• Oct 25 2021 | २०७८, कार्तिक ८गते

२०७८, कार्तिक ८गते

अफगान संकट समाधान गर्ने जी २० का नेताहरुको प्रतिबद्धता

क्यानाडा नेपाल आश्विन २७ २०७८
  • 336
    SHARES
  • images
    images
    अफगान संकट समाधान गर्ने जी २० का नेताहरुको प्रतिबद्धता

    न्युयोर्क - विश्वका ठूलो अर्थतन्त्र भएका देशहरुको समूह जी २० का नेताहरूले अफगानिस्तानको उथलपुथलबारे चासो देखाउदै त्यहाँको आर्थिक तथा मानवीय संकट समाधानका लागि प्रतिबद्धता जनाएका छन् । 

    images

    राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसको आव्हानमा  आयोजना भएको भर्चुअल वैठकमा जी२० का नेताहरूले प्रतिबद्धता जनाएका हुन् । वैठकमा अमेरिकी राष्ट्रपति जो बाइडेनले अन्तर्राष्ट्रिय समुदायले सोझै अफगान नागरिकलाई सहयोग गर्नुपर्ने धारणा राखेका थिए । सहायता कार्यक्रममा तालिवानको आवश्यक नपर्ने उनको भनाई थियो । 

    तर, इटालीका प्रधानमन्त्री मारिओ ड्रगीले तालिवानको संलग्नताबिना अफगान नागरिकहरूलाई सहयोग गर्न कठिन हुने बताए ।त्यस्तै, जर्मन चान्सलर एन्जिला मर्केलले अफगान संकट लामो समयसम्म लम्बिन नहुने बताउँदै समस्या समाधानका लागि जी देशका नेताहरुले ठोस कदम चाल्नुपर्ने बताएकी थिइन् । 

    चाँडै नै जर्मन राजीतिबाट बिदा लिदै गरेकी मर्केलले जर्मनीले ६० करोड युरो उपलब्ध गराउने यसअघिको प्रतिबद्धतालाई पुनः दोहोराएकी थिइन् ।अफगानिस्तानको सिंगो अर्थतन्त्र नै कोल्याप्स भएको उनको भनाई थियो । बैठकले तालिवानलाई अतिवादी संजालसँगको सम्बन्ध तोड्न समेत आग्रह गरेको छ । 

    सो अवसरमा  भारतीय प्रधनमन्त्री नरेन्द्र मोदीले अफगानिस्तानलाई अतिवादीको स्रोत हुनबाट रोक्नुपर्ने धारणा राखेका थिए । यसअघि, युरोपेली आयोगकी प्रमुख उर्जुला एफडी लयनले अफगानिस्तानलाई एक अर्ब युरो उपलब्ध गराउने प्रतिबद्धता जनाएकी थिइन् । एजेन्सी


    आश्विन २७, २०७८ बुधवार ११:४९:२५ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # अफगानिस्तान

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    पाकिस्तानको राजधानीमा डेङ्गुको सङ्क्रमण, एकैदिन १४६ विरामी थपिए

  • 214
    SHARES
  • पाकिस्तानको राजधानीमा डेङ्गुको सङ्क्रमण, एकैदिन १४६ विरामी थपिए

    इस्लामाबाद, पाकिस्तान - पाकिस्तानको राजधानीमा डेङगुका घटनाहरू बढिरहेका पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन् ।आइतबारको २४ घण्टाको अवधिमा इस्लामाबादमा १४६ थप विरामीमा डेङ्गुको सङ्क्रमण पुष्टि गरिएको छ भने यो अवधिमा एकको मृत्यु भएको एआरवाई न्युजले स्थानीय अधिकारीलाई उद्धृत गरी आइतबार जनाएको छ ।

    images

    संघीय राजधानीमा यो बर्ष अहिलेसम्म दुई हजार ८६७ जना डेङ्गुका कारण विरामी परेका छन् भने११ जनाको मृत्यु भएको छ । पाकिस्तानी अधिकारीले डेङ्गुको संक्रमण दर उच्च भन्दै आवश्यक सावधानी अपनाउन स्थानीय नागरिकलाई सचेत बनाएका छन् ।

    पञ्जाबमा शुक्रबारदेखि शनिबारसम्मको २४ घण्टाको अवधिमा डेङ्गुका ५४६ नयाँ संक्रमण देखिएकाले शनिबारको तथ्याङ्क बढी देखिएको समाचारमा जनाइएको छ ।
    लाहोरमा ३६१ डेङ्गुु ज्वरोका बिरामी रहेको प्रान्तीय स्वास्थ्य सचिव इमरान सिकन्दर बालोचले बताउनुभयो । एएनआई  


    कार्तिक ७, २०७८ आइतवार २०:०१:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पाकिस्तान

  • क्यानाडा नेपाल

    चिलीमा कोरोना संक्रमितको संख्या बढेको बढ्यै

  • 412
    SHARES
  • चिलीमा कोरोना संक्रमितको संख्या बढेको बढ्यै

    सान्टियागो - चिलीमा कोरोनाभाईरस संक्रमितको संख्या फेरी बढेको छ । आईतबार चिलीमा २ हजार ५६ जना नयाँ संक्रमित भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    images

    ‘पछिल्लो समयमा चिलीमा कोभिड संक्रमितको संख्या बढेको बढ्यै छ । कोभिड महामारीप्रति हामी निकै चिन्तित छौं,’ चिलीका स्वास्थ्यमन्त्री इनिरिक्व पेरिसले भने ।

    सरकारले खोप नलगाएका व्यक्तिलाई तत्काल लगाउन निर्देशन दिएको छ । चिलीमा अहिलेसम्म कोभिडबाट १६ लाख ८० हजार मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु भएको छ । चिलीमा कोभिडबाट अहिलेसम्म ३७ हजार ६६२ जनाको मृत्यु भइसकेको छ ।एजेन्सी
     


    कार्तिक ७, २०७८ आइतवार २१:३९:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चिली

  • क्यानाडा नेपाल

    स्वार्थ पूरा गर्न निश्चित व्यक्तिले बंगालादेशमा जातीय हिंसा मच्चाए - शेख हसिना

  • 186
    SHARES
  • स्वार्थ पूरा गर्न निश्चित व्यक्तिले बंगालादेशमा जातीय हिंसा मच्चाए - शेख हसिना

    ढाका - बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले जातीय विभाजन गर्न र देशको छवि बिगार्न केही व्यक्तिले नियोजित रुपमा साम्प्रदायिक द्वन्द्व भड्काएको आरोप लगाएकी छिन् । 

    images

    बंगलादेशमा दुर्गा पूजा मनाउने क्रममा फेसबुकमा एउटा फेक पोस्टका कारण साम्प्रदायिक द्वन्द्व मच्चिएको थियो । एउटा मुस्लिम समूहले हिन्दूहरुको दर्जनौं घरमा आगजनी गर्नुका साथै हिन्दू मन्दिरमा तोडफोड गरेको थियो ।

    ‘बंगलादेशलाई सुनियोजित तरिकाले कसैले पनि पछाडि धकेल्न सक्दैन । पछिल्लो समयमा बंगलादेशमा भएका घटनाहरु सुनियोजित हुन् । देशमा अस्थिरता निम्त्याउन चाहने तत्वले यस्ता षडयन्त्र गरेका हुन् । ’ प्रधानमन्त्रीले भनिन् । 

    बंगलादेशलाई जातीय र साम्प्रदायिक दंगा फैलाउन लामो समयदेखि एउटा समूह लागिरहेको उनको भनाई थियो । ‘आफ्नो इच्छा पूरा गर्न निश्चित व्यक्ति र समूहले जातीय द्वन्द्व बढाउन लागि परेका छन्,’ उनले भनिन् । 

    जातीय हिंसा भड्काएको आरोपमा प्रहरीले शैकत मन्डललाई पक्राउ गरेको छ । यसअघि कोक्स बजारबाट इक्वाल होसेन पक्राउ परेका थिए । होसेन बंगलादेशको पछिल्लो जातीय हिंसाका प्रमुख षडयन्त्रकारी भएको जनाइन्छ । 

    हिंसाबीच, बंगलादेशका अल्पसंख्यक हिन्दूहरुले नौ दिनसम्म दुर्गा पूजा गरेर विजया दशमी मनाएका थिए । एजेन्सी
     


    कार्तिक ८, २०७८ सोमवार ०७:४५:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेख हसिना

  • क्यानाडा नेपाल

    भारतमा एकैदिन १४ हजार ६ सय कोरोना संक्रमित थपिए, ४ सय ४२ जनाले ज्यान गुमाए

  • 174
    SHARES
  • भारतमा एकैदिन १४ हजार ६ सय कोरोना संक्रमित थपिए, ४ सय ४२ जनाले ज्यान गुमाए

    काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घट्दै गइरहेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घटिरहेको छ । 
     
    भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ सय ४२ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ५४ हजार ७ सय ४३ पुगेको छ ।  
     
    पछिल्लो २४ घण्टामा १४ हजार ६ सय ४१ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड ४१ लाख ८९ हजार ४ सय ८४ पुगेको छ ।  

    images

    यस्तै पछिल्लो २४ घण्टामा १८ हजार ६ सय ९९ जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ३ करोड ३५ लाख ५९ हजार ६ सय ४९ पुगेको छ । 


    कार्तिक ८, २०७८ सोमवार ०८:४९:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    गरिबीबिरुद्व जुध्ने तालिवान काइदा - बेरोजगारलाई बिकास निर्माणमा खटाएर ज्यालाको सट्ट गहुँ वितरण

  • 370
    SHARES
  • गरिबीबिरुद्व जुध्ने तालिवान काइदा - बेरोजगारलाई बिकास निर्माणमा खटाएर ज्यालाको सट्ट गहुँ वितरण

    काबुल - तालिवानले १५ अगस्टमा सत्ता कब्जामा लिएपछि अफगानिस्तानमा चरम आर्थिक संकट छ । हजारौं व्यक्ति बेरोजगार छन् । गरिबीकाकारण दैनिक उपभोग्य बस्तुको अभावमा हजारौं अफगानी भोकभोकै मर्ने अवस्थामा छन् ।

    images

    भोकमरी बढेपछि तालिवान सरकारले विशेष कार्यक्रम ल्याएको छ । बेरोजगार र आर्थिक कठिनाईको सामना गरेका व्यक्तिलाई काम लगाएर त्यसको सट्टा सरकारले गहुँ प्रदान गर्ने भएको छ । 

    यस योजनाअन्तर्गत अफगानिस्तानमा प्रमुख सहर र बजारमा हजारौ बेरोजगारलाई विकास निर्माणका काममा तैनाथ गरिएको छ । उनीहरुले विद्युत, खानेपानी, सडक, पुल भवन निर्माणजस्ता क्षेत्रमा काम गर्नेछन र ज्यालाको सट्टा गहुँ दिइनेछ । ‘बेरोजगारबिरुद्ध जुध्नका लागि यो एउटा महत्वपूर्ण खुड्किलो हो,’ तालिवान प्रवत्ता जाबीहुल्लाह मुजाहिदले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भने । 

    दुई महिने कार्यक्रमअन्तर्गत देशव्यापी रुपमा ६५ हजार ६ सय टन गहुँ वितरण गरिनेछ । यो कार्यक्रम हेरात, जलालाबाद, कान्दहर, मजार इ शरिफलगायतका क्षेत्रमा सञ्चालन गरिनेछ । 

    उनले श्रमिकले कडा मिहिनेत गर्नुपर्ने बताए । गरिबी, खडेरी, लोडसेडिङलगायतका समयस्या सामना गरेको अफगानिस्तानमा हिउँदको सुरुवातसँगै चिसोको समस्या बढ्ने देखिन्छ ।एजेन्सी 


    कार्तिक ८, २०७८ सोमवार ०९:५८:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अफगानिस्तान

  • क्यानाडा नेपाल

    विश्वभर २२ करोड १४ लाख बढी कोरोना संक्रमित निको भए, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

  • 184
    SHARES
  • विश्वभर २२ करोड १४ लाख बढी कोरोना संक्रमित निको भए, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

    काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारै घट्दै गइरहेको छ । अहिले विभिन्न देशमा कोरोना खोप पनि लगाइएको छ। वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले केही देशमा मात्र कोरोना संक्रमितको संख्या बढेको देखिन्छ ।

    images

    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या २४ करोड ४४ लाख २७ हजार ४ सय १० पुगेको छ भने यसबाट मृत्यु हुनेको संख्या ४९ लाख ६३ हजार ७ सय ५२ पुगेको छ ।

    त्यस्तै हालसम्म विश्वभर २२ करोड १४ लाख ५१ हजार ९ सय ४९ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् । त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ७ लाख ५६ हजार ३ सय ६२ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४ करोड ६३ लाख १२ हजार ७ सय ८२ पुगेको छ । यस्तै अमेरिकामा ३ करोड ६० लाख ५२ हजार ६ सय १४ कोरोना संक्रमित निको भइसकेका छन् । 

    त्यस्तै ब्राजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ६ लाख ५ हजार ६ सय ८२ पुगेको छ भने संक्रमितको संख्या २ करोड १७ लाख २९ हजार ७ सय ६३ पुगेको छ ।

    dd.PNG


    कार्तिक ८, २०७८ सोमवार १०:११:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल