• Dec 05 2021 | २०७८, मंसिर १९गते

२०७८, मंसिर १९गते

सरकारको गोजीमा दाम छैन, ८० प्रतिशत खर्च भए संचित कोष ‘माइनस’मा 

क्यानाडा नेपाल आश्विन ३१ २०७८
  • 558
    SHARES
  • images
    images
    सरकारको गोजीमा दाम छैन, ८० प्रतिशत खर्च भए संचित कोष ‘माइनस’मा 

    पोखरा - आर्थिक वर्ष २०७५/०७६ मा ७ अर्व रुपैयाँ खर्च भएन । २४ अर्व बजेटमध्ये करिब ३० प्रतिशत खर्च हुन नसकेको हो । त्यसमाथि  २ अर्ब ऋण सरकारले उठाउन सकेन । उक्त वर्ष ५९ प्रतिशत बजेट खर्च भएको तथ्यांक छ । त्यो भन्दा पछिल्लो वर्ष २०७६/०७७ को बजेटमा ११ अर्ब ६६ करोड खर्च हुन सकेन । ३२ अर्व १३ करोड विनियोजन गरिएकोमा ६३.७१ प्रतिशत मात्रै खर्च भएको हो । आर्थिक वर्ष २०७७/७८ मा ७३ प्रतिशत बजेट खर्च गरेको छ । कुल ३४ अर्ब ८४ करोड बजेटमध्ये २५ अर्ब ७४ करोड १३ लाख ९१ हजार खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

    images

    सुरुका वर्षहरुमा बजेट खर्च गर्ने संरचनाहरुको निर्माण भएको थिएन । कानुन बनेका थिएनन् । अहिले मन्त्रालयपिच्छे जिल्लास्तरीय कार्यालय खुलेका छन् । आवश्यक्ता अनुसारका कानुन बनेका छन् । चालु खर्चको आकार पनि अत्यधिक बढेको छ । आधार वर्षमा २९ प्रतिशत मात्रै रहेको चालु खर्च अहिले ४४ प्रतिशत पुगेको छ । बजेट खर्च ८० प्रतिशतभन्दा बढी नाघ्यो भने प्रदेशको संचित कोष नकारात्मक हुने अर्थ विज्ञहरू बताउँछन् । 

    प्रदेश सरकारले यो वर्ष ८० प्रतिशतभन्दा बढी खर्च हुने लक्ष्य लिएको छ । बजेट खर्च गर्ने क्षमता बढेसँगै गण्डकीलाई स्रोत जुटाउने समस्याले पिरोलेको छ । ‘खर्चको फाँटहरू बढेका छन् । ८० प्रतिशतसम्म खर्च हुँदा सन्चित कोष माइनसमा जाँदैन र जान दिनु हुँदैन,’ अर्थमन्त्री रामजी बरालले भने, ‘आन्तरिक स्राेतलाई बढाउने सोचिरहेका छौं । बजेटको आकार, स्राेत बढाउनेस्थिति र संघबाट बजेट ल्याउन सक्ने वातावरण बनेको हुँदा माइनसमा जाँदैन भन्ने लागेको छ ।’

    उनले भनेझैं आन्तरिक आम्दानी बढ्ने बलियो स्राेत पनि छैन । करिब ५ अर्बमात्रै आन्तरिक आम्दानी उठ्ने अनुमान छ । तर, अघिल्लो वर्षहरूमा हेर्दा लक्ष्यको ५० प्रतिशत हाराहारी पनि आन्तरिक आम्दानी भएको देखिँदैन । कोरोना संक्रमण, नयाँ स्रोत खोज्न नसक्नु र राजस्व क्षमता बढ्न नसकेको कारण आम्दानी बढ्ने सम्भावना खासै छैन ।

    प्रदेश सरकारले सवारीसाधन कर, घरजग्गा रजिष्ट्रेसन, पर्यटन, मनोरञ्जन र विज्ञापन कर उठाउन पाउँछ । अहिले सवारी र घरजग्गा कर उठाइरहे पनि अरु शीर्षकमा कर लगाउन सकेको छैन । बजेट अनुमानअनुसार नचल्नु अर्थ अनुशासनको हिसावले गम्भीर समस्या हो । 

    प्रदेश सरकारले आन्तरिक ऋणको प्रस्ताव बजेटमै गरे पनि ऋण लिने बाटो बनाएको छैन । ‘ऋण लिने खालको वातावरण बनेको छैन । कोभिडले थला परेको अवस्था छ । दोश्रो चौमासिक अन्तमा पुग्दा आन्तरिक स्राेत बढाउने र संघको बजेटसँगै खर्चको गति हेरेर ऋण लिने नलिने टुंगो लगाउछौं,’ उनले थपे, ‘नीतिमा आन्तरिक ऋणको परिकल्पना गरेका छौं भने त्यो कानुन बनाउनुपर्छ । विधेयक अधिवेसनमा ऋण लिने कानुन बनाउन प्रयास गर्छौं ।’ चालु वर्षमा २ अर्ब ऋण लिने बजेट वक्तव्यमा उल्लेख छ । हालसम्म कुनै वर्ष पनि ऋण लिइएको छैन । 

    सरकारले बजेट भन्दा धेरै योजना छानेका कारण बजेट कार्यान्वयनका बेला झनै सकस पर्ने अर्थ मन्त्रालयका उपसचिव रमेश शर्माले बताए । ‘सोचे अनुसार आन्तरिक आम्दानी छैन । संघले दिने भनेको बजेट पनि अन्तिम समयमा रोकिदिन्छ,’ उनले भने, ‘कोषमा भएको पैसाभन्दा धेरै योजना छानेका छौं । अस्वभाविक घाटा बजेट ल्याउँदा स्रोत खोज्न मुस्किल पर्न थालेको छ ।’ धेरै बजेट खर्च भए काम रोक्नु भन्नुपर्ने अवस्था आउने उनले बताए । उनका अनुसार यो वर्ष ३० अर्वको बजेट ल्याएपनि २४ अर्बभन्दा बढी खर्च हुन थाले योजना कार्यान्वयन नै रोक्नुपर्ने अवस्था छ । 

    अर्थ तथा विकास समिति सभापति दीपक कोइराला पनि स्राेतको खोजी गर्न सरकार चुकेको बताउँछन् । ‘बजेट खर्च बढेपनि कामको प्रभावकारिता खासै राम्रो छैन । त्यसमाथि बजेटको आकार मात्रै बढाउने र रकम नबढ्ने बाध्यता हामीसँग छ,’ उनले भने, ‘अब छानिएका योजना कार्यान्वयन गर्न आन्तरिक आम्दानी बढाउनै जोड गर्नुपर्छ । त्यसतर्फ खासै ध्यान दिएको देखिँदैन ।’

    अर्थविज्ञ दीपेन्द्रबहादुर क्षेत्रीले प्रदेश सरकार भएको महसुस नागरिकले गर्नै नपाएको बताए । ‘सरकारसँग स्राेत छैन । जनतासँग धेरै अपेक्षा र आशा छन्,’ उनले भने, ‘योजना छनोट मनपरि गरिएको छ । त्यसको स्राेत सुनिश्चित भएको छैन । यसले बजेटमा कस्तो असर गर्छ सरकारले हेक्का नै गरेको छैन ।’ 

    यो वर्ष ३० अर्व ३ करोडको बजेट ल्याइएको छ । चालु खर्च १३ अर्ब ६ करोड र पुँजीगत खर्च १६ अर्ब ७३ करोड छ । संघको अनुदान र आन्तरिक आम्दानीबाट ४ अर्ब १० करोड बजेट कम हुने र त्यसमा चालु वर्षमा खर्च हुन नसकेको २ अर्ब १० करोड तथा बाँकी २ करोड ऋण लिने बताइएको छ । यो वर्ष संघ सरकारले वित्तीय समानीकरणमा ७ अर्ब ४२ करोड, सशर्त अनुदान ४ अर्ब १८ करोड, समपूरक अनुदान ८७ करोड, विशेष अनुदान ५४ करोड दिने बताइएको छ । राजश्व बाँडफाँटबाट ७ अर्ब ६२ करोड, रोयल्टीबाट ३० करोड प्राप्त गर्ने अनुमान प्रदेशको छ । न्युज कारखाना

     


    आश्विन ३१, २०७८ आइतवार १३:३६:१९ बजे : प्रकाशित

    images
    images

    क्यानाडा नेपाल

    अर्कोसमाचार

    हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर 

  • 528
    SHARES
  • हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर 

    काठमाडौँ - बुधबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ८५ पैसा तोकिएको छ । 

    images

    त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९८ रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रिदर ४ सय रुपैयाँ ७१ पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १९ रुपैयाँ तोकिएको छ भने बिक्रिदर ३ सय २० रुपैयाँ ६० पैसा तोकिएको छ ।
     
    एक साउदी रियालको खरिददर ३२ रुपैयाँ ६ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २२ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३३ रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ १९ पैसा तोकिएको छ । एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ८३ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ९७ पैसा तोकिएको छ । 

    एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६६ रुपैयाँ २६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६७ रुपैयाँ ९ पैसा  तोकिएको छ। त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ २१ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ २६ पैसा तोकिएको छ ।


    कार्तिक ३, २०७८ बुधवार १२:२४:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर

  • क्यानाडा नेपाल

    फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

  • 600
    SHARES
  • फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

    काठमाडौं - बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार तोलामा एक सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले बढेको हो । 

    images

    बुधबार प्रतितोला ९१ हजार ४ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९१ हजार ७ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाले बढेको छ । आज चाँदीको मूल्य बढेर तोलाको १२ सय ६० रुपैयामा कारोबार भइरहेको छ ।

     

     


    कार्तिक ४, २०७८ बिहिवार १२:२१:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडा नेपाल

    मिर्मिरे लघुवित्तको खुद नाफामा १९३ दशमलव ३३ प्रतिशतकाे वृद्धि

    क्यानाडा नेपाल

    कार्तिक ११

  • 412
    SHARES
  • मिर्मिरे लघुवित्तको खुद नाफामा १९३ दशमलव ३३ प्रतिशतकाे वृद्धि

    काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा लघुवित्तको खुद नाफासँगै प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य सुधार गरेको देखिएको छ। 

    images

    कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा छ करोड ३७ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको पहिलो त्रैमासमा दुई करोड १७ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तको खुद नाफा १९३ दशमलव ३३ प्रतिशतले बढेको हो । 

    कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चुक्ता पूँजी ४३ करोड ५० लाख ७१ हजार रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी ५८ दशमलव ६२ रुपैयाँ छ । गत आवको पहिलो त्रैमासमा २१ दशमलव ६१ रुपैयाँ रहेकोमा ३७ दशमलव ०१ रुपैयाँले बढेको हो ।

    त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११५ दशमलव ७१ प्रतिशत बढेर १३ करोड ३३ लाख ५८ हजार छ । त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा १९३ दशमलव ३३ प्रतिशतले बढेर १० करोड १२ लाख ९ हजार रुपैयाँ पुगेको छ ।

    समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी आठ दशमलव १३ प्रतिशत बढेको छ भने जगेडा कोष १७० दशमलव ७६ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सापटी ९२ दशमलव ७३ प्रतिशत छ । कम्पनीको निक्षेप संकलन ३७ दशमलव ०८ प्रतिशतले बढेको छ भने कर्जा ७४ दशमलव ५० प्रतिशतले बढेको छ।

    चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले दुई अर्ब १३ करोड ९५ लाख रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट पाँच अर्ब ४६ करोड छ लाख रुपैयाँ सापटी लिएर आठ अर्ब ११ करोड ९४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।


    कार्तिक ११, २०७८ बिहिवार ११:१९:३१ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    सानिमा बैंकको नाफा ५२ प्रतिशतले बढ्यो

    क्यानाडा नेपाल

    कार्तिक १५

  • 366
    SHARES
  • सानिमा बैंकको नाफा ५२ प्रतिशतले बढ्यो

    काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म सानिमा बैंकले ५६ करोड ७८ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यसैअवधिमा बैंकले ३७ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो । 

    images

    समीक्षा अवधिमा खुद ब्याज आम्दानी १८ दशमलव ८४ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा ३३ दशमलव ७१ प्रतिशतले बढेको छ । बैंकको खराब कर्जा पनि शून्य दशमलव २९ प्रतिशतले घटेर शून्य दशमलव ११ प्रतिशत पुगेको छ । 

    असोज मसान्तसम्ममा बैंकको वितरण योग्य नाफा  एक अर्ब ९६ करोड रुपैयाँ रहेको छ । गत वर्ष यसको वितरण योग्य नाफा १० करोड २३ लाख रुपैयाँ ऋणात्मक रहेको थियो । हाल बैंकको चुक्ता पुँजी नौ अर्ब ६८ करोड १५ लाख १९ हजार रुपैयाँ छ ।

    रिटेन्ड अर्निङसहित बैंकको जगेडा कोष रकम पाँच अर्ब ७५ करोड १५ लाख रुपैयाँभन्दा बढी छ । असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी छ रुपैयाँ १४ पैसाले बढेर २२ रुपैयाँ ७८ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ४१ पैसा रहेको छ ।


    कार्तिक १५, २०७८ सोमवार १२:२५:०४ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    मेरो माइक्रोफाइनान्सको बोनसपछिको सेयर मूल्य समायोजन

  • 144
    SHARES
  • मेरो माइक्रोफाइनान्सको बोनसपछिको सेयर मूल्य समायोजन

    मेरो माइक्रोफाइनान्सको बोनसपछिको सेयर मूल्य समायोजन भएको छ । बिहीबार संस्थाको २० प्रगिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । 

    images

    बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले १२ सय रुपैयाँ निर्धारण गरेको छ । संस्थाको २४ मंसिरमा आयोजना हुने साधारणसभा प्रयोजनार्थ कम्पनीले बिहीबार बुक क्लोज गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट यसले २० प्रतिशत बोनस सेयर र कर तिर्न १ दशमलव ०५२ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । 


    मंसिर ९, २०७८ बिहिवार ११:२२:५० बजे : प्रकाशित


    क्यानाडा नेपाल

    निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा

  • 206
    SHARES
  • निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा

    काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । संस्थाको बिहीबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा २९ दशमलव ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 
     
    उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै लगानीकर्ताले पाउनेछन् । कम्पनीले ५० करोड २५ लाख रुपैयाँ बराबरको रकम बोनस सेयर वितरणमा खर्च गर्नेछ । त्यसैगरी, दुई करोड ६३ लाख १७ हजार १०५ रुपैयाँ कर प्रयोजनमा खर्च गर्नेछ ।  गत वर्ष कम्पनीले १३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    images


    मंसिर १०, २०७८ शुक्रवार १२:०९:२६ बजे : प्रकाशित


    क्यानाडा नेपाल