• Jan 27 2022 | २०७८, माघ १३गते

२०७८, माघ १३गते

आज पनि दोहोरो अङ्कले बढ्यो नेप्से, चार कम्पनीको सेयरमा सर्किट

क्यानाडा नेपाल मंसिर १ २०७८
  • 466
    SHARES
  • images
    images
    आज पनि दोहोरो अङ्कले बढ्यो नेप्से, चार कम्पनीको सेयरमा सर्किट

    काठमाडौँ - धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । लगातार उकालो लागेको नेप्से परिसूचक आजको वृद्धिसँगै पुनः दुई हजार ८०० को बिन्दुमा पुगेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.९५ अङ्कले बढेर दुई हजार ८०१.५२ मा पुगेको हो । यस्तै, सेन्सेटिभ परिसूचक ३.९८ अङ्कले बढेर ५२५.४४ मा पुगेको छ । कूल २२४ कम्पनीको एक करोड १९ लाख ४३ हजार ८५८ कित्ता शेयर रु सात अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८२० मूल्यमा खरिद बिक्री भए ।

    images

    कारोबार भएका १३ उपसमूहमध्ये बैंकिङ ४.७२, व्यापार २५.६४, होटल तथा पर्यटन ५१.५२, जलविद्युत् ७१.९८, वित्त ३२.४२, अन्य १०५.२८ र लघुवित्त ८.६८ अङ्कले बढेको छ । विकास बैंक ७५.७९, निर्जीवन बीमा ६.२३, उत्पादन १००.६, जीवन बीमा ८४.७१, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.५२ अङ्कले घटेका छन् । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ४० अर्ब २८ करोड ४४ लाख ६० हजार १५१ बराबर पुगेको छ ।

    कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको ५८ करोड ६८ लाख ६२ हजार ९५५ बराबरको कारोबार भयो । यस्तै, महालक्ष्मी विकास बैंक ३८ करोड ५६ लाख, एशियन लाइफ इन्स्योरेन्स ३३ करोड ६६ लाख ४० हजार ७४५, नेशनल हाइड्रोपावर २६ करोड ३१ लाख १२ हजार २१९ र गरिमा विकास बैंक रु २२ करोड १९ लाख ४० हजार ८१७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

    नेप्सेका अनुसार पञ्चकन्या माई हाइड्रोपावर र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भयो । मानुषी लघुवित्त, तेह्रथुम पावर कम्पनी ९.९९ र नेपाल बङ्गलादेश बैंकका शेयरधनीले ९.९८ प्रतिशतले कमाए । त्यस्तै, बोटलर्स नेपाल तराई ७.४७, महालक्ष्मी विकास बैंक ७.४१, गुराँस लाइफ इन्स्योरेन्स ४.१३, गुह्वेश्वरी मर्चेन्ट बैंकले ३.८८ र एनआरएन इन्फास्टकचरका लगानीकर्ताले ३.०९ प्रतिशतले गुमाए ।रासस


    मंसिर १, २०७८ बुधवार १७:५९:४७ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

  • 208
    SHARES
  • हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं - नेपाल राष्ट्र बैंकले  मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ  र बिक्री दर ११९ रुपैयाँ ६० पैसा कायम गरेको छ ।

    images

    युरोपियन यूरो एकको खरिद दर १३४रुपैयाँ ७ ६ पैसा र बिक्री दर १३५रुपैयाँ ४४  पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ९० पैसा र बिक्री दर १६१ रुपैयाँ ७१ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ५२ पैसा र बिक्री दर १३१ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ०७ पैसा र बिक्री दर ८५ रुपैयाँ ५० पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ९० पैसा छ ।

    जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४७ पैसा र बिक्री दर १० रुपैयाँ ५३ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८१ पैसा र बिक्री दर १८ रुपैयाँ ९१ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

    साउदी अरबियन रियाल  एकको खरिर दर ३१ रुपैयाँ ७२ पैसा र बिक्री दर ३१ रुपैयाँ ८८ पैसा  छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ६८ पैसा र बिक्री दर ३२ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

    मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ९५ पैसा र बिक्री दर १० रुपैयाँ  कायम भएको छ ।

     


    माघ ११, २०७८ मंगलवार १०:४१:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर

  • क्यानाडा नेपाल

    ह्वात्तै बढ्यो सुनको मूल्य, यस्तो छ बजार भाउ

  • 198
    SHARES
  • ह्वात्तै बढ्यो सुनको मूल्य, यस्तो छ बजार भाउ

    काठमाडौं - सुनकाे मूल्य प्रतिताेला ५०० रुपैयाँले बढेकाे छ । साेमबारकाे तुलनामा म‌ंगलबार छापावाला सुनकाे मूल्य प्रतिताेलामा ५००ले बढेर ९४ हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल  सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

    images

    महासंघका अनुसार  सोमबार  छापावाला सुन  प्रतितोला ९३ हजार ५०० रुपैँयामा कारोबार भएको थियो ।

    यसैगरी, मंगलबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको भाउ प्रतितोला एक हजार ३०० रुपैयाँ कायम भएको छ ।


    माघ ११, २०७८ मंगलवार ११:१९:५७ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    भन्सारलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाउन आवश्यक - अर्थमन्त्री शर्मा

  • 130
    SHARES
  • भन्सारलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाउन आवश्यक - अर्थमन्त्री शर्मा

    काठमाडाैं - आज विश्व भन्सार दिवस । नेपालमा पनि ७०औँ भन्सार दिवस मनाइँदैछ । दिवसका अवसरमा अर्थमन्त्री जनार्दन शर्माले भन्सार प्रशासनलाई आधुनिकीकरण, विद्युतीय माध्यमको पूर्ण उपयोग र समग्र पूर्वाधालाई प्रविधिमैत्री बनाउन आवश्यकता रहेको बताएका छन् ।

    images

    दिवसका अवसरमा शुभकामना सन्देशमार्फत अर्थमन्त्री शर्माले भनेका छन्,  ‘सेवाग्राहीलाई झन्झटरहीत सरल र पारदर्शी सेवा आवश्यकता हो । भन्सार जाँचपासलाई सरल बनाउन आधुनिक उपकरणसमेतको व्यवस्था गर्न जरुरी छ ।’

    भन्सार प्रशासनमा कार्यरत कर्मचारीले केवल आफ्नो पेशाका लागि मात्र नभई देशकै अर्थतन्त्रलाई बलियो बनाउने जिम्मेवारी भएकोसमेत बोध हुनुपर्ने उनले उल्लेख गरेका छन् ।

    अर्थमन्त्री शर्माले विगत दुई वर्षदेखिको कोभिड-१९ संक्रमणलाईसमेत न्यून गर्न भन्सार प्रशासनले निसंक्रमण तथा शीघ्र जाँचपासका उपाय अपनाएर आपूर्ति व्यवस्थालाई नियमित गर्न र वैदेशिक व्यापारलाई सहजीकरण गर्दै आएको बताएका छन् ।

    भन्सार दिवसको अवसरमा सुरुवात भएको विद्युतीय भुक्तानी प्रणालीको दिगोपन कायम गरी भन्सार प्रशासनको आधुनिकीकरण, विकास र प्रविधियुक्त कार्य प्रणालीको व्यापार लागत घटाउन र व्यापार सहजीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्न सफलता मिलोस् भन्दै उनले शुभकामना दिएका छन् ।


    माघ १२, २०७८ बुधवार ०८:२५:३७ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    बढ्यो सुनको मूल्य 

  • 144
    SHARES
  • बढ्यो सुनको मूल्य 

    काठमाडौं - बुधबार नेपाली बजारमा सुनकाे भाउ बढेकाे छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ताेलामा चार सय रुपैयाँले वृद्धि भएकाे छ ।

    images

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार चार सय रुपैयाँ कायम भएको छ । मंगलबार पनि सुनकाे मूल्य पाँच सय रुपैयाँले बढकाे थियाे । महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो।

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार नाै सय रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँ कायम भएको छ ।


    माघ १२, २०७८ बुधवार ११:२८:०१ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर  

  • 140
    SHARES
  • हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर  

    काठमाडौं । बिहिबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ९५ पैसा तोकिएको छ । 

    images

    एक बहराइन दिनारको खरिददर ३ सय १६ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १८ रुपैयाँ २१ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ९४ पैसा तोकिएको छ ।
     
    एक युरोको खरिददर १ सय ३४ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्रीदर १ सय ३५ रुपैयाँ ३६ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९८ पैसा तोकिएको छ । 
     
    एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ६२ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९४ रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९६ रुपैया ६६ पैसा तोकिएको छ। 
     
    त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ २ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ ३ पैसा तोकिएको छ।  
     
    त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ५१ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्रीदर ८६ रुपैयाँ ५ पैसा रहेको छ । 

    mm.jpg


    माघ १३, २०७८ बिहिवार ०९:५२:०१ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?  

  • 150
    SHARES
  • ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?  

    काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । बुधबार तोलामा ४ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ९ सय रुपैयाले घटेको हो । 

    images

    बुधबार प्रतितोला ९४ हजार ४ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज चाँदीको मूल्य घटेर १२ सय ९० रुपैयामा कारोबार भइरहेको छ । 
     


    माघ १३, २०७८ बिहिवार ११:३३:०९ बजे : प्रकाशित


    क्यानाडा नेपाल