• Dec 07 2021 | २०७८, मंसिर २१गते

२०७८, मंसिर २१गते

शरीरको प्रतिरक्षात्मक प्रणाली बलियो बनाउने यी आठ तरिका

क्यानाडा नेपाल कार्तिक २२ २०७८
  • 622
    SHARES
  • images
    images
    शरीरको प्रतिरक्षात्मक प्रणाली बलियो बनाउने यी आठ तरिका

    काठमाडौं - भाइरसहरू हाम्रो जीवनमा पहिलो पटक आएका होइनन् । वास्तवमा भन्नुपर्दा, हामीभित्र अथाह मात्रामा ब्याक्टेरिया र भाइरसहरू हुन्छन् । महत्त्वपूर्ण कुरा के हो भने, यो विशेष भाइरस हाम्रो प्रणालीको लागि नौलो हो, त्यसैकारण हाम्रो शरीरले यो भाइरससँग संघर्ष गरिरहेको छ । हामी अरू कुराहरूलाई राम्रोसँग सम्हाल्न सक्षम भएका छौं, त्यसैले यो भाइरसलाई पनि नियन्त्रणमा राख्नको लागि हामीले आफ्नो शरीरमा पर्याप्त मात्रामा आवश्यक रोग(प्रतिरोधकहरू ९एन्टीबडी० उत्पादन गर्नुपर्ने हुन्छ, जसको लागि हामीले केही चीजहरू गर्न सक्छौँ । 

    images

    यो कोरोना भाइरसको औषधी होइन, तर यदि तपाईंले यी सरल चीजहरूको अभ्यास गर्नुभयो भने, तपाईंले यो देख्नुहुनेछ कि ६ देखि ८ हप्ताको अवधिमा तपाईंको प्रतिरक्षा प्रणाली ९रोगसँग लड्ने क्षमता० कम्तीमा पनि केही प्रतिशतले बढ्नेछ । आफूलाई र आफू वरपरका मानिसहरूलाई कुनै विपत्ति नपुऱ्याइकन अहिलेको परिस्थितिलाई सहजै पार गर्नको निम्ति अहिले सबैभन्दा आवश्यक कुरा भनेको नै रोगसँग लड्ने क्षमतालाई एकदमै बलियो बनाउनु हो ।

     १: नीम र बेसार

    हिमाली क्षेत्रबाहेक अरू ठाउँमा नीमको पात जताततै पाइन्छ अनि बेसार त सबैतिर यसैपनि उपलब्ध छ । अहिले मानिसहरूले एक प्रकारको बेसार बनाउँदै छन्, जसलाई सूक्ष्म बेसार भनिन्छ, जसलाई हाम्रो शरीरले सामान्य बेसारको तुलनामा निकै राम्रोसँग सोस्न सक्दछ ।

    तपाईंले दिनहुँ यो सरल कार्य गर्न सक्नुहुन्छः ८-१० वटा नीमको पात र थोरै बेसार मनतातो पानीमा मिसाएर दैनिक पिउनुहोस् । यदि तपाईंले खाली पेटमा यो पिउनुभयो भने, शरीरबाहिर रहेका जीवहरूसँग लड्ने क्षमतामा उल्लेखनीय वृद्धि हुन्छ । यसले तुरुन्तै काम गरिहाल्छ भन्ने होइन, तर तपाईंले निरन्तर सेवन गर्नुभयो भने, ३ देखि ६ हप्तामा केही भिन्नता पाउन सकिन्छ । यो एकदमै सरल प्रक्रिया हो, जसलाई सबैले आ-आफ्नो घरमा शुरू गर्न सकिन्छ । दक्षिणी भारतका प्रायः घरहरूमा यो अभ्यास पहिल्यै देखि नै चलिआएको छ । हामीले यसलाई सबैतिर भित्र्याउनु पर्छ ।

    २: च्यवनप्राश र काँचो आँप

    जीव लेगियम वा च्यवनप्राश जस्ता परम्परागत औषधीहरू छन्, जसले हाम्रो प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । यदि तपाईंको घरमा ६० वर्षभन्दा माथिका वृद्ध व्यक्तिहरू हुनुहुन्छ भने, उहाँहरूलाई च्यवनप्राश खुवाउन शुरू गर्दा राम्रो हुन्छ । यो मौसममा काँचो आँप पाउन थालिन्छ । आँप पाकुन्जेल नपर्खिनुहोस्, बरु काँचै आँप खानुहोस् । यो कोरोना भाइरसको रोकथाम होइन, तर यसले प्रतिरोधक (रोगसँग लड्ने) क्षमतालाई केही हदसम्म बढाउँछ ।

    ३: मह-मरिच-अमला

    अघिल्लो रात अमला र केही दाना मरिच (हलुकासँग कुटेर) महमा भिजाउनुहोस् । यसलाई दिनमा तीन पटक ३-३ चम्चा जति लिनुहोस् । यदि तपाईंले बिहान खाली पेटमा पहिला यो खानुभयो भने, यसले उत्कृष्ट ढङ्गले काम गर्दछ । यदि तपाईंले यसो गर्नुभयो भने, ४ देखि ८ हप्तामा तपाईंले आफ्नो प्रतिरक्षा प्रणालीमा उल्लेखनीय सुधार देख्न सक्नुहुन्छ ।

    ४: बेलको पात

    यदि तपाईंले हरेक दिन बिहान ३-५ वटा बेलका पातहरू खानुभयो भने, यसले पनि तपाईंको प्रतिरक्षा प्रणालीलाई अझ बलियो बनाउँछ ।

    ५: पर्याप्त शारीरिक गतिविधि

    अहिले मानिसहरू घरमा छन् । यदि उनीहरू यत्तिकै बसिरहेका छन्, अनि दिनैभरि केही न केही खाइरहेका हुन्छन् वा मदिरा सेवन गरिरहेका छन् भने, उनीहरू आफूलाई अझ बढी जोखिमपूर्ण बनाउँदै छन् । तपाईंले गर्न सक्ने एउटा साधारण कुरा भनेको आफूलाई शारीरिक रूपमा सक्रिय राख्नु हो । आफूलाई स्वस्थ र तन्दुरुस्त बनाउनको लागि यी हप्ताहरूको सदुपयोग गर्ने उपयुक्त समय यही हो । यदि तपाईंले केही पनि जान्नुभएको छैन भने, कम्तीमा पनि प्रत्येक दिन विभिन्न समयहरूमा— सायद एक पटकमा पन्ध्र मिनेट, दिनमा ५ देखि ६ पटक— एकै ठाउँमा उफ्रिनुहोस् (जगिङ्ग गर्नुहोस्) । यसो गर्नाले हाम्रो शरीर विभिन्न कुराहरूलाई राम्रोसँग सम्हाल्नको निम्ति सक्षम बन्दछ ।

    ६: उष्ण उत्पन्न गर्नको निम्ति मन्त्रोच्चारण

    "योग योग योगेश्वराय" मन्त्रको उच्चारण गर्नाले हाम्रो प्रणालीमा "समत् प्राण" वा उष्ण उत्पन्न हुन्छ । परम्परागत चिकित्सामा "उष्ण" र "शीत" भनेर प्रयोग गरिन्छ, जसलाई सामान्यतया "तातो" र "चिसो" भनेर बुझिन्छ, तर यसको ठ्याक्कै अर्थ त्यो होइन । यसले त्यसतर्फ सङ्केत गर्दछ, तर यसको अर्थ त्यो होइन । यदि तपाईंले पर्याप्त समत् प्राण उत्पन्न गर्नुभयो र प्रणालीमा उष्ण सृजना गर्नुभयो भने, तपाईंको प्रतिरक्षा प्रणालीले एकदमै राम्रोसँग काम गर्नेछ । यो मन्त्रले प्रतिरक्षा प्रणालीमा विशेष मात्रामा शक्ति सृजना गर्छ, किनकि यसले ताप (तपस) उत्पन्न गर्दछ ।

    कृपया, यो कुरा सबैमा एकदमै प्रष्ट होस् कि यो कोरोना भाइरसको उपचार होइन, न त रोकथाम नै हो । "मैले आज मन्त्रोच्चारण गरें, त्यसैले म बाहिर गएर गैर-जिम्मेवारपूर्ण कामहरू गर्न सक्छु" भनेर नसोच्नु होला, किनकि यसले त्यसरी काम गर्दैन । यी यस्ता प्रक्रियाहरू हुन्, जुन आफ्नो प्रणालीलाई अझ बलियो बनाउनको निम्ति केही समयसम्म गर्नुपर्ने हुन्छ, जसले गर्दा यदि अर्को भाइरस आयो भने, तपाईं त्यसलाई राम्रोसँग सम्हाल्न सक्नुहनेछ ।

    ७: आफूलाई आनन्दित राख्नुहोस्

    मानसिक तनावले निश्चय नै तपाईंको प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ । पूर्ण रूपमा उत्साहित, आनन्दित र प्रफुल्ल रहनु पनि आफ्नो प्रतिरक्षा प्रणाली र शरीरलाई राम्रोसँग काम गर्ने बनाउने एउटा सरल तरिका हो ।

    आनन्दित, समझदार र जिम्मेवार मानिसले जस्तोसुकै परिस्थिहरूलाई पनि सधैँ गम्भीर रहिरहने व्यक्तिको तुलनामा निकै राम्रो तरिकाले सामना गर्न सक्दछ । विशेषगरी यदि तपाईं आत्तिनुभयो भने, तपाईं शिथिल र कमजोर बन्नुहुन्छ । त्यसैले, यो एकदमै महत्त्वपूर्ण छ कि तपाईंका सबै सङ्कायहरू उपयुक्त स्थितिमा हुनुपर्छ— अर्थात्, तपाईंको शरीर र दिमागले जुन रूपमा काम गर्नुपर्ने हो, त्यसैअनुसार काम गरिरहेको हुनुपर्छ ।

    ८: "ईशा क्रिया" ध्यानको अभ्यास

    हामीले एउटा आधारभूत गल्ती गरेका छौँ, र त्यो के हो भने हामीलाई "म" के हो अनि "मेरो" के हो भन्नेबारे भिन्नता नै थाहा छैन । म जे-जति सङ्ग्रह (जम्मा) गर्छु त्यो "मेरो" हुन सक्छ— यतिखेर हामी त्यसमा विवाद गरिरहेका छैनौँ— तर, त्यो कहिल्यै "म" हुन सक्दैन । यदि मैले यो कपडाको टुक्रालाई म भनेँ भने, तब अवश्य नै मैले आफ्नो सन्तुलन गुमाएको हुनेछु, होइन र ? त्यसैगरी, यदि तपाईंले यो शरीर र मन नै म हुँ भन्नुभयो भने, तब तपाईंमा केही समस्या छ भन्ने बुझिन्छ । शरीर र मन, तपाईंले बाहिरबाट सङ्ग्रह गर्नुभएको हो ।

    भलै, यसले तपाईंको जीवनमा दैनिक रूपमा उथलपुथल मच्च्याइ रहेको भए तापनि, यस प्रकारको सङ्कटको क्षणमा, यो सशक्त रूपमा प्रस्तुत हुन सक्छ । यसको लागि हामीसँग एउटा सरल समाधान छ: ईशा क्रिया ध्यान— तपाईं जे हो र जे होइन, त्यसलाई छुट्याउने एउटा सरल तरिका । यो सबैका निम्ति निःशुल्क उपलब्ध छ, जसको उपयोग गर्न सक्नुहुन्छ । यदि तपाईंले आफूमा 'म के हुँ' र 'म के होइन' भन्नेबारे यतिसम्म सचेतना ल्याउनुभयो भने, यस प्रकारको चुनौतीपूर्ण समयहरूबाट सहजै अघि बढ्न निकै सजिलो हुनेछ ।


    कार्तिक २२, २०७८ सोमवार २१:१६:५५ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # शरीरको प्रतिरक्षात्मक प्रणाली

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    कस्ता व्यक्तिले भटमास खान हुन्छ, कस्ताले हुँदैन

  • 1.1K
    SHARES
  • कस्ता व्यक्तिले भटमास खान हुन्छ, कस्ताले हुँदैन

    काठमाडौं - हाम्रो भान्सामा सजिलै पाइने गेडागुडी भटमास हो। यसमा माछा, मासु र फलफुलमा जत्तिकै प्रोटिन प्रशस्त पाइन्छ । भिटामिन ए पनि प्रसस्त पाइने भटमासको दाल बनाएर होस् या भुटेर खानु राम्रो हुन्छ । 

    images

    यसको नियमित सेवनले स्वास्थ्यलाई फाइदा गर्छ  । यसमा अत्यधिक प्रोटीन पाइने हुनाले यसको सेवन हाम्रो स्वास्थ्यको लागी फाइदाजनक छ । भटमास केही बिरामीको लागि फाइदाजनक हुन्छ भने केहीको लागि बिष पनि बन्न सक्छ । 

    यस्ता व्यक्तिले भटमास खानु राम्रो
    शरीरलाई फिट राख्न चाहने मानिसहरुको शरिरलाई प्रोटीन चाहिने हुनाले भटमासको सेवन गर्नु राम्रो हुन्छ । यदि तपाई आफ्नो लामो,बाक्लो र चम्किलो कपाल बनाउन चाहनुहुन्छ भने आजै देखि नियमित रुपमा भटमास प्रयोग गर्नु राम्रो हुन्छ । भटमासमा अधिक मात्रामा प्रोटिन पाइन्छ जसले कपाललाई बाक्लो र चम्किलो बनाउन मदत गर्छ। यस्तै थोरै समय घुमफिर गर्ने बित्तिकै रिगाटा लाग्ने वा कमजोरी महसुस हुनेले पनि भटमास सेवन गर्नु राम्रो हुन्छ । 

    यस्ता व्यक्तिले भटमास खानुहुँदैन
    केहि रोगका बिरामीका लागि भने भटमास त्यति लाभदायक मानिदैन । यदि तपाइलाई छालाको समस्या छ भने भटमास नखानुहोस् । यस्तो समस्या हुँदा भटमास खाएमा छाला झन चिलाउने हुन्छ । 

    त्यस्तै गर्भवती वा स्तनपान गराइरहेकी महिलाले पनि भटमासको सेवन गर्नुहुदैन । यस्ता महिलाले भटमास सेवन गरेमा रिंगटा हुने र दुध पिउदा शिशुमा अपच हुने समस्या  हुन सक्छ । त्यस्तै मूत्राशयकोक्यान्सर र मधुमेह भएकाले पनि भटमासको सेवन गर्नुहुदैन । त्यस्तै मिर्गौला सम्बन्धी रोग भएकाले पनि भटमास सेवन गर्नुहुदैन । यस्ता समस्या भएकाले भटमास सेवन गरेमा गम्भिर समस्या झेल्नुपर्छ ।  


    मंसिर ६, २०७८ सोमवार २२:०४:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भटमास

  • क्यानाडा नेपाल

    जाडो मौसममा अदुवा खानुका यस्ता छन् फाइदै फाइदा

  • 1.1K
    SHARES
  • जाडो मौसममा अदुवा खानुका यस्ता छन् फाइदै फाइदा

    काठमाडौं । हरेक नेपालीको भान्छामा दिनहु अदुवाको प्रयोग गरिन्छ । अदुवा खानालाई स्वादिस्ट बनाउनको लागि मात्र नभई औषधिको रूपमा पनि प्रयोग गर्ने गरिन्छ । अदुवामा पाइने विभिन्न पोषण तत्वका कारण अहिले मानिसहरुले विभिन्न समस्या समाधानको लागि पनि प्रयोग गर्छन् । 

    images

    अदुवामा एन्टिफंगल, एन्टिब्याक्टेरियल तत्व पाइन्छ जसले शरीरमा विभिन्न संक्रमण हुनबाट जोगाउँदछ।  अदुवाले मानव शरीरमा रोग प्रतिरक्षात्मक क्षमता वृद्धि गराइ शरीर स्वस्थ बनाउन मद्दत गर्दछ । अदुवाका यी केहि फाइदा बारे जान्नुहोस्

    दम खोकीमा : एक चम्चा अदुवाको रसमा एक चम्चा मह मिसाएर बेस्सरी फिटेर विहान/वेलुका मनतातो हुने गरी तताएर खाने गरेमा खोकि ठिक हुन्छ ।

    उल्टी : अदुवा र प्याजको रस समान मात्रामा मिलाएर ३-३ घण्टाको अन्तरमा १-१ चम्चा लिनाले अथवा अदुवाको रसमा मिश्री मिलाएर पिउनाले उल्टिहुन तथा जिउमा असजिलोहुन बन्द हुन्छ ।

    हृदयरोग : अदुवाको रस पानीमा बरावरी गरी मिलाएर पिउनाले हृदयरोगमा फाइदा हुन्छ। अदुवाको सेवनबाट मुटु मजबुत हु्न्छ।

    भोक नलाग्ने समस्या : अदुवाको रसमा कागती र सिधेनुन मिलाएर सेवन गरेमा जठराग्नि तीव्र हुन्छ र त्यसले भोक जाग्दछ।

    पेट को ग्यास :आधा-चम्मच अदुवाको रसमा हिंग र कालो नुन मिलाएर खाएमा पेटमा ग्यासको समस्या रहन्न।

    रुघा-खोकी : २० ग्राम अदुवाको रसमा २ चम्मच मह विहान वेलुका लिएमा फाइदा गर्दछ । वात-कफ प्रकृतिवालाको लागि अदुवा र पुदीना विशेष लाभदायक हुन्छ ।

    खोकी र सासको रोग :अदुवा र तुलसीको रसमा मह मिलाएर पिउँदा खोकी र सासको रोग निको हुने विश्वास गरिन्छ।

    भोक नलागेमा वा पेट सफा नभएमा : भोक नलागेमा अदुवाको बारीक मा नुन मिलाएर आठ दिन सम्म दिनमा एक पटक खाने गरेमा पेट सफा हुन्छ । पेट सफा भएका कारण भोक जाग्ने समेत गर्दछ


    मंसिर ७, २०७८ मंगलवार २०:१०:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अदुवा

  • क्यानाडा नेपाल

    यस्ता छन् भिजाएको चना खानुका आश्चर्यजनक फाइदा

  • 362
    SHARES
  • यस्ता छन् भिजाएको चना खानुका आश्चर्यजनक फाइदा

    काठमाडौं - हाम्रो शरिरलाई धेरै नै फाइदा गर्ने गेडागुडी चना  हो । भुटेर होस् या भिजाएर काचै खाँदा पनि निकै स्वादिष्ट हुने गर्छ ।  धेरैले चनालाई दिउँसो खाजाको रुपमा पनि खाने गर्छन् । तर खाजा खाँदा मात्र नभई बिहान भिजाएको चना खाएमा हाम्रो शरिरको लागि फाइदाजनक मानिन्छ । पोषणको मात्रा बढि हुने चनामा प्रोटिन, फाइबर, लवण तथा भिटामिनहरु प्रशस्त मात्रामा पाइन्छ । 

    images

    विभिन्न रोग सँग लड्ने क्षमता राख्ने चनाले मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ । यस्तै भिजाएको चनाको सेबनले कोलेस्ट्रोललाई पनि नियन्त्रणमा राख्छ । जसले गर्दा कुनै पनि मुटु सम्बन्धी रोग लाग्न पनि पाउँदैन। 

    भिजाएको चनामा  फाइबर हुने हुनाले यसको सेबनले पाचन तन्त्रलाई राम्रो बनाउँछ । यसमा फलामाको राम्रो स्रोत हुने हुनाले रगतको कमी हुन पनि दिदैन । यसले पाचन क्रियालाई सन्तुलित पार्दै कब्जियत पनि हटाउँछ ।

    भिजाएको चनामा गुड़ मिसाएर खानाले पटक–पटक पिसाब लाग्ने समस्यामा राहत हुन्छ । भिजाएको चना नियमित खानाले खानाले छाला स्वस्थ हुन्छ।  यस्तै यसको सेवनले प्रजनन क्षमता तथा शुक्रकिटको गुणस्तर बढाउँछ । शरिरको तौल बढाउन पनि यसले धेरै सहयोग गर्छ ।


    मंसिर १२, २०७८ आइतवार २०:३०:२१ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    जाडोमा मरिचको सेवन गर्नु फाइदाजनक, बिग्रेको रुघाखोकी लगायत धेरै समस्याको समाधान

  • 1.0K
    SHARES
  • जाडोमा मरिचको सेवन गर्नु फाइदाजनक, बिग्रेको रुघाखोकी लगायत धेरै समस्याको समाधान

    काठमाडौं - हाम्रो भान्सामा सजिलै पाइने खाद्य पदार्थ हो मरिच । पिरो विशेषता भएपनि शरीरलाई हानि नगर्ने मरिचलाई मसलाको रुपमा प्रयोग गरिन्छ । यसको सहि प्रयोग गर्न जानेमा धेरै रोगको उपचारमा सहयोग हुन्छ ।   
     
    खासमा हामिले मरिचलाई भान्सामा मसलाको रुपमा प्रयोग गरिए पनि यसले रोग निको पार्न सहयोग गर्छ । औषधीय गुण हुने मरिचको सेबनले ज्वरो, रुघाखोकी, पाचनप्रणाली दुर्बलता लगायतका समस्याको समाधान गर्छ । 

    images

    जाडोमा मरिचको सेवन निकै लाभदायक मानिन्छ । यदि रुघाखोकी लागेमा १०–१५ दाना फुराएको मरिच पिनेर फिटेर नित्य सेवन गर्ने गरेमा बिग्रेको रुघाखोकी १ हप्तामा नै ठीक हुन्छ । यस्तै पिनास भएमा, रुघा लागेमा, टाउको दुखेमा पनि २५ दाना मुनक्का दाखको गेडा २५–३० दाना मरिच हालेर पिँध्नुहोस् र त्यसलाई दुई ग्लाँस पानीमा पकाउनुहोस् घटेपछि रोगीलाई खान दिएर सिरक ओडेर सुत्न लगाउनुहोस् ।

    घाँटी बसेर बोल्नै नसक्ने भएको छ भने पनि १०,१२ पात तुलसी ४,५ दाना मरिच र मिश्रीको टुक्रासँग चपाएर निल्दा घाँटी बसेको ठिक हुन्छ । यदि तपाइको दाँत कीराले खाएको छ भने दाँतको प्वालमा कपुर हाल्नाले दाँत दुख्न बन्द हुन्छ । त्यस्तै मरिचको धूलो, खयर, कपुर बराबर पिधेर दाँत माजेमा गिजापाक्ने, दाँत हल्लिने, कीराले खाएको  ठीक हुन्छ ।

    कम्मर दुख्ने समस्या पनि मरिचले समाधान गर्छ । आधा पाउ भुटेको कालो तिल, १० ग्राम घोडताप्रे, १० ग्राम धूलो मरिच, १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ ग्राम फुराएको हिङको धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खाएमा ठिक हुन्छ । 
     


    मंसिर १६, २०७८ बिहिवार २१:५६:२१ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    खाना खाँदा किन पानी पिउनु हुँदैन ? यस्तो छ कारण

  • 314
    SHARES
  • खाना खाँदा किन पानी पिउनु हुँदैन ? यस्तो छ कारण

    काठमाडौं - धेरै मानिसहरुको खाना खाने समयमा पानी पिउने बानी हुन्छ । तर खाना खाँदा विचमा पानी पिउने बानी राम्रो होइन । यस्तो बानी तुरुन्तै बदल्नु राम्रो हुन्छ । किनकी त्यसले तपाईको स्वास्थ्यमा फाइदा गर्दैछ । 

    images

    शरिरलाई चाहिने जति पानी पिउनु राम्रो हुन्छ, भनिन्छ तर कुनै कुनै अवस्थामा पानी पिउँदा विचार पनि गर्नुपर्छ । बैज्ञानिक दृष्टिकोणबाट हाइड्रसन र पाचन प्रणालीलाई अति आवश्यक पदार्थ पानी हो ।  

    खाना खानभन्दा ३० मिनेट पहिला पानी पिउनु राम्रो हुन्छ । यसरी पानी पिएमा त्यसले विचविचमा पानी पिउने बानी हट्दै जान्छ भने खाना पचाउने रसले त्यसपछि आफ्नो काम राम्रोसँग गर्न सक्छ ।

    यदि खाना खाँदा पानी नभइ नहुने बानी छ भने थोरै पानीको सहारा पनि लिन सकिन्छ । यस्तै पानीमा कागति मिलाइएको छ भने यसबाट पाचन क्रिया छिटो हुन सहयोग गर्छ । यदि तपाईले दिनभरी एक पटक पनि पानी पिउनु भएको छैन भने खानासँग थोरै पानी पिउनु सक्नु हुन्छ किनकी शरीरमा पानीको मात्रा कम हुन दिनु पनि हुँदैन । 

    खाना खाँदा पानी पिएमा शरिरको मेटाबोलिज्म सुस्त हुन्छ र शरिरमा पर्याप्त उर्जा दहन हुँदैन, जसका कारण मोटोपना पनि बढ्छ । यस्तै  पेटमा अम्लियपना बढ्छ । खाना खाँदा पानी पिएमा युरिक एसिडको मात्रा बढ्छ र मृगौला तथा मुटुरोगका लागि जोखिम हुन्छ । यस्तै यसरी पानी पिउँदा  अपच हुने, पेट दुख्ने लगायतका समस्या पनि देखा पर्छ । 


    मंसिर १७, २०७८ शुक्रवार २०:५२:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पानी

  • क्यानाडा नेपाल

    कम्मर दुख्ने समस्या समाधान र अनुहारको दाग हटाउन कालो तिलको यसरी प्रयोग गर्नुहोस्

  • 762
    SHARES
  • कम्मर दुख्ने समस्या समाधान र अनुहारको दाग हटाउन कालो तिलको यसरी प्रयोग गर्नुहोस्

    काठमाडौं - तिल नेपालमा प्रयोग गरिने एक तेलहन बाली हो। तिललाई धार्मिक रूपले पनि उच्च मर्यादा दिइएको  भने स्वास्थ्यको लागि पनि फाइदाजनक छ । तिल ३ प्रकारका छन् कालो तिल, सेतो तिल र झुसे तिल । 

    images

    kalo til.jpg

    यी ३ मध्ये कालो तिल हाम्रो स्वास्थ्यका लागि धेरै फाइदाजनक मानिन्छ । कालो तिलको प्रयोगले चायाँ, पोतो वा दाग, कालो घब्वा सजिलै हटाउन सकिन्छ । यस्तै कम्मर दुख्ने समस्या छ भने कालो तिलको प्रयोगले ठिक गर्न सकिन्छ । 

    कम्मर दुखेमा - आधा पाउ भुटेको कालो तिल, १० ग्राम घोडताप्रे, १० ग्राम धूलो मरिच, १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ग्राम फुराएको हिङको धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खाँदा यो समस्या कम हुँदै जान्छ ।

    मुखमा पोतो - जीरा, बोके जीरा, कालो तिल, सरस्यूँ र रायो सबैको चूर्ण बराबर मिसाएर दूधमा फिटेर बेलुका सुत्ने बेलामा पोतो वा दागमा  लगाएमा पनि ठिक हुँदै जान्छ ।  

     


    मंसिर १९, २०७८ आइतवार २०:२२:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कालो तिल

  • क्यानाडा नेपाल

    images
    images
    images
    images
    ताजा खबर