• Dec 07 2021 | २०७८, मंसिर २१गते

२०७८, मंसिर २१गते

एनआरएनएको कार्यकाल ६ महिना थप, स्वतन्त्र समिति गठन

क्यानाडा नेपाल आश्विन ३१ २०७८
  • 532
    SHARES
  • images
    images
    एनआरएनएको कार्यकाल ६ महिना थप, स्वतन्त्र समिति गठन

    लण्डन - गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ ।  गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको संघका सचिव गौरीराज जोशीले जानाकारी दिए  ।

    images

    कुमार पन्तको अध्यक्षतामा बसेको भरर्चुअल बैठकले  संघको १० औं महाधिवेशन तथा निर्वाचन आगामी ३० नोभेम्ताबरभित्र गर्ने निर्णय गरेको छ ।  

    यसअघि संघको महाधिवेशन प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि मन्त्रालयले संघको निर्वाचन सम्बन्धी सम्पूर्ण प्रकृया रोक्न पत्राचार गरेको थियो ।

    मन्त्रालयको पत्रपछि २३ देखी २५ अक्टोवरका लागि तय गरिएको १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको थियो ।

    बैठकले  महाधिवेशन प्रतिनिधिहरुका विषयमा आएका गुनासा सम्बोधन गर्न संघका पूर्वअध्यक्षहरुसँगको परामर्शमा एक स्वतन्त्र समिति गठन गर्ने निर्णय गरेको छ ।

    बैठकमा केन्द्रीय पदाधिकारी, सल्लाहकारसहित करिव १०० भन्दाबढी सदस्यहरुले आआफ्ना भनाई राखेका थिए । अध्यक्ष पदको लागि वर्तमान कार्यसमितिका उपाध्यक्षद्धय डा. बद्री केसी, रविना थापा र पूर्वउपाध्यक्ष कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।

    संघका महासचिव डा. हेमराज शर्माका अनुसार संघको महाधिवेशनमा पेश हुने वार्षिक तथा आर्थिक प्रतिवेदन समेत संघको विधान अनुसार १ महिना अगावै सार्वजनिक  भइसकेका छन् ।

    संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलनको लागि ६४ देशका ३ हजार ५ सय प्रतिनिधिहरु चयन भइसकेका छन् । संघको विधानअनुरुप यसअघि नै राष्ट्रिय समितिको महाधिवेशनबाट अन्तराष्ट्रिय समन्वय परिषद्को सदस्यहरु चयन भैसकेका छन् भने आगामी निर्वाचनबाट क्षेत्रीय संयोजक सहित ४८ जना पदाधिकारी निर्वाचित हुने छन् ।न्युज कारखाना 


    आश्विन ३१, २०७८ आइतवार ०७:१२:५६ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # एनआरएनए

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    एनआरएनएको कार्यकाल ६ महिना थप, स्वतन्त्र समिति गठन

  • 532
    SHARES
  • एनआरएनएको कार्यकाल ६ महिना थप, स्वतन्त्र समिति गठन

    लण्डन - गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ ।  गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको संघका सचिव गौरीराज जोशीले जानाकारी दिए  ।

    images

    कुमार पन्तको अध्यक्षतामा बसेको भरर्चुअल बैठकले  संघको १० औं महाधिवेशन तथा निर्वाचन आगामी ३० नोभेम्ताबरभित्र गर्ने निर्णय गरेको छ ।  

    यसअघि संघको महाधिवेशन प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि मन्त्रालयले संघको निर्वाचन सम्बन्धी सम्पूर्ण प्रकृया रोक्न पत्राचार गरेको थियो ।

    मन्त्रालयको पत्रपछि २३ देखी २५ अक्टोवरका लागि तय गरिएको १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको थियो ।

    बैठकले  महाधिवेशन प्रतिनिधिहरुका विषयमा आएका गुनासा सम्बोधन गर्न संघका पूर्वअध्यक्षहरुसँगको परामर्शमा एक स्वतन्त्र समिति गठन गर्ने निर्णय गरेको छ ।

    बैठकमा केन्द्रीय पदाधिकारी, सल्लाहकारसहित करिव १०० भन्दाबढी सदस्यहरुले आआफ्ना भनाई राखेका थिए । अध्यक्ष पदको लागि वर्तमान कार्यसमितिका उपाध्यक्षद्धय डा. बद्री केसी, रविना थापा र पूर्वउपाध्यक्ष कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।

    संघका महासचिव डा. हेमराज शर्माका अनुसार संघको महाधिवेशनमा पेश हुने वार्षिक तथा आर्थिक प्रतिवेदन समेत संघको विधान अनुसार १ महिना अगावै सार्वजनिक  भइसकेका छन् ।

    संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलनको लागि ६४ देशका ३ हजार ५ सय प्रतिनिधिहरु चयन भइसकेका छन् । संघको विधानअनुरुप यसअघि नै राष्ट्रिय समितिको महाधिवेशनबाट अन्तराष्ट्रिय समन्वय परिषद्को सदस्यहरु चयन भैसकेका छन् भने आगामी निर्वाचनबाट क्षेत्रीय संयोजक सहित ४८ जना पदाधिकारी निर्वाचित हुने छन् ।न्युज कारखाना 


    आश्विन ३१, २०७८ आइतवार ०७:१२:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एनआरएनए

  • क्यानाडा नेपाल

    बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाँदै

  • 528
    SHARES
  • बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाँदै

    काठमाडौं - लामो समयदेखि  दक्षिण कोरिया जान नपाएका नेपाली कामदार अब जान पाउने भएका छन् । रोकिएको प्रक्रिया खुलेपछि बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जान लागेका हुन् । 

    images

    बुधबार पहिलो चरणमा ४८ श्रमिक कोरिया जान लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । कोरोना महामारीका कारण प्रक्रिया पूरा गरेर पनि नेपाली कामदार दक्षिण कोरिया जान पाएका थिएनन् । 

    रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली कामदार कोरोना महामारी कम भएसँगै जान लागेको मन्त्रालयले जनाएको छ । 

    लामो समयपछि दक्षिण कोरिया जाने श्रमिकलाई दिउँसो ३ बजे मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्ने कार्यक्रम छ । कोरिया जाने सबै प्रक्रिया पूरा गरेका १० हजार श्रमिक पर्खाइमा रहेको मन्त्रालयले जनाएको छ । 


    कार्तिक ९, २०७८ मंगलवार २१:४७:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दक्षिण कोरिया

  • क्यानाडा नेपाल

    वैदेशिक राेजगारीमा जानेकाे संख्या घट्याे, काेभिड घटेसँगै राहदानी बनाउने बढे

  • 386
    SHARES
  • वैदेशिक राेजगारीमा जानेकाे संख्या घट्याे, काेभिड घटेसँगै राहदानी बनाउने बढे

    बुटवल - कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ । राहदानी वितरणमा कमी आएसँगै वैदेशिक रोजगारीमा जानेको संख्या कमी भएको पाइएको हो । 

    images

    विगत दुई आर्थिक वर्षमा रुपन्देहीबाट वैदेशिक रोजगारीमा जानका लागि भन्दै राहदानी बनाउनेको संख्यामा कमी आएको हो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार आर्थिक वर्ष २०७७-७८ र आर्थिक वर्ष २०७६-७७ मा राहदानी बनाउने घटेका छन् ।
     
    आर्थिक वर्ष २०७७-७८ मा तीन हजार ६२९ वटा राहदानी वितरण भएका छन् भने ५२६ वटा द्रुत सेवाका राहदानी सिफारिस भएका छन् । यो संख्या आर्थिक वर्ष २०७५-७६ को भन्दा तीन हजार दुईले कमी हो भने आर्थिक वर्ष २०७६-७७ मा भन्दा एक हजार ५४८ ले कमी हो ।

    रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार चालु आर्थिक वर्ष २०७८-७९ को कात्तिक मसान्तसम्म बिगतका दुई आर्थिक वर्षको तुलनामा बढी राहदानी वितरण भएका छन् । 'कोरोना महामारीका कारण विदेश जानेको संख्या घटेको हो, स्थिति सहज बन्दै गएपछि राहदानी बनाउने फेरि बढ्न थालेका छन्,' उनले भने ।

    आर्थिक वर्ष २०७६-७७ मा जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट पाँच हजार ५७५ वटा राहदानी जारी भएका थिए । जसमा साधारण राहदानी पाँच हजार १८८ वटा, नाबालकका ११५ वटा, हराएका २७५ वटा रहेका छन् । सोही आर्थिक वर्षमा एक हजार ३०० महिला र चार हजार २६१ पुरुषले राहदानी लिएका छन् । त्यस्तै ८७६ वटा द्रुत सेवाका लागि राहदानी सिफारिश गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । अघिल्लो आर्थिक वर्ष भन्दा उक्त आर्थिक वर्षमा एक हजार ४५४ वटा राहदानी कम वितरण भएका छन् ।

    कोरोना महामारी सुरु हुनुभन्दा अगाडि अर्थात आर्थिक वर्ष २०७५-७६ मा भने राहदानी बनाउनेको संख्या उल्लेख्य थियो । यो आर्थिक वर्षमा ६ हजार ६२१ साधारण, १२६ वटा नाबालक, २८२ वटा हराएका गरी सातहजार २९ वटा राहदानी जारी भएका छन् । उक्त आर्थिक वर्षमा एक हजार १३३ वटा द्रुत सेवाका राहदानी सिफारिस भएको कार्यालयले जनाएको छ । न्युज कारखाना


    मंसिर २, २०७८ बिहिवार ०७:२१:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # वैदेशिक राेजगार

  • क्यानाडा नेपाल

    सम्झौताअनुसार सेवा सुविधा नदिने म्यानपावर कम्पनी कालोसूचीमा राख्न सुरु 

  • 260
    SHARES
  • सम्झौताअनुसार सेवा सुविधा नदिने म्यानपावर कम्पनी कालोसूचीमा राख्न सुरु 

    काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीलाई कालो सूचीमा राखिने बताएका छन् ।

    images

    मन्त्रीको सचिवालयकाअनुसार वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिसँग वैदेशिक रोजगारी र पुनःएकीकरणबारे मन्त्रालयमा सोमबार भएको छलफलमा मन्त्री श्रेष्ठले सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीलाई कालोसूचीमा राखिने र आगामी दिनमा त्यस्ता कम्पनीमा कामदार नपठाइने बताएका हुन् ।

    वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूले कोरोना महामारीका कारण रोजगारी गुमाएर फर्कँदा बाँकी पारिश्रमिकसमेत नपाएको गुनासो गर्दै पीडित श्रमिकहरूले सम्झौताअनुसार काम र पारिश्रमिक नपाएको, बिरामी हुँदा उपचार नपाएको तथा नेपाल फर्कनु पर्दा चन्दा संकलनसमेत गर्नु पर्ने गुनासो पोखेका थिए ।

    मन्त्री श्रेष्ठसमक्ष हातमा सीप नहुँदा विदेशी भूमिमा दुःख पाएको र अन्य देशका श्रमिक सरह सुविधा नपाउने गरेको विषयमा ध्यानाकर्षण गराएको मन्त्रीको सचिवालयले जनाएको छ । 

    सचिवालयकाअनुसार गैरकानुनी बाटोबाट गएका घरेलु कामदारहरूले न्यून तलबमा काम गर्नुपरेको तथा  हिंसाको सिकार भएको गुनासोसमेत गरे । छलफलमा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूका साथै आप्रवासी कामदारको पक्षमा काम गरिरहेका संस्थाका प्रतिनिधिको समेत सहभागिता थियो । 


    मंसिर १३, २०७८ सोमवार १९:१२:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # म्यानपावर कम्पनी

  • क्यानाडा नेपाल

    एनआरएनए विवादमा फेरि तानिइन् प्रधानमन्त्री देउवा पत्नी आरजु देउवा                                         

  • 326
    SHARES
  • एनआरएनए विवादमा फेरि तानिइन् प्रधानमन्त्री देउवा पत्नी आरजु देउवा                                         

    लण्डन - गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवा फेरि मुछिएकी छन् । गैरआवासीय नेपाली संघको १०औँ महाधिवेशनका लागि अध्यक्षका प्रत्यासी कुल आचार्य समूहले आयोजना गरेको राष्ट्रिय अध्यक्षहरुको भेलाद्वारा जारी विज्ञप्तिमा आरजुमाथि अध्यक्ष पन्तले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै खेद व्यक्त गरे पछि उनी औपचारिक रुपमा विवादमा तानिएका हुन् । 

    images

    यसअघि संघका केन्द्रीय पदाधिकारीले आरजुमाथि आराेप लगाएका थिए तर संस्थागत रुपमा आरजुको नाम पहिलो पटक भेलामै मुछिएकाे हाे । पन्तले देशका प्रधानमन्त्री, संस्थाका प्रमुख संरक्षक, उनीहरूका धर्म पत्नी लगायतविरुद्ध दिएको सार्वजनिक अभिव्यक्तिले संस्थाको मर्यादा तल झार्ने काम गरेका निश्र्कष निकालेको छ । 

    भेलाले ६ बुँदे सुझाव निकाल्दै पाटन उच्च अदालतले संघको निर्वाचनका सम्बन्ध जारी गरेको अन्तरिम आदेशको अवहेलना गर्दै ६५ प्रतिशत प्रतिनिधिका सम्बन्धमा वर्तमान राष्ट्रिय समन्वय परिषदले सिफारिस गरी पठाएका महाधिवेशन प्रतिनिधिलाई मान्यता दिने भन्ने मन्त्रालयको निर्णयको  स्वागत  गरिएको छ । यसअघि गत आइतबार पाटन उच्च अदालतले मन्त्रालयको पत्र खारेज गरिदिएको थियो ।

    भेलाले गैरआवासीय नेपाली संघ अहिले आफ्नो १८ वर्षे इतिहासकै सबैभन्दा कठिन मोडमा उभिएको ठहर गरेको छ ।  भेलाले अध्यक्ष पन्त र प्रमुख संरक्षक डा शेष घलेले सहकार्य गरी डेलिगेट्स सम्बन्धी विवाद समाधान गरी आम सहमतिका आधारमा मात्र निर्वाचन कार्यक्रम अगाडि बढाउन  माग  गरेको छ । 

    करिब एक दर्जन संघका राष्ट्रिय समितिका अध्यक्षहरु सहभागी रहेको गत बुधबार सम्पन्न भेलाको निष्कर्ष शुक्रबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो । गैरआवासीय नेपाली संघको निर्वाचन २६ र २७ तारिख हुने गरि तोकिएको छ । यसअघि परराष्ट्र मन्त्रालयले आफ्नो अनुकुलको उम्मेदवारलाई जिताउन शक्ति प्रयोग गर्दै निर्वाचनमा रोक लगाएको संस्थापन पक्षको आरोप छ  । 

     


    मंसिर १८, २०७८ शनिवार ०७:४४:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आरजु देउवा

  • क्यानाडा नेपाल

    एनआरएनए मुद्दामा सरकार हार्‍याे, चुनावको बाटो खुल्यो  

  • 160
    SHARES
  • एनआरएनए मुद्दामा सरकार हार्‍याे, चुनावको बाटो खुल्यो  

    काठमाडाैं - उच्च अदालत पाटनले गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय समितिको समायवधि र नयाँ निर्वाचन प्रक्रियाबारे परराष्ट्र मन्त्रालयले दिएको निर्देशन कार्यान्वयन नगर्न दिएकाे आदेशलाई निरन्तरता दिने भएको छ।

    images

    न्यायाधीशद्वय श्रीमणकुमार गौतम र नरिश्वर भण्डारीको आइतबारको संयुक्त इजलासले यसअघि न्यायाधीश नृपध्वज निरौलाले गत आइतबार जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय गरेको हो ।

    पाटन उच्च अदालतको फैसलापछि एनआरएनएका अध्यक्ष कुमार पन्त नेतृत्वको अन्तर्राष्ट्रिय समन्वय समितिले निर्वाचनका प्रक्रिया जारी राख्न पाउने भएकाे छ ।

    पन्तले फैसलालाई एतिहासिक भएको प्रतिक्रिया दिएका छन्। उनले गैरआवासीय नेपाली संघलाई राजनीतिक हस्तक्षेपरहीत बनाउन फैसला कोषेढुंगा हुने प्रतिक्रिया दिए ।

    परराष्ट्रले ११ असोज र १७ कात्तिकमा पत्राचार गरी निर्वाचनबारे विभिन्न निर्देशन दिएको थियो । ती सबै निर्देशनलाई आइतबारसम्म कार्यान्वयन नगर्ने उच्च अदालतले आदेश दिएको थियो ।

    एनआरएनएको निर्वाचनमाथि परराष्ट्र मन्त्रालयले निरन्तर हस्तक्षेप गर्दा नेतृत्व छनोट प्रक्रिया अनिश्चित बनिरहेको संघको आरोप छ । महाधिवेशन प्रतिनिधिसम्बन्धी विवाद रहेको भन्दै परराष्ट्रले पटकपटक चुनावी तालिका स्थगित गर्न निर्देशन दिएको थियो । एनआरएनएले परराष्ट्रसँग समन्वय गरी गत शुक्रबार निर्वाचनको नयाँ मिति डिसेम्बर २६ र २७ का लागि सार्वजनिक गरेको थियो ।

    परराष्ट्रले संघलाई गरेको पत्राचारअनुसार अब निर्वाचन गराउने जिम्मेवारी एनआरएनएको संरक्षक परिषद्लाई तोकिएको थियो । तर, अदातलको फैसलापछि घले निर्वाचन गराउनबाट पछि हट्न बाध्य भएका थिए ।

    संघका महासचिव डा हेमराज शर्माले अदालतको फैसलाले संघको १०औँ महाधिवेशन र निर्वाचनको सुनिश्चिता गरेको बताउँदै अदालतको फैसलाको स्वागत गरे ।


    मंसिर २०, २०७८ सोमवार ०७:२९:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एनआरएनए

  • क्यानाडा नेपाल

    images
    images
    images
    images
    ताजा खबर