असार १६, २०७९ बिहीबार | Thu Jun 30 2022

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले ओरालो 



काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ०१ अंकले घटेको छ । यससँगै सूचक दुई हजार ५५६ दशमलव ९५ विन्दुमा अडिएको छ । आजको यस सेसनमा ३० लाख ८४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

आइतबार १७ कम्पनीको पाँच हजार सात सय ८२ कित्ता सेयर कारोबार भएकोमा १३ कम्पनीको सेयर मूल्य बढेको छ भने दुईवटा कम्पनीको सेयर मूल्य घटेको छ । आन्य बाँकी कम्पनीको सेयर मूल्य भने स्थिर छ। 

 

प्रकाशित मिति : कार्तिक ७, २०७८ आइतबार  ५ : २४ बजे