• Oct 25 2021 | २०७८, कार्तिक ८गते

२०७८, कार्तिक ८गते

जुम्लामा एउटै भेडाको मुल्य ४५ हजार  

क्यानाडा नेपाल आश्विन २७ २०७८
  • 364
    SHARES
  • images
    images
    जुम्लामा एउटै भेडाको मुल्य ४५ हजार  

    जुम्ला - जुम्लामा यसवर्षको दसैंमा भेडाको मुल्य आकाशियको छ । यहाँ एउटै भेडा ४५ हजार रुपैयाँ सम्ममा बिक्री भएको छ । 

    images

    पशु अस्पताल तथा  पशु सेवा कार्यालयका प्रमुख गोबिन्द महतका अनुसार यस वर्ष दसैँमा जुम्लामा भित्रिएका भेडा न्युनतम १६ हजारदेखि अधिकतम ४५ हजार रुपैयाँ सम्मका छन् । यस वर्ष जुम्ला ल्याएका भेडा बाजुरा, जाजरकोट लगायत जिल्लाका हुन् । 

     जुम्लाका भेडा व्यवपारी  प्रेम कार्कीका अनुसार  यसवर्ष  जुम्लामा  ल्याइएका भेडा बाजुराका हुन् ।  जुम्लामा भेडा नपाएपछि बाजुरा पुगेर ल्याएको उनले बताए । जुम्लामा मासुको माग बढ्दै जानु, तर उत्पादन नहुनुले  भेडाको मुल्य आकाशिएको हो । अहिले जुम्लामा एक किलो मासुको एक हजार रुपैयाँ पर्न थालेको छ । कर्णाली प्रदेश सरकारले पनि जुम्लालाई मासु र दुधमा आत्मानिर्भर बनाउन विभिन्न अनुदानका कार्यक्रम दिँदै आएको छ । तर सरकारी रकम सक्नका लागि अरुकै भेडा देखाएर अनुदान खाने  प्रवृत्तिका कारण  पशुवस्तु क्षेत्रको उत्पादन भने अनुसार वृद्धि नभएको नागरिक समाजका अगुवा राजबहादुर महत बताउँछन् । उनले भने, ‘अनुदान दिइन्छ त्यसपछि अनुगमन हुँदैन । सरकारले दिने अनुदानका कार्यक्रममा कडा निगरानी हुन आवश्यक छ ।’ 

    पशु अस्पताल तथा  पशु सेवा कार्यालयका प्रमुख गोविन्द महतका अनुसार जुम्लामा आवश्यकताभन्दा बढी भेडा भित्रिएका छन् । ‘विगतका दसैँमा भेडा पाउन नागरिकलाई हाम्मे हाम्मे हुने गर्थ्यो ।  तर यस वर्ष धेरै भेडा  भित्रिए ।’ उनले भने, ‘मुल्यले चाहीँ ३०–४० प्रतिशत बढेको छ।’ अहिले जुम्लामा  जिउँदो खसीको मूल्य प्रतिकेजी एक हजार रुपैयाँ छ । उनले भने, ‘त्यहीँ भएर पनि मुल्य नियन्त्रण भन्दा बाहिर छ । भेडा तथा खसीको मुल्य निर्धारण गर्ने अधिकार  स्थानीय तहसँग छ ।  स्थानीय तह मौन हुँदा मूल्य निर्धारण हुन सकेको छैन ।’

    व्यवसायीलाई ढुवानी मापदण्ड पालना गरेर खसी–बोका ओसारपसार गर्न, मुल्य अनियन्त्रित नगर्न समेत निर्देशन दिने निकाय नै बेखबर भएपछि यसवर्ष भेडाको मुल्य बढेको स्थानीय भैरबहादुर कठायतले बताए । उनका अनुसार जुम्लामा भित्रिएका भेडा सामान्य नागरिकले  किन्न सक्ने मुल्यका छैनन् । यसअघिका वर्षमा २० हजारमा पाइने भेडा यसवर्ष ४५ हजार तिर्नुपरेको उनको भनाइ छ । 

    जुम्लामा फूलपातीको दिनमा धेरै भेडा बिक्री हुने गर्छ । यस्तै अष्टमीको दिनमा पनि भेडा बिक्री हुने गरेको छ । न्युज कारखाना


    आश्विन २७, २०७८ बुधवार १९:०१:५८ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # भेडाको मुल्य

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    प्रि ओपन सेसनमा नेप्से थोरै अंकले बढ्यो

  • 240
    SHARES
  • प्रि ओपन सेसनमा नेप्से थोरै अंकले बढ्यो

    काठमाडौं - साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य बढेको छ । आजको यस सेसनमा नेप्से सूचक शून्य दशमलव १८ अंकले बढेको हो । यस वृद्धिसँगै सूचक दुई हजार पाँच सय ८८ दशमलव २४ विन्दुमा आइपुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स शून्य दशमलव १६ अंकले घटेको छ।

    images

    १३ कम्पनीको नौ सय २४ कित्ता सेयर खरिद बिक्री भएको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमबार ६८ दशमलव ९० अंक घटेर दुई पाँच सय ८८ दशमलव सात विन्दुमा बन्द भएको थियो ।

    सेसनमा १० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । चार कम्पनीको भाउ बढेको छ भने चार कम्पनीको घटेको छ । बाँकी कम्पनीको मुल्य स्थिर रहेको छ।
     


    कार्तिक २, २०७८ मंगलवार १२:५७:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेप्से

  • क्यानाडा नेपाल

    प्रिमियर इन्सुरेन्सको संस्थापक सेयर लिलामी आजदेखि खुला 

  • 208
    SHARES
  • प्रिमियर इन्सुरेन्सको संस्थापक सेयर लिलामी आजदेखि खुला 

    काठमाडौं - प्रिमियर इन्सुरेन्स कम्पनीले आजदेखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीले मंगलबारदेखि पाँच लाख ४२ हजार नौ सय ६५ कित्ता संस्थापक सेयर लिलामी गर्न लागेको हो । 

    images

    कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य चार सय रुपैयाँ तोकेको छ । लगानीकर्ताले चार सय रुपैयाँलाई आधार मानेर सो वा भन्दा बढी मुल्य बोलकबोल गरी  बोलपत्र पेश गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम पाँच सय कित्तादेखि अधिकतम चाहे जतिका लागि आवेदन दिन सक्नेछन् ।
     
    यसमा विद्यमान संस्थापक सेयरधनी, अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् । बोलपत्र पेश गर्ने अन्तिम म्याद १२ कात्तिक तोकिएको छ । आवेदकले बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल बबरमहल, काठमाडौंमा पुग्नेगरी बोलपत्र पेश गर्न सक्नेछन् ।न्युज कारखाना
     
     


    कार्तिक २, २०७८ मंगलवार १३:१८:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रिमियर इन्सुरेन्स

  • क्यानाडा नेपाल

    आर्थिक हिनामिना गरेको आरोपमा कृषि विकास बैंक गुञ्जनगर शाखा प्रमुख निलम्बनमा 

  • 574
    SHARES
  • आर्थिक हिनामिना गरेको आरोपमा कृषि विकास बैंक गुञ्जनगर शाखा प्रमुख निलम्बनमा 

    चितवन - सरकारी स्वामित्वको कृषि विकास बैंक लिमिटेडले आर्थिक हिनामिना गरेको आरोपमा चितवनस्थित कृषि बैंकको गुञ्जनगर शाखा प्रमुखलाई निलम्बन गरेको छ । शाखा प्रमुख शोभाकुमारी दत्तलाई १५ दिनअघि निलम्बन गरी बैंकले छानविन गरिरहेको हो । 

    images

    ग्राहकलाई ऋण उपलब्ध गराइदिएबापत ग्राहकसँग कमिसन लिने गरेको र गैरकानुनी रूपमा बैंकको पैसा बिनाब्याज ग्राहकलाई सापटी दिने गरेको आरोप शाखा प्रमुख दत्तलाई लागेको छ । छानविनका लागि केन्द्रबाट दुई जना र प्रदेशबाट एक गरी तीन जना कर्मचारी खटिएको बैंकले जनाएको छ ।

    शाखा प्रमुख दत्त कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकायका डिन जयप्रकाश दत्तकी श्रीमती हुन् । छानविन समितिले गुञ्जनगर शाखामा आएर आवश्यक कागजपत्र लिएर गइसकेको छ । शाखा प्रमुखको जिम्मेवारी बैंकको प्रदेश कार्यालयका कुमार उप्रेतीलाई दिइएको छ ।

    लेखापरीक्षण गर्दा कैफियत भेटिएपछि शाखा प्रमुखलाई निलम्बन गरि छानविन गर्ने काम भइरहेको कृषि विकास बैंकको केन्द्रीय प्रवक्ता हिमलाल पौड्यालले जानकारी दिए । ‘लेखापरीक्षण हुँदा केही कैफियत देखियो । धितो र परियोजनामा केहि कैफियत देखियो । त्यसपछि छानविन हुन जरुरी छ भन्ने भएपछि त्यसको काम भइरहेको छ’, उनले भने ।

    जिल्ला निरीक्षकलाई पठाएर छानविन थालिएको उनले बताए । छानविनमा प्रभाव पर्न सक्ने भन्दै उनले छानविन समितिका सदस्यहरूको नाम खुलाउन भने चाहेनन् । ‘छानविनकै क्रममा रहेकाले अरू भन्न मिल्ने अवस्था रहेन । जतिसक्दो चाँडो रिपोर्ट दिने भन्ने छ । गम्भीर प्रकृतिको भए धेरै दिन लाग्न सक्छ । रिपोर्ट आएपछि मात्र वास्तविकता बाहिर आउँछ’, उनले भने । 

    कृषि विकास बैंकको पैसा ग्राहकको अन्य बैंकमा भएको ऋण चुक्ताका लागि ग्राहकलाई बिना ब्याज सापटी उपलब्ध गराएको पाइएपछि शाखा प्रमुख दत्तलाई निलम्बन गरिएको स्रोतले जानकारी दियो । कृषि बैंकमा सस्तो ब्याजदरमा ऋण पाइने भएकाले अर्काे बैंकको ऋण चुक्ताका लागि त्यसरी सापटी दिएको देखिन्छ । 

    ‘बैंकको पैसा कर्मचारीको खातामार्फत ग्राहकको खातामा गएको देखियो । ग्राहक र कर्मचारीको खातामा त्यसरी लेनदेन भएको हुनुहुँदैन’, स्रोतले भन्यो, ‘ग्राहकले अन्य बैंकमा भएको ऋण चुक्ताका लागि त्यसरी बिनाव्याज सापटी लिएको देखिन्छ । कानुनले त्यसो गर्न पाइँदैन ।’ शाखा प्रमुख दत्तले ग्राहकलाई सहुलियतको ऋण उपलब्ध गराएबापत ग्राहकसँग कमिसन लिएको र उनको खातामा अस्वाभाविक रकम पनि देखिएको स्रोतले बताएको छ ।कुलप्रसाद काफ्ले 


    कार्तिक २, २०७८ मंगलवार २०:५९:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कृषि विकास बैंक

  • क्यानाडा नेपाल

    साधना लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन

  • 182
    SHARES
  • साधना लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन

    काठमाडौं - आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको छ। लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले नेप्सेले कम्पनीको २५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।

    images

    समायोजनपश्चात लघुवित्तको सेयर मूल्य १ हजार ४१५ रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ७६९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । नेप्सेले अघिल्लो दिनको अन्तिम कारोबार अर्थात् मंगलबारको मूल्यका आधारमा कम्पनीको सेयर मूल्य समायोजन गरेको हो। 

    लघुवित्तले १३ कात्तिकमा होटल गोरखा बिसौनी, गोरखामा पाँचौँ वार्षिक साधारणसभा डाकेको छ। सभा बिहान ११ बजे आयोजना हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ एक दशमलव ३१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

    सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह वितरण गर्ने प्रस्ताव पेस हुनेछ । अन्य कुनै उपयुक्त लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ ।

    त्यस्तै, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने तथा संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने ४ सञ्चालकहरुको निर्वाचन गर्ने लगायतको एजेण्डा छ ।न्युज कारखाना


    कार्तिक ३, २०७८ बुधवार ११:००:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौँ

  • क्यानाडा नेपाल

    हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर 

  • 286
    SHARES
  • हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर 

    काठमाडौँ - बुधबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ८५ पैसा तोकिएको छ । 

    images

    त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९८ रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रिदर ४ सय रुपैयाँ ७१ पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १९ रुपैयाँ तोकिएको छ भने बिक्रिदर ३ सय २० रुपैयाँ ६० पैसा तोकिएको छ ।
     
    एक साउदी रियालको खरिददर ३२ रुपैयाँ ६ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २२ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३३ रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ १९ पैसा तोकिएको छ । एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ८३ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ९७ पैसा तोकिएको छ । 

    एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६६ रुपैयाँ २६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६७ रुपैयाँ ९ पैसा  तोकिएको छ। त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ २१ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ २६ पैसा तोकिएको छ ।


    कार्तिक ३, २०७८ बुधवार १२:२४:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर

  • क्यानाडा नेपाल

    फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

  • 382
    SHARES
  • फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

    काठमाडौं - बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार तोलामा एक सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले बढेको हो । 

    images

    बुधबार प्रतितोला ९१ हजार ४ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९१ हजार ७ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाले बढेको छ । आज चाँदीको मूल्य बढेर तोलाको १२ सय ६० रुपैयामा कारोबार भइरहेको छ ।

     

     


    कार्तिक ४, २०७८ बिहिवार १२:२१:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडा नेपाल

    images
    images
    images
    images
    ताजा खबर