• Dec 07 2021 | २०७८, मंसिर २१गते

२०७८, मंसिर २१गते

आर्थिक हिनामिना गरेको आरोपमा कृषि विकास बैंक गुञ्जनगर शाखा प्रमुख निलम्बनमा 

क्यानाडा नेपाल कार्तिक २ २०७८
  • 740
    SHARES
  • images
    images
    आर्थिक हिनामिना गरेको आरोपमा कृषि विकास बैंक गुञ्जनगर शाखा प्रमुख निलम्बनमा 

    चितवन - सरकारी स्वामित्वको कृषि विकास बैंक लिमिटेडले आर्थिक हिनामिना गरेको आरोपमा चितवनस्थित कृषि बैंकको गुञ्जनगर शाखा प्रमुखलाई निलम्बन गरेको छ । शाखा प्रमुख शोभाकुमारी दत्तलाई १५ दिनअघि निलम्बन गरी बैंकले छानविन गरिरहेको हो । 

    images

    ग्राहकलाई ऋण उपलब्ध गराइदिएबापत ग्राहकसँग कमिसन लिने गरेको र गैरकानुनी रूपमा बैंकको पैसा बिनाब्याज ग्राहकलाई सापटी दिने गरेको आरोप शाखा प्रमुख दत्तलाई लागेको छ । छानविनका लागि केन्द्रबाट दुई जना र प्रदेशबाट एक गरी तीन जना कर्मचारी खटिएको बैंकले जनाएको छ ।

    शाखा प्रमुख दत्त कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकायका डिन जयप्रकाश दत्तकी श्रीमती हुन् । छानविन समितिले गुञ्जनगर शाखामा आएर आवश्यक कागजपत्र लिएर गइसकेको छ । शाखा प्रमुखको जिम्मेवारी बैंकको प्रदेश कार्यालयका कुमार उप्रेतीलाई दिइएको छ ।

    लेखापरीक्षण गर्दा कैफियत भेटिएपछि शाखा प्रमुखलाई निलम्बन गरि छानविन गर्ने काम भइरहेको कृषि विकास बैंकको केन्द्रीय प्रवक्ता हिमलाल पौड्यालले जानकारी दिए । ‘लेखापरीक्षण हुँदा केही कैफियत देखियो । धितो र परियोजनामा केहि कैफियत देखियो । त्यसपछि छानविन हुन जरुरी छ भन्ने भएपछि त्यसको काम भइरहेको छ’, उनले भने ।

    जिल्ला निरीक्षकलाई पठाएर छानविन थालिएको उनले बताए । छानविनमा प्रभाव पर्न सक्ने भन्दै उनले छानविन समितिका सदस्यहरूको नाम खुलाउन भने चाहेनन् । ‘छानविनकै क्रममा रहेकाले अरू भन्न मिल्ने अवस्था रहेन । जतिसक्दो चाँडो रिपोर्ट दिने भन्ने छ । गम्भीर प्रकृतिको भए धेरै दिन लाग्न सक्छ । रिपोर्ट आएपछि मात्र वास्तविकता बाहिर आउँछ’, उनले भने । 

    कृषि विकास बैंकको पैसा ग्राहकको अन्य बैंकमा भएको ऋण चुक्ताका लागि ग्राहकलाई बिना ब्याज सापटी उपलब्ध गराएको पाइएपछि शाखा प्रमुख दत्तलाई निलम्बन गरिएको स्रोतले जानकारी दियो । कृषि बैंकमा सस्तो ब्याजदरमा ऋण पाइने भएकाले अर्काे बैंकको ऋण चुक्ताका लागि त्यसरी सापटी दिएको देखिन्छ । 

    ‘बैंकको पैसा कर्मचारीको खातामार्फत ग्राहकको खातामा गएको देखियो । ग्राहक र कर्मचारीको खातामा त्यसरी लेनदेन भएको हुनुहुँदैन’, स्रोतले भन्यो, ‘ग्राहकले अन्य बैंकमा भएको ऋण चुक्ताका लागि त्यसरी बिनाव्याज सापटी लिएको देखिन्छ । कानुनले त्यसो गर्न पाइँदैन ।’ शाखा प्रमुख दत्तले ग्राहकलाई सहुलियतको ऋण उपलब्ध गराएबापत ग्राहकसँग कमिसन लिएको र उनको खातामा अस्वाभाविक रकम पनि देखिएको स्रोतले बताएको छ ।कुलप्रसाद काफ्ले 


    कार्तिक २, २०७८ मंगलवार २०:५९:३७ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # कृषि विकास बैंक

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    दोहोरो अंकले बढ्यो शेयर बजार 

  • 152
    SHARES
  • दोहोरो अंकले बढ्यो शेयर बजार 

    काठमाडौं - साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ३२ दशमलव २२ अंकले बढेर दुई हजार पाँच सय ४६ दशमलब ८ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । 

    images

    आज दुई सय २७ कम्पनीकोे ६९ हजार आठ सय ८८ कित्ता शेयर खरिदबिक्री हुँदा कुल चार अर्ब ५४ करोड २३ लाख ४५ हजार दुई सय ७१ रुपैयाँको कारोबार भएको छ । कारोबारको आधारमा सबैभन्दा बढी नविल बैंकको शेयर काराेबार भएको छ । यस बैंकको १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।      

    आज सबै समूहको सूचकमा हरियाली छाए पनि तीन दशमलव ४५ प्रतिशतभन्दा माथि पुग्न सकेका छैनन् । आज उच्च नाफा कमाउनेमा मेरो माइक्राे फाइनान्स वित्तिय संसथाका लगानीकर्ताहरू रहेका छन् । यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, आज जनउत्थान सामुदायिक लघुवित्त र न्यादी हाइड्रो पावरको शेयर मूल्यमा उच्च गिरावट आएको छ । जनउत्थान सामुदायिक लघुवित्त कम्पनीको शेयर मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ । 
     


    मंसिर २०, २०७८ सोमवार १७:५८:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेप्से

  • क्यानाडा नेपाल

    बढ्न थाल्यो बैंकहरूमा निक्षेप 

  • 186
    SHARES
  • बढ्न थाल्यो बैंकहरूमा निक्षेप 

    काठमाडौं - केही समययता घटेको बैंकहरूको निक्षेप पुनः बढ्न थालेको छ । मंसिरको पहिलो र दोस्रो सातामा निक्षेप घटेकोमा तेस्रो सातामा निक्षेप वृद्धि भएको नेपाल बैंकर्स संघले जनाएको छ । 

    images

    संघका अनुसार बाणिज्य बैंकहरूबाट मंसिर पहिलो साता आठ अर्ब र दोस्रो साता ६ अर्व रुपैयाँ निक्षेप घटेको थियो । मंसिर ११ देखि १७ गतेसम्ममा भने बैंकहरुको निक्षेप सात अर्ब रुपैयाँले वृद्धि भएको छ । 

    निक्षेपसँगै बैंकहरूको कर्जा लगानी पनि वृद्धि भएको छ । मंसिर पहिलो सात अर्ब लगानी बढाएका बैंकहरूले दोस्रो र तेस्रो साता १४/१४ अर्व रुपयाँ लगानी विस्तार गरेका छन् । 

    १७ मंसिसम्म बाणिज्य बैंकहरूले ४२ खर्व २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४० खर्ब ६९ अर्व कर्जा प्रवाह गरेको संघले जानकारी दिएको छ । पछिल्लो समय कर्जा विस्तारको तुलनामा निक्षेप वृद्धि नहुँदा बैंकहरूले तरलता अभावको समस्या भोगिरहेका छन् । 


    मंसिर २०, २०७८ सोमवार १८:२८:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बैंक

  • क्यानाडा नेपाल

    फेरि बढ्यो अमेरिकी डलरसहित सबै देशको विनिमयदर 

  • 312
    SHARES
  • फेरि बढ्यो अमेरिकी डलरसहित सबै देशको विनिमयदर 

    काठमाडौं । मंगलबार पनि अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ९८ पैसा तोकिएको छ । 
     
    एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ५९ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९७ रुपैयाँ ७९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९९ रुपैयाँ ७७ पैसा तोकिएको छ। 
     
    एक बहराइन दिनारको खरिददर ३ सय १९ रुपैयाँ ३१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २० रुपैयाँ ९० पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३३ रुपैयाँ ६ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ २३ पैसा तोकिएको छ ।
     
    एक युरोको खरिददर १ सय ३५ रुपैयाँ ३ पैसा रहेको छ भने बिक्रीदर १ सय ३६ रुपैयाँ ७१ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३२ रुपैयाँ ९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २५ पैसा तोकिएको छ । 

    images

    त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ २० पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ २५ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६०  रुपैयाँ ४० पैसा तोकिएको छ।  

    त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ६३ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ६८ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रीदर ८५ रुपैयाँ २ पैसा रहेको छ । 

    kk.png


    मंसिर २१, २०७८ मंगलवार ०८:२९:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर

  • क्यानाडा नेपाल

    सुदूरपश्चिममा बैंकहरूको निक्षेप खर्ब नाघ्यो, सबैभन्दा बढी कर्जा प्रवाह कैलालीमा

  • 150
    SHARES
  • सुदूरपश्चिममा बैंकहरूको निक्षेप खर्ब नाघ्यो, सबैभन्दा बढी कर्जा प्रवाह कैलालीमा

    काठमाडौं - सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप एक खर्बभन्दा माथि पुगेको छ । प्रदेशभित्र बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार बढ्दै वित्तीय साक्षरता र बढ्दो आर्थिक क्रियाकलापका कारण बैंकिङ कारोबार वृद्धि भएको हो ।

    images

    नेपाल राष्ट्र बैंकको धनगढी कार्यालयले गरेको प्रादेशिक आर्थिक गतिविधिसम्बन्धी अध्ययनमा २०७८ असारसम्म सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप २०७७ असारको तुलनामा २०.२२ प्रतिशतले वृद्धि भई १ खर्ब ९ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो निक्षेप २९.५४ प्रतिशतले वृद्धि भएको थियो ।

    प्रदेशभित्र बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा २०७७ असार मसान्तको तुलनामा ३६.२० प्रतिशतले वृद्धि भई १ खर्ब २७ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो कर्जा १८.७२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

    बैंक तथा वित्तीय संस्थाले संकलन गरेको निक्षेपमा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ४७.२५ प्रतिशत र बाजुरा जिल्लाको अंश सबैभन्दा कम अर्थात् २.८१ रहेको छ ।

    कर्जामा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ६८.८२ प्रतिशत र बाजुरा जिल्लाकोअंश सबैभन्दा कम ०.९४ प्रतिशत रहेको छ ।

    २०७८ असार मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा वाणिज्य बैंकका ३१७, विकास बैंकका ४६, वित्त कम्पनीका ६ तथा लघुवित्त वित्तीय संस्थाका ४०८ गरी जम्मा ७ सय ७७ शाखा सञ्चालनमा रहेका छन् । यसमध्ये कैलाली जिल्लामा सबैभन्दा बढी ३४४ तथा बाजुरा जिल्लामा सबैभन्दा कम २६ शाखा सञ्चालनमा रहेको प्रतिवेदनले औँल्याएको छ । 

    बैंकको कर्जामध्ये सेवा क्षेत्रमै बढी कर्जा प्रवाह भएको छ । सेवा क्षेत्रमा प्रवाह गरेको कर्जा २०७७ असार मसान्तको तुलनामा ४७.६२ प्रतिशतले बढेर ८६ अर्ब २६ करोड पुगेको छ । यसैगरी कृषि क्षेत्रमा प्रवाहित कर्जा २०७७ असार मसान्तको तुलनामा ४७.६३ प्रतिशतले वृद्धि भई १२ अर्ब ८ करोड पुगेको छ । बैंकको कर्जामध्ये ८६ प्रतिशत सेवा क्षेत्रमा र ९ प्रतिशत कृषिमा प्रवाह भएको अध्ययनमा पाइएको छ । 


    मंसिर २१, २०७८ मंगलवार १०:५०:५० बजे : प्रकाशित


    क्यानाडा नेपाल

    घट्यो सुनचाँदीको मूल्य, कुनको कति पुग्यो ?

  • 204
    SHARES
  • घट्यो सुनचाँदीको मूल्य, कुनको कति पुग्यो ?

    काठमाडौं - मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य आज तोलामा २ सय रुपैयाले घटेको हो ।  
     
    सोमबार तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९१ हजार ८ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
     
    यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाले घटेर प्रतितोला ११ सय ९० रुपैयाँ कारोबार भइरहेको छ ।  

    images

     


    मंसिर २१, २०७८ मंगलवार ११:४०:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडा नेपाल

    साना किसान र मनकामना स्मार्ट लघुवित्तको लाभांश स्वीकृत 

  • 126
    SHARES
  • साना किसान र मनकामना स्मार्ट लघुवित्तको लाभांश स्वीकृत 

    काठमाडौं - नेपाल राष्ट्र बैंकले साना किसान विकास  र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको लाभांशलाई स्वीकृत गरेको छ । 

    images

    साना किसानको सञ्चालक समितिले आर्थिक वर्ष २०७७/७८ सम्मको को संचित मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । हाल एक अर्व २५ करोड सेयर पुँजी रहेको कम्पनीको उक्त लाभांश वितरणपछि पुँजी डेढ अर्व नाघ्नेछ । 

    यसैगरी मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको पनि १७ प्रतिशत बोनस सेयरलाई राष्ट्र बैंकले स्वीकृत गरेको छ । दुवै कम्पनीका साधारणसभाबाट पारित गरेपछि उक्त लाभांश वितरण हुनेछ । 

     


    मंसिर २१, २०७८ मंगलवार ११:४७:३३ बजे : प्रकाशित


    क्यानाडा नेपाल