् । प्रयाेगशालामा उनीहरु हिँडडुल गर्न र समूहमा काम गर्न सक्ने भएपछि ससाना बल्बहरुलाई सन् २०२० मा सार्वजनिक गरिएकाे थियाे । युनिभर्सिटी अफ भर्माउन्ट, टफ्टस युनिभर्सिटी र हावार्ड युनिभर्सिटीकाे वायस इन्स्टिच्युट फर बायाेलाेजिकल्लीका इन्जिनियरहरुले विरुवा वा जनाबरहरुमा भन्दा विल्कुलै फरक तरिकाकाे प्रजनन् विकास गरेकाे दाबी गरेका छन् । 

    'अ‌ाविश्कारबाट हामी अचम्म परेका छाैं',टफ्टस युनिभर्सिटीका प्राध्यापक तथा निर्देशक मिसेल लेभिन भन्छन् । 

    'भ्यागुताहरुले सामान्य तरिकाले नै बच्चा जन्माउछन् । तर, उनीहरुकाे बाँकी भ्रुणबाट काेषहरुलाई हटाइदिने तथा नयाँ वातावरणमा छाेडिदिने हाे भने उनीहरु नयाँ ढ‌ंगले  हिँडडुल गर्ने मात्र हाेइन, नयँ तरिकाले प्रजनन् समेत गर्छन् ।' उनी भन्छन् । 

    राेबाेट कि जीव ?

    स्टिम सेल अनिश्चत काेष हुन् जसकाे विभिन्न प्रकारकाे काेषमा विकसित हुने क्षमता रहन्छ । सेनाेबाेट्स बनाउन अनुसन्धानकर्ताहरुले भ्यागुताेकाे भ्रुणकाे जीवित स्टिम काेषलाई नष्ट गरेर अन्डा निश्काशनका लागि छाेडिदिएका थिए । जीनलाई कुनै परिवर्तन गरिएकाे थिएन् । 

    'अधिकांशले याे साेच्छन् कि राेबट धातु र माटाेबाट बनेका हुन् । राेबट केबाट बन्छ भन्ने विषय गाैण हाे । बरु यसले के गर्छ भन्ने महत्त्वपूर्ण विषय हाे । ' प्राध्यापक तथा युनिभर्सिटी अफ भर्मन्टका विज्ञ जाेश बाेनगार्ड भन्छन् , 'बाहिरी रुपमा याे राेबट नै हाे तर वास्तविक रुपमा भन्नुपर्दा भ्यागुताेकाे काेषाबाट वंशानुगत रुपमा बनाइएकाे जीव हाे । '

    करिव तीन हजार काेषबाट बनाइएका सुरुमा गाेलाकार देखिएका सेनाेबाेट्स नक्कल गर्न सकिने बाेनगार्ड बताउँछन् । तर, याे दुर्लभ र विशेष परिस्थितमा मात्र हुने उनकाे भनाई छ ।

    सेनाेबाेट्सलाई अझै प्रभावकारी बनाउन कृत्रिम बाैद्धिकताकाे सहयाेगमा अनुसन्धानकर्ताहरुले अर्बै शरीरका आकारलाई परीक्षण गरेका थिए । परीक्षाण गर्न सुपरकम्प्युटरलाई सी अ‍ाकारमा ल्याइएकाे थियाे । त्याे अ‍ाकार सन् १९८० काे भिडियाे गेम प्याक मेनसँग मिल्दथ्याे । याे अध्ययन वैज्ञानिक जर्नल पीएनएएसमा प्रकाशित छ । एजेन्सी

     

     


    मंसिर १६, २०७८ बिहिवार १०:०९:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राेबट

  • क्यानाडा नेपाल

    छिमेकीको लुगा फिर्ता नगरेपछि श्रीमानले दिए पत्निलाई डिभोर्स

  • 262
    SHARES
  • छिमेकीको लुगा फिर्ता नगरेपछि श्रीमानले दिए पत्निलाई डिभोर्स

    कायराे - छिमेकीकाे लुगा चाेरेकाे आराेप लगाउँदै इजिप्टका एक पुरुषले पत्निसँग सम्बन्ध बिच्छेद गरेका छन् । समाचार विवरणअनुसार २२ वर्षीया ती महिलाले बिदाकाे दिन छिमेकीकाे लुगा मागेर घुम्न गएकी थिइन् । तर, बिदा मनाएर फर्किएपछि पनि उनले लुगा फिर्ता गरिनन् जसका कारण उनकाे पति उनीसँग ‌अ‌ागाे बनेका थिए । 

    images

    लुगा फिर्ता माग्दा ती युवतीले छिमेकीलाई मानिस लगाएकी कुट्ने धम्की दिएकी थिइन् । लामाे समयसम्म लुगा फिर्ता नगरेपछि छिमेकीले ती युवतीका श्रीमानलाई गुनासाे गरेकी थिइन् । आफ्ना लुगा फिर्ता नदिए प्रहरीकहाँ उजुरी गर्ने बताएकी थिइन् । 'छिमेकीले आग्रह गर्दा पनि पत्नीले लुगा फिर्ता गरिनन् । बरु उल्टै कुटिन् ।', उनका पतिले भने । 

    पत्निलाई छिमेकीकाे लुगा फेर्न बारम्बार आग्रह गर्दा पनि नमानेपछि बाध्य भएर सम्बन्ध बिच्छेदकाे निर्णयमा पुगेकाे उनले बताएका छन् । ' सम्बन्धबिच्छेद गर्नुअघि मैले उनकाे परिवारसँग पनि सल्लाह मागेकाे थिए ', उनले भने ।एजेन्सी 


    मंसिर १९, २०७८ आइतवार १२:०३:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डिभोर्स

  • क्यानाडा नेपाल

    भारत र पाकिस्तान छुट्याउने रेखामा जन्मियाे शिशु, ७१ दिनदेखि बिचल्लीमा

  • 320
    SHARES
  • भारत र पाकिस्तान छुट्याउने रेखामा जन्मियाे शिशु, ७१ दिनदेखि बिचल्लीमा

    अत्तरी - सन् २०२१ को डिसेम्बरमा भारत र पाकिस्तानको सीमामा शिशु जन्मिएकाे छ । पाकिस्तानी महिलाले दुई देशकाे अत्तरी सीमामा शिशु जन्माएकी हुन् । र, बच्चाकाे नाम सीमा राखिएकाे छ । शिशु जन्मिएकाे क्षेत्र अत्तरीमा शिशुका अभिभावकसहित ९७ जना पाकिस्तानी ७१ दिनदेखि बिचल्लीमा परेका छन् । 

    images

    दुई देशकाे सीमामा शिशु जन्मिएकाेले उसकाे नाम पनि सीमा राखिएकाे शिशुका अभिभावक निम्बु बाई र बलाम रामले बताए । बलामका पुर्खा भारतकाे पञ्जाब प्रान्तकाे रजनपुर जिल्लाबाट पाकिस्तानमा बसाइ सरेका थिए ।

    निम्बु बाइ गर्भवती थिइन् । २ डिसेम्बरमा उनलाई प्रसुति व्यथा लागेकाे थियाे । निम्बुलाइ सहयाेग गर्न पन्जाबबाट केही मानिस अत्तरीमा अ‌ाएका थिए । बच्चा जन्माउन स्थानीयले पनि सहयाेग गरेका थिए । 

    बलरामसँगै अन्य ९८ जना धार्मिक भ्रमणाका क्रममा लकडाउनअघि भारत अ‌ाएका थिए । भारत भ्रमणका क्रममा उनीहरुले केही अ‌ाफन्तजनहरुसँग पनि भेट गरेका थिए । तर, अ‌ावश्यक कागजातकाे अभावमा उनीहरु फर्किन पाएका थिएनन् । उनीहरुमध्ये ४७ जना बालबालिका छन् । ती मध्ये ६ जना भारतमा जन्मिएका हुन् । उनीहरु सबै एक बर्ष मुनिका छन् । 

    रामबाहेक अर्का पाकिस्तानी नागरिक लग्या राम पनि त्रिपालमै बसेका छन् । उनले पनि गत वर्ष जाेधपुरमा पुत्र जन्माएका थिए, जसकाे नाम भारत राखिएकाे छ । लग्या जाेधपुरमा अ‌ाफ्ना भाइलाई भेट्न जाेधपुर अ‌ाएका थिए, तर उनी पाकिस्तान फर्किन पाएका छैनन् ।एजेन्सी


     


    मंसिर २०, २०७८ सोमवार १२:४३:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शिशु

  • क्यानाडा नेपाल

    वर्षेनी १५ कराेड मानिसलाई पुग्ने खानेकुरा फाल्छ अमेरिकाले

  • 118
    SHARES
  • वर्षेनी १५ कराेड मानिसलाई पुग्ने खानेकुरा फाल्छ अमेरिकाले

    न्युाेर्क - अमेरिकाले उत्पादन हुने खानेकुराकाे एक तिहाई खानेकुरा फाल्ने गरेकाे छ । अमेरिकाकाे वातावरण स‌ंरक्षण सम्बन्धी निकाय इपीएचले एक प्रतिवेदन सार्वजनिक गर्दै साे जानाकारी दिएकाे हाे । अमेरिकाले यसअघि सन् २०३० सम्म  खाद्यन्न फाेहर अ‌ाधा कटाैती गर्ने प्रतिबद्धता जनाएकाे थियाे । 

    images

    खाद्यन्न हिनामिना गर्दा लाखाैं डलर नाेक्शान हुने र यसले जलवायु परिवर्तनमासमेत असर गर्छ । ठूलाे परिणााममा खाद्यन्न फाेहर लेन्डफिल साइटमा फाल्दा यसले वातावरणमा असर गर्ने मिथेन ग्यास उत्सर्जन गर्ने वैज्ञानिकहरुले बताउँदै अ‌ाएका छन् । 

    'सन् २०१५ मा पेरिस सम्झाैतामा उल्लेख भएबमाेजिम विश्व तापमानलाई १ दशमलब ५ मा झार्न अमेरिकामा खाद्य प्रणालीमा परिवर्तन गर्न अ‌ावश्यक छ', प्रतिवेदनमा भनिएकाे छ । 

    'जिवास्मबाट निस्काशन हुने इन्धन राेक्न सके पनि खाद्य फाेहर फाल्ने अहिलेकाे प्रवित्तिले विश्व तापमानलाई १ दशमलब ५ मा झार्ने लक्ष्य प्राप्त गर्न सक्दैन,' प्रतिवेदनमा भनिएकाे छ । अमेरिकामा वर्षेनी ७ कराेड ३० लाख देखि १५ कराेड २० लाख मेट्रिक टन खाद्यन्न खेर जाने गरेकाे भन्दै याे खाद्यन्नले वर्षेनी १५ कराेड मानिसलाई खान पुग्ने इपीएचले जनाएकाे छ । 

    सन् २०१५ मा अमेरिकाकाे कृषि मन्त्रालय र इपीएचले निजी क्षेत्र र सामुदायिक संगठनहरुकाे सहकार्यमा खेर जाने खाद्यन्नलाई सन् २०३० सम्म अ‌ाधाले घटाउने घाेषणाा गरेका थिए । तर, पनि सफलता प्राप्त गर्न सकेका छैनन् । सन् २०१० मा अमेरिकामा उत्पादन हुने कूल खाद्यन्नकाे ३१ प्रतिशत खाद्यन्न खेरा जाने गरेकाे थियाे । एजेन्सी


    मंसिर २१, २०७८ मंगलवार ०९:४५:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमेरिका

  • क्यानाडा नेपाल