• Dec 05 2021 | २०७८, मंसिर १९गते

२०७८, मंसिर १९गते

भारतमा एकैदिन १४ हजार ६ सय कोरोना संक्रमित थपिए, ४ सय ४२ जनाले ज्यान गुमाए

क्यानाडा नेपाल कार्तिक ८ २०७८
  • 322
    SHARES
  • images
    images
    भारतमा एकैदिन १४ हजार ६ सय कोरोना संक्रमित थपिए, ४ सय ४२ जनाले ज्यान गुमाए

    काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घट्दै गइरहेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घटिरहेको छ । 
     
    भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ सय ४२ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ५४ हजार ७ सय ४३ पुगेको छ ।  
     
    पछिल्लो २४ घण्टामा १४ हजार ६ सय ४१ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड ४१ लाख ८९ हजार ४ सय ८४ पुगेको छ ।  

    images

    यस्तै पछिल्लो २४ घण्टामा १८ हजार ६ सय ९९ जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ३ करोड ३५ लाख ५९ हजार ६ सय ४९ पुगेको छ । 


    कार्तिक ८, २०७८ सोमवार ०८:४९:४३ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    विश्वभर दिनहुँ बढ्दै कोरोना संक्रमण, एकैदिन ६ लाख ७४ हजार संक्रमित थपिए, कहाँ कति ?

  • 174
    SHARES
  • विश्वभर दिनहुँ बढ्दै कोरोना संक्रमण, एकैदिन ६ लाख ७४ हजार संक्रमित थपिए, कहाँ कति ?

    काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारैबढ्दै गइरहेको देखिएको छ । अहिले विभिन्न देशमा कोरोना खोप पनि लगाइएको छ। वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले केही देशमा मात्र कोरोना संक्रमितको संख्या बढेको देखिन्छ ।
     
    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ७४ हजार ६ सय ६९ कोरोना संक्रमित थपिएका छन् । यसअघि बिहिबार विश्वभर एकैदिन ६ लाख ५८ हजार ५ सय ४५ कोरोना संक्रमित थपिएका थिए । यस्तै बुधबाट एकैदिन ५ लाख ७८ हजार १ सय ८५ संक्रमित थपिएका थिए । यससँगै विश्वभर कोरोना संक्रमितको संख्या २६ करोड ४४ लाख २ हजार ९ सय ८४ पुगेको छ ।  

    images

    यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ७ हजार ४३ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ लाख ४९ हजार ४१ पुगेको छ।

    त्यस्तै पछिल्लो २४ घण्टामा ४ लाख २२ हजार ४ सय ८ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म विश्वभर २३ करोड ८४ लाख ४० हजार ८ सय २९ कोरोना संक्रमित निको भइसकेका छन् ।

    त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ८ लाख ६ हजार ३ सय ४८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४ करोड ९६ लाख ९७ हजार ४ सय ६९ पुगेको छ । यस्तै अमेरिकामा ३ करोड ९६ लाख ९७ हजार ४ सय ६९ कोरोना संक्रमित निको भइसकेका छन् ।

    gg.PNG

     


    मंसिर १७, २०७८ शुक्रवार ०८:१०:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    महिलालाई प्रतिबन्ध लगाउदा अफगानिस्तानलाई १ अर्ब डलर घाटा

  • 380
    SHARES
  • महिलालाई प्रतिबन्ध लगाउदा अफगानिस्तानलाई १ अर्ब डलर घाटा
    जेनेभा - अफगानिस्तानमा तालवानले यही अगस्टमा सत्तापलट गरेसँगै महिलाहरुलाई यसअघि गर्दै आएको काम गर्न प्रतिबन्ध लगाउदै आएको छ । तर, यो प्रतिबन्ध तालिवानकै लागि प्रत्युत्पादक साबित हुने देखिएको छ ।
     
    राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले एक प्रतिवेदन सार्वजनिक गर्दै महिलामाथि प्रतिबन्ध लगाएकै कारण अफगान अर्थतन्त्रमा १ अर्ब अमेरिकी डलरबराबरकाे नाेक्शान भएकाे छ ।

    अफगानिस्तानको कूल ग्राहस्थ उत्पादन सन् २०२० मा २० अर्ब  डलर भएकोमा यो वर्ष १६ अर्ब डलरमा खुम्चिने यूएनडीपीले त्यहाँकाे आर्थिक तथा सामाजिक अवस्थाबारे सार्वजनिक गरेको एक प्रतिवेदनमा उल्लेख छ । अहिलेकै अवस्था रहे वा कुनै सुधारका कदम नचालिएमा यो दर आगामी वर्ष ३० प्रतिशतले घट्ने अर्थात कूल ग्राहस्थ उत्पादन जम्मा १४ अर्ब  डलरमा खुम्चिने पनि राष्ट्रसंघले  प्रक्षेण गरेको छ ।

    images

    राष्ट्रसंघका अनुसार अफगानिस्तानको प्रतिव्यक्ति आय सन् २०१२ मा ६५० डलर रहेकोमा सन् २०२० मा घटेर ५०० डलर पुगेको थियो अफगानिस्तानले आर्थिक संकट सामना गरिरहे आगामी वर्ष उसको प्रतिव्यक्ति आय ३५० डलरमा झर्ने राष्ट्रसंले प्रक्षेपण गरेको छ । एजेन्सी


    मंसिर १७, २०७८ शुक्रवार ०८:२२:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अफगानिस्तान

  • क्यानाडा नेपाल

    ट्विटरले यसकारण बन्द गर्‍यो चीन र रसियासहित ६ देशकाे ३५०० अकाउन्ट

  • 128
    SHARES
  • ट्विटरले यसकारण बन्द गर्‍यो चीन र रसियासहित ६ देशकाे ३५०० अकाउन्ट

    बेइजिङ - ट्विटरले चीन र रसियासहित छ देशका विभिन्न संघ संस्थाकाे अकाउन्ट हटाएकाे छ । सरकारकाे अनावश्यक प्रचार गरेकाे भन्दै ट्विटरले ती देशहरुकाे अकाउन्ट हटाएकाे हाे । 'चीनकाे अल्पसंख्यक मुस्लिम समुदाय  उहिगुरलाई हाेच्याउनेलगातयका ३५०० ट्विट अकाउन्ट बन्द गरिएकाे छ', ट्विटरले एक प्रेस विज्ञेप्तिमा भनेकाे छ । 

    images

    चीनमाथि गम्भीर मानवअधिकार उल्लंघन गरेकाे सिनजियाङ प्रान्तका उहिगुर मुसलमानकाे नरसंहार गरेकाे अ‌ाराेप लाग्दै अ‌ाएकाे छ । विज्ञहरुका अनुसार १० लाख भन्दा उहिगुरलाई विभिन्न शिविरमा राखिएकाे छ । उहिगुरमाथि गर्ने व्यवहारका कारण चीनमाथि अन्तर्राष्ट्रिय समुदायले अ‌ालाेचना गर्दै अ‌ाएकाे छ ।

    चीनमा फेसबुक र ट्विवटरमाथि प्रतिबन्ध छ । तर, अन्तर्राष्ट्रिय मञ्चमा अ‌ाफ्ना बिचार व्यक्त गर्न बेइजिङले यी दुबै सामाजिक सञ्जाल प्रयाेग गर्दै अ‍ाएकाे छ । 

    बेइजिङ समर्थित २०४८ अकाउन्टबाहेक ट्विटरले सिन्जियाङकाे क्षेत्रीय सरकारसँग जाेडिएकाे च्याङगु कल्चर कम्पनीका ११२ अकाउन्ट बन्द गरिदिएकाे छ । चीनबाहेक ट्विटरले रसियाली कम्पनी इन्टरनेट रिसर्च एजेन्सीका १६ अकाउन्ट बन्द गरिदिएकाे छ । 

    त्यसैगरी, मेक्सिकाेका २७६ र भेनेजुएलाका २७७ अकाउन्ट बन्द गरिएकाे जनाइएकाे छ । त्यस्तै, नागिरक अधिकार समूह फिचुअ तान्जेनियालाई निशाना बनाएकाे भन्दै अफ्रिकाका २६८ अकाउन्ट बन्द गरिएकाे छ । अर्काेतर्फ राष्ट्रपति याेवेरी मुसीभेनीकाे प्रचार गरेकाे भन्दै युगान्डामा ४१८ ट्विटर अकाउन्ट बन्द गरिएका छन् । एजेन्सी

     


    मंसिर १७, २०७८ शुक्रवार १२:०७:२४ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    पाकिस्तानमा प्रधानमन्त्रीकाे अनुमतिबिना विदेश भ्रमण गर्न पाउँदैनन् मन्त्री

  • 198
    SHARES
  • पाकिस्तानमा प्रधानमन्त्रीकाे अनुमतिबिना विदेश भ्रमण गर्न पाउँदैनन् मन्त्री

    इस्लामाबाद - पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मन्त्रिपरिषद्का अन्य सदस्यलाई विदेश भ्रमणमा राेक लगाएकाे विवरणहरु सार्वजनिक भएका छन् ।

    images

    आफू सामान्यतया विदेश भ्रमण नगरेकाे र अन्य मन्त्रीहरुलाई पनि आफ्नाे अनुमतिबिना विदेश भ्रमण नगर्न निर्देशन दिएकाे विवरणहरुमा जनाइएकाे छ । 

    सरकारका मन्त्री र सिनेटर विदेश भ्रमणमा जानुभन्दा देशकाे जल्दाेबल्दाे समस्या समाधान गर्नुपर्ने उनकाे भनाई छ । सामान्य गाेष्ठी वा सम्मेलनकाे बहानामा सकभर मन्त्रीले विदेश भ्रमण गर्न नहुने उनकाे सुझाव छ । 'हाम्रा लागि विदेश भ्रमणभन्दा सरकारी काम पहिलाे प्रथमिकता हाे,' खानले भनेका छन् । 

    यसैबीच, काेभिड संक्रमणकाे नयाँ भाइरस ओमिक्राेनकाे त्रास बढिरहेका बेला खाेपसम्बन्धी नयाँ याेजना घाेषणाा गरेकाे छ । सरकारले स्वास्थ्यकर्मी र ५० वर्षमाथिका मानिसहरुलाइ बुस्टर डाेज दिने भएकाे छ । एजेन्सी

     


    मंसिर १७, २०७८ शुक्रवार १४:२४:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इमरान खान

  • क्यानाडा नेपाल

    अस्ट्रियाका पूर्वचान्सलर क्रुजले लिए राजनीतिबाट सन्यास

  • 172
    SHARES
  • अस्ट्रियाका पूर्वचान्सलर क्रुजले लिए राजनीतिबाट सन्यास

    भियना - अस्ट्रियाका पूर्वचान्सलर सिबास्टियन क्रुजले राजनीतिबाट सन्यास लिने घाेषाणा गरेका छन् । चान्सलरबाट राजीनामा दिएकाे केही सातापछि क्रुजले राजनीतिबाट पनि सन्यास लिने घाेषणाा गरेका हुन् । 

    images

    भ्रष्टाचारकाे अ‌ाराेप लागेपछि क्रुजले एक महिनाअघि पदबाट राजीनामा दिएका थिए । 'याे समयका लागि म निकै आभारी छु, हाम्राे सुन्दर अस्ट्रियालाई उचित दिशातर्फ लैजान मैले पनि केही याेगदान दिएकाे छु,' उनले भने । 

    जीवनकाे नयाँ अध्याय सुरु भएकाे बताउँदै नेतृत्व हस्तान्तरण गरेकाे उनले बताए । आफू याेगी वा अपराधी दुबै नभएकाे बताउँदै चान्सलर हुँदा विराेधीले धेरै आलाेचना गरेकाे उनले गुनासाे गरे । 

    ३५ वर्षीय क्रुज युराेपकै कान्छाे नेता मात्र भएका थिएनन्, विश्वमै सबैभन्दा कम उमेरमा राष्ट्रप्रमुख हुने पहिलाे व्यक्ति बनेका थिए । उनी सन् २०१७ देखि नै अस्ट्रियाकाे राजनीतिकाे प्रभावशाली र विभाजनकारी पात्र बनेका थिए । 

    राजनीतिबाट सन्यास लिने उनकाे घाेषणाले त्यहाँकाे पिपुल्स पार्टी अलमलमा परेकाे छ । पूर्वउपचान्सलर वेर्नर काेग्लरले क्रुजकाे निर्णयकाे स्वागत गरेका छन् ।एजेन्सी


    मंसिर १७, २०७८ शुक्रवार २०:१७:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अस्ट्रिया

  • क्यानाडा नेपाल

    १ सय बढी पाहुनाभेला भएको भोजमा १७ जनामा देखियो ओमिक्रोनको संक्रमण

  • 1.1K
    SHARES
  • १ सय बढी पाहुनाभेला भएको भोजमा १७ जनामा देखियो ओमिक्रोनको संक्रमण

    ओस्लो - गत हप्ता ओस्लोमा १०० भन्दा बढी पाहुनाभेला भएको क्रिसमस भोजपछि कोभिड–१९ सङ्क्रमित भेटिएका कम्तीमा १७ जनालाई ओमिक्रोन भेरिएन्ट भएको आशङ्का गरिएको ओस्लोका सहरी अधिकारीहरूले शुक्रबार बताएका छन् ।पार्टी जानेहरूमध्ये कोभिड सङ्क्रमण पुष्टि भएका अन्य व्यक्तिमा पनि ओमिक्रोन भाइरस देखिने सम्भावना भएकोले ओमिक्रोन सङ्क्रमित बढ्ने सम्भावना देखिएको छ । ओस्लो नगर प्रशासनले भनेको छ, “अहिलेसम्म पीसीआर परीक्षण भएका ६० र एन्टिजेन परीक्षण गरिएका अन्य चार जनालाई कोभिड सङ्क्रमण पुष्टि भएको छ ।”

    images

    “१७ जनामा ओमिक्रोन सङ्क्रमणको प्रबल सम्भावना छ तर त्यो अझै पक्का भएको छैन । अहिलेसम्म एक जनालाई ओमिक्रोन भएको पुष्टि गरिएको छ,” विज्ञप्तिमा भनिएको छ । भोजमा सहभागी करिब १२० जनामध्ये सबैले खोप लगाएको बताइएको छ । सङ्क्रमितमध्ये केही व्यक्ति हालै दक्षिण अफ्रिका यात्रा गरेका पनि बताइएको छ । उनीहरू गत शुक्रबार आफ्नो मालिकद्वारा आयोजित क्रिसमस भोजमा सहभागी भएका थिए ।नगर स्वास्थ्य अधिकारी टिन राभ्लोले एएफपीसँग भन्नुभयो, “उनीहरू सबैलाई खोप लगाइएको थियो, तिनीहरूमध्ये कसैलाई पनि जटिल लक्षणहरू थिएनन् र तिनीहरू सबैले आफै परीक्षण गरेका थिए । भोज लगायत सबै कुरा कोभिड कानून अनुसार गरिएको थियो र कुनै नियम भङ्ग गरिएको थिएन ।”

    सङ्क्रमण देखिएका व्यक्तिमा सामान्य अहिलेसम्म टाउको दुख्ने, घाँटी दुख्ने र खोकी लाग्ने जस्ता हल्का लक्षण मात्र देखा परेका राभ्लोले बताउनुभयो । कुनै–कुनै परीक्षणहरूमा जाँच गरेपछि ओमिक्रोनको शङ्का उत्पन्न भयो यद्यपि सबैको पूर्णतया विश्लेषण गरिएको छैन ।यसको अर्थ पुष्टि गरिएका घटनाहरूको सङ्ख्या बढ्न सक्छ । बिहीबार ओमिक्रोम सङ्क्रमणको शकास्पद घटना देखा परेपछि नर्वे सरकारले ग्रेटर ओस्लोमा धेरै प्रतिबन्धको घोषणा गरेको छ र यो आजै मध्यरातदेखि लागु गरिएको छ ।एएफपी


    मंसिर १७, २०७८ शुक्रवार २२:११:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल