• Dec 07 2021 | २०७८, मंसिर २१गते

२०७८, मंसिर २१गते

निमोनियाबाट छुटकारा पाउन अपनाउनुहोस् यस्ता उपाय

क्यानाडा नेपाल मंसिर ५ २०७८
  • 1.2K
    SHARES
  • images
    images
    निमोनियाबाट छुटकारा पाउन अपनाउनुहोस् यस्ता उपाय

    काठमाडौँ।  निमोनिया एक प्रकारको छातिको संक्रमण हो, जसले फोक्सोको बाँया वा दायाँ भाग वा कहिलेकाँही सम्पूर्ण फोक्सोलाई नै असर गर्न सक्छ । निमोनिया भाइरस, ब्याक्टेरिया र फंगसबाट हुने गर्दछ, जसले फोक्सोमा रहेको एलभियोली अर्थात् हावा भरिने थैलीहरु सुन्निने र संक्रमणका कारण पानी र पिप जम्मा हुने गर्दछ । जसका कारण फोक्सोलाई रगतबाट अक्सिजन प्राप्त गर्न कठिनाई हुन्छ। जसले गर्दा श्वासप्रश्वासमा बाधा पुग्दछ।

    images

    एन्टिबायोटिकको व्यापक विकासका कारण न्युमोनियाको मृत्युको दर हृवात्तै घटे पनि त्यसले खतरनाक अवस्थासम्म पुर्‍याउँदछ। ७० वर्ष नाघेका व्यक्तिहरूमा  पनि अझै निमोनिया मृत्युको प्रमुख कारणहरू मध्ये एक हो।  नेपालमा बाल मृत्युको सबैभन्दा प्रमुख कारण निमोनिया नै हो । नेपालमा हरेक वर्ष निमोनियाको कारणले १५,००० बालबालिकाको मृत्यु हुने अनुमान गरिएको छ।  

    कोभिड र निमोनिया

    कोभिड -१९ संक्रमणले पनि  निमोनिया जटिल समस्याहरु निम्त्याउन सक्छ। र यसले निम्त्याइ रहेको पनि छ।  नेपालमा मात्रै नभएर विश्वभर कोभिडका जटिल बिरामीहरुमा निमोनिया देखिएको सर्वज्ञात नै छ। कोभिड र निमोनिया दुवैले फोक्सोलाई असर गर्ने गर्दछन् । कोरोना लागेका अधिकांश बिरामीहरुमा पनि श्वास–प्रश्वासको जटिलता आएको र त्यसले निमोनिया निम्त्याएको उदाहारण विश्वमा देख्न सकिन्छ। त्यसैले निमोनियाका लक्षणहरूलाई बेवास्ता गर्ने गल्तीले धेरै समस्या निम्त्याउन सक्छ। विशेष गरी, कोरोना भाइरसको यो युगमा, जहाँ यो भाइरसले फोक्सोमा सीधै आक्रमण गर्छ, त्यसैले कोरोना तथा निमोनियाका लक्षणहरूलाई बेवास्ता गर्नु हानिकारक साबित हुन सक्छ।  

    लक्षणहरू 

    निमोनियाका बिरामीहरुमा खोकी लाग्नु, ज्वरो आउनु, शरीर कम्पन हुनु, सास फेर्न अफ्ठ्यारो हुनु, खोक्दा वा गहिरो सास फेर्दा छातिमा दुखाइ हुनु, टाउको दुख्नु, भोक नलाग्नु, शरीर गल्नु वा थकान महसुस गर्नु र वान्ता आउनु लगायतका सामान्य लक्षणहरु देखापर्न सक्छ। यदि यस्तै समस्या वा निमोनियासँग सम्बन्धित अन्य कुनै लक्षण देखापरे चिकित्सकलाई सम्पर्क गर्नु आवश्यक हुन्छ ।  

    चिकित्सकलाई कति बेला देखाउने ?

    सामान्य निमोनियालाई घरेलु उपचारले पनि ठिक गर्न सकिन्छ।  तर, बिरामीको गम्भीरतालाई हेरेर चिकित्सकको परामर्श लिनु महत्वपुर्ण हुन्छ। यदि काम ज्वरो आएमा, छाति दुखे वा सास फेर्न अफ्ठ्यारो भएमा,  बिरामीको उमेर ५० वर्षभन्दा कम वा ६५ वर्ष भन्दा बढी भएमा, फोक्सोबाट रगत वा बाक्लो र पहेंलो कफका साथ खोकी आएमा, छिटो छिटो स्वासप्रस्वाश भएमा चिकित्सकलाई देखाउनु आवश्यक पर्दछ।  

    निमोनियाका घरेलु उपचार 

    १. बेसार

    एन्टिब्याक्टेरियल र एन्टीफङल गुणले भरिपूर्ण बेसारलाई निमोनिया भएका बिरामीका लागि फाइदाजनक घरेलु उपचारका लागि एक जडीबुटी मानिन्छ। निमोनियामा,काँचो बेसार वा बेसारको जराको चिया बनाएर पिउन सकिन्छ । कतिपएले अदुवा र बेसारलाई मिलाएर पानीमा उमालेर हर्बल चिया बनाउँने गर्दछन् जसले गर्दा  छाती दुख्ने र निमोनियामा हुने खोकीबाट राहत मिल्ने विश्वास गरिन्छ।  

    २. सरसौंको मालिश

    स्वस्थ फ्याटले भरपूर सरसौंको मालिश गर्नु पनि निमोनियाको लागि एक जडी घरेलु उपाय हो।  यस विधिमा सरसौंकोको तेलमा बेसार मिलाएर पकाउनु पर्ने हुन्छ। दुवै चिजलाई पकाई सकेपछि यसको लेपलाई छातिमा लगाउनाले निमोनियाका लक्षणहरुबाट राहत दिने विश्वास गरिन्छ।  यद्यपि, यस विधि प्रयोग गर्नु अघि, आयुर्वेद विशेषज्ञ र चिकित्सकसँग सल्लाह तथा परामर्श गर्नु उचित हुने गर्दछ।   


     पुन: सन्देश (Disclaimer) - यस लेखमा दिइएका रोगसँग सम्बन्धित सबै जानकारी सुचनाका लागि लेखिएको हो। कुनै पनि रोगको उपचारको सम्बन्धमा कुनै निष्कर्षमा पुग्न अघि कृपया आफ्नो चिकित्सकसँग परामर्श लिनुहोला।


    मंसिर ५, २०७८ आइतवार १२:४९:४० बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # निमोनिया

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    कस्ता व्यक्तिले भटमास खान हुन्छ, कस्ताले हुँदैन

  • 1.1K
    SHARES
  • कस्ता व्यक्तिले भटमास खान हुन्छ, कस्ताले हुँदैन

    काठमाडौं - हाम्रो भान्सामा सजिलै पाइने गेडागुडी भटमास हो। यसमा माछा, मासु र फलफुलमा जत्तिकै प्रोटिन प्रशस्त पाइन्छ । भिटामिन ए पनि प्रसस्त पाइने भटमासको दाल बनाएर होस् या भुटेर खानु राम्रो हुन्छ । 

    images

    यसको नियमित सेवनले स्वास्थ्यलाई फाइदा गर्छ  । यसमा अत्यधिक प्रोटीन पाइने हुनाले यसको सेवन हाम्रो स्वास्थ्यको लागी फाइदाजनक छ । भटमास केही बिरामीको लागि फाइदाजनक हुन्छ भने केहीको लागि बिष पनि बन्न सक्छ । 

    यस्ता व्यक्तिले भटमास खानु राम्रो
    शरीरलाई फिट राख्न चाहने मानिसहरुको शरिरलाई प्रोटीन चाहिने हुनाले भटमासको सेवन गर्नु राम्रो हुन्छ । यदि तपाई आफ्नो लामो,बाक्लो र चम्किलो कपाल बनाउन चाहनुहुन्छ भने आजै देखि नियमित रुपमा भटमास प्रयोग गर्नु राम्रो हुन्छ । भटमासमा अधिक मात्रामा प्रोटिन पाइन्छ जसले कपाललाई बाक्लो र चम्किलो बनाउन मदत गर्छ। यस्तै थोरै समय घुमफिर गर्ने बित्तिकै रिगाटा लाग्ने वा कमजोरी महसुस हुनेले पनि भटमास सेवन गर्नु राम्रो हुन्छ । 

    यस्ता व्यक्तिले भटमास खानुहुँदैन
    केहि रोगका बिरामीका लागि भने भटमास त्यति लाभदायक मानिदैन । यदि तपाइलाई छालाको समस्या छ भने भटमास नखानुहोस् । यस्तो समस्या हुँदा भटमास खाएमा छाला झन चिलाउने हुन्छ । 

    त्यस्तै गर्भवती वा स्तनपान गराइरहेकी महिलाले पनि भटमासको सेवन गर्नुहुदैन । यस्ता महिलाले भटमास सेवन गरेमा रिंगटा हुने र दुध पिउदा शिशुमा अपच हुने समस्या  हुन सक्छ । त्यस्तै मूत्राशयकोक्यान्सर र मधुमेह भएकाले पनि भटमासको सेवन गर्नुहुदैन । त्यस्तै मिर्गौला सम्बन्धी रोग भएकाले पनि भटमास सेवन गर्नुहुदैन । यस्ता समस्या भएकाले भटमास सेवन गरेमा गम्भिर समस्या झेल्नुपर्छ ।  


    मंसिर ६, २०७८ सोमवार २२:०४:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भटमास

  • क्यानाडा नेपाल

    जाडो मौसममा अदुवा खानुका यस्ता छन् फाइदै फाइदा

  • 1.1K
    SHARES
  • जाडो मौसममा अदुवा खानुका यस्ता छन् फाइदै फाइदा

    काठमाडौं । हरेक नेपालीको भान्छामा दिनहु अदुवाको प्रयोग गरिन्छ । अदुवा खानालाई स्वादिस्ट बनाउनको लागि मात्र नभई औषधिको रूपमा पनि प्रयोग गर्ने गरिन्छ । अदुवामा पाइने विभिन्न पोषण तत्वका कारण अहिले मानिसहरुले विभिन्न समस्या समाधानको लागि पनि प्रयोग गर्छन् । 

    images

    अदुवामा एन्टिफंगल, एन्टिब्याक्टेरियल तत्व पाइन्छ जसले शरीरमा विभिन्न संक्रमण हुनबाट जोगाउँदछ।  अदुवाले मानव शरीरमा रोग प्रतिरक्षात्मक क्षमता वृद्धि गराइ शरीर स्वस्थ बनाउन मद्दत गर्दछ । अदुवाका यी केहि फाइदा बारे जान्नुहोस्

    दम खोकीमा : एक चम्चा अदुवाको रसमा एक चम्चा मह मिसाएर बेस्सरी फिटेर विहान/वेलुका मनतातो हुने गरी तताएर खाने गरेमा खोकि ठिक हुन्छ ।

    उल्टी : अदुवा र प्याजको रस समान मात्रामा मिलाएर ३-३ घण्टाको अन्तरमा १-१ चम्चा लिनाले अथवा अदुवाको रसमा मिश्री मिलाएर पिउनाले उल्टिहुन तथा जिउमा असजिलोहुन बन्द हुन्छ ।

    हृदयरोग : अदुवाको रस पानीमा बरावरी गरी मिलाएर पिउनाले हृदयरोगमा फाइदा हुन्छ। अदुवाको सेवनबाट मुटु मजबुत हु्न्छ।

    भोक नलाग्ने समस्या : अदुवाको रसमा कागती र सिधेनुन मिलाएर सेवन गरेमा जठराग्नि तीव्र हुन्छ र त्यसले भोक जाग्दछ।

    पेट को ग्यास :आधा-चम्मच अदुवाको रसमा हिंग र कालो नुन मिलाएर खाएमा पेटमा ग्यासको समस्या रहन्न।

    रुघा-खोकी : २० ग्राम अदुवाको रसमा २ चम्मच मह विहान वेलुका लिएमा फाइदा गर्दछ । वात-कफ प्रकृतिवालाको लागि अदुवा र पुदीना विशेष लाभदायक हुन्छ ।

    खोकी र सासको रोग :अदुवा र तुलसीको रसमा मह मिलाएर पिउँदा खोकी र सासको रोग निको हुने विश्वास गरिन्छ।

    भोक नलागेमा वा पेट सफा नभएमा : भोक नलागेमा अदुवाको बारीक मा नुन मिलाएर आठ दिन सम्म दिनमा एक पटक खाने गरेमा पेट सफा हुन्छ । पेट सफा भएका कारण भोक जाग्ने समेत गर्दछ


    मंसिर ७, २०७८ मंगलवार २०:१०:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अदुवा

  • क्यानाडा नेपाल

    यस्ता छन् भिजाएको चना खानुका आश्चर्यजनक फाइदा

  • 362
    SHARES
  • यस्ता छन् भिजाएको चना खानुका आश्चर्यजनक फाइदा

    काठमाडौं - हाम्रो शरिरलाई धेरै नै फाइदा गर्ने गेडागुडी चना  हो । भुटेर होस् या भिजाएर काचै खाँदा पनि निकै स्वादिष्ट हुने गर्छ ।  धेरैले चनालाई दिउँसो खाजाको रुपमा पनि खाने गर्छन् । तर खाजा खाँदा मात्र नभई बिहान भिजाएको चना खाएमा हाम्रो शरिरको लागि फाइदाजनक मानिन्छ । पोषणको मात्रा बढि हुने चनामा प्रोटिन, फाइबर, लवण तथा भिटामिनहरु प्रशस्त मात्रामा पाइन्छ । 

    images

    विभिन्न रोग सँग लड्ने क्षमता राख्ने चनाले मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ । यस्तै भिजाएको चनाको सेबनले कोलेस्ट्रोललाई पनि नियन्त्रणमा राख्छ । जसले गर्दा कुनै पनि मुटु सम्बन्धी रोग लाग्न पनि पाउँदैन। 

    भिजाएको चनामा  फाइबर हुने हुनाले यसको सेबनले पाचन तन्त्रलाई राम्रो बनाउँछ । यसमा फलामाको राम्रो स्रोत हुने हुनाले रगतको कमी हुन पनि दिदैन । यसले पाचन क्रियालाई सन्तुलित पार्दै कब्जियत पनि हटाउँछ ।

    भिजाएको चनामा गुड़ मिसाएर खानाले पटक–पटक पिसाब लाग्ने समस्यामा राहत हुन्छ । भिजाएको चना नियमित खानाले खानाले छाला स्वस्थ हुन्छ।  यस्तै यसको सेवनले प्रजनन क्षमता तथा शुक्रकिटको गुणस्तर बढाउँछ । शरिरको तौल बढाउन पनि यसले धेरै सहयोग गर्छ ।


    मंसिर १२, २०७८ आइतवार २०:३०:२१ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    जाडोमा मरिचको सेवन गर्नु फाइदाजनक, बिग्रेको रुघाखोकी लगायत धेरै समस्याको समाधान

  • 1.0K
    SHARES
  • जाडोमा मरिचको सेवन गर्नु फाइदाजनक, बिग्रेको रुघाखोकी लगायत धेरै समस्याको समाधान

    काठमाडौं - हाम्रो भान्सामा सजिलै पाइने खाद्य पदार्थ हो मरिच । पिरो विशेषता भएपनि शरीरलाई हानि नगर्ने मरिचलाई मसलाको रुपमा प्रयोग गरिन्छ । यसको सहि प्रयोग गर्न जानेमा धेरै रोगको उपचारमा सहयोग हुन्छ ।   
     
    खासमा हामिले मरिचलाई भान्सामा मसलाको रुपमा प्रयोग गरिए पनि यसले रोग निको पार्न सहयोग गर्छ । औषधीय गुण हुने मरिचको सेबनले ज्वरो, रुघाखोकी, पाचनप्रणाली दुर्बलता लगायतका समस्याको समाधान गर्छ । 

    images

    जाडोमा मरिचको सेवन निकै लाभदायक मानिन्छ । यदि रुघाखोकी लागेमा १०–१५ दाना फुराएको मरिच पिनेर फिटेर नित्य सेवन गर्ने गरेमा बिग्रेको रुघाखोकी १ हप्तामा नै ठीक हुन्छ । यस्तै पिनास भएमा, रुघा लागेमा, टाउको दुखेमा पनि २५ दाना मुनक्का दाखको गेडा २५–३० दाना मरिच हालेर पिँध्नुहोस् र त्यसलाई दुई ग्लाँस पानीमा पकाउनुहोस् घटेपछि रोगीलाई खान दिएर सिरक ओडेर सुत्न लगाउनुहोस् ।

    घाँटी बसेर बोल्नै नसक्ने भएको छ भने पनि १०,१२ पात तुलसी ४,५ दाना मरिच र मिश्रीको टुक्रासँग चपाएर निल्दा घाँटी बसेको ठिक हुन्छ । यदि तपाइको दाँत कीराले खाएको छ भने दाँतको प्वालमा कपुर हाल्नाले दाँत दुख्न बन्द हुन्छ । त्यस्तै मरिचको धूलो, खयर, कपुर बराबर पिधेर दाँत माजेमा गिजापाक्ने, दाँत हल्लिने, कीराले खाएको  ठीक हुन्छ ।

    कम्मर दुख्ने समस्या पनि मरिचले समाधान गर्छ । आधा पाउ भुटेको कालो तिल, १० ग्राम घोडताप्रे, १० ग्राम धूलो मरिच, १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ ग्राम फुराएको हिङको धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खाएमा ठिक हुन्छ । 
     


    मंसिर १६, २०७८ बिहिवार २१:५६:२१ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    खाना खाँदा किन पानी पिउनु हुँदैन ? यस्तो छ कारण

  • 314
    SHARES
  • खाना खाँदा किन पानी पिउनु हुँदैन ? यस्तो छ कारण

    काठमाडौं - धेरै मानिसहरुको खाना खाने समयमा पानी पिउने बानी हुन्छ । तर खाना खाँदा विचमा पानी पिउने बानी राम्रो होइन । यस्तो बानी तुरुन्तै बदल्नु राम्रो हुन्छ । किनकी त्यसले तपाईको स्वास्थ्यमा फाइदा गर्दैछ । 

    images

    शरिरलाई चाहिने जति पानी पिउनु राम्रो हुन्छ, भनिन्छ तर कुनै कुनै अवस्थामा पानी पिउँदा विचार पनि गर्नुपर्छ । बैज्ञानिक दृष्टिकोणबाट हाइड्रसन र पाचन प्रणालीलाई अति आवश्यक पदार्थ पानी हो ।  

    खाना खानभन्दा ३० मिनेट पहिला पानी पिउनु राम्रो हुन्छ । यसरी पानी पिएमा त्यसले विचविचमा पानी पिउने बानी हट्दै जान्छ भने खाना पचाउने रसले त्यसपछि आफ्नो काम राम्रोसँग गर्न सक्छ ।

    यदि खाना खाँदा पानी नभइ नहुने बानी छ भने थोरै पानीको सहारा पनि लिन सकिन्छ । यस्तै पानीमा कागति मिलाइएको छ भने यसबाट पाचन क्रिया छिटो हुन सहयोग गर्छ । यदि तपाईले दिनभरी एक पटक पनि पानी पिउनु भएको छैन भने खानासँग थोरै पानी पिउनु सक्नु हुन्छ किनकी शरीरमा पानीको मात्रा कम हुन दिनु पनि हुँदैन । 

    खाना खाँदा पानी पिएमा शरिरको मेटाबोलिज्म सुस्त हुन्छ र शरिरमा पर्याप्त उर्जा दहन हुँदैन, जसका कारण मोटोपना पनि बढ्छ । यस्तै  पेटमा अम्लियपना बढ्छ । खाना खाँदा पानी पिएमा युरिक एसिडको मात्रा बढ्छ र मृगौला तथा मुटुरोगका लागि जोखिम हुन्छ । यस्तै यसरी पानी पिउँदा  अपच हुने, पेट दुख्ने लगायतका समस्या पनि देखा पर्छ । 


    मंसिर १७, २०७८ शुक्रवार २०:५२:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पानी

  • क्यानाडा नेपाल

    कम्मर दुख्ने समस्या समाधान र अनुहारको दाग हटाउन कालो तिलको यसरी प्रयोग गर्नुहोस्

  • 762
    SHARES
  • कम्मर दुख्ने समस्या समाधान र अनुहारको दाग हटाउन कालो तिलको यसरी प्रयोग गर्नुहोस्

    काठमाडौं - तिल नेपालमा प्रयोग गरिने एक तेलहन बाली हो। तिललाई धार्मिक रूपले पनि उच्च मर्यादा दिइएको  भने स्वास्थ्यको लागि पनि फाइदाजनक छ । तिल ३ प्रकारका छन् कालो तिल, सेतो तिल र झुसे तिल । 

    images

    kalo til.jpg

    यी ३ मध्ये कालो तिल हाम्रो स्वास्थ्यका लागि धेरै फाइदाजनक मानिन्छ । कालो तिलको प्रयोगले चायाँ, पोतो वा दाग, कालो घब्वा सजिलै हटाउन सकिन्छ । यस्तै कम्मर दुख्ने समस्या छ भने कालो तिलको प्रयोगले ठिक गर्न सकिन्छ । 

    कम्मर दुखेमा - आधा पाउ भुटेको कालो तिल, १० ग्राम घोडताप्रे, १० ग्राम धूलो मरिच, १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ग्राम फुराएको हिङको धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खाँदा यो समस्या कम हुँदै जान्छ ।

    मुखमा पोतो - जीरा, बोके जीरा, कालो तिल, सरस्यूँ र रायो सबैको चूर्ण बराबर मिसाएर दूधमा फिटेर बेलुका सुत्ने बेलामा पोतो वा दागमा  लगाएमा पनि ठिक हुँदै जान्छ ।  

     


    मंसिर १९, २०७८ आइतवार २०:२२:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कालो तिल

  • क्यानाडा नेपाल

    images
    images
    images
    images
    ताजा खबर