जेठ ८, २०७९ आइतबार | Mon May 23 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा आज थप ३७२ जनामा कोरोना सङ्क्रमण पुष्टि,११ जनाको मृत्यु



नेपालमा आज थप ३७२ जनामा कोरोना सङ्क्रमण पुष्टि,११ जनाको मृत्युदेशभर पछिल्लो २४ घण्टामा थप ३७२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय सात हजार ९११ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । 

यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख १२ हजार ९९४ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९४ हजार ५०३ छ । पछिल्लो समय थप ९११ जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या सात लाख ९१ हजार २६९ पुगेको छ । निको हुने दर ९७.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

थप ११ मृत्यु 
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ३९९ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप ११ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । अहिले यस रोगबाट हुने मृत्युदर १.४ प्रतिशत छ । त्यसैगरी पछिल्लो समय एक लाख ७३ हजार ५९ ले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार ५२६ रहेको छ । त्यसैगरी होम आइसोलशनमा आठ हजार ७४६, संस्थागत आइसोलेशनमा ७८०, आइसीयूमा २३४ र भेन्टिलेटरमा ६८ जनाले उपचार गराइरहेका छन् ।

प्रकाशित मिति : कार्तिक १३, २०७८ शनिबार  १२ : ३६ बजे