आश्विन ९, २०७९ आइतबार | Mon Sep 26 2022

सुटिङ गर्दा गर्दै लडेका यी नायकको ज्यानगयो



एजेन्सी – चर्चित गायक तथा मोडल गडफ्रे गाओको मृत्युभएको छ । बिहिबार टिभी शोको सुटिङ गर्दा लडेका उनको अस्पतालमा मृत्युभएको हो । चीनमा एक रियालिटी टिभी शो ‘चेज मी’ को सुटिङ गर्ने क्रममा उनी एक्कासी लडेका थिए । सुटिङ गर्दा गर्दै लडेपछी उनलाई अस्पताल लगिएको थियो । 

अस्पतालमा उनको कार्डियक अरेष्टका कारण मृत्युभएको हो । सुटिङ गर्दागर्दै लडेर बेहोस भएका उनलाई अस्पाथाल पुर्याएपछी मृतघोषणा गरिएको थियो । ताइवानमा जन्मिएका ३५ वर्षका गाओको चर्चित गायक तथा मोडल थिए । उनी पहिलो एशियाली पुरुष मोडल पनि हुन् । उनको नाम चीनमा निकै चर्चित छ । उनले ‘द मोर्टल इन्स्ट्रुमेन्टः सिटी अफ बोन्स’ मा अभिनय गरेका थिए ।    
 

प्रकाशित मिति : मंसिर १२, २०७६ बिहीबार  ७ : ३९ बजे