• Dec 07 2021 | २०७८, मंसिर २१गते

२०७८, मंसिर २१गते

रामायण सर्किटमा नेपाल, भारत र श्रीलंकालाई जोड्न छलफल सुरु

क्यानाडा नेपाल मंसिर ५ २०७८
  • 498
    SHARES
  • images
    images
    रामायण सर्किटमा नेपाल, भारत र श्रीलंकालाई जोड्न छलफल सुरु

    जनकपुरधाम - तेस्रो रामायण सर्किट,  मिथिला र अवधको सम्बन्ध विषयमा अन्तर्राष्ट्रिय सम्मेलन जनकपुरधामबाट सुरु भएको छ । रामायणमा भारत, नेपाल र  श्रीलंकाबीचको सम्बन्धलाई उजार गरे जस्तै तीनै देशलाई जोडने गरी रामायण सर्किटको आवश्यकता रहेकोले शनिबार तीनै देशका प्रनिधिनिहरूबीच छलफल भएको छ । 

    images

    जनकपुरधाम उपमहानगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा तीनै देशका प्रतिनिधिहरूले रामायण सर्किट, मिथिला र अवधको सम्बन्धको विषयमा आफ्ना धारणा राखेका छन् । 

    कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश २ का प्रदेश प्रमुख हरिसंकर मिश्रले २०७५ वैशाख २८ गत्ते भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन नेपालका प्रधानमन्त्री केपीशर्मा ओलीले संयुक्त रूपमा उद्घाटन गरेको जनकपुरधाम–अयोध्या बस सेवा पुनः सुचारु गर्न दुवै देशबीच समन्वय भइरहेको  बताए ।

    त्यसैगरि, कार्यक्रममा श्रीलंकाकी राजदूत हिमाली सुभाषणी अरुण तिलकाले रामायण सर्किट निर्माणले भारत नेपाल र श्रीलंका तीनवटै देशको पर्यटकीय विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् । बुद्ध धर्मावलम्बीहरूको कारणले नेपाल र श्रीलंकाको सम्बन्ध रहँदै आएको बताउँदै उनले रामायण सर्किटले यी देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने बताइन् । 

    भारत यूपिका कमिस्नर विशाल सिंहले भारतको अयोध्या र जनकपुरधामलाई जोड्न चाँडै हवाईसेवा र रेलमार्गको काम हुने बताए । अयोध्यादेखि जनकपुरधाम जोड्न बस सेवा चाँडै सुरु हुने बताउँदै उनले डबल लाइनको रेल्वे ट्याकको निर्माण कार्यसमेत भइरहेको बताए । 

    कार्यक्रममा जनकपुरधामका मेयर लालकिशोर साहले जनकपुरधाम बिना रामायण अधुरो रहेको भन्दै रामायण सर्किटलाई जनकपुरधामसँग जोड्नु अति आवश्यक रहेको बताए । इतिहासमा जनकपुरधाम र अवधको सम्बन्ध बारे लामो वर्णन गरिएको बताउँदै मेयर साहले भने, ‘त्रेता युगको सम्बन्धलाई वर्तमान समयमा पनि स्थापित गर्नुपर्ने समय आएको छ, यसको लागि दुवै देशका सरकारले पहल गर्नुपर्छ ।’
     
    जनकपुरधाम उप–महानगरपालिकाको आयोजना तथा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको सहआयोजनामा सुरु भएको सम्मेलन आइतबार सम्म चल्ने छ ।न्युज कारखाना 


    मंसिर ५, २०७८ आइतवार ०७:५९:०८ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # रामायण

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    रामजानकी विवाह पञ्चमी मेला विधिवत् रूपमा सुरु, यस्ताे छ तयारी 

  • 230
    SHARES
  • रामजानकी विवाह पञ्चमी मेला विधिवत् रूपमा सुरु, यस्ताे छ तयारी 

    जनकपुर - मिथिलाञ्चल क्षेत्रको धार्मिक तथा ऐतिहासिक रामजानकी विवाहपञ्चमी मेला शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको छ । पौराणिक कालमा सीतारामको विवाह भएको सम्झनास्वरूप प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन लाग्ने विवाह पञ्चमी मेलाकोे आकर्षणको केन्द्रविन्दु रहने जानकी मन्दिरलाई रंगरोगन गरिएको छ । मन्दिर प्रांगणमा सीतारामको चरित्रसम्बन्धी कथा प्रवचन सुरु भइसकेको छ ।

    images

    हिन्दुहरूको अराध्यदेव सीतारामको विवाहोत्सवको रूपमा मनाइने विवाह पञ्चमीमा भाग लिन भारतीय सन्त महन्थहरू जनकपुर आइपुगेकाे जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले बताए ।  विवाह पञ्चमीभन्दा एक दिन अगाडि भारतबाट  जन्तीको रूपमा हजारौँ सन्त महन्थ जनकपुर आउने गर्छन् । तर यस वर्ष कोरोनाको महामारी कायमै रहेकाले न्यून संख्यामा भारतबाट साधुसन्त आउने भएका छन् ।

    पञ्चमीका दिन जनकपुरका जानकी मन्दिरका अतिरिक्त सुन्दर-सदन (रामजानकी मन्दिर), झुलन कुञ्ज, युगलविनोद कुञ्ज, प्रेम कुट्टीसहितका मठमन्दिरमा मैथली परम्पराअनुसार सीतारामको वैवाहिक कार्यक्रमको आयोजना हुने गरेको छ । ती मन्दिरहरूमा समेत विवाह पञ्चमीको तयारी भइरहेको सुन्दरसदनका महन्थ नवलकिशोर शरणले बताए । जनकपुरमा सबैभन्दा बढी तीर्थालुको आगमन हुने यस महोत्सवमा एक लाखभन्दा श्रद्धालु भक्तजन सहभागी हुने अनुमान गरिएको छ ।  तीर्थालुका लागि बस्ने, दिशा पिसाब गर्ने तथा पिउने पानी तथा सरसफाइ लागि जनकपुरधाम उपमहनगरपालिका, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् र युवा क्लबहरूले संयुक्त्त रूपमा लिएका छन् । 

    सात दिवसीय रामजानकी विवाह महोत्सवको पहिलो दिन शुक्रबार नगर दर्शनको कार्यक्रम छ । भगवान राम र लक्ष्मणको प्रतीकका रूपमा एक जोडी बालबालिकालाई जानकी मन्दिरको प्रागंणबाट गाडी जनकपुरधामको परिक्रमा गराई नगर दर्शन गराइन्छ । नगर दर्शनमा पनि महिलाहरूले विभिन्न लोकगीत गाई राम र लक्ष्मणलाई फूलले स्वागत गर्ने चलन छ ।

    २३ मंसिरसम्म चल्ने रामजानकी विवाह महोत्सवको दोस्रो दिन शनिबार फूलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयंम्बर र साँझ विवाह तथा २३ गते रामकलेवा हुनेछ । रामकलेवाका दिन जानकी मन्दिरको परिसरमा ठूलो भोजको आयोजना गरिन्छ । जसमा साधुसन्तलाई खाना खुवाई बिदाइ दिने चलन रहेको जानकी मन्दिरका छोटा महन्थ रोशन दासले बताए । 

    नाै दिनसम्म जनकपुरधाममा मासु मदिरा बिक्री-वितरण निषेध 
    विवाह पञ्चमीको अवसरमा नाै दिनका लागि जनकपुरमा माछा-मासु र मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ ।  १७ देखि २६ मंसिरसम्म जनकपुरधाममा माछा-मासु र मदिराको बिक्री-वितरण नगर्न जनकपुरधाम उपमहानगरपालिकाले सूचना जारी गरेको छ । ‘जनकपुरधाममा प्रवेश गर्ने मुख्यद्वार र सीमा एवं जनकपुरधामस्थित परिक्रमा र परिक्रमा क्षेत्रभित्र माछा-मासु र मदिराको बिक्री वितरण, सेवन तथा कारोवार गर्न पूर्णरूपमा निषेध गरिएको छ । 

    सप्ताहव्यापी  मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गर्दै जनकपुरधामको सुरक्षा व्यवस्था कडा बनाइएको छ । चाडपर्वकै बेला केही अप्रिय घटना हुन सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको धनुषाका प्रहरी उपरीक्षक बसन्तकुमार रजौरेले बताए । सुरक्षाका लागि बाहिरबाट थप चार सय पचास सुरक्षाकर्मी मगाइएको छ । बाह्रबिघा मैदान, जानकी मन्दिरलगायतका स्थानलाई सिसिटिभीले समेत निगरानी गरिने व्यवस्था मिलाइएको उनले बताए । हदीस खुद्दार 


    मंसिर १७, २०७८ शुक्रवार १४:५०:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विवाह पञ्चमी मेला

  • क्यानाडा नेपाल

    पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् मंसिर १८ गते शनिवारको राशिफल

  • 428
    SHARES
  • पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् मंसिर १८ गते शनिवारको राशिफल

    मेष राशि - खान पानमा बिशेष साबधानी अपनाउनु होला । आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्य परीर्वतनको सम्भाबना रहेकोछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । अरुको बिश्वासमा गरीएका कार्यहरुबाट सामान्य तनाबको सामना गर्नुपर्नेछ । नयाँ लगानीका क्षेत्रमा बिशेष साबधानि रहनु पर्नेछ ।

    images

    बृष राशि - ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । निर्णय गर्ने क्षामतामा बृद्यि हुनेछ । मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । सामान्य यात्रा रहन सक्छ । प्रेमी प्रेमिकाको बिच सामान्य मनमुटाब रहन सक्छ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ ।

    मीथुन राशि - अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । अरुको सहयोग निम्ति धेरै समय ब्यतित हुन सक्छ । कुरा काट्रने ब्यक्ति हरुको बृद्यि हुनेछ । शत्रु सबल रहलान । स्वास्थ सम्बन्धि समस्या ले सताउला । आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ ।

    कर्कट राशि - मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । सामान्य आम्दानि हुनसक्ने सम्भाबना रहेको छ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ ।

    सिंह राशि - भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । सबारी साधनको प्रयोगमा ध्यान लिनु होला । तपाईको प्रगतिमा आरीस गर्ने हरुबाट बच्नु पर्ला ।

    कन्या राशि - कामको क्षेत्रमा भने साधारण झन्झट तथा अप्जस सहनु पर्ला । आय आम्दानि मा बृद्यिहुने योग रहेको छ । भौतिक स्रोत साधनको प्रयोग मा समय ब्यतित रहन सक्छ । मित्रजनको साथ सहयोग भरपुर प्राप्त रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला ।

    तुला राशि - मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । मधुर बाणीका कारण बिग्रन लागेको काम बन्ने योग रहेको छ । कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । बिश्वासिला ब्यत्तित्वहरुबाट धोकाहुनसक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

    बृश्चिक राशि - मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला ।सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । शारिरिक आलस्यता ले सताउने छ । साजेदारी काममा हात नहालेकै बेस हुने छ । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।

    धनु राशि - बिश्वासिलो ब्यक्ति बाट धोकाहुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । खराब संंगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ ।

    मकर राशि - नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन ।

    कुम्भ राशि - कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । परीबारका कोहि सदस्य हरुको स्वास्थ क्षेत्रमा झमेला पर्न सक्छ । बौधिक बिकास तथा विद्या प्राप्ति योग रहेको । सभा सम्मेलनमा सरीक हुने अबसर प्राप्त हुनेछ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ ।

    मिन राशि - मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । सबारी साधन को प्रयोगमा ध्यान दिनु होला सामान्य झन्झट रहन सक्छ । अरुको बसमा गरीएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला ।ज्यो.प.सरोज घिमिरे


    मंसिर १८, २०७८ शनिवार ०७:३३:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल

  • क्यानाडा नेपाल

    भद्रकाली माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् मंसिर १९ गते आइतबारको राशिफल

  • 290
    SHARES
  • भद्रकाली माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् मंसिर १९ गते आइतबारको राशिफल

    मेष राशि - खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । बिश्वासिला ब्यत्तित्वहरुबाट धोकाहुनसक्नेछ । गैर बिश्वसनिय कुराका पछी नलागेकै उत्तम रहनेछ । मध्यान पश्चात सामान्य यात्राकारक दिन रहनेछ । भाग्योदयका निम्ति मित्रजनहरुको साथ सहयोग आवश्यक रहनेछ ।

    images

    बृष राशि - साजेदारी काममा हात नहालेकै बेस हुने छ । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । पारीवारिक कलहमा बृद्यि हुन सक्नेछ । हरकसैको पुर्ण बिश्वासले अपजसको योग निमत्याउन सक्नेछ । मध्यान पश्चात स्वास्थका क्षेत्रमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

    मीथुन राशि - दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । खराब संंगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । शुभचिन्तकको साथ सहयोगमा बृद्यि हुनेछ । मध्यान पश्चात भने ब्यापार ब्यवसायको क्षेत्रमा सामान्य घाटा ब्यर्होनु पर्नेछ ।

    कर्कट राशि - नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन । बौधिक कार्यका क्षेत्रमा समय ब्यतित गर्दा मन प्रशन्न रहनेछ । मध्यान पश्चात तपाईका कार्यका त्रुटिहरु केलाउन प्रतिपक्क्षीहरु हरसमय तत्पर रहनेछन ।

    सिंह राशि - सभा सम्मेलनमा सरीक हुने अबसर प्राप्त हुनेछ । आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ । पारीवारिक साथ सहयोगमा बृद्यि हुनाले कार्य सम्पादनमा सहजता महसुस हुनेछ । मध्यान पश्चात मनोरञ्जन तथा अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानिका नयाँ श्रोत हरु फेला पर्नाले मनमा प्रशन्नता छाउनेछ ।

    कन्या राशि - श्रम परीश्रमको राम्रो कदर हुने समय रहेको छ । अरुको बसमा गरीएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला । तपाईका कार्यप्रतिका समर्थकहरुको बृद्यि हुनेछ । साधारण सभासम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ ।

    तुला राशि  - को योग रहेको हुनाले लगानिमा ध्यान दिनु होला । मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । साधारण वाद विवादको चपेटामा फस्ने समय रहेकोले सजग रहनुहोला । मध्यान पश्चात मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको प्रारम्भ हुनेछ ।

    बृश्चिक राशि - ब्यापार ब्यवसायको क्षेत्रमा मध्यम दिन रहेको छ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । तपाईको कार्यको श्रेय अन्य ब्यत्तिहरुलाई प्राप्त हुनेछ । मध्यान पश्चात भने भोजभतेरमा सरीक हुने अवसर जुट्नेछ । वाक चार्तुयताका कारण सबै ईष्ट मित्रजनलाई रीजाउन सकिनेछ । स्थीर सम्पतिमा गरीएको लगानि उत्तम रहेछ ।

    धनु राशि - आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ । प्रिय ब्यक्ति को भेटले मन प्रशन्न रहला । आत्मीय ब्यत्तिहरुबाट बिश्वास घात भएको महसुस हुनेछ । प्रीय मित्र हरु सगँको सम्बन्धमा तिक्तता आउनेछ । मध्यान पश्चात भने अधुराकार्य सहजता पुर्ण सम्पादन हुनेछन । सामान्य मान सम्मान प्राप्तीको योग रहनेछ ।

    मकर राशि - सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । आलस्यतालाई त्याग गरेमा आम्दानि उत्तम रहने सम्भाबना रहेकोछ । मध्यान पश्चात मित्रजनहरुको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । स्वास्थमा देखापरेको सामान्य समस्यामा बृद्यि हुन सक्नेछ ।

    कुम्भ राशि - परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । तपाईको प्रगतिमा आरीस गर्ने हरुबाट बच्नु पर्ला । सबारी साधनको प्रयोमा बिशेष सजग रहनु पर्नेछ । आम्दानिका बिभीन्न श्रोत हरु फेला पर्नेछन । बौधिक ब्यत्तित्व हरु सगँको भेटघाटको योग बन्नेछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ ।

    मिन राशि - भौतिक स्रोत साधनको प्रयोग मा समय ब्यतित रहन सक्छ । मित्रजनको साथ सहयोग भरपुर प्राप्त रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला । यात्रामा बिशेष सजग रहनु होला मध्यान पश्चात पारीवारिक साथ सहयोग द्वारा कार्य सम्पादनमा सहजता प्राप्त्त हुनेछ ।ज्यो.प.सरोज घिमिरे


    मंसिर १९, २०७८ आइतवार ०७:१०:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल

  • क्यानाडा नेपाल

    माता मनकामनाले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् मंसिर २० गते सोमबारको राशिफल

  • 196
    SHARES
  • माता मनकामनाले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् मंसिर २० गते सोमबारको राशिफल

    मेष राशि - कार्य कुसलतालको क्षेत्रबाट मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनोरञ्जनमुलक यात्रा को सम्भाबना रहेकोछ । भौतिक शुःख साधन प्राप्त हुने योग रहेकोछ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । भोगबिलासीताका साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । वाणिमा मधुरता छाउनेछ ।

    images

    बृष राशि - कार्य क्षेत्रमा लगाईएको कर्मको प्रतिफल प्राप्तीका निम्ती सामान्य प्रतिक्क्षा गर्नु पर्नेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाम्पत्य सम्बन्ध बिच सामान्य मनमुटाब रहला । बाणी तथा स्वास्थका क्षेत्रमा ध्यान दिएको बेश हूनेछ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ ।

    मीथुन राशि - खुशिको खवरको श्रवणले मन प्रशन्न रहला ।स्तान्तरण को योग रहको छ । पारीवारीक सम्बन्ध सुमधुर रहनेछ । ब्यापार ब्यबसायका निम्ती समय उत्तम रहेको छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । शारिरीक आलस्यताका कारण कार्य सम्पादनमा सामान्य ढिलाईको योग रहकोछ ।

    कर्कट राशि - समयको सदुपयोग गर्न नसक्नाले मित्रजनहरु बिच पछि परीने योग रहेकोछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । खर्च नियन्त्रण गर्न गारो पर्न सक्ला । आफन्त जनह? टाढिन सक्छन । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ ।

    सिंह राशि - लगनसिलता अनुरुप फल प्राप्ती नहुनाले मनमा खिन्नता बोध हुनेछ । सहि निर्णय गर्न नसक्नाले सामान्य अप्जस सहनु पर्ला । मानसिक चन्चताले बिद्या असफल रहला । मित्र जनको सहयोग बाट मन प्रशन्न रहला । नयाँ कामको थालनि हुन सक्छ । बोलिको कारण साथि भाई टाढिन सक्छन ।

    कन्या राशि - पारीवारीक शुख प्राप्त रहनेछ । मेहेनत को रामा्रे फल प्राप्त हु्नेछ । खानपानमा बिशेष ध्यान दिनुहोला । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । भोगबिलासीताका क्षेत्रमा मन जानेछ । हतासमा गरीएका निर्णयले असफल बनाउन सक्नेछ । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ ।

    तुला राशि - समयको सदुपयोग गर्न नसक्नाले मित्रजनहरु बिच पछि परीने योग रहेकोछ । कामको क्षेत्रमा सामान्य ढिलाई रहन सक्छ । यात्रामा सामान्य झन्जट आउन सक्छ । बल तथा पराक्रम बृद्धि हुने छ । आम्दानि क्षेत्र उत्तम रहने योग रहेको छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला ।

    बृश्चिक राशि - दाजुभाई बिच मनमुटाब रहन सक्ला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । भोगबिलासमा समय ब्यतित हुनेछ । कार्य सम्पादनमा गोप्यताको आवश्यक रहनेछ । मालसामान हराउन सक्ला । मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ ।

    धनु राशि - मान्यजनको साथ सहयोग प्राप्त होला । दाम्पत्य जिवन शुखमय बित्नेछ । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । कार्यक्षेत्रमा लगाईएको लगन शिलताको कदर हुनाले सामान्य मान सम्मान प्राप्तीको योग रहेकोछ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ ।

    मकर राशि - अनावश्यक क्षेत्रमा सन्चित रकम खर्चको योग रहेको छ । मालसामान हराउन सक्ला । नयाँ कामको थालनि नगरे कै बेश होला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत साधनको प्रयोगका क्षेत्रमा समय ब्यतित रहनेछ ।

    कुम्भ राशि - आम्दानि क्षेत्रमा बृद्धि हुने योग रहेको छ । गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा प्रयोग गरीएको समयले साथ दिनेछ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ ।

    मिन राशि - बिद्या प्राप्ति को योग रहेको छ । पारीवारिक झमेला ले सताउनेछ । सहि समयमा सहि निर्णय गर्न सकिने छ । सामान्य बादबिवादमा फस्न सकिनेछ । सामाजिक कार्यका क्षेत्रमा हाल नहालेकै बेश रहनेछ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।ज्यो.प.सरोज घिमिरे

     


    मंसिर २०, २०७८ सोमवार ०७:२३:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल

  • क्यानाडा नेपाल

    गणेश भगवानले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् मंसिर २१ गते मंगलबारको राशिफल

  • 188
    SHARES
  • गणेश भगवानले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् मंसिर २१ गते मंगलबारको राशिफल

    मेष राशि - गैर ब्यक्तिको संगतले अपजसको सामना गर्नु पर्ला । यात्रा कारक समय रहेको छ । पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । मध्यान पश्चात भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । कार्य क्षेत्रमा लगाईएको कर्मको प्रतिफल प्राप्तीका निम्ती सामान्य प्रतिक्क्षा गर्नु पर्नेछ ।

    images

    बृष राशि - ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । मध्यान पश्चात मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । मनोरञ्जनमुलक यात्रा को सम्भाबना रहेकोछ । कार्य कुसलतालको क्षेत्रबाट मान्यजनको मन जित्न सफल रहने योग रहेको छ ।

    मीथुन राशि - भोग बिलास को क्षेत्रमा समय ब्यतित हुनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । मध्यान पश्चात खानपानमा बिशेष ध्यान दिनु होला । खुट्टा तान्ने ब्यक्ति बाट बच्नु पर्ने समय छ । बाणी तथा स्वास्थका क्षेत्रमा ध्यान दिएको बेश हूनेछ ।

    कर्कट राशि - सामान्य खर्च हुने योग रहेको छ । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । मध्यान पश्चात जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । शारिरीक आलस्यताका कारण कार्य सम्पादनमा सामान्य ढिलाईको योग रहकोछ ।

    सिंह राशि - अरुको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । मध्यान पश्चात जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ । समयको सदुपयोग गर्न नसक्नाले मित्रजनहरु बिच पछि परीने योग रहेकोछ ।

    कन्या राशि - सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । समयमा सहि निर्णय गर्ने क्षमता बढ्ने छ । मध्यान पश्चात बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । मानसिक चन्चताले बिद्या असफल रहला ।

    तुला राशि - मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । मध्यान पश्चात आम्दानिको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भोगबिलासीताका क्षेत्रमा मन जानेछ । हतासमा गरीएका निर्णयले असफल बनाउन सक्नेछ ।

    बृश्चिक राशि - सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानशिक समस्या आई पर्ने छन । पठनपाठनमा भने समय राम्रो रहेको छ । मध्यान पश्चात नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । बल तथा पराक्रम बृद्धि हुने छ । आम्दानि क्षेत्र उत्तम रहने योग रहेको छ ।

    धनु राशि - नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । मेहेनत को रामा्रे फल प्राप्त हु्नेछ । खानपानमा बिशेष ध्यान दिनुहोला ।

    मकर राशि - बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । मान्यजनको साथ सहयोग प्राप्त होला । भोगबिलासमा समय ब्यतित हुनेछ । कार्य सम्पादनमा गोप्यताको आवश्यक रहनेछ ।

    कुम्भ राशि - मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ । मध्यान पश्चात आम्दानि क्षेत्रमा बृद्धि हुने योग रहेको छ । गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ ।

    मिन राशि - सभासम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । बिद्यार्थी वर्गका निम्ती समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । बिद्या प्राप्ति को योग रहेको छ । सहि समयमा सहि निर्णय गर्न सकिने छ ।ज्यो.प.सरोज घिमिरे


    मंसिर २१, २०७८ मंगलवार ०७:३२:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौँ

  • क्यानाडा नेपाल

    शिवबाटै सबैथोक आउँछन्, पुनः शिवमै फर्किन्छन्

  • 154
    SHARES
  • शिवबाटै सबैथोक आउँछन्, पुनः शिवमै फर्किन्छन्

    काठमाडौं - जब हामी 'शिव' भन्छौँ, हामी दुईवटा मूलभूत पक्षहरूलाई सङ्केत गरिरहेका हुन्छौँ ।

    images

    ‘शि–व’— ‘त्यो जुन छैन’
    'शिव' को शाब्दिक अर्थ हो, 'त्यो जुन छैन ।' आजको आधुनिक विज्ञानले हामीमाझ यो प्रमाणित गरिदिएको छ कि सबैथोक शून्यताबाट आउँछ, अनि पुनः शून्यतामै फर्किन्छ । अस्तित्वको आधार र यो ब्रह्माण्डको मूलभूत गुण नै विराट् शून्यता हो । त्यसमा भएका आकाशगंगाहरू सानातिना गतिविधिहरू मात्र हुन्- छिटाहरू जस्तै । बाँकी सबै विशाल खालीपन हो, जसलाई 'शि-व' भनिन्छ । शिव नै त्यो गर्भ हो, जसबाट सबैथोकको जन्म हुन्छ; शिव नै त्यो अन्धकार पनि हो, जसले सबैथोकलाई आफूभित्र सोस्दछ । सबैथोक शिवबाटै आउँछन्, अनि सबैथोक पुनः शिवमै फर्किन्छन् ।

    शिव- अन्धकार ! 
    त्यसैले, शिवलाई 'अस्तित्वहीन' भनिन्छ- अस्तित्व होइन । शिवलाई प्रकाशको रूपमा नभई अन्धकारको रूपमा बयान गरिन्छ । मानिसहरू प्रकाशको गुणगान गाउँछन्, किनकि उनीहरूको आँखाले उज्यालोमा मात्रै काम गर्दछ । तर, अन्धकार सदैव रहिरहेको छ । प्रकाशको अस्तित्व सीमित छ भनेर कुन सन्दर्भमा भनिएको हो भने, प्रकाशको स्रोत जेसुकै भएपनि- चाहे बिजुली बल्ब होस् वा सूर्य- अन्ततः यसले उज्यालो छर्ने क्षमता गुमाउने छ । प्रकाश शाश्वत (कहिल्यै नाश नहुने) हुँदैन । यो सदैव सीमित सम्भावना हो, किनकि यसको शुरु र अन्त्य हुन्छ । उज्यालोको दाँजोमा अन्धकार निकै विशाल सम्भावना हो । किनकि, अन्धकारको लागि कुनै पनि चिज जल्नुपर्दैन, यो सधैँ रहिरहन्छ- अन्धकार शाश्वत हो । अन्धकार जताततै हुन्छ । अन्धकार मात्र त्यस्तो हो, जुन सर्वत्र व्याप्त छ ।

    तर, यदि मैले 'दिव्य अन्धकार' भनेँ भने, मानिसहरू मलाई राक्षसको उपासक वा यस्तै अरू केही ठान्छन् । खासमा भन्नुपर्दा, पश्चिमका केही स्थानहरूमा यो प्रचार गरिएको छ कि शिव राक्षस हुन् ! तर, यदि तपाईं यसलाई एउटा परिकल्पनाको रूपमा हेर्नुहुन्छ भने, सृष्टि र यसको सृजनाको समग्र प्रकियाको बारेमा पूरै विश्वमा योभन्दा स्पष्ट र बुद्धिमानी परिकल्पना अर्को छैन । शिव शब्दको प्रयोग नगरिकनै, मैले विश्वका विभिन्न वैज्ञानिकहरूसँग यस विषयमा कुरा गरिरहेको छु । उनीहरू जिल्ल पर्छन् । "ए त्यस्तो पो हो ? यो पहिल्यै थाहा थियो ? कहिले ?" हामीले यो कुरालाई हजारौँ वर्षदेखि जानेका छौँ । लगभग सबैजसो सामान्य किसानलाई अनजानमै यसको बारेमा थाहा छ । यसको पछाडि रहेको विज्ञान थाहा नभइकनै उनीहरू यसबारे कुरा गर्छन् ।

    शिव- आदियोगी र आदिगुरु
    अर्को स्तरमा, जब हामी शिव भन्छौँ, हामी एक निश्चित योगीलाई सम्बोधन गरिरहेका छाैँ, जो आदियोगी अर्थात् प्रथम योगी हुन् साथै आदिगुरु अर्थात् प्रथम गुरु समेत हुन् । आज हामीले जुन योग–विज्ञानलाई जानेका छौँ, त्यसको जनक वा आधार स्वयं शिव हुन् । योग, टाउकोको भरमा उभिने वा जबर्जस्ती श्वास रोक्ने बारेमा होइन । योग यस्तो विज्ञान र तकनिकी हो, जसमार्फत हामी यो जीवन मूलतः कसरी सृजना भएको छ अनि यसलाई परम सम्भावनासम्म कसरी लैजान सकिन्छ भनेर जान्न सक्दछौँ ।

    योग विज्ञान, सबैभन्दा पहिले केदारनाथबाट केही दुरी माथि रहेको कान्तिसरोवर तटमा सञ्चार गरिएको थियो, जहाँ आदियोगीले आफ्ना सात शिष्यहरूमाझ यो भित्री तकनिकीलाई व्यवस्थित रूपमा प्रतिपादन गरेका थिए । यी सातजना शिष्यहरूलाई यस संस्कृतिमा सप्तऋषिको रूपमा चिनिन्छ र पुजिन्छ । योग विज्ञान सम्पूर्ण धर्महरूभन्दा पहिल्यै रहेको थियो । मानिसहरूले मानवतालाई विभिन्न चरणहरूमा अपाङ्ग बनाउने युक्तिहरू निकाल्नु अघि नै मनुष्यको चेतनालाई माथि उकास्नको लागि जरूरी रहेका शक्तिशाली साधनहरू जानिएको थियो अनि फैलाइएको थियो ।

    शिव- एउटै शब्दका दुई अर्थहरू
    अतः शिव शब्दले "त्यो जुन छैन" अनि "आदियोगी" दुवैलाई जनाउँछ । किनकि, यी दुवै पर्याय हुन् । यी— जो योगी हुन्— अनि त्यो— जुन अस्तित्वको आधार हो— दुवै एकै हुन् । किनकि, कसैलाई योगी भन्नुको अर्थ के हो भने, उनले अस्तित्वलाई स्वयंको रूपमा अनुभव गरेका हुन्छन् । यदि तपाईंले अस्तित्वलाई एक क्षणको लागि पनि आफूमा समाहित गर्नुपर्ने हो भने, तपाईं त्यो शून्यता बन्नुपर्छ । शून्यताले मात्रै सबैथोकलाई थामेर राख्न सक्दछ । कुनै वस्तुले सबैथोक थाम्न सक्दैन । एउटा भाँडोमा समुद्र अटाउन सक्दैन । यो ग्रहमा समुद्र अटाएको छ, तर यसमा सौर्य मण्डल अटाउन सक्दैन । सौर्य मण्डलमा केही ग्रहहरू र सूर्य अटाएका छन्, तर यसमा बाँकी आकाशगङ्गाहरू अटाउन सक्दैनन् । यदि तपाईं यसैगरी जानुभयो भने, अन्ततः तपाईंले यो देख्नुहुनेछ कि शून्यताले मात्रै सबैथोक आफूमा समाहित गर्न सक्दछ । योग शब्दको अर्थ मिलन हो । योगी ती हुन्, जसले यो मिलन वा एक हुनुको अवस्थालाई अनुभव गरेका हुन्छन्— अर्थात्, कम्तीमा एक क्षणको लागि भएपनि उनी पूर्ण शून्यता बनेका हुन्छन् ।

    शिव शब्दका दुई अर्थहरू— "त्यो जुन छैन" र "आदियोगी"— एक स्तरमा एकअर्काका पर्याय भए तापनि दुवै भिन्नभिन्न पक्षहरू हुन् । यो प्रतीकात्मक संस्कृति भएकोले, हामी सजिलै यसबाट त्यसमा अनि त्यसबाट यसमा ओहोर–दोहोर गरिरहन्छौँ । यो क्षणमा हामी शिवलाई शून्यता (जसभन्दा पर केही छैन) भनेर सम्बोधन गर्छाैँ; अर्को क्षणमै हामी शिवलाई ती योगीको रूपमा सम्बोधन गर्छाैँ, जसले मानवतालाई योगको समग्र प्रक्रिया प्रदान गरेका थिए ।

    शिव- जे होइनन् !
    दुर्भाग्यवश, अहिले अधिकांश मानिसहरूलाई प्रचलित क्यालेन्डरको तस्विरमार्फत शिवसँग परिचय गराइएको छ । ती क्यालेन्डरहरूमा, शिवलाई पुक्क गाला भएको र निलो वर्ण भएको देवताको रूपमा देखाइने गरिन्छ, किनकि क्यालेन्डरका चित्रकारहरूसँग एउटा मात्र तस्विर हुन्छ । यदि तपाईंले कृष्ण बनाउन भन्नुभयो भने, उनीहरूले हातमा एउटा मुरली थमाइदिन्छन्; राम बनाउन भन्नुभयो भने, हातमा वाण थमाइदिन्छन्; शिव बनाउन भन्नुभयो भने, शिरमा चन्द्रमा राखिदिन्छन्— त्यत्ति भएपछि उनीहरूको काम फत्ते हुन्छ !

    म जबजब यी क्यालेन्डरहरू हेर्छु, म कहिल्यै कुनै चित्रकारको अगाडि नबस्ने निधो गर्छु । बरु, फोटो ठीक छ— तपाईं जस्तो हुनुहुन्छ, त्यस्तै खिचिन्छ । यदि तपाईं राक्षस जस्तो देखिनुहुन्छ भने, तपाईंको फोटो पनि राक्षसको जस्तै देखिनेछ । तर, शिव जस्ता योगीको गाला पुक्क परेको किन हुन्थ्यो र ? यदि तपाईंले उनलाई ख्याउटे जस्तो देखाउनु भएको भए, सन्तोष मान्न सकिन्थ्यो, तर पुक्क गाला भएका शिव— यो कसरी हुन सक्छ ?

    योग संस्कृतिमा, शिवलाई भगवान्‌को रूपमा हेरिँदैन । उनले यस धरतीमा पाइला राखेका थिए अनि उनी हिमालयमा बसोबास गर्दथे । योग परम्पराहरूको स्रोत र जनकको रूपमा, मानव चेतनालाई माथि उठाउनमा उनको जे–जति योगदान छ, त्यो यति अद्भुत छ कि त्यसलाई बेवास्ता गर्न सकिँदैन । जे–जति तरिकाहरूमार्फत मानव प्रणालीलाई परम सम्भावनामा रूपान्तरण गर्न सकिन्छ, ती हजारौँ वर्षअघि नै आफूभित्र खोज गरेर पत्ता लगाइएको थियो । यसको गहनता र जटिलता अविश्वसनिय छ । त्यसबेलाका मानिसहरू सुसंस्कृत र बौद्धिक थिए कि थिएनन् भन्ने प्रश्नले कुनै अर्थ राख्दैन, किनकि यो कुनै निश्चित सभ्यता वा वैचारिक प्रकियाबाट जन्मिएको होइन । यो भित्री बोधबाट प्रकट भएको थियो । उनको सेरोफेरोमा के भइरहेको थियो भन्ने कुरासँग यसको कुनै सम्बन्ध छैन । यो आदियोगी स्वयंको उद्गार हो, उद्वलेन हो । उनले पूरै विस्तृत रूपमा मानव प्रणालीमा हुने हरेक केन्द्रको अर्थ दिए, साथै ती केन्द्रहरूसँग हामी के गर्न सक्छौँ भन्ने सम्भावना समेत पूरै विस्तारमा बताए । जे–जति भन्न सकिन्थ्यो, ती सबैलाई उनले यति सुन्दर र कुशल तरिकाले बताएका थिए कि आजको दिनसम्म पनि तपाईं एउटा पनि कुरालाई बदल्न सक्नुहुन्न । तपाईं केवल त्यसको अर्थ पत्ता लगाउने प्रयासमा आफ्नो पूरै जीवन बिताउन सक्नुहुन्छ ।

    यस संस्कृतिमा, परापूर्व कालमा, अधिकांश मन्दिरहरू शिवका निम्ति मात्र बनाइएका थिए— अरू कसैका लागि होइन । पछिल्लो १००० वर्षमा मात्र, अरू मन्दिरहरू निर्माण गरिएका हुन् । शिव अर्थात् "त्यो जुन छैन ।" अतः "त्यो जुन छैन" को लागि मन्दिरहरू निर्माण गरिएका थिए । "त्यो जुन छ" भौतिक हुन्छ । "त्यो जुन छैन", भौतिकभन्दा पर हुन्छ । मन्दिर यस्तो द्वार हो, जसमार्फत तपाईं त्यहाँ पुग्नुहुन्छ "जुन छैन" । शिवका निम्ति हजारौँ मन्दिरहरू निर्माण गरिएका छन्, अनि अधिकांश मन्दिरहरूमा कुनै मूर्ति छैन । त्यहाँ प्रतीकको रूपमा लिङ्ग राखिएको हुन्छ ।–सदगुरुको प्रवचनमा आधारित


    मंसिर २१, २०७८ मंगलवार ०७:५२:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शिव

  • क्यानाडा नेपाल

    images
    images
    images
    images
    ताजा खबर