आश्विन ९, २०७९ आइतबार | Mon Sep 26 2022

गायक माइकल ज्याक्सनको जीवनीमा आधारित रहेर फिल्म बन्ने



एजेन्सी – बिश्व चर्चित गायक माइकल ज्याक्सनलाई नचिन्ने सायद कमै होलान् , धेरै नै अङ्गेजी पप गीत गाएका माइकलको निधन भएपनि उनलार्य धेरैले सम्झिने गर्छन् । यस्तै पछिल्ला समयहरुमा हलिउडमा पनि म्युजिकल बायोपिक बनाउने लहर चल्ने गरेको छ । 

यसैक्रममा गायक माइकल ज्याक्सनको बायोपिक निर्माण हुने खवर पनि आइरहेको छ । उनको जीवनीमा आधारित रहेर फिल्म निर्माण गर्ने अधिकार पनि निर्माता ग्राहम किङले पाइसकेका छन् ।  ‘बोहेमियन र्‍यापसोडी’ का निर्माता ग्राहम किङले माइकल ज्याक्सनको जीवन जति रंगीन देखिए पनि वास्तवितामा निकै अध्यारो रहेको बताउदै यस सम्बन्धि फिल्म बनाउने भएका छन् । 

सन् २००९ मा रहस्यमय रुपमा निधन भएका माइकलले बाल अवस्थादेखी नै आफ्नो कलाकारीता शुरु गरेका थिए । यस फिल्मको स्क्रिप्ट ‘ग्लाडिएटर’बाट ओस्कर अवार्डको मनोनयनमा परेका लेखक जोन लोगानले लेख्ने बताइएको छ । 

प्रकाशित मिति : मंसिर १२, २०७६ बिहीबार  ९ : १६ बजे