• Dec 07 2021 | २०७८, मंसिर २१गते

२०७८, मंसिर २१गते

नेपालमा एकैदिन ७ सय ७६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

क्यानाडा नेपाल कार्तिक ८ २०७८
  • 648
    SHARES
  • images
    images
    नेपालमा एकैदिन ७ सय ७६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

    काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप ७ सय ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    images

    सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १० हजार ८ सय ६४ वटा परीक्षण गर्दा ७ सय ७६ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कूल संक्रमितको संख्या ८ लाख ९ हजार ७ सय २९ ९पीसीआर टेस्टबाट० र ९एण्टीजेनबाट० ९४ हजार १ सय १८ पुगेको छ।  

    साथै पछिल्लो २४ घण्टामा ५ सय १ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ७ लाख ८८ हजार ८ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै हालसम्म सक्रिय संक्रमित १० हजार ३ सय ६० जना रहेका छन् । 

    यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका र त्यसअघि भएका गरी थप १३ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय ६१ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    कार्तिक ८, २०७८ सोमवार १८:१६:३१ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    अमेरिकी सङ्क्रामक विशेषज्ञ फाउसीको चेतावनी, ओमिक्रोनबाट सतर्क रहनुहोस्

  • 202
    SHARES
  • अमेरिकी सङ्क्रामक विशेषज्ञ फाउसीको चेतावनी, ओमिक्रोनबाट सतर्क रहनुहोस्

    काठमाडौँ।  अमेरिकी सङ्क्रामक रोग विशेषज्ञ एन्थोनी फाउसीले कोरोनाको नयाँ भेरिअन्ट ओमिक्रोनबारे अहिले आत्तिनुपर्ने अवस्था नरहेको बताउँदै यसबारे सचेत हुन आवश्यक रहेको बताएका छन्।

    images

    वरिष्ठ सङ्क्रामक रोग विशेषज्ञ तथा अमेरिकी राष्ट्रपतिका निजी चिकित्सक एन्थोनी फाउसीले कोरोना भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनबारे यसबाट आत्तिनुपर्ने अवस्था नरहेको बताउँदै यद्यपि यसबारे सावधानी अपनाउनुपर्ने बताए। 

    यसैगरी, कोरोनाको नयाँ भेरिअन्ट ओमिक्रोनबारे थप अध्ययन तथा अनुसन्धान गर्नुपर्ने, उनले बताए। एक अङ्ग्रेजी मिडियालाई दिएको अन्तर्वार्तामा उनले ओमिक्रोन नामक नयाँ कोरोना भाइरसको प्रारम्भिक लक्षण डरलाग्दो भएता पनि यसबाट आत्ती हाल्नुपर्ने अवस्था नरहेको बताएका छन्।  


    मंसिर २०, २०७८ सोमवार १२:०३:०९ बजे : प्रकाशित

    नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरियन्ट देखियो

  • 450
    SHARES
  • नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरियन्ट देखियो

    काठमाडौं - दक्षिण अफ्रिकाबाट शुरु भएको कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमीक्रोन नेपालमा पनि देखिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो । 

    images

    दक्षिण अर्फिकाबाट आएका दुई जनाको नमुना संकलन गरी परिक्षण गर्दा ओमीक्रोन भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ ।

    कोरोनाविरुद्धको खोप लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल आएका ६६ वर्षीय एक विदेशी नागरिक र अर्का ७१ वर्षीय व्यक्तिलाई कोरोनाको ओमिक्रोन भेरियन्ट देखिएको हो । 

    कोरोनाको नयाँ भेरियन्ट 'ओमिक्रोन' बारे जान्नैपर्ने यी कुराहरु कोरोनाको नयाँ भेरियन्ट 'ओमिक्रोन' बारे जान्नैपर्ने यी कुराहरु

    यो भेरिअन्ट हालसम्म छिमेकी देश भारतसहित ४० बढी देशमा फैलिसकेको छ । 

     

    नेपालमा Omicron पुष्टि सम्बन्धी प्रेस बिज्ञप्ति
    मिति २०७८ मङ्सिर २० गते 
    कोभिड-१९ को भाइरसमा नयाँ उत्परिवर्तन (mutation) देखिएको छ र नयाँ उत्परिवर्तित भेरिएन्टलाई ओमिक्रोन (Omicron) नाम दिइएको छ । यो भेरीएन्ट पहिलो पटक २४ नोभेम्बर २०२१ मा  दक्षिण अफ्रिकामा पुष्टि भएको थियो। हालसम्म यो भेरिएन्ट विश्वका ३५ देशहरुमा फैलिसकेको जानकारी प्राप्त भएको छ र यी देशहरुमा आजको मितिसम्म ५७४ जना Omicron भेरिएन्ट संक्रमित देखिएका छन् । 
    विश्व स्वास्थ्य संगठनले गरेको प्रारम्भिक आँकलन अनुसार दक्षिण पूर्वी एसियामा ओमीक्रोनको उच्च जोखिम रहेको उल्लेख छ। दक्षीण एशियाका केहि देशहरुमा समेत यो भेरिएन्ट पुष्टि भैसकेको छ I यो भाइरस सर्ने दर र संक्रमणबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा बैज्ञानिक तथ्यहरूको खोज भैरहेको छ। यसको जोखिम न्यूनीकरण गर्न नेपाल सरकारले विभिन्न प्रयासहरू जारी राखेको छ । 
    नेपालले अन्तरराष्ट्रिय हवाई तथा स्थल नाकाहरूमा यात्रुहरूको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगटिभ PCR रिपोर्ट अनिवार्य गरेको , खोपको विवरण लिने गरेको, लक्षण तथा चिन्हहरूको जाँच गर्ने व्यवस्था गरेको तथा हवाई र स्थल नाकाहरू भई प्रवेश गर्ने पूर्ण मात्रा खोप नलगाएका र शंकास्पद सबै यात्रुहरुको एन्टिजेन परीक्षण गर्ने गरिएको छ । एन्टिजेन परीक्षणमा पोजिटिभ फेला परेकाहरुको नमुना संकलन गरी PCR गर्ने र संकास्पद नमुनाहरुको gene sequencing गर्ने गरिएको छ। यसका साथै बिगत एक महिना अगाडी देखी पोजिटिभ भएका नमुनाहरुको थप परिक्षण गर्ने गरिएको छ I 
    यहि क्रममा  मिति २०७८ मङ्सिर ३ गते नया भेरिएन्ट पुष्टि भएको देश हुँदै एक ६६ बर्षीय बिदेशी नागरिक नेपालको  त्रिभुवन अन्तरराष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेका थिए, नेपाल आउदा नियमानुसार PCR रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पुरा गरेको पाइएको थियो । वहाँसँग नजिकको सम्पर्कमा आएका एक ७१ बर्षिय व्यक्ति र स्वयं आफैलाई मंशिर ७ गते  कोभिड-१९ संग मिल्दाजुल्दा लक्षणहरु देखिए पश्चात परिक्षण गर्दा कोभिड-१९ को नतिजा पोजिटिभ आएको थियो । COVID-१९ परीक्षणमा पोजिटिभ आएकाहरुको S-gene परीक्षण गर्नु पर्ने हालको नयाँ रणनीति अनुरुप परीक्षण गर्दा दुवै जनाको नमुनामा   S-gene फेला परेको थिएन (S-gene Target failure) । S-gene फेला नपरेका उक्त दुवै नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु ( NPHL) मा gene sequencing गर्दा मिति २०७८ मङ्सिर १९ गते राति COVID-१९ को नयाँ भेरिएन्ट Omicron नेपालमा पहिलो पटक पुष्टि भएको छ ।
    हाल दुवै जना नेपाल सरकारले तोकेको मापदण्ड  अनुसार आइसोलेसनमा रही स्वास्थ्य लाभ गरी रहनु भएको छ । हाल उहाहरुमा कुनै लक्षणहरु देखिएको छैन र स्वास्थ्यकर्मीको निगरानीमा हुनुहुन्छ । 
    उक्त दुई व्यक्तिहरुसंग सम्पर्कमा आएकाहरुको बृहत रुपमा कन्ट्याक्ट ट्रेसिंग गरिएको, कन्ट्याक्ट ट्रेसिंगबाट प्राप्त ६६ जना सम्पर्कहरुको PCR परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको, सबै स्वस्थ रहेको पाइएको छ ।
    यससंगै नेपालमा Omicron को निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिंगको कार्यलाई थप प्रभावकारी बनाइएको छ । आम नागरिकलाई  Omicron सम्बन्धी बैज्ञानिक तथ्य प्रेषण गर्न बिश्वमा भएका यस सम्बन्धी अध्ययन अनुसन्धानका आधारमा प्राप्त सहि सूचनाहरु आधिकारिक माध्यमबाट प्रवाह गर्ने गरिएको छ । कोभिड १९ का अरु भेरिएन्ट जस्तै Omicron को संक्रमणबाट बच्न पनि जनस्वास्थ्यका सबै मापदण्डहरुको पालना ( मास्कको सही प्रयोग, भौतिक दुरी कायम गर्ने, भिडभाड नगर्ने तथा हात धुने कार्य, हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने ) र खोपको प्रयोग महत्वपूर्ण हुने भएकोले सबैमा मापदण्डको पालना गर्न र खोप अभियानमा सहभागिता हुनुहुन अनुरोध छ ।                                                                                  
    धन्यवाद

     


    मंसिर २०, २०७८ सोमवार १३:२६:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौँ

  • क्यानाडा नेपाल

    आज देशभर २ सय ६५ जनामा कोरोना संक्रमण 

  • 172
    SHARES
  • आज देशभर २ सय ६५ जनामा कोरोना संक्रमण 

    नेपालमा सोमबार २ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार १ सय १४ पिसिआर परिक्षणका क्रममा २ सय ३८ जना र १ हजार ५ सय ३ एन्टीजेन परिक्षणका क्रममा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

    images

    यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १८ हजार ४ सय ४९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ४३ जनाको कोरोना कारण मृत्यु भएको छ । 

    त्यस्तै थप ३ सय ५७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ४ हजार ९ सय १ संक्रमित निको भएका छन् । हाल नेपालमा ६ हजार ३ सय ८६ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । 


    मंसिर २०, २०७८ सोमवार १६:०५:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण

  • क्यानाडा नेपाल

    सीमा नाकामा ओमिक्रोनको त्रास : भारतबाट भित्रिनेहरू विशेष निगरानीमा 

  • 140
    SHARES
  • सीमा नाकामा ओमिक्रोनको त्रास : भारतबाट भित्रिनेहरू विशेष निगरानीमा 

    कञ्चनपुर - भारतबाट फर्किदै गरेका रोल्पाका छवि रोकामगर अरु साथीहरूसँगै स्वास्थ्य परीक्षणका लागि गड्डाचौकी नाकामा रहेको हेल्थ डेस्कमा लामबद्ध थिए । लाइन लागेको केही समयमै उनको एन्टिजेन परीक्षण भयो । एन्टिजेनको रिपोर्ट आएपछि स्वास्थ्यकर्मीले रोकामगरलाई बोलाए र छुट्टै बस्न आग्रह गरे । 

    images

    तर, उनीसँगै आएका साथीहरू भने आफ्नो सामान बोकेर बाटो लागे । भारतमा रोजगारी गरेर घर फर्किएका ५० वर्षीय रोकामगरको कोरोना संक्रमण (एन्टिजेन रिपोर्ट पोजेटिभ) देखिएपछि स्वास्थ्यकर्मीले उपचारका लागि महाकाली अस्पताल पठाए । 

    यस्तै गत बिहीबार भारतबाट फर्किदै गरेका दैलेखका २६ वर्षीया पार्वती विक र उनका ८ वर्षीय छोरा रमित विकमा पनि एन्टिजेन रिपोर्ट पोजेटिभ आयो । उनीहरूलाई पनि अहिले महाकाली अस्पतालको आइसोलेसनमा राखिएको छ । 

    जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार अहिले कञ्चनपुरमा ४० जनामा कोरोना संक्रमण देखिएको छ । गत महिनासम्म कोरोनाको संक्रमणदर न्यून रहे पनि पछिल्लो समय भने विस्तारै बढ्न थालेको स्वास्थ्यकर्मी बताउँछन् । 

    नाकामा सर्तकता
    कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिएसँगै कञ्चनपुरको पश्चिमी नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ । भारतबाट भित्रिने व्यक्तिबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै गड्डाचौकी र गौरीफन्टा नाकामा स्वास्थ्य परीक्षणको दायरा फराकिलो पारिएको हो । 

    भारतबाट नेपाल प्रवेश गर्नेहरूको एन्टिजेन परीक्षण र खोप नलगाएकाहरूलाई नाकामै खोपको व्यवस्था गरिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । कार्यालयका अनुसार नाकामा पोजेटिभ देखिएकाबाट ओमिक्रोनको संक्रमण भित्रिने सक्ने भएकाले उनीहरूको स्वाब परीक्षणका लागि काठमाडौं पठाउने गरिएको छ । 

    ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै नाकामा उच्च सतर्कता अपनाइएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनार बताए । ‘हामी कहाँ कोरोना सर्ने भनेको भारतबाट भित्रिएर हो,’ स्वास्थ्य प्रमुख सुनारले न्युज कारखानासँग भने, ‘त्यसैले नाकामा एन्टिजेन परीक्षण र खोपको व्यवस्था गरेका छौँ ।’

    नाकामा परीक्षण गर्दा पोजेटिभ देखिएकाहरूलाई उच्च निगरानीमा राख्दै उनीहरूको स्वाब परीक्षणका लागि काठमाडौ पठाउने गरिएको छ । 
    ‘ओमिक्रोन कोरोनाको नयाँ भेरियन्ट भएकाले स्वास्थ्य मान्त्रालयले नाकामा पोजेटिभ देखिएका संक्रमितको रिर्पोट मागेको छ,’ उनले भने, ‘संक्रमितहरूको ओमिक्रोन परिक्षणका लागि महाकाली अस्पतालले स्वाब लिएर धनगढी प्रयोगशाला हुँदै केन्द्रीय प्रयोगशालामा पठाउने गरेको छ ।’ ओमिक्रोन परिक्षणको रिर्पोट नआउँदासम्म संक्रमित व्यक्तिलाई महाकाली अस्पतालको आइसोलेसनमै राखेर उपचार गरिने उनले बताए । 

    भारत प्रवेशमा कडाइ
    कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि भारतले पनि सीमा नाकामा कडाइ गरेको छ । यसरी भारत जानेहरूलाई खोप लगाएको कार्ड र परिचयपत्र अनिर्वाय गरिएको छ । भारतले कोरोना खोपको दुवै मात्रा लगाएको १५ दिनपछि मात्र नेपाली नागरिकलाई प्रवेश गर्न दिने व्यवस्था गरेको छ ।


    मंसिर २१, २०७८ मंगलवार १४:३५:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    कोरोना अपडेट : नेपालमा आज ३ सय १५ जनामा कोरोना संक्रमण 

  • 120
    SHARES
  • कोरोना अपडेट : नेपालमा आज ३ सय १५ जनामा कोरोना संक्रमण 

    काठमाडौँ। देशभर गरिएको ९ हजार ३ सय ८६ पिसिआर परिक्षणका क्रममा २ सय ७२ जना र २ हजार ४ सय २४ एन्टीजेन परिक्षणका क्रममा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

    images

    यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १८ हजार ७ सय ६४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ५ सय ४५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

    त्यस्तै थप ३०४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ५ हजार २ सय ५ जना संक्रमित निको भएका छन् । हाल नेपालमा ६ हजार ३ सय ५२ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।


    मंसिर २१, २०७८ मंगलवार १५:५४:५६ बजे : प्रकाशित

    नेपालमा कोरोनाको ओमिक्रोन भेरियन्ट देखिएका २ जनाको रिपोर्ट नेगेटिभ

  • 120
    SHARES
  • नेपालमा कोरोनाको ओमिक्रोन भेरियन्ट देखिएका २ जनाको रिपोर्ट नेगेटिभ

    काठमाडौं - नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित भएका २ जनाको रिपोर्ट नेगेटिभ आएको छ । 

    images

    ओमिक्रोन भेरियन्टको संक्रमण भएका दुवै जना संक्रमण मुक्त भएको बारे मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको हो । 

    दक्षिण अर्फिकाबाट आएका ६६ वर्षीय एक विदेशी नागरिक र अर्का ७१ वर्षीय व्यक्तिलाई कोरोनाको ओमिक्रोन भेरियन्ट देखिएको बारे स्वास्थ्य मन्त्रालयले सोमबार मात्र जानकारी गराएको थियो । ओमिक्रोन भेरियन्ट देखिएका २ जनाको मंगलबार पीसीआर गर्दा रिपोर्ट नेगेटिभ आएको हो । 
     


    मंसिर २१, २०७८ मंगलवार १८:१८:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल