• Dec 05 2021 | २०७८, मंसिर १९गते

२०७८, मंसिर १९गते

थियटरमा पैसा छैन, तर मेरा लागि स्कुल हो - कर्मा

क्यानाडा नेपाल कार्तिक ५ २०७८
  • 1000
    SHARES
  • images
    images
    थियटरमा पैसा छैन, तर मेरा लागि स्कुल हो - कर्मा

    काठमाडौं - कर्मा राम्रो अभिनेतामा पर्छन् । हेर्दा चकलेटी देखिने उनमा अभिनय क्षमता पनि उत्तिकै छ । उनी थियटर हुँदै फिल्ममा आएका हुन् ।

    images

    फिल्म ‘सानो संसार’ मार्फत डेब्यु गरेका कर्मा तत्कालीन समयमा आफ्नो लुक्सका कारण निकै चर्चामा आए । त्यसपछि उनलाई फिल्मकाे धेरै प्रस्ताव आयो, जसमध्ये लूटले उनलाई सफलता दिलायो ।

    फिल्मले जति सफलता दिए पनि उनले थियटर छाडेनन् । उनले फिल्मको समयलाई घटाएर हरेक वर्ष कम्तीमा तीन महिना थियटरलाई दिए । किनकि उनी यसलाई स्कुल मान्छन् । ‘अभिनयको स्कुल नै हो थियटर, जब कहीँ कुनै बेला केही भुले जस्तो लाग्छ आइहाल्छु,’ कर्मा भन्छन्, ‘फिल्ममा ब्याक टु ब्याक प्रस्ताव आउँदा पनि मैले थियटर छाडिनँ, यसैले गर्दा त्यो समयमा फिल्म कम गरें ।’ उनले नाटकको समय र फिल्मको समय उस्तै उस्तै हुँदा आफूले नाटक नै रोज्ने गरेको बताए ।

    ‘थियटरमा पैसा छैन तर मेरो लागि स्कुल हो,’ उनी भन्छन्, ‘यहाँ मैले मलाई चिन्ने र सिक्ने अवसर पाउँछु ।’ त्यसो त उनमा आफू कम फ्रेन्ड्ली भएको कारण पनि मिडियामा कम आउने बुझाइ छ ।

    ‘सायद म धेरैजनासँग फ्रेन्डली हुन सक्दिनँ, यसैले गर्दा पनि मिडियामा कम आउँछु,’ उनले भने । उनी आफूले आफ्नो क्यारेक्टरका लागि चाहिने समय दिन सक्ने बताउँछन । ‘हामीले एकै नाटकलाई तीन महिना दिन सक्छौ भने फिल्मलाई किन सक्दैनौ र ?, तर हतारो मेकरलाई हुन्छ,’ उनले भने ।

    कर्माको बुझाइमा पर्याप्त गृहकार्य नभई फिल्म फ्लोरमा जाँदा काम राम्रो हुन नसक्ने र छायाँकनको दिन पनि लम्बिने बताउँछन् । उनको बुझाइमा यी यस्तै कारणले गर्दा थियटर र फिल्ममा अभिनय गर्ने अभिनेता पनि फरक देखिन्छन् । उनी फुर्सदिलो समयमा घुम्न रुचाउँछन् । न्युज कारखाना 


    कार्तिक ५, २०७८ शुक्रवार १४:५३:५२ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # कर्मा

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    जिग्रीको स्वरमा नयाँ गीत 'मायाले जीवन सजाउ' सार्वजनिक, धुर्मुस-सुन्तलीको रोमान्टिक अभिनय

  • 1.3K
    SHARES
  • जिग्रीको स्वरमा नयाँ गीत 'मायाले जीवन सजाउ' सार्वजनिक, धुर्मुस-सुन्तलीको रोमान्टिक अभिनय

    काठमाडौं - चर्चित हाँस्यकलाकार कुमार कट्टेल (जिग्री)को स्वरमा सजिएको नयाँ गीत 'मायाले जीवन सजाउ' सार्वजनिक भएको छ । 

    images

    हाँस्यकलाकार एवं सामाजिक अभियान्ता सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को अभिनय रहेको उक्त म्युजिक भिडियो मंगलबार युट्युबमा सार्वजनिक भएको हो । 

    धुर्मुस सुन्तली विवाह बन्धनमा बाँधिएको १३ वर्ष पुरा भएको अवसरमा भाई कुमारले नयाँ गीत बजारमा ल्याएका हुन् । गीतमा कुमारलाई गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन्  । गीतमा अर्जुन पोखरेलको शब्द र संगीत रहेको छ । भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । 


    मंसिर १५, २०७८ बुधवार १२:१६:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कुमार कट्टेल

  • क्यानाडा नेपाल

    अस्मिता र अमृतको गीतमा पूजा र प्रदीपको अभिनय

  • 220
    SHARES
  • अस्मिता र अमृतको गीतमा पूजा र प्रदीपको अभिनय

    काठमाडौँ । पछिल्लो पुस्ताकी लोकप्रिय नायिका पूजा शर्मा चलचित्रसँगै म्यूजिक भिडियोमा पनि निक्कै व्यस्त छिन् । एकपछि अर्को गर्दै लगातार म्यूजिक भिडियो आफ्ना दर्शकहरुका लागि दिइरहेकी पूजाले मोडल प्रदीप लामासँग नयाँ भिडियोमा सहकार्य गरेकी छिन् । 

    images

    ‘जुलेबी’ बोेलको गीतकोे भिडियोमा पूजा र प्रदीपको रोमान्स हेर्न सकिन्छ । यो गीतमा अस्मिता अधिकारी र अमृत घोले लामाको स्वर, शंकर थापा ‘स्माइल’को शब्द, गणेश शाहीको संगीत छ । 

    भिडियोमा प्रदीप लामाको कोरियोग्राफी तथा  निर्देशन, सुशान प्रजापतिको छायांकन, कृष्ण भण्डारीको सम्पादन छ । जसको निर्माताका रुपमा  गायक लामा नै रहेका छन् । 


    मंसिर १५, २०७८ बुधवार २१:२६:५० बजे : प्रकाशित


    क्यानाडा नेपाल

    सलमानको बडी देखेर भुतुक्कै भइन् हलिउड अभिनेत्री किम कार्दशियन

  • 1.1K
    SHARES
  • सलमानको बडी देखेर भुतुक्कै भइन् हलिउड अभिनेत्री किम कार्दशियन

    काठमाडौं - हलिउडकी चर्चित अभिनेत्री तथा मोडल हुन् किम कार्दशियन । धेरैजसो हट फोटोशुटका कारण चर्चामा आइरहने किम बलिउडको फ्यान पनि हुन् । 

    images

    उनले बलिउडका धेरै फिल्महरु पिनि हेरिसकेकी छिन् । उनलाई बलिउडमा सलमान खानको फिल्म धेरै नै मन पर्छ । उनले आफु सलमानको बडी देखेर भुतुक्कै भएको बताएकी छन्। 

    उनले आफुले धेरै पहिलादेखि सलमानसँग काम गर्न चाहेको पनि बताएकी छन् । किम बलिउडस्टार श्रीराज हसनको मिल्ने साथि पनि हुन् । उनी पति कान्य वेष्टसँगको सम्बन्ध विच्छेदका कारण पनि चर्चामा छिन् । उनीहरु ७ बर्षअघि विवाह बन्धनमा बाधिँएका थिए । उनीहरुले कुनै कारण बिना नै एक अर्काले सम्बन्ध तोडेको बताइन्छ । 

     


    मंसिर १५, २०७८ बुधवार २१:५६:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # किम कार्दशियन

  • क्यानाडा नेपाल

    'कोभिड १९' को चपेटामा परेको फिल्म ‘बिच्छेद'को छायांकन सकियो

  • 156
    SHARES
  • 'कोभिड १९' को चपेटामा परेको फिल्म ‘बिच्छेद'को छायांकन सकियो

    काठमाडौं। बिश्वव्यापी महामारी 'कोभिड १९' को चपेटामा परेको फिल्म ‘बिच्छेद’को तीन बर्षपछि छायांकन सकिएको छ । २०७६ वर्षको चैत ५ गतेबाट सुरु भएको फिल्मको छायांकनबीचमा नै लकडाउन भएपछि रोकिएको थियो ।

    images

    निर्देशक सत्यराज चौलागाईंले क्याप्टेनसिप सम्हालेको फिल्ममा अभिनेता मुकुन भुषाल र अभिनेत्री लक्ष्मी बर्देवाको प्रमूख अभिनय रहेको छ । मुकुन र लक्ष्मीले यसअघि फिल्म ‘बुलबुल’ मा गरेका थिए । दुवै अभिनयमा उम्दा मानिन्छन् ।
     
    राज पण्डित, सुबास राई र साबि बज्राचार्य को लगानी रहेको फिल्ममा सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउवाला गौतम, सरिता राजउपाध्याय, जीवन थापा लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । संकल्प भुजेल छायाँकार रहेको फिल्म गाउँले परिवेशमा आधारित रहेको निर्देशक चौलागाईंले जानकारी दिए । फिल्ममा एसडि योगी र सुरज थापाको संगीत रहनेछ ।
     
    फिल्मको रामेछापको एक गाउँमा सम्पूर्ण छायांकन भएको हो । अधुरैमा फिल्मको छायांकन रोकिँदा निर्मातालाई ठूलो आर्थिक क्षति भएको निर्देशक चौलागाईं बताउँछन् ।


    मंसिर १९, २०७८ आइतवार १६:१६:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बिच्छेद
  • # कोभिड-१९

  • क्यानाडा नेपाल

    काठमाडौं माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को १९ औं संस्करण मंसिर २३ देखि २७ सम्म हुने  

  • 102
    SHARES
  • काठमाडौं माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को १९ औं संस्करण मंसिर २३ देखि २७ सम्म हुने  

    काठमाडौं माउन्टेन फिल्म फेस्टिभल(किम्फ) को १९ औं संस्करण मंसिर २३ देखि २७ सम्म हुने भएको छ ।  फेस्टिभलमा वृत्तचित्र, आख्यान, प्रयोगात्मक, लघु फिल्म, र एनिमेसन सम्बन्धी २८ देशका ६० फिल्म देखाइने आयोजक हिमाल एसोसियसनले जनाएको छ । अमेरिकी फिल्मकर्मी काइल रुडिकद्वारा निर्देशित फिल्म ’ड्रिम माउन्टेन’ प्रदर्शन गर्दै किम्फको उद्घाटन गरिने एसोसियसनले जानकारी दिएको छ । 

    images

    किम्फको निर्णायकमा पर्वतारोही मारियो कासेला, स्विजरल्याण्डकी पत्रकार ‍तथा फिल्म निर्माता क्यारोलिन फिङ्क र रंगकर्मी अनुप बराल रहेका छन् । अन्तर्राष्ट्रिय प्रतियोगितातर्फ ४० फिल्मबट उत्कृष्ट तीन र नेपाल पानोरमामा उत्कृष्ट वृत्तचित्र र फिक्सन फिल्म छनोट गर्नेछन् ।

    अन्तर्राष्ट्रिय प्रतियोगितातर्फको विजेताले २ लाख, दोस्रोले १ लाख ५० र तेस्रो फिल्मले १ लाख पुरस्कार पाउनेछन् । पनोराममा उत्कृष्ट वृत्तचित्रका लागि ७५ हजार र उत्कृष्ट आख्यानका लागि १ लाख प्रदान गरिनेछ । उत्कृष्ट माउन्टेन फिल्म अवार्ड विजेताले भने एक हजार अमेरिकी डलर जित्नेछ । 


    मंसिर १९, २०७८ आइतवार १७:४८:१४ बजे : प्रकाशित

    प्रमोद खरेल र येदिन गजमेरको सहकार्यमा जन्मियो 'यादहरूमा'

  • 144
    SHARES
  • प्रमोद खरेल र येदिन गजमेरको सहकार्यमा जन्मियो 'यादहरूमा'

    काठमाडौँ । चर्चित गीतकार तथा संगीतकार येदिन गजमेरको नयाँ गीत यादहरूमाको भिडियो सार्वजनिक भएको छ । गायक प्रमोद खरेलको स्वरमा सजिएको प्रेम रोमान्स र विरहले भरिएको  यादहरूमाको भिडियो शुक्रबार बजारमा आएको हो । 

    images

    अमेरिकामा बस्दै आएका गीतकार तथा संगीतकार येदिनले दर्जनौँ नेपाली आधुनिक गीत तथा भजन संगहहरुमा आफ्नो शब्द तथा संगीत भरेर चर्चा कमाएका बेला यादहरूमाको भिडियो बजारमा ल्याएका हुन् । 

    वैँशालु उमेरमा प्रेममा परेका एक जोडीको प्रेमील कहानी, प्रेममा पर्दाका रमाइला यादगार क्षणहरु र एक्कासी आफ्नी प्राण प्यारीले छाडेर गएपछिको विरहका दृश्यहरुलाई कैद गरिएको  गीतमा मोडलद्धय रमेश दियाली र साक्षी लम्साल गज्जबसँग खुलेका छन् । 

    संजिब बराईलीको एरेन्ज रहेको गीतमा निशाल पौडेलको छायाङ्कन रहेको छ ।  विकाश दाहालले  सम्पादन गरेको भिडियोको निर्देशन युवराज वाइवाले गरेका हुन् ।  यसैबिच गायक अनुप रेग्मीको स्वरमा तयार भएको लोक आधुनिक गीत  पञ्चेबाजामा संगीतकार येदिनको संगीत रहेको गीत छिट्टै बजारमा आउने तयारीमा रहेको छ । 

    विबाहको मौसमलाई लक्षीत गरेर ल्याउन लागिएको पञ्चेबाजामा संगीतकार यदिनकै शब्द शृजना समावेश छन् । यसअघि नै संगीतकार येदिनले नेपालका चर्चित गायक गायिकाहरुसँग दर्जनौँ गीतमा सहकार्य गरिसहेका छन् ।


    मंसिर १९, २०७८ आइतवार २१:५७:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रमोद खरेल

  • क्यानाडा नेपाल