• Dec 05 2021 | २०७८, मंसिर १९गते

२०७८, मंसिर १९गते

फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

क्यानाडा नेपाल कार्तिक ४ २०७८
  • 598
    SHARES
  • images
    images
    फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

    काठमाडौं - बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार तोलामा एक सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले बढेको हो । 

    images

    बुधबार प्रतितोला ९१ हजार ४ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९१ हजार ७ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाले बढेको छ । आज चाँदीको मूल्य बढेर तोलाको १२ सय ६० रुपैयामा कारोबार भइरहेको छ ।

     

     


    कार्तिक ४, २०७८ बिहिवार १२:२१:५० बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

  • 170
    SHARES
  • एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

    काठमाडौं - एभरेष्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज बिहीबार रहेको छ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि शुक्रबार बुकक्लोज गर्दै छ । यसअनुसार बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

    images

    एभरेष्टले लाभांश वितरण गर्न १ पुसमा आफ्नो केन्द्रिय कार्यालय लाजिम्पाटमा २७औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । सो सभा बिहान १० बजे सुरू हुनेछ । सभामा जुममार्फत सहभागी हुने सेयरधनीलाई मिटिङ आईडी र पासवर्डको व्यवस्था गरिएको छ।

    सभामा हाल कायम चुक्ता पुँजीको छ प्रतिशतका दरले बोनस सेयर र सोमा लाग्ने करसहित गरी चार दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । बैंकको प्रबन्धपत्र संशोधन गर्ने लेखापरीक्षक नियुक्त गर्ने लगायतका विषयमा छलफल हुनेछ ।


    मंसिर १६, २०७८ बिहिवार १०:३०:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एभरेष्ट बैंक

  • क्यानाडा नेपाल

    सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने

  • 192
    SHARES
  • सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने

    काठमाडौं । सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा  ‘सिभिल बैंक डिबेञ्चर २०८८’ निष्कासन तथा बिक्री खुला गर्न लागेको हो ।

    images

    बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यको तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । सोमध्ये एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । बाँकी एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये पाँच प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ।

    बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

    यसमा लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम सबै इकाईका लागि आवेदन दिन सकिनेछ । यसमा लगानीकर्ताले छिटोमा २८ मंसिरसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा सबै एकाइ बिक्री नभएमा भने ९ पुससम्म खुला रहनेछ । 


    मंसिर १६, २०७८ बिहिवार ११:५४:०६ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    हेर्नुहोस् यस्तो छ आजको सुनको मूल्य

  • 336
    SHARES
  • हेर्नुहोस् यस्तो छ आजको सुनको मूल्य

    काठमाडौं - बिहिबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । बुधबार तोलामा ४ सय रुपैयाले घटेको सुनको मूल्य आज स्थिर रहेको हो ।  
     
    बुधबार तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
     
    यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाले घटेर प्रतितोला एक हजार १ सय ९० रुपैयाँ कारोबार भइरहेको छ ।  
     

    images


    मंसिर १६, २०७८ बिहिवार ११:२८:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडा नेपाल

    शेयर बजार राताम्मे, दुई कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि

  • 210
    SHARES
  • शेयर बजार राताम्मे, दुई कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि

    काठमाडौं - साताको अन्तिम कारोवार दिन बिहीबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ४९ दशमलव ४ अंकले घटेर राताम्मे भएको छ । आज नेप्से १ दशमलव ८६ प्रतिशतले घटेर दुई हजार पाँच सय ८४ दशमलब ६१ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । 

    images

    आज दुई सय ३१ कम्पनीको ४७ हजार आठ सय ४६ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल तीन अर्ब ४१ करोड ३५ लाख बराबरको ७९ लाख कित्ता शेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । बैंकले आज १२ करोड ४३ लाखभन्दा बढीको कारोबार गरेको छ ।

    कारोबारमा आएका उपसूचकहरूमा विकास बैंक, फाइनान्स तथा अन्य समूहमा ३ प्रतिशतभन्दा धेरैको गिरावट आएको छ भने बाँकी सबै सूचकमा १ देखि २ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।

    नेप्सेका अनुसार आज दुई कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । सामलिङ पावर कम्पनीको शेयर मूल्य सर्किट लेभेलमा बढेर प्रतिकित्ता पाँच सय सात रुपैयाँ ५० पैसा पुगेको छ भने न्यादी हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेर प्रतिकित्ता चार सय १३ रुपैयाँ १० पैसा पुगेको छ । 

    यस्तै, आज सबैभन्दा धेरै नोक्सान व्यहोर्नेमा कर्पोरेट डेभलप्मेन्ट बैंकका लगानीकर्ता रहेका छन् । बैंकको सेयर मूल्य करिब ६ प्रतिशतभन्दा बढीले घटेको छ । 


    मंसिर १६, २०७८ बिहिवार १८:१७:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेप्से

  • क्यानाडा नेपाल

    बढ्यो अमेरिकी डलरसहित अन्य देशको विनिमयदर, कुनको कति ?

  • 404
    SHARES
  • बढ्यो अमेरिकी डलरसहित अन्य देशको विनिमयदर, कुनको कति ?

    काठमाडौं । शुक्रबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ३० पैसा तोकिएको छ । 
     
    एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ३० पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ४४ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९५ रुपैयाँ ७३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९७ रुपैयाँ ७१ पैसा तोकिएको छ। 
     
    एक बहराइन दिनारको खरिददर ३ सय १७ रुपैयाँ ५० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १९ रुपैयाँ ९ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

    images

    एक युरोको खरिददर १ सय ३५ रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्रीदर १ सय ३६ रुपैयाँ ५० पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ९१ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ७ पैसा तोकिएको छ । 

    त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ २४ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ५० पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ ३० पैसा तोकिएको छ।  

    त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ५८ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ६३ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रीदर ८५ रुपैयाँ ५४ पैसा रहेको छ । 


    मंसिर १७, २०७८ शुक्रवार ०९:०८:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर

  • क्यानाडा नेपाल

    घट्यो सुनको मूल्य

  • 212
    SHARES
  • घट्यो सुनको मूल्य

    काठमाडौं - शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहिबार स्थिर रहेको सुनको मूल्य आज तोलामा २ सय रुपैयाले घटेको हो ।  
     
    बिहिबार तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९१ हजार ३ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
     
    यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार १ सय ९० रुपैयाँ कारोबार भइरहेको छ ।  
     

    images


    मंसिर १७, २०७८ शुक्रवार १२:४८:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडा नेपाल