आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

सुर्खेत पुगे कार्यवाहक प्रधानमन्त्री खाँण, नवनियुक्त मुख्यमन्त्री शाहीले गरे स्वागत



काठमाडौं – कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँण सुर्खेत पुगेका छन् । सुदूरपश्चिम क्षेत्रका डडेलधुरा, बझाङ र बैतडीका बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा उनी बुधबार सुर्खेत पुगेका हुन् ।

उक्त क्षेत्रमा उनले बाढी–पहिरो प्रभावित क्षेत्रका स्थानीयवासीसँग क्षति र पुनर्निर्माणका लागि चाल्नुपर्ने कदमबारे अन्तरक्रिया गर्ने बताइएको छ। ती जिल्लामा गएको असोज ३१ देखि कात्तिक ३ गतेसम्म  बाढी–पहिरोका घटनामा ठूलो जनधनको क्षति भएको थियो ।

गृहमन्त्रीलाई खाँणलाई कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीलगायत नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।

प्रकाशित मिति : कार्तिक १७, २०७८ बुधबार  ४ : ५९ बजे