• Oct 25 2021 | २०७८, कार्तिक ८गते

२०७८, कार्तिक ८गते

पहिरो गएको तीन महिनापछि सडक खुल्यो

क्यानाडा नेपाल आश्विन २७ २०७८
  • 296
    SHARES
  • images
    images
    पहिरो गएको तीन महिनापछि सडक खुल्यो

    बागलुङ - बागलुङको दक्षिण भेग जोड्न बागलुङ–कुश्मीसेरा सडक पहिरोले अवरुद्ध भएको तीन महिनापछि पुनः सञ्चालनमा आएको छ । 

    images

    बागलुङ नगरपालिकाले बागलुङ नगरपालिका–१० दब्लाङमा गत असारमा गएको पहिरो हटाएर अस्थायी रुपमा नयाँ ठाउँबाट सडक निर्माण गरेपछि सडक सञ्चालनमा आएको हो । उक्त पहिरोले कालीगण्डकी करिडोरसमेत अवरुद्ध भएको थियो । 

    पहिरो नियमित बगिरहने र नयाँ ठाउँबाट सडक विस्तार गर्नसमेत कठिन भएपछि बागलुङ दक्षिण क्षेत्रका नागरिकले सास्ती भोग्दै आएका थिए । जिल्ला सदरमुकाममा अति आवश्यक कामले आउनु परे पर्वत हुँदै आउनुपर्ने बाध्यता थियो । 

    सडक खुलेसँगै दैमा घर जानेहरुलाई सहज भएको छ । दुई साताअघि सडक खुलाउन सुरु गरिएको थियो । पटक पटक भएको वर्षाको कारण सडक खुलाउन ढिला भएको मालढुङ्गा–कुश्मीसेरा सडक मर्मत समितिका अध्यक्ष यादव शर्माले जानकारी दिए । 

    सडक सुचारु गर्न बागलुङ नगरपालिकाले जनश्रमदानसहित २० लाख ९३ हजार रुपैयाँ विनियोजन गरेको थियो । उपभोक्ता समितिमार्फत तत्काललाई एकतर्फी रुपमा सवारी चल्ने गरी सडक खुलाइएको छ । न्युज कारखाना


    आश्विन २७, २०७८ बुधवार ०८:५७:०६ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # सडक

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण

  • 382
    SHARES
  • भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण

    काठमाडौं । भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । 

    images

    शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच भारत सरकारको तर्फबाट परियोजनाको कार्यान्वयन निकाय इरकाँन इन्टरनेशनल लिमिटेडले उक्त रेल खण्ड नेपाल सरकारको तर्फबाट उपस्थित नेपाल रेलवे कम्पनी लिमिटेडलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवको पनि उपस्थीति रहेको थियो ।

    भारत सरकारको आर्थिक सहयोगमा भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४.९ किलोमिटर न्यारो गज खण्डलाई ब्रोड गजमा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको गरिएको हो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री यादवले नेपाल र भारतीबीचको सम्वन्ध ऐतिहासिक रहेको बताएका छन् । उनले जयनगर–कुर्थाका साथै बर्दिबाससम्म पुराउने कार्यलाई तीव्रता दिइने जानकारी दिए । उनले जयनगर–कुर्था खण्डमा छिटै रेल सञ्चालन गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

    त्यस्तै नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाल र भारतबीचको सहकार्यलाई सदैव निरन्तरता दिने बताएका छन्। नेपालमा रेल सेवा विस्तारका लागि पनि भारतले सहयोग गर्ने उहाले प्रतिवद्धता समेत जनाए ।

    भारत सरकारको आर्थिक सहयोग अन्तर्गत ८.७७ अर्ब रुपैंयामा निर्माण भएको ३४.९ किलोमिटर जयनगर–कुर्था खण्ड निर्माण भएको हो । जयनगर–कुर्था खण्डमा कूल ८ वटा स्टेशन र साना स्टेशन रहेका छन् । 


    कार्तिक ७, २०७८ आइतवार १९:२२:०७ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    दाङमा यात्रु बाहक बस दुर्घटना हुँदा सहचालकको मृत्यु, २१ जना घाइते

  • 456
    SHARES
  • दाङमा यात्रु बाहक बस दुर्घटना हुँदा सहचालकको मृत्यु, २१ जना घाइते

    काठमाडौं - दाङमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने २१ जना घाइते भएका छन् । आइतबार साझँ घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको  ना६ख ७६३३ नम्बरको यात्रु बाहक बस दुर्घटना परेको थियो । 

    images

    दुर्घटनामा परेर २८ वर्षकाका घोराही १० घर भएका सहचालक प्रेम परियारको ज्यान गएको प्रहरीले जनाएको छ । 

    मोतीपुरको ओरालोमा बस सडकबाट खोलामा खस्दा २१ यात्रु घाइते भएको जनाइएको छ । 
     


    कार्तिक ७, २०७८ आइतवार २०:१४:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बस दुर्घटना

  • क्यानाडा नेपाल

    देशका यी स्थानमा आज मेघगर्जनसहित पानी पर्ने

  • 470
    SHARES
  • देशका यी स्थानमा आज मेघगर्जनसहित पानी पर्ने

    काठमाडौं । सोमबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ।

    images

    आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बांकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
     
    यस्तै आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहने छ। गण्डकी, बागमती र प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ ।

    प्रदेश नं १ , बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
     


    कार्तिक ८, २०७८ सोमवार ०७:१५:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मौसम

  • क्यानाडा नेपाल

    ‘उत्कृष्ट पुरस्कार' काे भाेलिपल्टै डीएसपीको सरुवा, गृहमन्त्रीकाे ठाडो निर्देशन

  • 252
    SHARES
  • ‘उत्कृष्ट पुरस्कार' काे भाेलिपल्टै डीएसपीको सरुवा, गृहमन्त्रीकाे ठाडो निर्देशन

    बुटवल - गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरकाे  सरुवा भएकाे छ ।

    images

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शनिबार मात्र कुँवरसहित तीन प्रहरी अधिकृतलाई असोज महिनाका  ‘इन्टिग्रेटी इन्चार्ज  अफ मन्थ अवार्ड’ बाट पुरस्कृत गरेको थियो ।

    तर, कुँवरले प्रमाणपत्र बुझेकाे २४ घन्टा नबित्दै सरुवा परेका हुन् । उनी ४ महिनाअघि मात्रै इलाका प्रहरी कार्यालय बुटवलमा आएका थिए । 

    डिएसपी कुँवरले गृहमन्त्री बालकृष्ण खाँणका भाइ रूपन्देहीका कांग्रेस नेता रामकृष्ण खाँणलाई रिझाउन नसक्दा सरुवा भएको एक प्रहरी अधिकृतको दाबी छ ।

    वरलाई हटाएर गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय बेलचौतारा तनहुँका डीएसपी ठगबहादुर केसीलाई बुटवल ल्याइएको छ । प्रहरी स्राेतका अनुसार केसी गृहमन्त्री खाँण निकट हुन् । रुपन्देही खाँणको गृहजिल्ला हाे ।

    मोतिपुर घटनामा चार जनाको मृत्यु र तिलोत्तमामा खाँणकै छिमेकी सीता भण्डारीको मृत्यु प्रकरणमा ४५ दिन शव उठेन । यी प्रकरणमा भएक आन्दाेलनमा गृहमन्त्रीकाे आलाेचना भएपछि कांग्रेस नेताहरु कुँवरसँग रुष्ट बनेका थिए । मोतिपुर जग्गा कब्जामा नाम जोडिएका कांग्रेस नेताहरू पक्राउ परेपछि कांग्रेस कार्यकर्ताले गृहमन्त्रीसँग गुनासो गरेका थिए ।

    महानगरीय प्रहरी वृत्त दरवारमार्गका डीएसपी रामेश्वर पौडेललाई हटाएर विश्वराज खड्कालाई जिम्मेवारी दिइएकाे छ ।  पौडेललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा सरुवा गरिएको छ ।न्युज कारखाना


    कार्तिक ८, २०७८ सोमवार ०९:२८:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डीएसपी

  • क्यानाडा नेपाल

    पाँचथरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ६२ जना घाइते

  • 516
    SHARES
  • पाँचथरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ६२ जना घाइते

    काठमाडौं - पाँचथरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सोमबार फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनामा परी घाइते भएका एक बालक र एक महिलाको मृत्यु भएको हो । 

    images

    फिदिम नगरपालिका–४ शिवादोभानबाट झापाका लागि छुटेको को१ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ शान्तिपुर ९सरखण्ड०मा दिउँसो दुर्घटना भएको हो । उक्त दुर्घटनामा अन्य ६२ जना घाइते छन् । 

    घाइतेमध्ये जिल्ला अस्पतालमा उपचाररत चार जनालाई झापा रिफर गरिएको प्रहरीले जनाएको छ । । जिल्ला अस्पतालसहित समर्पित र पाथीभरा अस्पतालमा उपचाररत १० जनालाई थप उपचारका लागि रिफर गर्ने तयारी गरिएको जनाइएको छ । 


    कार्तिक ८, २०७८ सोमवार १४:२३:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बस दुर्घटना

  • क्यानाडा नेपाल

    पाँचथर बस दुर्घटनामा घाइते भएका १६ जनाको हेलिकोप्टरमार्फत उद्धार

  • 106
    SHARES
  • पाँचथर बस दुर्घटनामा घाइते भएका १६ जनाको हेलिकोप्टरमार्फत उद्धार

    पाँचथर - आज यहाँ भएको बस दुर्घटनाका १६ जना घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको छ । एम्बुलेन्स नपाएका तथा गम्भीर घाइतेहरूलाई नेपाली सेनाको हेलिकोप्टर आज साँझ उद्धार गरेको हो । उनीहरूलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिए ।

    images

    नेपाली सेनाको एम- १७ हेलिकोप्टरले १६ जना बिरामी र तिनका तीन जना कुरुवासमेतलाई फिदिमबाट धरान पुर्‍याएको हो । बिरामीहरूको रेफरका लागि साँझसम्म पर्याप्त एम्बुलेन्स नभएको तथा घाइतेहरूको स्वास्थ्य अवस्था झनै जटिल हुने भएपछि नेपाली सेनाको हेलिकोप्टरले उनीहरूलाई उद्धार गरेको हो ।

    आज बिहान ११ बजे भएको दुर्घटनामा घाइते भएका २८ जनालाई एम्बुलेन्समार्फत थप उपचारका लागि झापाका विभिन्न अस्पतालमा पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए । अहिले फिदिमस्थित समर्पित अस्पतालमा नौ जना र पाथीभरा अस्पतालमा आठ जना घाइतेहरूको उपचार भइरहेको छ ।

    उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताललाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएकामध्ये चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा लेटाङ नगरपालिका- ६ मोरङका सात वर्षीय प्रज्वल मगर, इलामकी ३४ वर्षीया प्रमिला देवान र उनकै सात महिने छोरा निश्चल देवानको मृत्यु भएको हो । एक जना मृतक महिलाको पहिचान हुन सकेको छैन । 

    फिदिम नगरपालिका- ४ शिवादोभानबाट झापाका लागि हिँडेको को१ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका- ४ सरखण्डेमा आज बिहान ११ बजे दुर्घटना भएको थियो । अर्को सवारीलाई उछिन्ने क्रममा सडक छेउमा रहेको माटोबाट अगाडि बढ्ने क्रममा माटो भत्किई बस सडकबाट करिब २० मिटर तल झरेको थियो ।

    दुर्घटनाका मृतक तथा घाइते कुम्मायक गाउँपालिकाको यासोक बजारबाट ट्याक्सीमा निवु खोलासम्म आएका थिए । बाढीका कारण निवु खोलामा रहेको पुल भत्केकाले पैदल यात्रा गरी पुल तरेर उनीहरू बसमा चढेका थिए । तर, बस केही किलोमिटर पार नगर्दै दुर्घटना भएको थियो ।

    यसअघि तीन दिनसम्म भएको वर्षाका कारण मेची राजमार्गसहितका सडकहरु अवरुद्ध भएका थिए । दसैँ मनाउन गाउँ तथा आफन्तकहाँ आएकाहरू सडक सहज भएपछि आज उक्त बसमार्फत गन्तव्यतर्फ जाँदै थिए ।न्युज कारखाना

     


    कार्तिक ८, २०७८ सोमवार १९:३५:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बस दुर्घटना

  • क्यानाडा नेपाल