आश्विन ९, २०७९ आइतबार | Mon Sep 26 2022

गायक डेबिडले पूजालाई  ‘हुन्छ भनन’ भन्दा पूजाले दिइन् यस्तो प्रतिक्रिया



काठमाडौं । चर्चित गलबन्दी गाएक प्रकाश सपुतले 'हुन्छ भनन' भन्दै नायिका वर्षा राउतलाई फकाएको एउटा म्युजिक भिडियो अहिले नेपाली सांगीतिक क्षेत्रमा निकै चर्चामा छ । चर्चित गायिका पूजा सुनुवारको दोस्रो सांगीतिक एल्बम ‘रहर’ मा समावेश उक्त गीत भर्खरै सार्वजनिक भएको हो । राजधानीमा गत शुक्रबार एक कार्यक्रमबीच वरिष्ठ संगीतकार तथा संगीतकार संघ नेपालका संस्थापक  अध्यक्ष लक्ष्मण शेषलगायतका नेपाली संगीत क्षेत्रका विशिष्ट ब्यक्तिहरुले उक्त भिडियो र एल्बम सार्वजनिक गरेका थिए ।

बहुचर्चित गायक तथा मोडल प्रकाश सपूत तथा चर्चित नायिका वर्षा राउतले अभिनय गरेको उक्त भिडियो डश म्युजिक नेपाल बाट युट्युबमा आएको हो । डश म्युजिक प्रालिको प्रस्तुति रहेको एल्बममा ‘हुन्छ भनन’, ‘बेहुली’, ‘यो मौसम’, ‘वान साइड लभ’ र सुनुवार भाषाको ‘नम्सेवल’ बोलका गरि कुल पाँच गीत समावेश छन् । गीतहरुमा क्रमशस् दीपक शर्मा, डीपी खनाल, रामगोपाल आशुतोष, खलानको मान्छे र कृष्ण सुनुवारको शब्द छ भने संगीत क्रमशः दीपक शर्मा,शंकर थापा 'स्माइल',शिव साम्पाङ,अनिष श्रेष्ठ र पुष्कर सुनुवारले दिएका छन् । भिडियो रिलिज भएको एल्बमको ‘हुन्छ भनन’ गीतमा चर्चित गायक डेभिड शंकर र गायिका पूजाको स्वर छ भने ‘यो मौसम’ मा अर्का ख्यातिप्राप्त गायक राजेशपायल राईले गायिका पूजा सुनुवारलाई साथ दिएका छन् ।

अनुप चापागाईंको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ । नेपाली बाहेक, नेपाल भाषा (नेवारी), सुनुवार, थारू, तामाङ, कुमाउनी, रंगीत,तथा देउडा लगायत विभिन्न भाषा भाषिका समेत गरि २ सय भन्दा बढी गीतहरुमा स्वर दिइसकेकी गायिका सुनुवारको यस अघि २०७३ सालमा ‘नजर’ एल्बम सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : मंसिर १२, २०७६ बिहीबार  ५ : २९ बजे