• Dec 07 2021 | २०७८, मंसिर २१गते

२०७८, मंसिर २१गते

केपी ओलीसंगको त्यो एक दिन....

मोनीका सिंह मंसिर ६ २०७८
  • 17.2K
    SHARES
  • images
    images
    केपी ओलीसंगको त्यो एक दिन....

    काठमाडौं । सुदूरपूर्वका मेडिकल व्यवसायी दुर्गा प्रसाईं एमाले प्रवेश गरे संगै माओवादी केन्द्रमा ठूलै धक्का लागेको महशुस भएको छ । दुर्गा प्रसाईं आजभोली अन्तर्वार्ता तथा आफ्नो भाषणहरुमा खुलेर माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को विरोध गर्ने गरेका छन् भने उनले विरोध गरे संगै माओवादी केन्द्रका कार्यकर्ताहरु सामाजीक संजालमा उनी विरुद्ध खनिने समेत गरेका छन् ।

    images

    नेकपा एमालेको महाधिवेशनको तीब्र तयारीमा रहेका दुर्गा प्रसाईंसंग एमाले प्रवेश गर्नु र केपी ओलीसंगको निकटता बारेमा जिज्ञासा राख्न खोज्दा उनले खुलेर आफ्नो कुराहरु राखेका छन् । आफूलाई केपी ओलीसंग हजुरबुवाको नाता किनेर ल्याएको समेत आरोप लाउँदा दुख लागेको समेत बताएका छन् । दुर्गा प्रसाईंले अध्यक्ष ओलीसंग भेट्दा आफू कुन कुराबाट प्रभावीत भएको र के कारण एमाले प्रवेश गर्ने निर्णय लिएको कुरा खुलाएका छन् ।

    केपी ओली किनेको 'हजुरबुवा' होईन

    केपी शर्मा ओलीको बुवा चाँही मेरो बुवाको आफ्नै मामा हुन् । मेरो बुवा अहिले त हुनुहुन्न तर बुवाले मामा भनेर केपी ओलीको बुवासंग आशिर्वाद लिनुहुन्थ्यो । त्यही नाताले केपी ओली मेरो हजुरबुवा हुनुभएको हो । मैले यो नाता किनेको पनि होईन गोरु बेचेको साईनो पनि होईन तर सबैले दुर्गा प्रसाईंले फाईदाले हजुरबुवा नाता लायो भने । तर पहिलो पल्ट हाम्रो नाताको बारेमा आज भनेको छु ।

    हजुरबुवालाई हजुरबुवा भन्न नपाउने मैले ? हजुरबुवा मात्र भएर फेरि मैले एमाले प्रवेश गरेको होईन तर जब प्रचण्डको कारण केपी ओलीलाई चिने अनि मैले वहाँको कुराहरुबाट प्रभावित भएर एमाले प्रवेश गरेको हुँ ।

    केपी ओलीसंगको त्यो एक दिन 

    केपी शर्मा ओलीसंग मेरो सम्बन्ध भए पनि देशको लागि परिवार भन्दैमा एमाले प्रवेश गर्नुपर्ने वाध्यता मलाई थिएन । मैले माओवादी जनयुद्धमा लाग्दा पनि देशमा परिवर्तन आउँछ र विकास ल्याउन सकिन्छ भनेर लागेको थिएँ । तर जब त्यो आशा मैले प्रचण्डको नेतृत्वबाट नदेखेपछि म कत्तै न कत्तै निराश थिएँ तर व्यक्त भने गर्न सकेको थिईन । 

    तर जब केपी शर्मा ओलीसंग मैले एकदिन बिताउने मौका पाएँ त्यो बेला मैले केपी ओलीमाथिको त्यो उर्जा देखें जसले देशको मुहार बदल्न सक्दथ्यो । मेरो अन्तर्वार्ता, भाषणदेखि मेरो बोली सुन्दा प्रायले तपाईमा उर्जा छ भन्थे त्यो भन्दा बढी उर्जा मैले केपी शर्मा ओलीमा देखें । केपी ओलीसंग बिताएको त्यो दिन सम्झन्छु जब संसद विघटन भईसकेको थियो र ओलीमाथी चौतर्फी दबाब थियो र म बालुवाटार पुगेको थिएँ । म हुँदाहुँदै एमाले कै केहि नेताहरुले तपाईले गल्ती गर्नुभयो जस्तो तर्क समेत गरे त कसैले अब सरकार छोड्दिनुस सम्म भने ।

    तर केपी ओलीले अडिग भएर मैले गरेको निर्णय अहिलेको परिस्थिति अनुसार ठिक छ र यसको मुल्यांकन चाडैं निर्वाचन मार्फत जनताले गर्छन भन्दा त्यो ओली माथीको उर्जा र आत्मविश्वासले म लोभिएँ । मेरो काम सकिसकेको थियो तर म बालुवाटारबाट बाहिरिन खोजिन । केपी ओलीको त्यो उर्जालाई अझै नियाल्न खोजें । भर्खरै दोश्रोपल्ट मृगौला प्रत्यारोपण गरेको व्यक्तिले यत्ति ठूलो निर्णय लिएको, चौतर्फी नेताहरु प्रधानमन्त्री कुर्सीको लागि दबाब दिएको तर अलिकति पनि नडगमगाएको देख्दा म तीन छक्क परें ।

    आफूले गरेको निर्णय यदि गल्ती भए निर्वाचनमा गएर मलाई हटाए भईहाल्यो नि भन्दै आत्मविश्वासको साथ बोल्दा म केपी ओली प्रति लोभिएँ । त्यत्ति तनावका बीच पनि खोपको लागि मित्र राष्ट्रहरुसंग कुराकानी गर्दै खोपको व्यवस्था गर्दै गरेको देखें र सोचे, "यो मान्छेलाई साँच्चै नै भने जस्तो गरि काम गर्न दियो भने त देशमा सम्वृद्धि हाम्रै पालोमा सम्भव रहेछ ।"

    बाहिर सडकमा आन्दोलन थियो ओली विरुद्ध, चौतर्फी सरकार छोड्न दबाब र स्वास्थ्य अवस्था अझै तंग्रिएको थिएन तर पनि देश र जनताको लागि विकासको काम गरि नै रहेको देखे । अनि बालुवाटारबाट बाहिर निस्किदैं गर्दा सोचें, मैले खोजेको साथ यस्तै व्यक्ति को हो अनि फेरि मेरो त हजुरबुवा पनि त्यसैले एमाले प्रवेश गर्छु भनेर प्रस्ताव गर्छु भन्ने सोच्दै घर फर्किएँ ।

    केपी ओली विकास प्रेमी नेता हुन् 

    केपी ओलीको बोलीमाथि धेरैले उडाउने गर्छन तर ओलीको बोली भनेको लोकल बोली हुन्छ । त्यसैले ओलीको बोलीमा सत्यता हुन्छ । अरु नेताहरुको बोलीमा डिप्लोमेसी बढी हुन्छ तर केपी ओली आफ्नो बोलीमा सिधै जे हो त्यहि भन्ने गर्छन् र आफ्नो बोलीमा अडिग रहन्छन । भारतले नाकाबन्दी गर्दा सुरुमा विरोध गर्ने केपी ओली अहिले सीमाना विवादमा पनि आफ्नो बोली फेरेका छैनन् तर नेपाली कांग्रेस होस् वा माओवादी केन्द्र, कहिल्यै आफ्नो बोलीमा अडिग भएका छैनन् । 

    केपी ओलीले मार्क्स र लेनीनको कुरा गर्नुभन्दा अहिलेको वास्तविकता कुरा गर्ने गरेका छन् । भगवान शिवले पार्वती बोकेर हिड्नु भयो भन्दैमा अहिले श्रीमानले श्रीमती बोकेर त हिड्नु भएन नि, प्राक्टिकल त हुनपर्यो नि । केपी ओली आदर्शका कुरा भन्दा वास्तविकता कुरामा बढि चाँसो दिने भएकाले ओलीको बोलीलाई उडाउछन नेताहरु तर जनताहरुले त्यहि बोलीमा विश्वास गरेर भोट दिएका हुन् नि त ।

    पानी जहाजको सपना, रेलको सपना, घर घरमा पाईप लाइनबाट ग्याँस आउने सपना केपी ओलीले देखेका हुन् र कत्ति पूरा हुने क्रममा पनि छन् नि । त्यो भनेको विकास प्रेमी भावना हो । जब सपना देखिन्छ तब न त्यो सपना साकार पूरा गर्न लागिन्छ । अहिले देशभरि विकासको कार्यहरु अघि बढेका छन् र त्यो सबै केपी ओलीको सपना र पालोमा भएको हो ।

    केपी ओलीले ल्याएका योजनाहरु अहिले कार्यन्वयनमा आएको त हामी सबैले देखेका छौं नि । तुईन विस्थापनको कुरा होस् या सुरुङ्ग मार्गको कुरा ती सबै केपी ओलीको विकासको योजना थियो नि र अहिले काम अघि बढेका छन् नि । सबै समयमा भएन होला त्यो भनेको हाम्रो देशको राजनीतिक अवस्थाले गर्दा पनि ढिलाई भयो र कोभिडले पनि धकेलियो होला तर ति योजना त अघि बढेका छन् नि । त्यो विकासको हुटहुटि केपी ओलीमा देखे र त्यो हुटहुटिमा मलाई पनि दौडन मन छ ।


    मंसिर ६, २०७८ सोमवार १७:५५:०३ बजे : प्रकाशित

    images
    images

    मोनीका सिंह

    अर्कोसमाचार

    'युवाहरुको चाहनाले केपी ओलीको खम्बा बन्न केन्द्रीय सदस्य लड्दैछु'

  • 1.2K
    SHARES
  • 'युवाहरुको चाहनाले केपी ओलीको खम्बा बन्न केन्द्रीय सदस्य लड्दैछु'

    काठमाडौं । नेकपा एमालेको महाधिवेशन प्रतिनिधि बनेर चितवन पुगेका दुर्गा प्रसाईंले आफू केन्द्रीय सदस्यमा लड्ने घोषणा गरेका छन् । आज बिहान आफू केन्द्रीय सदस्य लड्ने र जित्ने अठोट बोक्दै दुर्गा प्रसाईंले उमेद्द्वारी दिने निर्णय गरेका छन् ।

    images

    नेकपा एमाले पार्टीमा प्रवेश गरेको दुई महिना नपुग्दै दुर्गा प्रसाईंले लडेर जित्ने अठोट बोक्नुलाई फलामको चिऊरा चपाएको सरह हुने तर्क गर्न थालेका छन् । तर दुर्गा प्रसाईं आफ्नो निर्णय माथि पूर्णत विश्वस्त हुँदै केन्द्रीय सदस्यमा भिड्ने विचार बोकिसकेका छन् । उनले गरेको यो निर्णयलाई पार्टीका शिर्ष नेताहरुले स्वागत समेत गरेका छन् ।

    durgawithsubasnembang.jpg

    दुर्गा प्रसाईंले आज बिहान चितवन पुगेर यो निर्णय गरेसंगै उनीसंग भेटेका एमालेका शिर्ष नेताहरुले अग्रीम शुभकामना दिंदै पार्टीमा स्वागत गरेका छन् । महासचिव ईश्वर पोखरेलदेखि संसदीय दलका नेता सुवास नेम्वांगले दुर्गा प्रसाईलाई शुभकामना दिएका छन् ।

    durgaprasai-ishwarpokharel.jpg

    दुर्गा प्रसाईंले केन्द्रीय सदस्यमा लड्ने निर्णय किन लिए भनेर प्रश्न गर्दा उनले भने, "मैले अब आफ्नो राजनीतिक यात्रा एमाले पार्टी बाटै अघि बढाउने सोचेर नै यो पार्टी प्रवेश गरेको हुँ । म पूर्वको मान्छे भएपनि पश्चिम र सुदूरपश्चिम पुग्दा त्यहाँको युवाहरुले मलाई औधी माया गरेर राजनीतिमा सक्रिय भएर लाग्न आग्रह गरेका थिए । जहाँ जान्थे त्यहाँ युवाहरुले मलाई घेरेर राजिनितीमा आउनुस युवाहरुलाई प्रोत्साहन गर्नुस भन्नुभयो । हजुरबुवा तथा हाम्रो अध्यक्ष केपी शर्मा ओलीले पनि एमालेमा तपाई जस्तो उर्जा बोकेको व्यक्तिको खाँचो छ भनेपछि मैले रिस्क मोलेर केन्द्रीय सदस्यमा लड्न लागेको हुँ ।"

    durgaprasai-chtwn.jpg

    क्यानडा नेपालसंग कुराकानी गर्दै नेता प्रसाईले भने, "मैले उमेद्द्वारी दिने निर्णय लिएसंगै मलाई एमालेका शिर्ष नेताहरुले शुभकामना दिनुभयो र यो निर्णयको स्वागत गर्नुभयो । कसैले पनि तिमीले हतार गर्यौ भन्नु भएन बरु उल्टै तिमी राजनीतिमा आउँदा युवाहरुलाई जोश बढ्छ भन्दै मलाई हौसला दिनुभएको छ । म केन्द्रीय सदस्य भएमा अध्यक्ष केपी ओलीको दरिलो खम्बा बनेर अघि बढ्नेछु र युवाहरुलाई प्रोत्साहन गर्नेछु ।" 

    durgaprasaiwithyouth.jpg

    अब देश विकास गर्न अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुपर्छ र ओलीलाई साथ दिन खम्बा जस्तो बन्ने भन्दै दुर्गा प्रसाईंले भने, "म देशभरी केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन हिड्ने छु र म वहाँलाई देश विकास गर्ने योजनामा हर कदम साथ सहयोग गर्नेछु । केन्द्रीय सदस्य संगै मेरो सक्रिय राजनीतिक यात्रा सुरु हुनेछ ।"

    दुर्गा प्रसाईंले अब देशलाई सम्वृद्धि तर्फ लैजान नेकपा एमालेको सरकार नै जरुरी भएको मुल्यांकन जनताले गरेको उल्लेख गरेका छन् । नेकपा एमालेमा युवाहरुको पनि राम्रो क्रेज भएको कारण पनि विचार र सिद्धान्तमा भन्दा पनि विकास र काममा विशेष जोड दिने गरेको छ । आफूलाई पनि संधै केहि गरौँ भन्ने हुटहुटी थियो र अब एमाले पार्टी प्रवेश गरेसंगै देश निर्माण गर्ने हुटहुटी पूरा हुने विश्वस्त दुर्गा प्रसाईं रहेका छन् ।


    मंसिर १०, २०७८ शुक्रवार १५:५५:०९ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    सुवास नेम्वांगलाई राष्ट्रपति, ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष

    मोनीका सिंह

    मंसिर ११

  • 584
    SHARES
  • सुवास नेम्वांगलाई राष्ट्रपति, ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष

    काठमाडौं । नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा चलिरहेको छ । आज बन्द सत्र हुँदै गर्दा अध्यक्ष केपी शर्मा ओली आफू निकट नेताहरुलाई सहज तरिकाले व्यवस्थापन गर्ने कोशिष गरिरहेका छन् ।

    images

    अध्यक्ष ओलीसंग अध्यक्ष पदमा भिम रावल भिड्ने गरि प्रचार प्रसार गरिरहेका छन् । केपी ओलीसंग जित्न नसक्ने भए पनि भिम रावलले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छैनन् । तर ओलीले भिम रावललाई उम्मेद्वारी फिर्ता लिन आग्रह गरे तर रावलले नमानेपछि ओलीले वास्ता गर्न छोडेका छन् ।

    अहिले केपी ओलीलाई वरिष्ठ उपाध्यक्ष पदलाई व्यवस्थापन गर्न हम्मे हम्मे परेको छ । वरिष्ठ उपाध्यक्षमा केपी ओलीको निकट पात्रहरु नै भिड्ने भएपछी ओलीले व्यवस्थापन गर्न खोजी रहेका छन् । ईश्वर पोखरेल र सुवास नेम्वांग भिड्ने तयारी गरिरहदा अध्यक्ष ओलीले अन्तिम  अवस्था सम्म मिलाउने कोशिष गरिरहेका छन् ।

    ईश्वर पोखरेलले आफू अध्यक्षको दाबेदार भएपनि अहिलेको माग भनेको केपी ओली भएकाले आफूले अध्यक्ष दाबी नगरि वरिष्ठ उपाध्यक्ष पदमा दाबी गरेको बताउछन । आफूले अध्यक्ष पद त्यागेको कारण वरिष्ठ उपाध्यक्ष आफूले पाउनु पर्ने तर्क व्यक्त गरेका छन् ।

    ईश्वर पोखरेलको कुराकानी सुनेपछि अध्यक्ष ओलीले सुवास नेम्वांगलाई फकाउने कोशिष गरेका छन् । केपी ओलीले सुवास नेम्वांगलाई निर्वाचन पश्चात एमाले पार्टीबाट राष्ट्रपति बनाउने पक्का गर्दै वरिष्ठ उपाध्यक्ष पद ईश्वर पोखरेललाई छोडिदिन आग्रह गरेका छन् । राष्ट्रपतिको लागि एमाले पार्टीमा उपयुक्त तपाई नै हो भन्दै सुवास नेम्वांगलाई ओलीले फकाउने कोशिष गरेका हुन् ।

    सुवास नेम्वांगले भने अहिले राष्ट्रपति भन्दा पार्टीमा आफूलाई उपयुक्त ठाउँ चाहेको माग गरेका छन् । सुवास नेम्वांगले केपी ओलीलाई राष्ट्रपति भनेको पछिको कुरा हो तर अहिले आफूले के आधारमा छोड्ने भनें तर्क प्रस्तुत गरेका छन् । 

    सुवास नेम्वांगले सबै सर्वसम्मत जाने गरि अध्यक्ष ज्युले चाहेको भए मैले अध्यक्ष ज्युलाई साथ दिनुपर्छ भनेका छन् तर ईश्वर पोखरेलसंग पनि एकचोटी वार्ता गरेर टुंगो लाउने बताएका छन् ।

    सुवास नेम्वांगसंगै केपी ओलीले अष्टलक्ष्मी शाक्यलाई समेत उपाध्यक्षबाट यो पल्ट आफ्नो दाबी छोड्न आग्रह गरेका छन् । मुख्यमन्त्री बनाएको र फेरि सरकारमा जाँदा प्राथमिकतामा राख्ने भन्दै अहिले अरुलाई मौका दिन आग्रह गर्दै अष्टलक्ष्मी शाक्यलाई उपाध्यक्ष पदको दाबी नगर्न ओलीले आग्रह गरेका छन् ।


    मंसिर ११, २०७८ शनिवार १४:३९:११ बजे : प्रकाशित


    मोनीका सिंह

    ओलीले वास्ता नगर्दा अध्यक्षमा उमेद्वारी दिन वाध्य भए भिम रावल

    रोहित शर्मा

    मंसिर १२

  • 588
    SHARES
  • ओलीले वास्ता नगर्दा अध्यक्षमा उमेद्वारी दिन वाध्य भए भिम रावल

    काठमाडौं । नेकपा एमालेको बन्दसत्रको आज दोश्रो दिन सर्वसम्मत नेतृत्व चयन गर्नेबारे केपी ओली बसेको होटलमा छलफल चलिरहेको छ । अधिकांशले सहमतिमा जाने दबाब दिईरहँदा अध्यक्ष पदको उमेद्वारी दिन लागेका भिम रावल भने आफ्नो अडानबाट पछि हटेका छैनन् ।

    images

    अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारी र सदस्य तोक्ने सर्वाधिकार हिजो बसेको बन्द सत्रले दिएको थियो तर भिम रावलले भने निर्वाचन मै जानुपर्ने भन्दै विरोध गरेका थिए । आफू अध्यक्ष पदका लागि उमेद्वारी दिने र निर्वाचनबाट नै पदाधिकारी र सदस्य चुनिनु पर्ने माग गर्दै नेता रावलले विरोध गरेका थिए । तर अधिकांश नेताहरुले भिम रावललाई सहमतिमा आउन दबाब दिएका थिए ।

    भिम रावलसंग घनश्याम भूषाल पनि निर्वाचन हुनुपर्ने माग गरेका थिए तर रावलको विरोधलाई अधिकांश नेताहरुले फितलो बनाईदिए र अध्यक्ष ओलीलाई सर्वाधिकार दिने निर्णय गरे ।

    अधिकांश नेताहरुले केपी ओलीलाई समर्थन गरेको र भिम रावलको विरोध माथि पनि विरोध गरेको देख्दा निर्वाचन भयो भने पनि ठूलो मतले अध्यक्ष जित्ने केपी शर्मा ओली नै हो भन्ने प्रष्ट देखिन्छ । यो कुरा भिम रावलले पनि बुझेको उनी निकट नेताहरु बताउछन । हार्ने थाहा हुँदाहुँदै भिम रावल किन ओलीसंग भिड्न खोजेको भन्ने प्रश्न अहिले पेचिलो बनेको छ ।

    उपाध्यक्ष पाए भिम रावल सहमति मै जाने, ओली संग भेटाउने तयारी उपाध्यक्ष पाए भिम रावल सहमति मै जाने, ओली संग भेटाउने तयारी

    यस विषयमा बुझ्न खोज्दा उनी निकट एक नेताले भने, "डा. भिम रावललाई अध्यक्ष केपी शर्मा ओलीले एकचोटी पनि फोन गरेर भेटेर सहमतिमा जाने वातावरण बनाउनु भएन त्यही भएर पनि नेता रावल रुष्ट हुँदै उमेद्वारी दिन खोज्नु भएको हो । केपी ओलीले प्रधानमन्त्री बन्दा नेता रावललाई वरिष्ठ उपाध्यक्ष बनाउने सम्म भन्नु भएको थियो तर अहिले महाधिवेशन आएपछि कुनै वास्ता नगरेपछि भिम रावलले उमेद्वारी दिन खोज्नु भएको हो ।"

    भिम रावललाई वरिष्ठ उपाध्यक्ष दिने ओलीको वाचा पूरा गर्नुपर्ने माग उनी निकट नेताको रहेको छ । उनले थपे, "नेता रावलले फेरि बार्गेनिंग गर्न यो उमेद्वारी दिनु भएको भने होईन । वरिष्ठ उपाध्यक्ष दिन नसके एकचोटी अध्यक्षमा उठ्न खोज्नु भएको रावललाई अध्यक्ष ज्यूले फोन गरेर भएपनि यो पाली सहमतिमा जाउँ भन्न सक्नुहुन्थ्यो तर वहांले भिम रावललाई वास्ता नै गर्नुभएन ।"

    भिम रावललाई पार्टी भित्र अधिकांशले सहमतिमा जान दबाब दिइरहेका छन् । हिजो मात्र नेता रावलले सहमतिमा सबै गए म पनि जान्छु भनेका थिए तर त्यति भन्दा पनि अध्यक्ष ओलीले सहमतिमा ल्याउन आफूले रावलसंग वार्ता नगरेकोले रुष्ट भएर भिम रावलले उमेद्वारी दिन खोजेका हुन् ।

    आज बिहान केपी ओली निकट नेताहरुले सकेसम्म भिम रावल र अध्यक्ष ओलीलाई भेट गराउने र रावललाई उपाध्यक्ष पद दिएर सहमतिमा ल्याउने कोशिश गरिरहेका छन् । अध्यक्ष ओली भने रावलसंग भेट्न अहिले पनि चाँसो देखाएका छैनन् ।


    मंसिर १२, २०७८ आइतवार ११:३४:०१ बजे : प्रकाशित


    रोहित शर्मा

    केपी ओली र भिम रावलको आगो पानी जस्तो सम्बन्ध, यस्तो छ इतिहास

    केपी ओली र भिम रावलको आगो पानी जस्तो सम्बन्ध, यस्तो छ इतिहास

    काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनमा अध्यक्ष पदको लागि अहिले केपी शर्मा ओली र भीम रावल भिड्दैछन् । अध्यक्ष ओली सकेसम्म सर्वसम्मतबाटै नयाँ केन्द्रीय कमिटी बनाउने गरी छलफलमा जुटेका छन् । तर रावल भने ओलीले सहमतीको लागि वास्ता नगरेको भन्दै अध्यक्षमा लड्ने भन्दै भोट माग्न कस्सिएका छन् ।

    images

    कुनै समय एउटै प्यानलमा रहेका ओली र रावल अहिले प्रतिस्पर्धामा लागेका छन् । यसअघि २०६५ सालमा भएको एमालेको आठौं महाधिवेशनमा ओली र रावल एउटै प्यानलमा थिए । रावल त्यसबेला तत्कालीन अध्यक्ष झलनाथ खनालको प्यानलबाट ओलीको प्यानलमा आएका थिए । पदाधिकारी मागेका रावललाई खनालले सेती अञ्चलतर्फको केन्द्रीय सदस्य मात्र दिने भनेपछि रावल महाधिवेशनको मुखैमा ओलीतर्फ लागेका थिए ।

    ओलीले आफ्नो प्यानलमा रावलसहित अशोक राई र विद्या भण्डारीलाई उपाध्यक्ष राखेका थिए । तर महाधिवेशनमा ३ जना मध्ये रावल मात्र हारे । यस्तै उक्त महाधिवेशनमा  तत्कालीन अध्यक्ष झलनाथ खनालको प्यानलबाट वामदेव गौतमले जिते । त्यसपछि माधव नेपालको सरकारमा ओलीको प्यानलबाट रावललाई गृहमन्त्री बनाइयो । माधव नेपालको सरकारमा आफु सहभागी भएपछि उनी उतै नजिक हुन थाले ।

    २०७१ सालमा नवौं महाधिवेशन भयो । उक्त महाधिवेशनमा रावल माधव नेपालकै प्यानलबाट उपाध्यक्षमा उठे र जिते पनि । महाधिवेशनमा ओलीले अध्यक्ष पदमा जिते । नेपालको प्यानलबाट उपाध्यक्ष पद जितेपछि पनि ओलीसँग रावलको सम्बन्ध राम्रै थियो । पार्टी सञ्चालनमा पनि रावलले ओलीलाई धेरै सहयोग पनि गरे । संविधानसभाबाट संविधान निर्माण क्रममा पनि ओली र रावलबीच राम्रो साझेदारी भयो ।

    २०७२ सालमा ओलीले सरकार नेतृत्व गर्दा रावललाई उपप्रधानमन्त्री र रक्षामन्त्री पनि दिए । त्यसपछि एमाले र माओवादी केन्द्रबीच एकता भयो । २०७४ सालमा एकता भयो, तर ओलीले सचिवालयमा रावललाई छुटाए । रावलको आफू सचिवालयमा हुनुपर्ने भनाई थियो । तर ओलीले भने वास्ता नगरी विष्णु पौडेललाई महासचिव बनाए । त्यस समयदेखि नै रावल ओलीसँग असन्तुष्ट थिए ।

    रावललाई नयाँ निर्वाचनपछि पनि सरकारमा ल्याएनन् । त्यसपछि रावलले संसदमा पनि ओलीको आलोचना गर्न थाले । ओलीसँग सम्बन्ध राम्रो हुन नसकेपछि रावल माधवतर्फ ढल्किए । माधव र प्रचण्डसँग मिलेर नेकपा अध्यक्षबाट ओलीलाई हटाउनुपर्ने टार्गेटमा रावल लागे । त्यसपछि उनले प्रतिनिधिसभा विघटन गर्ने ओलीको निर्णयविरूद्ध पनि बोल्न थाले । कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने अविश्वासको प्रस्तावमा पनि उनले सहमती जनाए । 

    तर अचम्म भैदियो, आफूले संसदबाट विश्वासको मत लिनु भन्दा अघि ओलीले रावललाई भेट गरे । ओलीसँगको भेटपछि रावल बदलीए । उनी ओलीले विश्वासको मत लिने दिन संसदमा आइदिएनन् । यता, माधव समूहले भने ओलीविरूद्ध मतदान गर्ने निर्णय पनि गरेको थियो । पछि रावल किन संसदमा आएनन् भन्ने कुरा उठ्यो । रावलले आफु पार्टी एकताको पक्षमा रहेकोले सांसदमा अनुपस्थित भएको बताए ।

    उनले ओली र नेपाल मिल्नुपर्ने बताए । उनीसँगै पार्टी एकताको पक्षमा योगेश भट्टराई, अष्ट लक्ष्मी शाक्य, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भूषाल लगायत पनि लागे । पछि नेता नेपालले एमालेबाट छुट्टिएर एकीकृत समाजवादी पार्टी खोलेपछि रावल ओलीतर्फ नै लागे । त्यहाँसम्म आइपुग्दा ओली र रावलको सम्बन्ध पनि राम्रै थियो । तर पछि एमालेको सुदूरपश्चिम इन्चार्जको बिषयपछि रावल फेरि ओलीसँग रिसाए ।

    ओलीले रावललाई सुदूरपश्चिम इन्चार्ज नबनाई माओवादीबाट आएका नेता लेखराज भट्टलाई बनाइदिए । रावल लगायतका नेताले १० बुँदे सहमति कार्यान्वयन नभएको पनि बताउदै आए । अहिले १०औं महाधिवेशनमा अध्यक्ष पदको लागि रावलले उम्मेदवारी दिएका छन् ।


    मंसिर १२, २०७८ आइतवार १४:०३:०६ बजे : प्रकाशित


    नेत्र प्रसाद भुसाल

    भिम रावलको योजना : पूर्वमाओवादी नेताहरुलाई पराजित गर्ने

    रौनक निरौला

    मंसिर १३

  • 4.1K
    SHARES
  • भिम रावलको योजना : पूर्वमाओवादी नेताहरुलाई पराजित गर्ने

    काठमाडौं । नेकपा (एमाले)को १०औँ महाधिवेशनमा अन्ततः निर्वाचन हुनेभएको छ । बन्द सत्रमा अधिकांश नेताहरुले सर्व सम्मतबाटै पदाधिकारीको टुंगो लगाउन अध्यक्ष ओलीलाई अधिकार दिएका थिए तर नेता भिम रावल र घनश्याम भूषालले निर्वाचनको माग गरेपछि अब निर्वाचन हुने पक्का भएको छ ।

    images

    भिम रावलले अहिले केपी ओलीसंग अध्यक्षको लागि प्रतिस्पर्धा गर्ने समय नभएको भन्दै भिम रावल विरुद्ध अधिकांश नेताहरु आक्रोशितसम्म भएका थिए तर भिम रावलले आफ्नो आलोचना सुन्दा सुन्दै निर्वाचनको माग जोड तोडका साथ गरिरहे । भिम रावलसंग जित्ने भोट नभए पनि केपी ओलीसंग किन निर्वाचनमा भिड्न खोजे भन्ने प्रश्न अहिले महाधिवेशनमा चर्चाको विषय बनेको छ ।

    भिम रावललाई उपाध्यक्षमा बसेर सर्वसम्मतमा जाने बाटो खोल्न धेरै छलफल गरेपनि भिम रावलले आफ्नो अडानबाट पछि हटेनन् । बरु उल्टै केपी ओली आफूसंग डराएको भन्दै निर्वाचन गराउन जोड तोडका साथ लागिरहे । केपी शर्मा ओलीले पनि भिम रावलसंग भेट्न चाँसो देखाएनन् । बरु उल्टै आफूले ल्याएको सूचीबाट भिम रावलको नाम नै हटाइदिए ।

    ईश्वर पोखरेलसंग वरिष्ठ उपाध्यक्षमा किन लड्न चाहेनन् सुवास नेम्वाङ ? ईश्वर पोखरेलसंग वरिष्ठ उपाध्यक्षमा किन लड्न चाहेनन् सुवास नेम्वाङ ?

    अहिले केपी ओली र भिम रावलले अध्यक्ष पदको लागि उमेद्वारी दिइसकेका छन् । भिम रावललाई सुरुवातीमा समर्थन गरेका '१० भाई' मानिने नेताहरुले समेत अहिले भिम रावलको साथ छोडिसकेका छन् । घनश्याम भूषाल बाहेक अरु सबै नेताहरुले भिम रावलको यो कदमलाई आत्मघाती भनिरहेका छन् । यहि विषयमा खास के हो भनेर बुझ्न खोज्दा महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले भिम रावलको नियतमाथि टिप्पणी गरेका छन् ।

    नाम नखुलाउने शर्तमा एक नेताले भने, "भिम रावलको उद्देश्य भनेको नै अहिले केपी ओलीसंग बार्गेनिंग गर्ने थियो तर त्यो भन्दा मुख्य भनेको वहाँलाई पूर्व माओवादीका नेताहरु एमालेमा आएर रजाई गरेको हेर्न सकेका छैनन् । भिम रावलले जसरी पनि पूर्व माओवादी नेताहरुलाई सर्वसम्मत कुनै पद दिन नहुने निर्णयका साथ निर्वाचनको माग गरेका हुन् । निर्वाचन भएमा पूर्व माओवादीका नेताहरुले कुनै हालतमा जित्न नसक्ने र त्यसो भएमा आफ्नो नै हालीमुहाली हुने भएर निर्वाचनको माहोल सिर्जना गरेका हुन् ।"

    भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा ! भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

    केपी शर्मा ओलीसंग निकट रहेका युवा नेता गुरु भट्टराई समेत भन्छन, "नेकपा कालको एकता प्रकृयाबाट आएका माओबादी पृष्ठभुमिका नेताहरुलाइ कमजोर बनाएर (हराएर) एमाले एकता भङग गर्न रावलहरुले प्रयत्न गरिरहेका छन् । एमालेमा “लोकतन्त्र” भन्ने नारा भड्काएर रावलहरु एमालेलाइ अझै कमजोर बनाउन खटिएका छन् । सचेत प्रतिनिधीहरुले यसमा गम्भीर रुपमा ध्यान दिन आवश्यक छ । मुलुक र पार्टी शीरमा राखेर विवेक प्रयोग गरौं । यो पार्टी जीवनमा बिषेश परिस्थिति हो ।"

    सांसद समेत रहेका एक नेताले यही विषयमा टिप्पणी गर्दै भने, "भिम रावल सुदूर पश्चिम इन्चार्जमा लेखराज भट्टलाई अघि सारेपछि रुष्ट भएका हुन् । वहाँलाई अब पूर्व माओवादीबाट एमालेमा रहनु भएको नेताहरुले आफ्नो ठाउँ ओगट्ने भन्दै अहिले निर्वाचनको माहोल बनाएर पूर्व माओवादीका नेताहरुलाई लखेट्न खोजेका हुन् ।"

    "भिम रावल समुहले राम बहादुर थापा 'बादल' लाई हराउन घनश्याम भूषाललाई उठाए भने टोपबहादुर रायमाझीलाई सचिवमा हराउन भिम आचार्यलाई उठाएका हुन् ।" एक नेताले भने ।

    भिम रावलसंग यस विषयमा बुझ्न खोज्दा नेता रावलले भने, "कसले के भने किन भने भन्ने कुरामा म ध्यान दिन चाहन्न । निर्वाचन भनेको लोकतान्त्रीक प्रक्रिया हो र मैले यो माग गर्नुमा किन शंका गरेको ? मैले लोकतान्त्रीक प्रक्रियाबाट अध्यक्ष देखि अरु पदाधिकारीहरु चयन गर्ने माग गरेको हो ।"


    मंसिर १३, २०७८ सोमवार ११:२५:०२ बजे : प्रकाशित


    रौनक निरौला

    भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

    मोनीका सिंह

    मंसिर १४

  • 3.6K
    SHARES
  • भिम रावलले निर्वाचन लड्दा प्रचण्डलाई फाईदा !

    काठमाडौं । नेकपा एमाले को १० औं महाधिवेशन अहिले चितवनमा भईरहेको छ । आज महाधिवेशनको अन्तिम दिन निर्वाचन प्रक्रिया भर्खरै सकिएको छ भने केही क्षण मै मत गणना सुरु हुँदैछ ।

    images

    निर्वाचन हुँदै गर्दा अधिकांश नेताहरुले अध्यक्षमा केपी शर्मा ओलीलाई नै दोहोर्याउनु पर्छ भनिरहेको पाईएको छ । यो माहोल हेर्दा आजको निर्वाचनमा केपी शर्मा ओलीले नै जित्ने सम्भावना देखिन्छ । यत्ति बुझ्दा बुझ्दै भिम रावलले किन केपी ओलीसंग लड्न खोजे र उपाध्यक्ष पद किन स्वीकार्न खोजेनन् भन्ने प्रश्न महाधिवेशनमा उठिरहेको छ ।

    भिम रावलले भने आफू लोकतान्त्रीक प्रक्रियाबाट नेतृत्व चयन होस भन्ने पक्षमा रहेकाले निर्वाचनको माग गरेको बताएका छन् । तर भिम रावललाई के फाईदा केपी ओलीसंग हार्नुमा भन्ने जटिल प्रश्न अझै पनि तेर्सिएको छ ।

    भिम रावलको योजना : पूर्वमाओवादी नेताहरुलाई पराजित गर्ने भिम रावलको योजना : पूर्वमाओवादी नेताहरुलाई पराजित गर्ने

    भिम रावलले निर्वाचनमा जानु भनेको पूर्व माओवादीका नेताहरु माथि आक्रमण गर्न खोज्नु हो भनेर पनि महाधिवेशनमा केही नेताहरुले टिप्पणी गरेका छन् । भिम रावल आफू उठेर पूर्व माओवादीका नेताहरुलाई सर्वसम्मत निर्वाचित हुनबाट रोक्न खोजेर निर्वाचन प्रक्रियाको माग गरेको अधिकांश नेताहरुले बताउन थालेका छन् ।

    भिम रावल कत्तै नेकपा एमाले पार्टी छोडेर माधव नेपालको पार्टी तर्फ जानलाई यो बखेडा निकालेका हुन् कि भन्ने सम्म चर्चा चलेको छ तर भिम रावलले क्यानडा नेपालसंग कुराकानीमा प्रष्टसंग भने, "हार जित भनेको निर्वाचनमा हुन्छ नै तर म कुनै पनि हालतमा पार्टी छोडेर जाँदिन ।" भिम रावलले आफू पार्टी छोड्न यो गरेको होईन भनेर प्रष्टसंग भनेका छन् ।

    नेकपा एमालेको महाधिवेशनमा निर्वाचन हुने भएपछी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' मख्ख परेका छन् । श्रोतका अनुसार खुमलटारमा अहिले खुशी छाएको छ । भिम रावलले निर्वाचनको माग गरेपछि मुख्यत फाईदा प्रचण्डलाई हुने भएकाले प्रचण्ड खुशी भएको श्रोतले जनाएको छ । 

    भिम रावलले निर्वाचनको माग गर्दा मुख्य तीन नेताहरुलाई असर पर्ने देखिएको छ । पूर्व माओवादीका तीन नेताहरुलाई निर्वाचनमा सर्वाधिक भोट ल्याउन र जित्न गार्हो पर्ने देखिएको छ । उपाध्यक्षमा राम बहादुर थापा 'बादल', सचिवमा टोप बहादुर रायमाझी र लेखराज भट्टलाई चुनावमा भोट ल्याएर जित्न गाह्रो पर्ने भएकाले प्रचण्ड खुशी भएका छन् ।

    केपी शर्मा ओलीले यी तीन नेताहरुलाई सर्वसम्मत निर्वाचित गराउने अठोट लिएका थिए र बन्द सत्रमा यी तीनको नाम समेत सुनाएका थिए । तर भिम रावल पक्षले निर्वाचनको दाबी गरेपछि प्रचण्ड अहिले मख्ख परेका छन् । खुमलटार निकट श्रोतका अनुसार निर्वाचनमा जाने भएपछी पूर्व माओवादीका नेताहरु पराजित हुने पक्का हो जसका कारण पनि प्रचण्ड खुशी छन् ।

    "आफ्नो पार्टी छोडेर एमालेमा के के न गर्छु भनेर गएकाहरु अब निर्वाचनमा जित्नु असम्भव जस्तो हो । अब एमालेमा केन्द्रीय सदस्यमात्र हैसियत पाएपछि माओवादी छोडेको पिडा हुन्छ । अनि कि त माओवादीमा फर्किनु पर्यो कि त खुम्चिएरै बस्नुपर्यो । माओवादी छोडेपछिको हविगत के हुन्छ देखिने भयो भनेर प्रचण्ड मख्ख हुनुहुन्छ ।"

    यो संगै अर्को कारण प्रचण्ड खुशी हुनुको कारण उल्लेख गर्दै भने, "प्रचण्डलाई अहिले तनाब अर्को छ । धेरै नेताहरु माओवादी छोडेर एमालेमा जान्छौ भन्दै धम्की दिन थालेका छन् । नारायणकाजी श्रेष्ठले त केपी ओलीसंग भेटि पनि सक्नु भयो भन्ने सुनेका छौं । अब माओवादी छोडेर जानेको हविगत के हुन्छ भन्ने यो निर्वाचनबाट देखिने भएकाले प्रचण्ड खुशी छन् । अब माओवादीमा एमाले जान्छौ भन्ने धम्की दिने कम हुन्छन ।"

    यदी राम बहादुर थापा 'बादल' सहितका यी तीन नेताहरु निर्वाचित भए भने माओवादी केन्द्रबाट अरु थप असन्तुष्ट नेताहरु एमाले प्रवेश गर्ने सम्भावना बढ्ने देखिन्छ । त्यसैले यो निर्वाचनबाट यी तीन नेताहरुले ठाउँ नपाउँदा पूर्व माओवादीका नेताहरु छोडेर नजाने भएकाले प्रचण्ड अहिले खुशी भएका छन् ।


    मंसिर १४, २०७८ मंगलवार ११:५१:०२ बजे : प्रकाशित


    मोनीका सिंह

    images
    images
    images
    images
    ताजा खबर