श्रावण ३१, २०७९ मंगलबार | Tue Aug 16 2022

यस्तो बन्यो फिल्म ‘सत्यमेव जयते’ को ट्रेलर, ३ भूमिकामा देखिए जोन अब्रहाम



काठमाडौं – जोन अब्रहाम अभिनित फिल्म ‘सत्यमेव जयते’को ट्रेलर सार्वजनिक भएको छ। मिलाप झावेरीले निर्देशन गरेको यस फिल्मको ट्रेलर सोमबार युट्युबमा सार्वजनिक भएको हो ।

ट्रेलरमा जोन अब्रहामको धमाकेदार एक्शन देखिएको छ । फिल्ममा जोन सत्या, जय र दादा साहेब आजाद गरी तीन वटा भूमिकामा देखिएका छन् ।  

दादा साहेब आजादको भूमिका एक देशभक्तको रुपमा छन् भने सत्या र जय दाजुभाई हुन् । यस फिल्म नोबेम्बर २५ मा प्रदर्शनमा आउँदैछ । भुसन कुमारले निर्माण गरेको यस फिल्मलाई दशैकले रुचाउने अपेक्षा गरिएको छ । 

 

प्रकाशित मिति : कार्तिक ९, २०७८ मंगलबार  ६ : ५८ बजे