• Oct 25 2021 | २०७८, कार्तिक ८गते

२०७८, कार्तिक ८गते

आज विश्व दृष्टि दिवस, संसारभर दुई अर्ब २५ करोड मानिस आँखाको समस्याबाट पीडित  

क्यानाडा नेपाल आश्विन २८ २०७८
  • 286
    SHARES
  • images
    images
    आज विश्व दृष्टि दिवस, संसारभर दुई अर्ब २५ करोड मानिस आँखाको समस्याबाट पीडित  

    काठमाडाैँ - आज अक्टोबर महिनाको दोस्रो बिहीबार अर्थात् विश्व दृष्टि दिवस । हरेक वर्षको अक्टोबर महिनामा पर्ने दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाइन्छ ।  मानिसहरुलाई आँखाको महत्व र आँखामा के कस्तो रोग कसरी लाग्न सक्छ भन्ने जानकारी गराउने उद्देश्यका साथ ‘आफ्नो आँखाको माया गर’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै यस वर्षको विश्व दृष्टि दिवस मनाइँदै छ ।

    images

    विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सी (आईएपीवि)ले संयुक्त रूपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनीकरण गर्न सन् १९९९ को फेब्रुअरीमा भिजन २०२०ः ‘राइट टु साइट’को घोषणा गरी प्रत्येक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवसको रूपमा मनाउँदै आएको छ ।

    अन्धोपन निवारण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाहरुको छाता संगठन (आईएपीवि) को नेपाल पनि एक सदस्य राष्ट्र हो । विश्वका करिब दुई अर्ब २५ करोड मानिसमा आँखाको समस्या रहेको र करिब चार करोड मानिसमा अन्धोपन रहेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । जसमा एक अर्ब बढी मानिसमा दृष्टिदोष मात्र रहेको छ जुन सामान्य उपचारबाट समेत निको हुनसक्छ । तर, लापरबाही गर्नाले र सबै ठाउँमा उपचारको सहज पहुँच नहुनाले यो समस्या झन विकराल बन्दै गएको छ । 

    विशेष गरी ५० वर्ष नाघेका व्यक्तिहरूमा आँखाको समस्या बढी मात्रामा देखिए पनि सबै उमेर समूहका व्यक्तिलाई आँखाको समस्या हुनसक्ने विश्व स्वास्थ्य संगठनले बताएको छ । 

    नेपालमा अनुमानित एक लाख मानिस दृष्टिीविहिन छन् भने दश लाखभन्दा बढी मानिस दृष्टिदोषको समस्याबाट ग्रसीत छन् । जसमा ६६ प्रतिशतको अन्धोपन उपचार गर्न सकिने किसिमका छन् । 

    विश्वभर अन्धोपनाको मुख्य कारणमा मोतिविन्दु रहेको छ । मोतिविन्दु सम्बन्धी ६५ प्रतिशत घटना रहेको भेटिएका छन् । त्यसतै आँखाको नानीमा हुने अन्धोपना ६ प्रतिशत, जलविन्दु ५ प्रतिशत, दृष्टिदोष ४ प्रतिशत र अन्य ७ प्रतिशत रहेको छ । 

    आँखाले टाढा वा नजिकको वस्तु स्पष्ट देख्न नसक्नु, धमिलो देख्नु, टाउको दुख्नु, आँखा सानो पारेर हेर्नु आदि दृष्टिदोषका लक्षण हुन् । यो समस्या जो कोहीलाई पनि हुनसक्छ ।

    आँखाको समस्या हुनुमा मधुमेह रोग एउटा मुख्य कारक तत्वको रुपमा रहेको छ । विश्वमा प्रत्येक ८ जना आँखाको विरामी मध्ये एक जना मधुमेहका बिरमी रहेका छन् ।  नेपालमा पनि चारजना आँखाका बिरामीमध्ये एकजनामा मधुमेह रोग रहेको तथ्यांक रहेको छ । न्युज कारखाना


    आश्विन २८, २०७८ बिहिवार ०६:३४:४० बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # काठमाडौँ

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै 

  • 306
    SHARES
  • आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै 

    काठमाडौं - देशभर आइतबार र सोमबार ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदै छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार र सोमबार देशभरका ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइनेछ । 

    सरकारले देशभरका प्रत्येक वडामा तोकिएका खोप केन्द्रमा आफ्ना बालबालिकालाई लगेर भिटामिन ए र जुकाको औषधि खुवाउन अनुरोध गरेको छ । 

    सरकारले प्रत्येक वर्ष ३ र ४ कात्तिकमा भिटामिन ‘ए’ खुवाउँदै आएकोमा यसवर्ष दसैँ परेकाले ७ र ८ कात्तिकमा खुवाउन लागिएको हो ।  
     


    कार्तिक ७, २०७८ आइतवार ०७:४४:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भिटामिन ‘ए’

  • क्यानाडा नेपाल

    कोरोनाभाईरसको नयाँ स्वरुप डेल्टा प्लस अन्य भेरिअन्टभन्दा झन् चाँडो फैलिन सक्ने 

  • 284
    SHARES
  • कोरोनाभाईरसको नयाँ स्वरुप डेल्टा प्लस अन्य भेरिअन्टभन्दा झन् चाँडो फैलिन सक्ने 

    लन्डन - कोरोनाभाईरसको नयाँ स्वरुप डेल्टा प्लस अर्को स्वरुप डेल्टा भेरिअन्टभन्दा झन चाँडो फैलन सक्ने बेलायतका विज्ञहरुले साबधानी दर्शाएका छन् । बेलायतको स्वास्थ्य सुरक्षा निकाय यूकेएचएसएले नयाँ स्वरुपको कोभिडलाई अनुसन्धानको क्रममा रहेको भेरिअन्टको रुपमा वर्गीकरण गर्दै यस्तो साबधानी दर्शाएको हो । 

    images

    पछिल्लो समयमा बेलायतमा डेल्टा प्लसबाट संक्रमित हुनेको संख्या बढिरहेको छ । एक तथ्यांकअनुसार बेलायतमा पछिल्लो पटक भेटिएका कूल संक्रमितमध्ये ६ प्रतिशत कोभिड डेल्टा प्लसबाट प्रभावित छन् । 

    डेल्टा भेरिअन्टको तुलनामा डेल्टा प्लस संक्रमणको दर बढी हुन सक्ने केही प्रारम्भिक प्रमाण भेटिएको जनाइएको छ । बेलायतमा दैनिक ५० हजार भन्दाबढीमा कोभिड संक्रमण देखिएको छ । 

    नयाँ स्वरुपको भाईरस व्यापक रूपमा फैलिन सक्ने विज्ञहरुले चेतावनी दिँदै आएका छन् । अहिले विश्वभर कोरोना भाइरसका अनगिन्ति भेरिअन्टहरू देखा परिरहेका छन् । भाइरस परिवर्तन भइरहने भएकोले नयाँ भेरिअन्ट देखिनु अनौठो भएको विज्ञहरु बताउछन् । एजेन्सी  
     


    कार्तिक ७, २०७८ आइतवार १०:४२:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    नेपालमा एकैदिन ५ सय ५७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

  • 576
    SHARES
  • नेपालमा एकैदिन ५ सय ५७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

    काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप ५ सय ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    images

    आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ७ हजार ६ सय २५ वटा परीक्षण गर्दा ५ सय ५७ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कूल संक्रमितको संख्या ८ लाख ९ हजार ५६ (पीसीआर टेस्टबाट) र (एण्टीजेनबाट) ९४ हजार १५ पुगेको छ।  

    साथै पछिल्लो २४ घण्टामा ८ सय ७७ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ७ लाख ८७ हजार ५ सय ७ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै हालसम्म सक्रिय संक्रमित १० हजार २ सय १ जना रहेका छन् । 

    यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका र त्यसअघि भएका गरी थप ३ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय ४८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    कार्तिक ७, २०७८ आइतवार १८:०४:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    अमेरिकाले दिएको एकलाख मात्रा खोप नेपाल आउँदै

  • 164
    SHARES
  • अमेरिकाले दिएको एकलाख मात्रा खोप नेपाल आउँदै

    काठमाडौँ - अमेरिकाले अनुदानमा दिएको एकलाख ६२० मात्रा फाइजर खोप सोमबार नेपाल आइपुग्ने भएको छ ।

    images

    अमेरिकी दूतावासले ट्वीट गर्दै एकलाख ६२० मात्रा फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको थियो । सो खोप आज नेपाल आइपुग्ने भएको हो ।  

    यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो ।
     


    कार्तिक ८, २०७८ सोमवार ०८:१६:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    अमेरिकाले दिएको एकलाख मात्रा खोप नेपाल आइपुग्यो

  • 196
    SHARES
  • अमेरिकाले दिएको एकलाख मात्रा खोप नेपाल आइपुग्यो

    काठमाडौँ - अमेरिकाले अनुदानमा दिएको एकलाख ६२० मात्रा फाइजर खोप सोमबार नेपाल आइपुगेको छ ।

    images

    कोभ्याक्स सुविधाअन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)मार्फत उपलब्ध गराइएको फाइजर खोप कतार एअरवेजको विमानबाट आज बिहान नेपाल आएको हो । 

    यो खोप एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्नेछ ।  अनुदानमा आएको खोप सुरुमा १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने जनाइएको छ । 

     यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो ।


    कार्तिक ८, २०७८ सोमवार १०:१९:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    नेपालमा एकैदिन ७ सय ७६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

  • 86
    SHARES
  • नेपालमा एकैदिन ७ सय ७६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

    काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप ७ सय ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    images

    सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १० हजार ८ सय ६४ वटा परीक्षण गर्दा ७ सय ७६ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कूल संक्रमितको संख्या ८ लाख ९ हजार ७ सय २९ ९पीसीआर टेस्टबाट० र ९एण्टीजेनबाट० ९४ हजार १ सय १८ पुगेको छ।  

    साथै पछिल्लो २४ घण्टामा ५ सय १ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ७ लाख ८८ हजार ८ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै हालसम्म सक्रिय संक्रमित १० हजार ३ सय ६० जना रहेका छन् । 

    यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका र त्यसअघि भएका गरी थप १३ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय ६१ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    कार्तिक ८, २०७८ सोमवार १८:१६:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल