जेठ १४, २०७९ शनिबार | Sat May 28 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

६ दशमलव ६१ अंकले बढ्यो नेप्से



काठमाडौं – साताको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से सूचक बढेको छ । यस सेसनमा नेप्से ६ दशमलव ६१ अंकले बढे दुई हजार ६७८ दशमलव ८६ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स शूल्य दशमलव ९४ अंक बढेको छ। 

अघिल्लो कारोबार दिन अर्थात सोमबार ८७ दशमलव ६३ अंक बढेर दुई हजार ६७२ दशमलव २५ विन्दुमा बन्द भएको थियो । 

मंगलबार प्रि-ओपन सेसनमा २४ कम्पनीको ४३ लाख एक हजार ५४७ रूपैयाँ ९० पैसा बराबरको सात हजार ५७१ कित्ता सेयर खरिद बिक्री हुँदा २१ कम्पनीको सेयर मूल्य बढेको छ । मंगलबार तीन कम्पनीको सेयर मूल्य भने ओरालो लागेको छ।न्युज कारखाना

प्रकाशित मिति : कार्तिक ९, २०७८ मंगलबार  ६ : ०० बजे