• Oct 25 2021 | २०७८, कार्तिक ८गते

२०७८, कार्तिक ८गते

मिडियाको दबाबले मन्त्री बनें : डोबाटे विश्वकर्मा (अन्तर्वार्ता)

क्यानाडा नेपाल आश्विन २६ २०७८
  • 440
    SHARES
  • images
    images
    मिडियाको दबाबले मन्त्री बनें : डोबाटे विश्वकर्मा (अन्तर्वार्ता)

    पोखरा - गण्डकीमा ६० सांसद छन् । संविधानले २० प्रतिशत अर्थात् बढीमा १२ जनालाई मन्त्री बनाउने छुट दिएको छ । डोबाटे विश्वकर्मालाई सोमबार मन्त्रीमा नियुक्त गर्दै गण्डकीले आफ्नो कोटा पुर्‍याएको छ । यहाँ कोटा मात्रै पुगेन, मन्त्री मण्डलमा रेकर्ड कायम भयो ।

    images

    अघिल्लो सरकार हुँदा ७ जना मात्रै मन्त्रि थिए । एमाले नेतृत्वकै सरकारले मन्त्रालय फुटाएर ११ पुर्‍यायो । ७ बाट ८ सदस्यीय मन्त्रीमण्डल बन्यो । अन्तिम समयमा फुटाईएको मन्त्रालयमा मन्त्रि पनि नियुक्त गर्न नपाउँदै सरकार ढल्यो र गठबन्धनको सरकार बन्यो ।

    कांग्रेस नेतृत्वमा बनेको सरकारमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाको समर्थन छ । जसपा र माओवादी सरकारमै सहभागी छ । स्वतन्त्र सांसद राजीव गुरुङ पनि मन्त्री पद सुनिश्चित गर्दै अघिल्लो सरकारको समर्थन छोडेर नयाँ गठबन्धनमा लागे । यहाँ झिनो बहुमत (३१ मात्रै) बाट सरकार बनेको हो ।

    अहिले एमाले मात्रै विपक्षमा छ । एमालेसँग २७ सांसद छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डोबाटेलाई सोमबार विना विभागीय मन्त्रीमा नियुक्त गरेका हुन् । उनले सोमबार साँझ नै सपथ लिईसकेका छन् । दशैं लगत्तै मन्त्रीहरुको कार्यविभाजन पनि हेरफेर हुने बताईएको छ । डोबाटे साउन ८ मै मन्त्री बन्ने चर्चा थियो । अन्तिम समयमा उनको नाम मन्त्रीको सूचीमा परेन ।

    त्यसपछि सन्चार माध्यमहरुले संविधान र समावेशी सिद्धान्तको विरुद्ध सरकार गएको भन्दै आलोचना गरे । सरोकारवालाको चासो पनि मन्त्री परिषद् विस्तारमा गयो । चौतर्फी दवाव पछि नेपालीले डोबाटेलाई मन्त्री बनाएका हुन् । उनी कांग्रेसभित्र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा गनिन्छन् । तर प्रदेशसभामा सभापति शेरबहादुर देउवाको प्यानल बलियो छ । मुख्यमन्त्री पौडेल समूहबाटै भएपनि आन्तरिक दवावका कारण उनले डोबाटेलाई मन्त्री बनाउन सकेका थिएनन् ।

    अहिले सत्तारुढ गठबन्धनसँग पनि सल्लाह नै नगरी उनले मन्त्रीमा नियुक्त गरिदिए । मन्त्री नियुक्त भएपछि न्युज कारखानाले डोबाटेसँग कुरा गरेको छ । प्रश्तुत छ उनीसँग गरिएको संक्षिप्त कुराकानीः

    मन्त्री त बन्नुभयो, जिम्मेवारी के हो ?
    मन्त्रालयको टुंगो छैन । सपथ खाएँ । अब संविधानले जे भनेको छ, मुख्यमन्त्री ज्युले जे जिम्मेवारी दिनुहुन्छ । त्यहि पुरा गर्छु । संविधानले दिएको अधिकारकै अधिनमा रहेर प्रदेशलाई समृद्ध बनाउन भुमिका खेल्छु ।

    दुई महिनाअघि मन्त्री बन्नबाट बन्चित हुनुभयो । तपाईंको नाम अन्तिममा काटियो, अहिले कसरी मन्त्री बन्नुभयो ?

    पार्टीमा छलफल भयो होला । मिडियाले धेरै चासो र चिन्ता ग¥यो । मिडियाको दवावले पार्टीलाई महशुस भयो होला । पार्टीले गल्ती गरेको महशुस गरेर मन्त्री बनायो भन्ने ठानेको छु । यो संविधानको कार्यान्वयन हो । समानुपातिक सिद्धान्तलाई पालना ग¥यो, गण्डकी सरकारले भन्ने बुझ्नुपर्छ । यो स्वभाविक प्रक्रिया हो, खुशीको अनुभुति गरेको छु । पार्टीभित्रको आन्तरिक कुरा हो । गौण रुपमा लिनुपर्छ ।

    प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पोखरा आउनु र तपाईं मन्त्रीमा नियुक्त हुनुमा कुनै तादम्यता छ ? कि मुख्यमन्त्रीले स्वविवेकले गर्नुभयो ?

    प्रधानमन्त्री ज्यु पनि आउनुभएको थियो । त्यहाँ कुरा भयो । मैले पनि प्रधानमन्त्रीलाई भेटें । अरु कुरा त गरिनँ । आशिर्वाद मागें । प्रधानमन्त्री र सभापतिलाई कार्यकर्ताको हैसियतले भेट्नु सामान्य भयो । मैले आशिर्वाद चाहियो हजुर भनें । उहाँले आशिर्वाद दिनुभयो । मन्त्री भएँ । खुशी छु । दशैंको बेला मागेको आशिर्वाद लाग्दो रहेछ । मलाई पूरा भयो । एउटा विश्वास नै त रहेछ आखिर ।

    मन्त्रालयको पनि छलफल भएको छ र ? कुन मन्त्रालयमा जाने चाहना छ ?
    त्यस्तो कुनै कुरा भएको छैन । तर सल्लाह होला । मैले यो देउ भनेर भएन । सरकारले निर्णय गर्ने हो । प्रदेश सरकारले छिटै जिम्मेवारी दिन्छ भन्ने विश्वास छ ।(न्युज कारखाना)


    आश्विन २६, २०७८ मंगलवार १३:३३:१२ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # डोबाटे विश्वकर्मा

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    प्रधानन्यायाधीश भेट्ने निष्कर्षसहित सकियो न्यायाधीशहरूको बैठक 

  • 306
    SHARES
  • प्रधानन्यायाधीश भेट्ने निष्कर्षसहित सकियो न्यायाधीशहरूको बैठक 

    काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेमर जबराको कार्यशैलीप्रति असन्तुष्टि जनाइरहेका सर्वाेच्च अदालतका १४ जना न्यायाधीशहरूले गतिरोध अन्त्यका लागि प्रधानन्यायाधीश राणासँगै छलफल गर्ने भएका छन् । 

    images

    सर्वाेच्च अदालत परिसरमा सोमबार चार घण्टाको छलफलपछि असन्तुष्ट न्यायाधीशहरू मंगलबार बिहान साढे ११ बजे प्रधानन्यायाधीशलाई भेट्ने निष्कर्षसहित बैठकबाट उठेका छन् । 

    न्यायिक नेतृत्व र न्यायालयमा हुने गरेका विकृतिबारे लामो छलफल गरे पनि ठोस निष्कर्षमा भने नपुगिएको न्यायाधीश हरिकृष्ण कार्कीले न्युज कारखानालाई बताए । 

    ‘लामो छलफल भए पनि त्यस्तो कुनै निष्कर्षमा पुगिएको होइन । हाम्रो सामूहिक सरोकारका विषयमा भोलि (मंगलबार) प्रधानन्यायाधीशसँग समय लिएर भेटेर कुरा राख्ने भन्ने कुरा भएको छ’, न्यायाधीश कार्कीले भने । 

    कार्कीले ठोस निष्कर्षमा नपुगेको दाबी गरे पनि न्यायाधीशहरू प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने वा सार्वजसनिक रूपमा विगतका कमिकमजोरीहरू सच्याउने र भविष्यमा कार्यपालिकासँग सोझो सम्बन्ध छैन भनेर विश्वस्त आधार तयार पार्नुपर्ने निष्कर्षमा छन् । 

    न्यायाधीशहरूको बैठकका कारण सर्वाेच्च अदालतमा सबै मुद्दा प्रभावित भएका छन् । न्यायाधीहरूको बैठक सकिए पनि अघोषित इजलास बहिस्कारलाई भने निरन्तरता दिएका छन् । न्यायालयको आन्तरिक विवादका कारण भोलि (मंगलबार)को मुद्दा सुनुवाइसमेत प्रभावित हुने देखिएको छ । न्युज कारखाना


    कार्तिक ८, २०७८ सोमवार १४:४७:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रधानन्यायाधीश प्रकरण

  • क्यानाडा नेपाल

    आफ्नो गृहजिल्लाको विकासबारे किन झुट बोल्छन् ओली ?

  • 158
    SHARES
  • आफ्नो गृहजिल्लाको विकासबारे किन झुट बोल्छन् ओली ?

    झापा - पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा आउँदा विकासबारे सधैँ झुट बोल्छन् । गृहजिल्लाको विकासबारे अपडेट नभएर हुन सक्छ, उनले यस्तो बोलेको । प्रधानमन्त्री हुँदा होस् या प्रधानमन्त्रीबाट हटेपछि, उनी हुलाकी राजमार्गका बारेमा सधैँ चर्चा गर्छन् । 

    images

    हुलाकी राजमार्ग बनिसकेको दाबी गर्छन् । सोमबार उनको निर्वाचन क्षेत्रअन्तर्गत गौरादहमा भएको एक कार्यक्रममा हुलाकी राजमार्गअन्तर्गत प्राविधिक त्रुटिका कारण रतुवामा पुल बन्न नसकेको बताए । उनले कहीँ-कहीँ वन क्षेत्र परेर समस्या भएको बताए । ‘हुलाकी राजमार्ग बनिसक्यो । बीचमा रतुवाको एउटा पुलले गर्दा अड्किएको छ । त्यसका लागि पनि अहिले स्टिमेट भइरहेको छ । त्यो पनि छिट्टै हुन्छ,’ ओलीले भने, ‘बीचमा केही वन क्षेत्रले रोकिएको छ । त्यो पनि बनाउने प्रयास गर्छौ । दुई दशकदेखि कुरा मात्र भयो । बनेन । हुलाकी राजमार्ग आफैँ बनाउँछौँ भनेर ६ वर्षअघि मैले भनेको थिएँ । केही ठाउँमा पूरा हुन बाँकी छ । त्यो पूरा गर्छौँ ।’

    तर, बाँकी ठाउँमा हुलाकी राजमार्ग बनेको उनको दाबी थियो । अवस्था भने त्यस्तो छैन । उनको यो प्रचार झुट हो । हुलाकी राजमार्गमा पर्ने झापा खण्ड गौरीगञ्जदेखि भद्रपुरसम्म बनेको छ । सडकको काम भएको छ । तर, दशकसम्म विभिन्न नदीमा पुल नबन्दा झापाभरि पनि हुलाकी राजमार्गबाट यात्रा गर्नसक्ने अवस्था छैन । 

    कतिपय पुल एमाले निकट ठेकेदारले ठेक्कामा लिएर अलपत्र पारेका छन् । केही पुल दशकपछि काम भइरहेको छ । तर, उनले भनेजस्तो रतुवामा मात्र हुलाकी राजमार्गमा अन्य आधा दर्जन पुलहरू अलपत्र छन् । जसका कारण स्थानीयको यात्रा जोखिमपूर्ण छ । बर्खामा ठूला नदीहरूमा पैसा तिरेर डुंगाबाट नदी पार गर्नुपर्ने बाध्यता छ । हिउँदमा पनि बाँसको पुलमा पैसा तिरेर यात्रा गर्नुपर्ने बाध्यता छ । 

    हुलाकी राजमार्गअन्तर्गत माई नदीमा पुल निर्माण सुरु गरेको एक दशक नाघ्यो । तर, अहिलेसम्म पुल निर्माण भएको छैन । २०६८ साल ३१ जेठमा पप्पु कन्स्ट्रक्सन र महादेव खिम्ती जेभीले यो पुल ठेक्का लिएका थिए । चार वर्षमा सक्ने गरी  ३४ करोडमा ठेक्का लिइएको यो पुलमा अहिले पिल्लरबाहेक अरू केही काम भएको छैन । 

    ७ सय २४ मिटर लम्बाइको पुल २०७२ जेठ मसान्तमा निर्माण सक्नु पर्ने थियो । तर, हालसम्म आधा मात्र काम भएको छ । यो पुलको ठेक्का निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले लिएका हुन् । यस्तै, अर्को ठूलो नदी बिरिङको हालत पनि उस्तै छ । एमाले अध्यक्ष ओली निकट निर्माण व्यवसायी मदन अधिकारीको मैनाचुली कन्स्ट्रक्सन र लामा कन्स्ट्रक्सनले ठेक्का लिएका हुन् ।

    अधिकारी दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीका श्रीमान् हुन् । ३१९ मिटर लामो पुल निर्माण २०७३ सालमै निर्माण सम्पन्न गर्नुपर्ने हो । २०६८ वैशाखमा १५ करोड ५० लाख ५८ हजारमा ठेक्का लागेको पुल अझै अलपत्र छ । योसँगै हुलाकी राजमार्गमा पर्ने किस्नी खोलाको पुल पनि अझैसम्म निर्माण सम्पन्न हुन सकेको छैन । यद्यपि समय सकिए पनि यो पुलको निर्माण कार्य अहिले भने धमाधम भइरहेको छ । 

    यस्तै, गौरीगञ्जको रतुवा, लेहरा, कमल, भुत्नी खोलालगायत खोलाको पुल अलपत्र छ । ओलीले भने रतुवा खोलाको मात्र समस्या देखे । रतुवा खोलामा बनेको पुल नदीको चौडाइभन्दा कम बनेपछि समस्या भएको हो । निर्माण सकिएको भनेर यो पुल ठेकेदार कम्पनीले जिम्मा लगाइसकेको छ । यद्यपि पुल भने खोलाभन्दा सानो छ । 

    सोमबार पूर्वप्रधानमन्त्री ओलीले गौरीगञ्जमा दशैँ, तिहार, छठलगायत पर्वको उपलक्षमा भएको शुभकामना आदान-प्रदान कार्यक्रममा भने, ‘चार्डपर्वले सबैलाई सदबृद्धि दियोस् । सबैले सही कुरा बोलुन् ।’ तर, ओली आफैँले केहिबेर अघि गौरादहमा भएको एक कार्यक्रममा हुलाकी राजमार्गअन्तर्गत रतुवा पुल मात्र बन्न बाँकी रहेको भन्दै झुट बोले ।न्युज कारखाना


    कार्तिक ८, २०७८ सोमवार १८:२३:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • क्यानाडा नेपाल

    नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा नियुक्त भए युवराज अधिकारी  

  • 186
    SHARES
  • नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा नियुक्त भए युवराज अधिकारी  

    काठमाडौं - सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको छ । 

    images

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

    मन्त्रिपरिषद्को बैठकले निगमका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृत गर्दै अधिकारीलाई नियुक्त गरेको हो । 

    यस्तै उक्त बैठकले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा। रविन्द्र घिमिरे र सदस्यमा मदन पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । 


    कार्तिक ८, २०७८ सोमवार १८:५९:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल वायुसेवा निगम

  • क्यानाडा नेपाल

    अहिलेको चुनावमा इमान्दार, गरिब नेताहरू उठ्न सक्ने अवस्था छैन - उपेन्द्र यादव

  • 118
    SHARES
  • अहिलेको चुनावमा इमान्दार, गरिब नेताहरू उठ्न सक्ने अवस्था छैन - उपेन्द्र यादव

    काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले  स्थानीय तहको निर्वाचन प्रणाली परिवर्तन हुनुपर्नेमा जोड दिएका छन् । 

    images

    सोमबार जसपा धनुषाले जनकपुरमा आयोजना गरेको दशैँ, दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष यादवले सो कुरा बताएका हुन् । 

    अहिलेको चुनावमा इमान्दार, गरिब नेताहरू उठ्न सक्ने अवस्था नरहेको  भन्दै यादवले स्थानीय तहको निर्वाचन प्रणाली परिवर्तन हुनुपर्ने बताए । पछिल्लो समय राजनीतिमा अपराधिकरण बढ्दै गएको पनि उनले बताए । 

    उनले भने - 'चुनाव महंगो हुँदै गएको छ । अब गरिब, विपन्न तथा पछाडि परेकाहरूको लागि चुनाव रहेन', उनले थपे 'भ्रष्ट्राचार गरे पसै कमाएको छ अब  उनीहरूकै लागि चुनाव हुनेछ । सर्वसाधारणले त चुनावको बोझ नै उठाउन सक्ने अवस्था छैन ।' 
      


    कार्तिक ८, २०७८ सोमवार १९:४४:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # उपेन्द्र यादव

  • क्यानाडा नेपाल

    परराष्ट्रमन्त्री डा. खड्काले भने - 'सरकारका बारे अनर्गल प्रचार भयो'

  • 102
    SHARES
  • परराष्ट्रमन्त्री डा. खड्काले भने - 'सरकारका बारे अनर्गल प्रचार भयो'

    उदयपुर - परराष्ट्रमन्त्री डा. नारायण खड्काले अहिलेकोे गठबन्धन सरकारको मुख्य प्राथमिकता भनेको जनताको जीवन रक्षा गर्दै मुलुकको आर्थिक विकासलाई द्रुत गतिमा अगाडि बढाउनु रहेको बताएका छन् । नेपाल प्रेस युनियन उदयपुरद्वारा सोमबार गाईघाटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा परराष्ट्रमन्त्री डा. खड्काले यस्तो बताएका हुन् ।

    images

    'सरकारको पहिलो प्राथमिकता भनेको सबै नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप लगाएर जनताको जीवन सुरक्षा गर्ने काम हो । सरकारको दोस्रो प्राथमिकता भनेको कोरोना महामारीले थिलथिलो बनेको मुलुकको आर्थिक अवस्थालाई सुदृढीकरण गर्न संकटमा परेका उद्योग, कलकारखानालाई सुदृढीकरण गर्ने रहको छ', उनले भने, 'त्यसैगरी तेस्रो संचालनमा रहेका ठूला योजनाहरूलाई समयमा नै सम्पन्न गर्ने नीति रहेको छ । चौथो भनेको भष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने हो ।'

    सरकारले अहिले चारवटा कुरालाई प्राथमिकीकरण गरी काम गरिरहेको परराष्ट्र मन्त्री डा. खड्काले जानकारी दिए । त्यसमा पनि पहिलो प्राथमिकता रहेको कोरोनाविरुद्धको खोप चालू आर्थिक वर्षभित्रै ७० प्रतिशत जनतालाई खोप लगाइसक्ने लक्ष्य लिएको स्पष्ट पारे ।

    उदयपुर निर्वाचन क्षेत्र नम्बर- १ का सांसदसमेत रहेका मन्त्री डा. खड्काले उदयपुरको विकासका लागि आफूले यसअघि पनि धेरै कामहरू गरेको स्पष्ट पारे । उदयपुरको अभिसापको रूपमा रहेको त्रियुगा नदी नियन्त्रणमा आफनो योगदान रहेको औँल्याए । ठूलो धनजनको क्षति पुर्‍याउँदै आएको त्रियुगा नदी नियन्त्रणका लागि नेकपा एमाले नेतृत्वको सरकारको पालादेखि नै समन्वय गरी तीन वर्षमा सम्पन्न गर्ने गरी आठ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको र त्यसमध्ये यस वर्ष दुई अर्ब रुपैयाँ अर्थ मन्त्रालयबाट स्वीकृत गरी टेण्डर खोल्ने तयारी भएको जानकारी गराए ।

    निर्माणाधीन सगरमाथा विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)को काम तीन वर्ष लगाएर सम्पन गराएको र अब चाँडै त्यहाँको जग्गा नागरिक उड्डयन मन्त्रालयको नाममा नामसारी गरी काम अघि बढाउने तयारी भएको उल्लेख गरे ।

    पत्रकारहरूका यो सरकारको आयु कहिलेसम्म हो भन्नेलगायतका धेरै जिज्ञासामा संक्षिप्त रूपमा एकमुष्ठ जबाफ दिँदै मन्त्री डा. खड्काले विगतमा नेकपा एमाले नेतृत्वको सरकारले दुई-दुई पटक संसद विघटन गरी मुलुकलाई अस्थिरतातिर धकेल्ने प्रयास गरेकामा आफूहरूले यो संसद पूरै अवधि चल्नुपर्छ भनी अदालत र राष्ट्रपति समक्ष उपस्थित भई सनाखत गरेको स्मरण गर्दै अहिलेको गठबन्धन सरकार संसदको पूरा अवधि टिक्ने दाबी गरे ।

    गठबन्धनमा रहेका राजनितिक दलहरूका बीचमा साझा सहमतिका एजेण्डाहरूका आधारमा सरकार संचालन भइरहेको बताउँदै नेपालको संविधानले मध्यावधि वा अर्ली इलेक्सनको परिकल्पना नगरेको हुँदा संसदको पूरा अवधिसम्म अहिलेकै सरकार रहनेमा कुनै आशंका नगर्न आग्रह गरे ।

    नेपाली कांग्रेसका केन्दीय सदस्यसमेत रहेका परराष्ट्रमन्त्री डा. खड्काले मुलुकमा संकट आएपछि सरकारको नेतृत्व कांग्रेसको काँधमा जाने गरेको इतिहास साक्षी रहेको दोहोर्‍याए । झण्डै दुई तिहाइको नजिक रहेको यसअघिको एमाले नेतृत्वको सरकारले जनताले दिएको जिम्मेवारी बहन गर्न नसकेपछि मुलुकलाई राजनीतिक निकास दिनका लागि यो अहिलेको सरकार गठन आएको उनले बताए ।

    केही संचार माध्यमले आफूले भनेको भन्दा फरक ढंगले समाचारहरू प्रसारण गरी अनर्गल प्रचार गरेकामा दु:ख व्यक्त गर्दै लिपुलेक, कालापानी वा नेपालका सबै भूभागमा राष्ट्रिय जनगणनालगायतका कार्यक्रमहरू नेपालको नियम, कानुनअनुसार संचालन हुने उल्लेख गरे ।

    नेपालको हितविपरीत र दलीय सहमतिबिना मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) पारित नहुने पनि उनले स्पष्ट पारे । नेपालको परराष्ट्र नीतिअनुरूप छिमेकी मुलुकविरुद्ध नेपालमा कुनै पनि गतिविधि हुन नदिने र नेपालले सबै छिमेकी राष्ट्रहरूलाई समान दृष्टिकोणले हेरेको उनको भनाइ थियो ।

    फरक प्रसंगमा निर्वाचन संविधानले तोकेको समयमा हुने तर राजनीतिमा संभावनाका खेल धेरै हुने हुँदा परिस्थितिजन्य वातावरण बनेमा केही समय हेरफेर हुन सक्ने मन्त्री डा. खड्काले बताए । न्युज कारखाना
     


    कार्तिक ८, २०७८ सोमवार १९:५२:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डा. नारायण खड्का
  • # डा. नारायण खड्का

  • क्यानाडा नेपाल